दाङ— बर्दियामा दाङ तुलसीपुरका २७ वर्षीय निरज चौधरीको गोली प्रहार गरी हत्या गरेको आरोपमा महावीर चौधरीलाई पक्राउ गरिएको छ। महावीर लुम्बिनीका पूर्वमुख्यमन्त्री डिल्ली चौधरीका भाई हुन्।

महावीरलाई कैलालीको पैलारी गाउँपालिका–५ बाट आज बिहान करिब ३ बजे नियन्त्रणमा लिइएको बर्दिया प्रहरीका प्रमुख एसपी सरोज पौडेलले जानकारी दिए । प्रहरीले घटनामा प्रयोग भएको पेस्तोल समेत बरामद गरेको उनको भनाइ छ।

मंसिर १९ गते बिहानै बर्दियाको राजापुर–४ स्थित हमार थारु घर रेष्टुरेन्टमा काम गर्दै आएका निरज चौधरीलाई महावीरले गोली हानेर हत्या गरेको आरोप छ।