समाचार

    Showing 8,451-8,460 of 26,652 items.
  • क्यानडामा ७ म्याग्निच्युडकाे शक्तिशाली भूकम्प

    एजेन्शी । उत्तरपश्चिम क्यानडामा ७ म्याग्निच्युडकाे शक्तिशाली भूकम्प गएको छ।अमेरिकाको अलास्का र क्यानडाको युकोन क्षेत्रको सिमानामा शक्तिशाली भूकम्प गएको छ। यो भूकम्पलाई देशकै सबैभन्दा शक्तिशालीमध्ये एक मानिएको छ।भूकम्प युकोन टेरिटोरीमा स्थानीय समय अनुसार शनिबार दिउँसो १:४१ बजे गएको हो। अमेरिकी भूगर्भ सर्वेक्षणका विज्ञहरूका अनुसार भूकम्प करिब १० किलोमिटर गहिराइमा गएको थियो।भूकम्पको केन्द्रबिन्दु अलास्काको जुनाउबाट लगभग ३७० किलोमिटर उत्तरपश्चिममा र युकोनको ह्वाइटहर्सबाट लगभग २५० किलोमिटर पश्चिममा थियो। अमेरिकी अधिकारीहरूले भूकम्पपछि दुई परकम्प पनि गएको बताएका छन्। भूकम्पबाट भएको छ्यती बिवरण

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 273 पटक पढिएको
  • क्लबमा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु

    एजेन्शी । भारतको एक चर्चित नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ। गोवाको तटीय क्षेत्रमा रहेको क्लबमा राति सिलिन्डर विस्फोटपछि आगलागी हुँदा २३ जनाको मृत्यु भएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।समाचारमा उल्लेख भए अनुसार आगलागीमा परेर क्लबमा कार्यरत अधिकांश कर्मचारीको मृत्यु भएको छ। आगलागीमा परेर ज्यान गुमाउने केही पर्यटकसमेत रहेका छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ।गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारका अनुसार ‘बर्च बाई रोमियो लेन’ नामक क्लबमा आगलागी भएको हो। आगो भुइँ तल्लाको भान्सा क्

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 245 पटक पढिएको
  • आज एनपीएलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

    काठमाण्डौ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ।अपराह्न ३ः३० बजे हुने खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स भिड्नेछन्। छ खेलबाट समान दुई अंक जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेकाले प्रतिष्ठाका लागि मात्र खेल्नेछन्।प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरका लागि छनोट हुँदा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटरमा स्थान सुरक्षित गरिसकेका छन्।

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 459 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।दिउँसो सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागसहित देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ।राति गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। गण्डकी प्रदेशको हिमाली भूभागको केहि स्थानमा हल्का बर्षा/हिमपातको सम्भावना रहेको छ।

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 363 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ । युरो एकको खरिददर १६७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९२ रुपैयाँ ३५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५८ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ २९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४९ पैसा, सिङ्गापुर

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 274 पटक पढिएको
  • आज २०८२ साल मंसिर २१ गते आइतबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)हिम्मत गर्दा लक्ष्यकाे उचाइ प्राप्त हुने समय छ। पेसा–व्यवसायमा सहयोगीहरूले राम्रो साथ दिनेछन्। कृषि र उद्याेगतर्फ मनग्य फाइदा उठाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम सुरु गर्ने समय छ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ। तारिफयोग्य कामले राम्रो उपलब

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 432 पटक पढिएको
  • सातवटा सवारीसाधन ठोकिदा भयावह दुर्घटना

    धादिङ । राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ मा एकै स्थानमा सातवटा सवारीसाधन संलग्न भयावह दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा स्कुल बससहित चार बस, दुई ट्रक र एक मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्।प्रारम्भिक अनुसन्धानले भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि ट्रक बेकाबु भई अगाडि–पछाडिका सवारी साधनलाई एकपछि अर्को ठक्कर दिएको जनाएको छ।दुर्घटनास्थलमा रहेका पत्रकार आशिष ठकुरीका अनुसार दुई बसका अधिकांश यात्रु घाइते भएका छन्। घाइतेहरूलाई स्थानीयको सहयोगमा उद्दार गरी नजिकका स्वास्थ्य संस्थाहरू तथा काठमाडौँतर्फ पठाइएको छ।दुर्घटनापछि दुवै तर्फको राजमार्ग पू

    • प्रकाशित मितिः मंसिर २०, २०८२
    • 287 पटक पढिएको
  • मधेश प्रदेशको नयाँ सत्ता समीकरणले मुलुकमै नयाँ राजनीतिक समीकरण हुनसक्छ : प्रचण्ड

    जनकपुर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा हालै बनेको नयाँ सत्ता समीकरणले मुलुकमै नयाँ राजनीतिक समीकरण निर्माण हुनेसक्ने संकेत गरेका छन् । शनिबार जनकपुरधाममा आयोजित एकता सन्देश सभामा बोल्दै संयोजक प्रचण्डले नेकपा र मधेशवादी दलसहितको समर्थन नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन हुनुले परम्परागत समिकरणको अन्त्य भई नयाँ राजनीतिक समीकरणको शुरुवात भएको बताए ।मुलुकको हरेक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका मधेशी जनताले समाजवादी आन्दोलनको समेत नेतृत्व गर्ने विश्वास व्यक्त गर्दै प्रचण्डले जनकपुरधामको सभामा उपस्थित भीडले मधेश नेकपा ए

    • प्रकाशित मितिः मंसिर २०, २०८२
    • 207 पटक पढिएको
  • मंसिर २३ गतेको आन्दोलनबाट राष्ट्रपति हटाएर राजा ल्याउँछौं : ज्ञानेन्द्र शाही

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले राष्ट्रपति हटाएर राजा स्थापित गर्ने र प्रदेश संरचना खारेज गर्नका लागि आगामी मंसिर २३ गते आन्दोलन गर्न लागेको बताएका छन् । शनिबार शाही युवा शक्ति नेपालको काठमाडौं जिल्ला भेलामा बोल्दै उनले मुख्यगरी २३ गतेको कार्यक्रम राष्ट्रपति व्यवस्थाको खारेज साथै प्रदेश संरचना हटाउनको लागि आन्दोलन गर्न लागेको बताए । उनले भने, ‘म स्पष्टसँग भन्छु २३ गतेको कार्यक्रम राष्ट्रपति हटाएर राजा स्थापित गर्ने हो । २३ गतेको कार्यक्रम प्रदेश संरचना हटाउनको लागि हो । देशको प्रधानमन्त्री जनताले भोट हालेर बनाउने कि नबनाउने भन्नेबारे आ

    • प्रकाशित मितिः मंसिर २०, २०८२
    • 244 पटक पढिएको
  • चितवन राईनोजद्वारा पोखरा एभेन्जर्सलाई दियो १२१ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राईनोजले पोखरा एभेन्जर्सलाई १२१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा चितवन राईनोजले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउदै १२१ रनको लक्ष्य दिएको हो । चितवनले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेपछि पोखरा एभेन्जर्सले फिल्डिङको निम्तो पाएको थियो । चितवन राईनोजको कप्तानमा कुशल मल्ल रहेका छन् भने पोखरा एभेन्जर्सको कप्तानमा कुशल भुर्तेल रहेका छन् । चितवन राईनोज र पोखरा एभेन्जर्स दुवै टोली प्लेअफ पुग्नबाट बाहिरिसकेका छन् । ६ खेलमा २ मा जित र ४ मा हारसहित चितवन तालिक

    • प्रकाशित मितिः मंसिर २०, २०८२
    • 242 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.