समाचार

    Showing 7,951-7,960 of 26,643 items.
  • नयाँ वर्षमा नर्भिकले ल्यायो डर्माटोलोजी उपचारमा विशेष छुट अफर

    काठमाडौं— नर्भिक इन्टरनेशनल हस्पिटलले डर्माटोलोजी तथा कस्मेटिक उपचार सेवामा नयाँ वर्षको अवसरमा विशेष छुटको अफर ल्याएको छ ।अंग्रेजी नयाँ वर्षको अवसरमा लेजर हेयर रिमुभल, हाइड्रा फेसियल र ग्लो पिलको कस्मेटिक उपचार सेवामा विशेष छुटको अफर ल्याएको नर्भिकले जनाएको हो।अफरमा लेजर हेयर रिमुभलका लागि २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।यस्तै हाइड्रा फेसियल र ग्लो पिलमा ४ सेसनको विशेष प्याकेज पनि ल्याएको छ । जसअन्तर्गत हाइड्रा फेसियलको ४ सेसनको प्याकेजमा २४ हजार रुपैयाँ र ग्लो पिलका लागि ४ सेसनको प्याकेजमा १२ हजार रुपैयाँ मात्र लाग्ने छ ।अस्पतालका अनुसार यो अफर आजदेखि ७ जनवरीसम्म लागू हुने छ ।

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 540 पटक पढिएको
  • कानूनका भाषा र ढाँचाहरुमा एकरुपता ल्याउन तालिमको व्यवस्था गर्न निर्देशन

    काठमाडौं— कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले कानून निर्माणको ढाँचा, शब्द आदीको विषयमा एकरुपता ल्याउनको लागि तालिमको व्यवस्था गर्ने निर्देशन दिएको बताएका छन् ।आइतबार विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठकमा उनले कानून निर्माणको सन्दर्भमा थुप्रै विषयहरु उठेको भन्दै कानुनका भाषा र ढाँचाहरुमा सकेसम्म एकरुपता ल्याउन जनशक्तिहरुलाई तालिमको व्यवस्था गर्न निर्देश गरेको बताए ।उनले भने, ‘मेरो तर्फबाट पनि कमी कमजोरीहरु धेरै देखिएका छन् । आफैंले पनि मूल्यांकन गर्दैछु । कानून निर्माणको सन्दर्भमा उठेका विषयमा, त्यसको ढाँचा, शब्दको विषयमा

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 558 पटक पढिएको
  • जेनजी मिराज ढुङ्गाना समूहद्वारा देशव्यापी आन्दोलनको घोषणा

    काठमाडौं— जेनजी मिराज ढुङ्गाना समूहले सोमबारदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेको छ। आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समूहका संयोजक मिराज ढुङ्गानाले सरकारको कामप्रति असन्तुष्टि जनाउँदै आन्दोलनको घोषणा गरेका हुन्।संयोजक ढुङ्गानाले सुशीला कार्की नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यकालमा जनअपेक्षा अनुसार काम गर्न नसकेको दाबी गरे। उनका अनुसार सरकार असफल भइसकेको भन्दै त्यसको विरोधस्वरूप देशभर शान्तिपूर्ण आन्दोलन गरिनेछ।उनले आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण हुने र जनताको अधिकार तथा सरोकारका विषयलाई केन्द्रमा राखेर अघि बढाइने बताए। आन्दोलनका कार्यक्रम र स्वरूपबारे थप जानकारी

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 537 पटक पढिएको
  • मुम्बईमा ‘तेरे इश्क में’ को सफलता पार्टी

    मुम्बई— मुम्बईमा फिल्म ‘तेरे इश्क में’ को सफलताको अवसरमा पार्टी आयोजना गरिएको छ । शनिबार भारतीय फिल्म उद्योगका चर्चित सेलिब्रेटीहरूको बाक्लो उपस्थितिमा पार्टी आयोजना गरिएको हो ।अभिनेता धनुष र अभिनेत्री कृति सेनन, फिल्म निर्माता आनन्द एल राय, निर्माता भूषण कुमार, निर्देशक ओम राउत, गीतकार इर्शाद कामिललगायत फिल्म उद्योगका प्रतिष्ठित व्यक्तित्वहरू सहभागी थिए ।कार्यक्रममा अभिनेत्री कृति सेनन सुरुचिपूर्ण कालो पोशाकमा उपस्थित भइन् । उनको स्टाइलिश र आकर्षक उपस्थितिले सबैको ध्यान खिच्यो ।फिल्ममा मुख्य भूमिका निर्वाह गरेका अभिनेता धनुषले पनि कार्यक्रममा उपस्थिति जनाउँदै सहकर्मी कलाकार तथा फिल्मकर्मीहरूब

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 518 पटक पढिएको
  • कोशी प्राइड लिग क्रिकेटको तेस्रो संस्करण फागुन ९ देखि सुनसरीमा

    काठमाडौं— कोशी प्राइड प्रालिले कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण आयोजना गर्ने भएको छ । आयोजकले आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा सञ्चालन हुने जानकारी दिएको हो ।प्रतियोगितामा सात टोलीको सहभागिता रहनेछ । सहभागी टोलीहरूमा नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, बिर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, एभरेस्ट थन्डर्स, बीएन कोशी अर्ना र गोर्खा एभेन्जर्स रहेका छन् ।पत्रकार सम्मेलनमा आयोजकले टोली मालिकहरूको पनि परिचय गराएको छ । नमुना ब्लास्टर्सका मालिक धर्म न्यौपाने, इटहरी आदर्श जायन्ट्सका कल्पित इकाल, बिर्तामोड हिट्सका मालिक अ

