समाचार

    Showing 8,281-8,290 of 24,658 items.
  • क्षतिग्रस्त विपी राजमार्ग जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउन निर्देशन

    काठमाडौं । बाढीपहिरोले क्षतिग्रस्त बनाएको विपी राजमार्गलाई जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउनेगरी काम गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सडक विभाग र निर्माण व्यवसायीलाई आग्रह गरेका छन् । बिहीबार विपी राजमार्गको अनुगमनमा गएका उनले संघीय राजधानी काठमाडौंसँग बागमती, मधेश र कोशी प्रदेशका जिल्लाहरुलाई जोड्ने लाइफ लाइन सडकलाई जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउने गरी काम गर्न आग्रह गरेका हुन् । सडक अनुगनमा मन्त्री घिसिङसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीलगायतको टोली छन् । 

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 260 पटक पढिएको
  • डोल्पामा लेक लागेका दुई विदेशी पर्यटकको हेलिकप्टरमार्फत उद्धार

    डोल्पा— डोल्पाको उच्च हिमाली क्षेत्रमा लेक लागेर बिरामी परेका दुई विदेशी नागरिकको उद्धार गरिएको छ। बिहीबार शे-फोक्सुण्डो गाउँपालिका–८ अन्तर्गत रिग्मो क्षेत्र र काइके गाउँपालिकाको डोग्री हिमाल बेसक्याम्पबाट उनीहरूलाई हेलिकप्टरमार्फत उद्दार गरिएको हो।प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भीमराज कोइरालाका अनुसार, रिग्मोबाट उद्धार गरिएका नागरिक फ्रान्सेली हुन् भने डोग्री हिमालबाट उद्दार गरिएका अर्का नागरिक अमेरिकन हुन्। उच्च स्थानमा प्राविधिक तयारी बिना पुगेपछि लेक लाग्ने समस्या हुने भएकाले उनीहरू गम्भीर अवस्थामा पुगेका थिए।यसअघि, बुधबार पनि शे-फोक्सुण्डो क्षेत्रमै एक विदेशी पर्यटकलाई लेक लागेपछि उद्दार

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 488 पटक पढिएको
  • ओली, देउवा र प्रचण्डलाई पक्राउ गर्न दुर्गा प्रसाईंको माग

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले  केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, आरजु राणा र अन्य सार्वजनिक नेताहरूलाई तुरुन्त पक्राउ गर्न माग गरेका छन् । विहीबार सामाजिक संजालमा आफ्ना धारणाहरु राख्दै उनले शीर्ष नेताहरुलाई पक्राउ गरी उठेका आरोपहरुलाई कानूनी प्रक्रिया अनुसार छिट्टै अगाडि बढाएर सत्यतथ्य सार्वजनिक गर्नु पर्ने र दोषी ठहरिएमा कानुनले अनुसार कारबाही हुनुपर्नेमा जोड दिएका छन् ।त्यस्तै उनले विदेशी शक्तिको आडमा देश चलाउने लुसिफरको प्रयास कहिल्यै सफल नहुने भन्दै छठपछि व्यवस्था परिबर्तनका लागि हुने शान्तिपूर्ण महाआन्दोलनमा सहभागी हुन पनि आब्हान गरेका छन् । प्रस

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 338 पटक पढिएको
  • शिवश्री हाइड्रोपावरको हकप्रद शेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । शिवश्री हाइड्रोपावर कम्पनीको हकप्रद शेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १९ गतेदेखि हालको चुक्तापूँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँको शतप्रतिशत (१ः१ अनुपात) दरका १ करोड ४७ लाख ६४ हजार कित्ता शेयर जारी गरेको हो ।साउन १६ गते बुक क्लोज मिति तोकिएकाले साउन १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरू मात्रै आवेदनका लागि योग्य छन् । लगानीकर्ताले सिटिजन्स क्यापिटल र सिटिजन्स बैंकका विभिन्न शाखाहरूबाट वा ‘मेरो शेयर’ मार्फत पनि आवेदन दिन सक्नेछन् ।यस हकप्रद निष्कासनको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ भने नेपाल धितोपत्र बोर्डले साउन ४ गते स

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 311 पटक पढिएको
  • आज ओलीले भक्तपुरमा आज विशेष सम्बोधन गर्ने

    काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज भक्तपुरमा आयोजना गरिएको विशेष कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले सूर्यविनायक नगरपालिका ७ गुण्डुमा आयोजना गरेको कार्यक्रमलाई ओलीले सम्बोधन गर्न लागेका हुन् ।समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट कार्यक्रम नाम दिइएको उक्त कार्यक्रममा अध्यक्ष ओलीले पछिल्लो समय देशमा उत्पन्न असामान्य परिस्थिति र नेता कार्यकर्ताहरूले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा स्पष्ट पार्ने बताइएको छ । कार्यक्रममा पार्टी महासचिव शङ्कर पोखरेल लगायत पार्टीका विभिन्न तहका नेताहरू पनि सहभागी हुने भक्तपुर जिल्ला कमिटीका अध्यक्ष बचन देउज

