समाचार

    Showing 8,301-8,310 of 24,658 items.
  • बालिका हत्याको आरोपमा एक जना पक्राउ

    बर्दिया— बर्दियामा बालिका हत्याको अरोपमा एक युवा पक्राउ परेका छन् । गत असोज १७ गते बेपत्ता भई २० गते मृत फेला परेकी १० वर्षीया बालिका भारती (एन्जल) देउवाको हत्याको आरोपमा प्रहरीले गेरुवा गाउँपालिका वडा नं ५ झबही बस्ने २१ वर्षीय समिर तिरुवा सुनारलाई पक्राउ गरेको हो ।पक्राउ परेका समिर तिरुवाले मृतक बालिका देउवालाई उनले लगाएको गहनाको लोभमा हत्या गरेको स्विकारेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक सरोज पौडेलले तिरुवाले हत्या गरेको स्विकारेको र अरु थप अनुसन्धान गर्दा समेत प्रमाणहरू भेटिएको बताए ।उनका अनुसार आरोपी तिरुवा गेरुवा र राजापुरका विभिन्न सुन पसलम

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 449 पटक पढिएको
  • सडक–सम्पर्कविच्छेद भएपछि बिपी राजमार्गमा कष्टकर यात्रा

    काभ्रेपलाञ्चोक, २२ असोजः यही असोज १८ र १९ गतेको वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बनाएपछि बिपी राजमार्गमा पैदल यात्रासमेत कष्टकर बन्न पुगेको छ ।  उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा बाढीपहिरोले सडक बगाउँदा यातायातका साधन रोकिएपछि तीन दिनदेखि गन्तव्यमा पुग्नुपर्ने खोलाको तिर, खोलैखोला र भिरपाखाबाट हिँड्नुपर्ने बाध्यता बनेको हो । वर्षाका कारण राजमार्गको भकुन्डे–नेपालथोक सडकखण्डको विभिन्न स्थानमा क्षति पुगेपछि पूर्ण रुपमा अवरुद्ध भएको हो ।  राजमार्गको चौकीडाँडा हुँदै काभ्रेपलाञ्चोकको डाँडापारिलगायत स्थानबाट दसैँ मनाउन घर गएकाहरु ग्रामीण सडकसमेत अवरुद्ध हुँदा

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 348 पटक पढिएको
  • बाजुराको बुढीनन्दा नगरपालिकामा युवाहरुले गरे तालाबन्दी

    बाजुरा— बाजुराको पूर्वी उत्तरी क्षेत्रमा पर्ने बुढिनन्दा नगरपालिकामा तालाबन्दी गरिएको छ । बुधबार बुढिनन्दा नगरपालिका वडा नम्बर २ कोल्टीका युवाहरुले तालाबन्दी गरेका हुन् ।युवाहरुले यहाँका स्थानीय जनताको मागअनुसार काम गर्न नसकेको भन्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन्। कोल्टीमा खानेपानी र विद्युत सेवालाई चुस्त बनाउन माग गर्दै तालाबन्दी गरेका छन्।कोल्टीमा विद्युत र खानेपानीको समस्या जटिल रहेको छ । गुणस्तरिय विद्युत सेवा नहुँदा यहाँका स्थानीय अँध्यारोमा बस्न बाध्य छन्। कहिलेकाहीँ कोल्टी बजार मैनबतीको साहारामा चलिरहेको हुन्छ । त्यस्तै गुणस्तरीय खानेपानी सेवा नहुँदा स्थानीयले समस्या भोग्द

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 599 पटक पढिएको
  • धनुषाका एसपीको राजीनामा माग गर्दै जनकपुरधाममा धर्ना

    जनकपुर— धनुषाका एसपी नरहरी रेग्मीको राजिनामा माग गर्दै जनकपुरधाम उपमहानगरपालिका २० रुपेठाका स्थानीयवासीहरु धर्नामा बसेका छन् ।बुधबार जनकपुरधामको जनक चोकमा रुपेठाका स्थानीय हिन्दू समुदायका महिला तथा पुरुषहरु धर्नामा बसेका छन् । उनीहरुले धनुषाको एसपी राजिनामा दे, हिन्दूहरुलाई रिहा गर, हिन्दूहरुलाई फसाउन पाईदैन लगायत लेखिएको प्लेकार्ड हातमा बोकेर विरोध जनाएका छन् ।केही दिन अघि, दुर्गा भगवतीको मुर्ती विसर्जनको क्रममा रुपेठामा हिन्दू र मुस्लिम समुदायबीच विवाद उत्पन्न भएको थियो । सोही बेला मुस्लिम समुदायले मुर्ती विसर्जन गर्न गएकाहरु माथि सिसाको बोतल र ढुंगा मुढाले प्रहार गरेका थिए । सो पछि आक्रोसित

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 637 पटक पढिएको
  • बाढी पहिरोमा परेका कोशी प्रदेशका सबै घर प्रदेश सरकारले बनाइदिने

