समाचार

    Showing 8,261-8,270 of 26,644 items.
  • प्रकाण्ड भन्छन जेनजी विद्रोहलाई साम्राज्यवादीहरुले दुरुपयोग गरिरहेको छन्

    काठमाडौं—  नेपाल कम्युनिष्ट पार्टी माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले जेनजी विद्रोहलाई साम्राज्यवादीहरुले दुरुपयोग गरिरहेको बताएका छन् ।बिहीबार काठमाडौंमा आयोजित वैचारिक राजनीति प्रशिक्षण कार्यक्रममा बोल्दै उनले जेनजी विद्रोहपछि खतरनाक ढंगले साम्राज्यवादीहरुले त्यसलाई दुरुपयोग गर्ने कुचेष्टाका साथ राष्ट्रियतामाथि गम्भीर हस्तक्षेप गरिरहेको बताएका हुन् ।त्यस्तै उनले आन्दोलन जेनजीले गरेकोभएतापनि शासन अमेरिकी साम्राज्यवादका तत्वहरुले गरिरहेको आरोप लगाए ।उनले भने,‘जेनजी विद्रोहपछि खतरनाक ढंगले साम्राज्यवादीहरुले त्यसलाई दुरुपयोग गर्ने कुचेष्टाकासाथ राष्ट्रियतामाथि गम्भीर हस

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 533 पटक पढिएको
  • सुदूरपश्चिममा ४६ हजार नयाँ मतदाता थपिए

    काठमाडौं— सुदूरपश्चिम प्रदेशमा ४६ हजार २० जना नयाँ मतदाता थपिएका छन् ।सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि युवा पुस्ताका मतदाता बढी थपिएका जानकारी दिए।“निर्वाचन सामग्री व्यवस्थापन र मतदाता नामावली अद्यावधिक कार्य हुँदैछ”, प्रमुख भट्टले भने, “मतदाता दाबी विरोध, त्रुटी सच्याउनेलगायत कार्यका लागि शुक्रबारसम्मको समयावधि दिइएको छ ।”गत असोज १० देखि मङ्सिर ५ गतेसम्म अद्यावधिक लागि खोलिएको समयमा सबैभन्दा बढी कैलालीमा १८ हजार २१३ र सबैभन्दा कम बाजुरामा एक हजार ५१७ नयाँ मतदाता थपिएका उनले जानकारी दिए। औँठाछाप र फोटोसहित

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 496 पटक पढिएको
  • झुठो नक्सा बनाइ ऋण लिएको अभियोगमा प्रमुख प्रशासकीय अधिकृतसहित चारजनाविरुद्ध मुद्दा

    काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । जोशीसहित ४ जनाविरुद्ध गलत लिखत तयार गरी भ्रष्टाचार गरेको भन्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर भएको हो ।जोशीसहित पालिकाका सब-इन्जिनियर जय कुँवर, असिस्टेन्ट सब-इन्जिनियर तेजबहादुर सुनार र जग्गाधनी शान्ति नाथलाई प्रतिवादी बनाइएको छ ।बेलडाँडी गाउँपालिकाका-२ बस्ने शान्ति नाथले बेलडाँडी गाउँपालिका वडा नम्बर २ स्थित कित्ता नम्बर ३५७ क्षेत्रफल ४ सय वर्गमिटर जग्गामा हुँदै नभएको घर छ भनी नक्सा तयार गराएर घर जग्गा धितोमा राखी

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 584 पटक पढिएको
  • डडेल्धुराबाट प्रतिनिधिसभा चुनाव लड्न देउवाको नाम एकल सिफारिस

    काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाम फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि डडेल्धुराबाट एकल रूपमा सिफारिस गरिएको छ।डडेल्धुरा कांग्रेसको बिहीबार बसेको बैठकले पूर्वप्रधानमन्त्री समेत रहेका देउवाको नाम एकल सिफारिस गर्ने निर्णय गरेको हो। जिल्ला सभापति भीमबहादुर साउँदले प्रदेश समितिलाई देउवाको नाम सिफारिस गरिएको जानकारी दिएका छन्।देउवाले यसअघि पनि पार्टी नेताहरूसँग अन्तिमपटक प्रतिनिधिसभा निर्वाचन लड्ने योजना पुष्टि गरिसकेका थिए। उनी डडेल्धुराबाट आठौँपटक संघीय निर्वाचन लड्ने तयारीमा छन्। यसअघि उनी २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ सालमा डडेल्धुराबाटै विजयी भएका थिए।सम

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 545 पटक पढिएको
  • कोलकातामा लियोनल मेस्सीको ७० फिट अग्लो प्रतिमा तयार, डिसेम्बर १३ मा उद्घाटन

    काठमाडौं— भारतको पश्चिम बंगालस्थित कोलकातामा अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीको ७० फिट अग्लो विशाल फलामे प्रतिमा निर्माण सम्पन्न भएको छ । हालसम्मकै सबैभन्दा ठूलो बताइएको मेस्सीको यो प्रतिमा दक्षिण दमदमको लेक टाउन क्षेत्रमा रहेको श्री भूमि स्पोर्टिङ क्लबले तयार गरेको हो ।प्रतिमामा मेस्सीले फिफा विश्वकप ट्रफी समाइरहेको दृश्य देखाइएको छ, र हाल अन्तिम तहको फिनिसिङ कार्य भइरहेको क्लबले बताएको छ ।प्रतिमाको बाहिरी क्षेत्र सजावटसहित अन्तिम तयारी भइरहेको जनाउँदै परियोजनामा संलग्न मोन्टी पॉलको टिमले फिनिसिङ कार्य गरिरहेको जानकारी दिएको छ ।श्री भूमि स्पोर्टिङ क्लबका अध्यक्ष तथा पश्चिम बंगालका मन्त्र

