समाचार

    Showing 9,651-9,660 of 26,658 items.
  • मन्त्री गुप्ताले गरे त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निरीक्षण

    काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले शनिबार कीर्तिपुरस्थित निर्माणाधीन त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानको अवलोकन गरेका छन् ।अवलोकनका क्रममा मन्त्री गुप्ताले क्रिकेट मैदानको निर्माण कार्यले देशभरका खेलाडीहरूको मनोबल उच्च बनाएको उल्लेख गर्दै सबै नेपालीहरूले यस कार्यमा साथ दिनुपर्ने बताए । उनले भने, ‘सबै नेपालीहरू लाग्नुपर्छ  । आज देशैभरि खेलाडीहरूको मनोबल बढेको छ । यहाँ राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय खेलाडीहरूले पनि खेल्ने स्थान बनेको छ ।’मन्त्री गुप्ताले सरकार अहिले खेल क्षेत्रको हितका लागि नीतिगत रूपमा काम गरिरहेको बताउँदै सीमित समयमा धे

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • 358 पटक पढिएको
  • संविधानका कयौं दफाहरुले भ्रष्टाचारलाई प्रसय दिएको छ : भीम रावल

    काठमाडौं । मातृभुमि जागरण अभियान नेपालका संयोजक भीम रावलले हालको संविधानका धेरै कुराहरु खारेज गर्नुपर्ने बताएका छन् । शनिबार देश बचाउ देश संमृद्व बनाउ नामक नागरिक समाजले आयोजना गरेको नागरिक समाज र जेनजीहरुको रचनात्मक संवादमा बोल्दै उनले जेनजी पुस्ताले भष्ट्राचार जस्तो महामारीको शल्यक्रिया गर्नुपर्ने भन्दै त्यसका लागि संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।  उनले भने, ‘प्रधानमन्त्रीले भनेकोे मैले सुनेको छु–हामी यो संविधानमा दाँयाबाँया गर्दैनौ । तपाई शल्यक्रिया कसरी गर्नुहुन्छ ? प्रौण पुस्ताको भएर भनिरहेको छु, यो संविधानको कयौ कुराहरु खारेज हुनुपर्छ ।’उनले भ्रष्टाचारको जड नेताहरु मात्र

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • 288 पटक पढिएको
  • एमालेको ११ औँ महाधिवेशन काठमाडौंमै हुने

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले मंसिरमा हुन लागेको ११ औँ महाधिवेशन स्थल परिवर्तन गरेको छ ।शनिबार गुण्डुमा बसेको सचिवालय बैठकले मंसिरमा हुने महाधिवेशन अब काठमाडौंमै गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।उनले बैठकपछि सञ्चारकर्मीहरुलाई जानकारी दिँदै भने, ‘नेकपा एमालेको सचिवालय बैठकले मुख्यतया तीनवटा महत्वपूर्ण निर्णयहरु गरेको छ । पहिलो एजेण्डा चाँही पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर २७ गतेदेखि २९ सम्म गर्ने निर्णय  गरि नै सकेको छ । त्यो  निर्णयलाई थप जोड दिँदै केन्द्रीय सचिवालयको बैठकले महाधिवेशनको स्थल भने परिवर्तन गरेको छ । अब ११ औँ महाधिवेशन पोखराको

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • 281 पटक पढिएको
  • भोजपुरमा ट्याक्टर दुर्घटना, दुईको मृत्यु, चार घाइते

    टक्सार (भोजपुर), १५ कात्तिकः षडानन्द नगरपालिका–४ मा आज भएको ट्याक्टर दुर्घटनामा दुईको मृत्युु भएको छ भने अन्य चार जना घाइते भएका छन् । चाम्लादाङबाट दिङ्लातर्फ आउँदै गरेको प्रदेश नं १–०२–००३ त १२१३ नम्बरको काठ बोकेको ट्याकटर दुर्घटना हुँदा षडानन्द नगरपालिका–४ केराबारीका २५ वर्षे ट्याक्टर चालक आइतबहादुर तामाङ र अरुण गाँउपालिका–४ चरम्बीका १७ वर्षे नविन तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख राजु लामाले जानकारी दिनुभयो । दुर्घटनामा परी घाइते हुनेमा १९ वर्षे दाछिरि शेर्पा, २३ वर्षे अम्बर तामाङ, १८ वर्षे सागर तामाङ र १८ वर्षे सुनिता तामाङ हुनुहुन्छ । उहाँहरुको

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • 327 पटक पढिएको
  • शिल्पा शेट्टी : फिटनेस आइकन

    एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टी उमेरले ५० पुगेपनि फिटनेस आइकनका रुपमा दरिएकी छिन् । हालै मुम्बईको खार क्षेत्रमा देखिएकी उनी सुन्दर र आकर्षक देखिएकी थिइन् ।आकर्षक फेसन सेन्सका लागि परिचित शिल्पा क्याजुअल तर स्टाइलिश लुकमा देखिएकी थिइन् । स्वास्थ्य र स्वस्थ जीवनमा आफ्नो ध्यान केन्द्रित गरेर लाखौंलाई प्रेरित गरिरहेकी शिल्पाले ढल्किदो उमेरमा पनि धेरैको ध्यान तानिरहेकी छिन् । उनको सरल व्यवहार र मैत्रीपूर्ण हावभावले दर्शकहरू लोभिने गरेका छन् । फिल्म प्रमोशन, फिटनेस कार्यक्रम र टेलिभिजन शोहरुमा व्यस्त उनी शारीरिक रुपमा फिट देखिन्छिन् । व्यावसायिक क्षेत्रमा, शिल्पाले आफ्नो फिल्म र उद