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 531 पटक पढिएको
  • संविधान परिमार्जन सभा गठन गर्नुपर्ने जेन–वाई रिबेलियनको माग

    काठमाडौं । भ्रष्टचार विरुद्धको आन्दोलन गरेका जेनजी युवा समुहका अभिभावकको रुपमा गठन भएको जेन–वाई रिबेलियनले संविधान परिमार्जन सभा गठन गर्नुपर्ने माग गरेको छ । बुधबार पत्रकार सम्मेलन गरी जेन–वाई रिबेलियनले देशलाई शान्ति र स्थाइत्व प्रदान गर्न संविधान परिमार्जन सभा गठन गर्नुपर्ने माग गरेका हुन् । नेपालको संविधानले जेनजी सहिदहरुको बलिदानी र घाइतेहरुको सपना पुरा गर्न नसक्ने जेन वाई रिबेलियनका संयोजक विजय कँडेलले बताए । प्रेस विज्ञप्ति बाचन गर्नै उनले भने, ‘हामी सरकारका पछिल्ला कदमहरुबाट असन्तुष्ट छांै । हामीले बुझेका छांै, वर्तमान सरकारलाई संवैधानिक संकट छ । वर्तमान संविधानले जेनजी स

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 284 पटक पढिएको
  • एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, वार्षिक साधारणसभा कात्तिक १२ गते

    काठमाडौं— एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज (असोज २३ गते) अन्तिम दिन रहेको छ । बैंकले लाभांश वितरण तथा वार्षिक साधारणसभा प्रयोजनका लागि असोज २४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हो ।यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्रै बैंकले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन योग्य हुनेछन् । बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट १४ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने करसहित) र ६ प्रतिशत बोनस सेयर गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।एभरेष्ट बैंकले आगामी कात्तिक १२ गते बु

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 453 पटक पढिएको
  • एनटीईके–जेड समूहको आज हुने भनिएको आन्दोलन स्थगित

    काठमाडौं— जेनजीहरुकोे एक समूहले आज गर्ने भनिएको आन्दोलन स्थगित गरेको छ । एनटीईके–जेड समूहको नामबाट असोज २३ गते गर्ने भनेको आन्दोलन स्थगित भएको हो । एनटीईके–जेड समूहले बुधबार साँझ विज्ञप्ति जारी गर्दै आज हुने शान्तिपूर्ण प्रदर्शन स्थगित भएको जानकारी गराएको हो ।‘साथीहरुले २०८२/०६/२२ गते केन्द्रिय कमिटीको मिटिङ बसेर गरेको छलफलमा भोलि मिति २३ गते घोषणा गरेको शान्तिपूर्ण आन्दोलनमा विभिन्न किसिमका अराजक तत्वहरुले आन्दोलनलाई विथल्ने र अप्रिय घटना निम्त्याउने देखिएको हुनाले यस आन्दोलनलाई हामी एनटीईके–जेड का केन्द्रीय पदाधिकारीहरुले छलफल गरी २३ गते हुने आन्दोलनलाई हाल उक्त परिस्थितिका कारण स्तगित

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 612 पटक पढिएको
  • मध्यपूर्व शान्ति सम्झौताका लागि अमेरिकी राष्ट्रपति ट्रम्प इजीप्ट जाने तयारीमा

    काठमाडौं—  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो साताको अन्त्यतिर इजीप्ट जाने सम्भावना रहेको संकेत गरेका छन् । उनले मध्यपूर्वमा चलिरहेको शान्ति वार्तामा महत्वपूर्ण प्रगति भएको भन्दै सम्झौता धेरै नजिक पुगेको बताएका छन् । अल–जजिराका अनुसार ट्रम्पले यसबारे बुधबार ह्वाइट हाउसमा आयोजित कार्यक्रममा जानकारी दिएका हुन् ।कार्यक्रमका क्रममा अमेरिकी विदेश मन्त्री मार्को रुबियोले पठाएको नोट पढ्दै ट्रम्पले भने, ‘विदेशमन्त्रीले मलाई एउटा नोट दिएका छन् । जसमा भनिएको छ कि हामी मध्यपूर्वमा एक सम्झौतामा पुग्न निकै नजिक छौं, र मलाई चाँडै त्यहाँ जानुपर्नेछ ।’ट्रम्पले आफू शनिबारको आसपास इजीप्ट प्रस्थान गर

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 573 पटक पढिएको
  • नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

    काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पदाधिकारी बैठक बोलाएका छन् । बैठक बिहीबार दिउँसो १ बजे हिमालय होटल कुपण्डोलमा बस्न लागेको हो ।बैठकमा २६ असोजमा बस्ने केन्द्रीय समितिका एजेण्डा, महाधिवेशन, निर्वाचन लगायतबारे छलफल हुने बताइएको छ । बैठकसँगै देउवा जेनजी आन्दोलनपछि पहिलो पटक औपचारिक कार्यक्रममा देखिन लागेका हुन्। जेनजी आन्दोलनको क्रममा भदौ २४ गते देउवा र उनकी पत्नी आरजु राणा माथि आक्रमण गरिएको थियो । 

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 524 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.