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 594 पटक पढिएको
  • काठमाडौं महानगरद्वारा रानीवारीका कवाडी केन्द्रमा डोजर सञ्चालन

    काठमाडौं— काठमाडौं महानगरपालिकाले रानीवारी क्षेत्रमा रहेका कवाडी संकलन केन्द्रमा बिहीबार डोजर चलाएको छ।महानगर प्रहरी बलले टाउनप्लानिङ क्षेत्रभित्र अवस्थित दुई वटा कवाडी संकलन केन्द्र हटाएको हो। बस्तीको बीचमा यी केन्द्र रहँदा जोखिम हुने भन्दै महानगरले यस्तो कदम चालिएको जनाएको छ।महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै कवाडी संकलन केन्द्र हटाउने अभियान अघि बढाइरहेको छ। कवाडी व्यवसायीहरूले यस अभियानको विरोध गर्दै आएका छन्। यसअघि पनि महानगरले विभिन्न स्थानमा रहेको कवाडी संकलन केन्द्रमा डोजर चलाउने काम गरिसकेको छ।

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 519 पटक पढिएको
  • वर्तमान व्यवस्था र संविधानमा चुनावले समस्या टार्न सक्दैन: अध्यक्ष लिङदेन

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले यही संविधान र हालकै अवस्थामा निर्वाचन गर्दा समस्याको समाधान नहुने बताएका छन् ।विहीबार काठमाडौंमा भएको राप्रपाको केन्द्रीय समितिको बैठकमा उनले निर्वाचन अगाडि नै राजा, राजनीतिक दल र जेनजीका बीचमा एउटा नविन समझदारी कायम गरेर देशलाई निकास दिनुपर्ने बताए । यही अवस्थामा निर्वाचन भइहाल्यो भने पनि राप्रपा निर्वाचनबाट नभाग्ने बताए ।उनले भने, ‘यही संविधान र यही अवस्थामा निर्वाचन गर्नु समस्याको समाधान होइन । निर्वाचन अगाडि नै राजा, राजनीतिक दल र जेनजीका बीचमा एउटा नविन समझदारी कायम गरेर देशलाई निकाश दिएर अगाडि जानुपर्छ । जेनजीहरुका मागला

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 525 पटक पढिएको
  • शिवपुरीमा हराइएका तीन जनाको रातिदेखिको खोजीपछि सकुशल उद्धार

    काठमाडौं— शिवपुरी–नागर्जुन राष्ट्रिय निकुञ्जभित्र बाटो बिराई हराएका तीन जनालाई नेपाली सेना, निकुञ्ज प्रशासन र नेपाल प्रहरीले संयुक्त रूपमा राति नै सकुशल उद्धार गरेका छन्।मंसिर २५ गते पानीमुहान क्षेत्रमा रहेका दुई महिला र एक पुरुषको समूह शिवपुरी हाइटतर्फ जाँदै गर्दा बाटो छुटेपछि उनीहरू सम्पर्कविहीन बनेका थिए।सम्पर्क टुटेपछि नेपाली सेनाको चन्दननाथ गण, निकुञ्जका सुरक्षाकर्मी तथा नेपाल प्रहरीको टोलीले समन्वय गर्दै खोजी सुरू गरेको थियो। खोजीका क्रममा टोलीले उनीहरूलाई शिवपुरी पिक नजिकै फेला पारेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। फेला परेका तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।उ

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 562 पटक पढिएको
  • सिन्धुलीमा जुनार प्रवद्र्वन मेला, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने लक्ष्य

    सिन्धुली— सिन्धुलीमा जुनार प्रवद्र्वन मेला २०८२ प्रारम्भ भएको छ । ‘गोलन्जोरको सान जुनार हाम्रो पहिचान ,गोलन्जोरको जुनार समृद्विको आधार’ भन्ने नाराका साथ प्रवद्र्वन मेला आयोजना भएको हो ।मौलिक फलको रुपमा परिचित गोलन्जोर गाउँपालिकामा अवस्थित जुनार बगैंचामा कृषि पर्यटन प्रवद्र्वन गर्ने तथा स्थानीय रुपमा उत्पादित जुनारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यले मेलाको आयोजना गरिएको हो ।मंसिर २३ गते देखि २५ गतेसम्म बगैचा स्थलमै पहिलो पटक जुनार प्रवद्र्वन मेला २०८२ भव्यताका साथ आयोजना हुन गइरहको हो ।पूर्वाधार विकास कार्यालय सिन्धुलीका कार्यालय प्रमुख लक्ष्मी प्रसाद सापकोटाले सिन्धुलीक

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 592 पटक पढिएको
  • आज समानुपातिकतर्फ आवेदन दिएका दलले नाम फिर्ता लिन सक्ने

    काठमाडौं— निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन दल दर्ताको निवेदन दिएकालाई नाम फिर्ता लिन चाहेमा आजको समय निर्धारण गरेको छ ।आयोगले एक सूचना प्रकाशन गरी आज बिहान १०ः०० बजेदेखि अपरान्ह ४ः०० बजेसम्ममा दलले नाम फिर्ता लिन चाहेमा लिन सक्ने जनाएको छ । आयोगमा १०० राजनीतिक दलले यस प्रणालीका लागि आवेदन दिएका छन् ।प्राप्त भएको आवेदनमाथि आवश्यक अध्ययन गरी यही मङ्सिर २६ गतेसम्म स्वीकृत गर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले यही मङ्सिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 521 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.