    विराटनगर— कोशी प्रदेश सरकारले केही दिनअघि गएको बाढी पहिरोले भत्किएका र बगाएका सबै घर पुनर्निर्माण गरिदिने भएको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सबै घर बनाइदिने निर्णय गरेको हो । विपद्मा सबैभन्दा बढी क्षति भएको इलाम, झापा र मोरङका घरहरू तत्कालै बनाउन सुरु गर्ने कोशी प्रदेश सरकारले जानकारी दिएको छ ।घरहरूको सम्पूर्ण विवरण सङ्कलन पनि गर्दै जाने र निर्माण कार्य पनि अगाडि बढाउँदै जाने आजको परिषद् बैठकले निर्णय गरेको छ । त्यस्तै परिषद् बैठकले इलाम जिल्लाका सातवटा पालिकालाई सङ्कटग्रस्त घोषणा गर्नको लागि सङ्घ

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 703 पटक पढिएको
  • ४५ अंक घट्यो नेप्से, कारोबार रकममा भने वृद्धि

    काठमाडौं—  बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४५.३६ अंकले घट्दै २५५९.५९ विन्दुमा पुगेको छ । आज सेन्सेटिभ इण्डेक्स ८.१५ अंक, फ्लोट इण्डेक्स ३.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०४ अंकले घटेका छन् ।अघिल्लो कारोबार दिन मंगलवार ५८.५५ अंकले घटेको बजार २६०४.९६ विन्दुमा बन्द भएको थियो । यसदिन नेप्से घटेपनि कारोबार रकम भने बढेर ५ अर्ब ७६ करोड रुपैयाँ नाघेको छ । अघिल्लो दिन भने ४ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको थियो ।मूल्य वृद्धिमा सांग्रिला डेभलपमेन्ट बैंकको डिबेञ्चर २०८७ (७.०९ प्रतिशत), एनआईएमबी डिबेञ्चर २०९० (६ प्रतिशत) र आत्मनिर्भर लघुवित्त (६ प्रतिशत) ले  अगाडि छन् ।

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 655 पटक पढिएको
  • बाजुरामा जिप दुर्घटना हुँदा दुई जना घाईते, कोल्टी अस्पतालमा उपचार हुँदै

    बाजुरा— बाजुरामा जिप दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । बुधबार दिउँसो बाजुराको जगन्नाथ गाउँपालिका वडा.नम्बर १ गेडेखोलास्थित कर्णाली करिडोरमा दुर्घनामा परेको हो । ग्यारेजमा जिप मर्मत गरि सडकमा ल्याएर चेकजाँच गर्ने क्रममा जिप एक्कासी अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सुचना अधिकारी देववहादुर चौतरीले बताए ।उनका अनुसार स्वामिकार्तिक खापरगाउँपालिका वडा नम्बर दुई बस्ने अन्दाजी २६ बर्षका दिल बहादुर बुढाले चलाएको सु.प.प्र.०१–००१ ज १२३२ नम्बरको जिप अनियन्त्रित भई पल्टिएको बताएका छन्।जिप सडकबाट करिब ७५ मिटर तल खसेको हो । दुर्घटनामा परि दुई जना घ

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 656 पटक पढिएको
  • जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा

    काठमाडौं— चौधरी ग्रुपले जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने घोषणा गरेको छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बुधबार सामाजिक सञ्जाल एक्स मार्फत यस्तो घोषणा गरेका हुन् ।उनले हालै सम्पन्न जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आन्दोलनका क्रममा सहीद भएका परिवारका एक–एक जना सदस्यलाई रोजगारी उपलब्ध गराउने घोषणा गरेका हुन् ।एक्समा उनले लेखेका छन,‘आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्नेछौँ । यो केवल हाम्रो वाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो ।’आन्दोलनका क्रममा कम्पनीका निजी निवास, कार्यालय, शोरूम र कार

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 614 पटक पढिएको
  • अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु

    डोटी— जिल्लाको शिखर नगरपालिका–२ मा घाँस काट्न गएकी महिलाको अरिएक अरिङ्गालले टोकर मृत्यु भएको छ । मुडेगाउँकी २२ वर्षीया मंगला पार्कीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो । दुई साताअघि घाँस काट्न गएकी उनलाई अरिङ्गालले टाउको, घाँटी र हातमा टोकेपछि गम्भीर घाइते भएकी थिइन्।सुस्त मानसिक अवस्था भएकी पार्कीको चोटबारे परिवारलाई ढिला थाहा भएको बताइएको छ। असोज १८ गते मात्र आमा मुनुली विकले छोरीको अवस्था गम्भीर देखेपछि उनलाई उपचारका लागि राजपुरस्थित महाकाली मेडिकल लगेकी थिइन्। तर, रक्तअभावका कारण सोही दिन उनलाई जिल्ला अस्पताल डोटीमा भर्ना गरियो।पार्कीको शरीरमा अत्यधिक रगतको कमी हुनुका साथै मिर्गौलामा समस्

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 646 पटक पढिएको
  • कैलालीमा भान्साकोठाबाट पेस्तोलसहित एक युवक पक्राउ

    धनगढी— कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–१ बेलारबाट एक युवक पेस्तोलसहित पक्राउ परेका छन्।इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा २३ वर्षीय आकाश शाहीलाई मंगलबार नियन्त्रणमा लिएको हो। प्रहरीले शाहीको घरमा छापा मार्दा भान्साकोठाभित्र लुकाइ राखिएको टाइप–५४ नम्बर ५५०१०२३४ को चाईनिज पेस्तोल एक थान र सोहीको म्यागजिन एक थानसहित उनलाई इलाका प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका शाहीमाथि हाल थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 653 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.