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 549 पटक पढिएको
  • कञ्चनपुरको कारागार झडपको अनुसन्धान गर्न छानबिन समिति गठन

    कञ्चनपुर— जिल्लाको कारागारमा दुई समूहबीच भएको झडपको अनुसन्धान गर्न छानबिन समिति बनाइएको छ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) लक्ष्मण ढकालले तीन सदस्यीय छानबिन समिति बनाएका हुन् ।    सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।‘समितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहरा र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धर्मराज उपाध्याय सदस्य छन्,’ उनले भने ।छानबिन समितिलाई सात दिनको समय दिइएको  ढकालले बताए । शुक्रबार काराकारमा रहेका कैदीबन्दीबीच झडप हुँदा आठ जना घाइते भएका थिए ।कारागा

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 524 पटक पढिएको
  • बागमती नदीमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर राखियो

    काठमाडौं— शहरी विकास मन्त्रालय अन्र्तगत रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर जडान गरेको छ ।हाल गुह्वेश्वरीवाट ट्रास बेरियर जडान सम्पन्न गरी बागमती नदीका ५ स्थान क्रमशः गोकर्ण ब्यारेज, गुह्वेश्वरी, तिलगंगा आँखा अस्पताल, बागमती मनहरा दोभान, युएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभानमा एक स्थान गरी जम्मा ६ स्थानहरुमा रु ६५ लाखमा ठेक्का सम्झौता भई ट्रास बेरियर राख्ने काम धमाधम हुँदैछ ।ट्रास बेरियरले नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रा लगायतका फोहोर वस्तुहरूलाई रोक्ने र एक निश्चित स्थानमा जम्मा

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 525 पटक पढिएको
  • नेपाल मोबाइल ब्यवसायी संघ काठमाडौंमा नयाँ नेतृत्व

    काठमाडौं— नेपाल मोबाईल ब्यवसायी संघ काठमाडौंको अध्यक्षमा जनक बस्नेत निर्वाचित भएका छन् ।शनिबार सम्पन्न संघको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाले बस्नेतको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । बस्नेत यसअघि कार्यसमितिमा उपाध्यक्ष थिए ।निर्वाचन समिति संयोजक तथा अधिवक्ता जनक साउदका अनुसार संघको उपाध्यक्ष पदमा दिपक अधिकारी र प्रकाश कार्की निर्विरोध निर्वाचित भएका छन्।यसैगरी महासचिवमा इन्जिनियर गणेश उप्रेती, सचिवमा रामबाबु भट्ट, कोषाध्यक्षमा लेखनाथ अधिकारी र सहकोषाध्यक्षमा उमेश चौलागाईं चुनिएका छन्।निवर्तमान अध्यक्ष सुरेश वाँनियाले २५ सदस्यीय कार्यसमिति पूर्णरुपमा निर्विरोध

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 569 पटक पढिएको
  • धेरै दौंतरी विदेशिए, महाँचन्द्र तरकारी खेतीबाटै मासिक डेढ लाख कमाउँदैछन्

    बाजुरा— कुनै समय कामको लागि भारत पुगेर जिविका चलाउँदै आएका बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर ७ का महाँचन्द्र पाध्याय यतिवेला तरकारी खेतीमा रमाइरहेका छन् ।उमेरले करिब पचास कटेका पाध्यायको जोश, जाँगर र तरकारी खेतीप्रतिको हुटहुटी लोभलाग्दो छ । सामान्य परिवारमा जन्मेका पाध्यायको जीवन संघर्षको कथा कठिन यात्राबिच चलेको छ । अनेकौं कठिनाई र भोगाई भोग्दै पाध्यायले अहिले गाउँमै व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् । तरकारी खेतीबाटै स्वरोजगार बनेका उनले सानो रुपमा उत्कृष्ट व्यवसाय गर्दै आएका छन्।उनको मेहेनत, लगाव र कर्मशीलता कारण विभिन्न कार्यक्रममा सम्मानित समेत भएका छन् । फर्म दर्ता गरेर पाध

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 559 पटक पढिएको
  • ‘झरीपछिको इन्द्रेणी’ को नयाँ गीत ‘जब फर्किन्छु घर’ सार्वजनिक

    काठमाडौं । गत शुक्रबार अर्थात् पौष ४ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘झरीपछिको इन्द्रेणी’ को नयाँ गीत सार्वजनिक भएको छ ।हलमा प्रदर्शरत सिनेमाले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेका बेला निर्माण टिमले सिनेमाप्रति अझै दर्शकको आकर्षण बढाउन आइतबार नयाँ गीत ‘जब फर्किन्छु घर’ सार्वजनिक गरेको हो ।यो गीतमा मनोज थापा मगरको म्युजिक एरेञ्जमेन्ट र गणेश कार्कीको शब्द रचना तथा हेमन्त रानाको स्वर छ । गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार विमोचन दवाडी, गणेश उप्रेती, सरिता गिरी, जेसिका पोखरेल र बाल कलाकार दिप्सन चिलवाललाई देख्न सकिन्छ । यो गीतले सिनेमाप्रति दर्शकको आकर्षण उत्र्कषमा पुरयाउने विश्वास निर्माण टिमक

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 364 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.