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • 284 पटक पढिएको
  • डेडिकेटेड ट्रंक लाइनको बक्यौता तिर्न उद्योगी–व्यवसायीलाई मन्त्री घिसिङको आग्रह

    काठमाडौं— उर्जामन्त्री तथा नेपाल विद्युत प्राधिकरणका पूर्व प्रमुख कुलमान घिसिङले बक्यौता असुलीको विषयमा आफ्नो अडान फेरि पुष्टि गर्दै सबै उद्योग–व्यवसायीहरूलाई नियम अनुसार बक्यौता बुझाउन आग्रह गरेका छन् ।घिसिङले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै लोडसेडिङका कारण देश अन्धकारमा डुबेको समयमा केही ठूला उद्योगहरूले डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् आपूर्ति पाएका थिए । तर प्रिमियम महसुल बुझाउन अहिलेसम्म चुकाएका मानेका छैनन् । नियमित बिल तिरे पनि प्रिमियम महसुल नतिर्नेलाई ध्यानमा राख्दै प्राधिकरणले कानुन अनुसार लाइन काट्न बाध्य भएको हो उनले उल्लेख गरेका छन् ।उनले लेखेका छन,“यो निर्णय नयाँ होइन । विगत

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • 426 पटक पढिएको
  • सेबोनमा नेतृत्व विवाद चर्कियो, अध्यक्षलाई कार्यालय प्रवेशमा रोक

    काठमाडौं— नेपाल धितोपत्र बोर्ड (सेबोन) मा कर्मचारीहरूको आन्दोलन ४० दिनभन्दा बढी समयदेखि निरन्तर जारी रहेसँगै पूँजीबजार नियामक निकाय नै अक्षम बन्ने अवस्था देखिएको छ । आन्दोलन उग्र बन्दै गर्दा सेबोनमा नेतृत्व विवाद झनै चर्किएको छ ।अर्थ मन्त्रालयको निर्देशनविरुद्ध आन्दोलित कर्मचारीहरूले आइतबारदेखि बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठसहित सञ्चालकहरूलाई कार्यालय प्रवेशमा रोक लगाउने चेतावनी दिएपछि तनाव थपिएको हो ।गत असोज २ गते अर्थ मन्त्रालयले सेबोनको कर्मचारी कल्याण तथा सुरक्षा कोष अवैध रहेको निष्कर्ष निकाल्दै कोष खारेज गर्न र वितरण भएको रकम असुल्न निर्देशन दिएको थियो । सो निर्देशन सार्वजनिक भएपछि नै

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • 519 पटक पढिएको
  • आज नेकपा माओवादी केन्द्रको सचिवालय बैठक

    काठमाडौं— नेकपा माओवादी केन्द्रले महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बोलाएको छ ।शनिबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरि बैठक बोलाइएको हो ।बैठकमा नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी लगायत पार्टीसँग, एकता, पदीय व्यवस्थापन, मोडिलाटी लगायत विषयमा छलफल हुने भनिएको छ । शुक्रबार सम्पन्न एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरेको थियो ।

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • 528 पटक पढिएको
  • बाटोमै बच्चा जन्माउन बाध्य बाजुराका आमाः भौगोलिक विकटता र गुणस्तरीय स्वास्थ्य संस्थाको अभाव

    बाजुरा— भौगोलिक विकटता र गुणस्तरीय स्वास्थ्य संस्थाको अभावमा बाजुराका आमाहरुले बाटोमै बच्चा जन्माउने क्रम जिवित छ । आवश्यक स्वास्थ्य संस्था, भौगोलिक विकटता, प्रसूति स्वास्थ्य शिक्षा र उचित परामर्श नहुँदा यहाँका आमाहरु बाटोमै बच्चा जन्माउन बाध्य छन् ।हरेक बर्ष बाजुराका आमाहरुले बाटोमै बच्चा जन्माउने गरेको समाचार आउँने गरेका छन् । घरपरिवारको स्वास्थ्य हेरचाह, असुरक्षित खानपान, भौगोलिक विकटता र गुणस्तरीय स्वास्थ्य संस्थाको अभाव नै यहाँका आमाहरुको प्रमुख बाधक समस्या हो । बाजुरामा ४ वर्षको तथ्यांक मात्रै केलाउँदा दर्जनौ बढि आमाहरुको मुत्यु भएको छ भने कयौं आमाहरुले बाटोमै बच्चालाई जन्म दिएकी छन

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • 616 पटक पढिएको
  • प्रतिकूल मौसमका कारण भरतपुर, सुर्खेत र तुम्लिङटारका उडान स्थगित

    काठमाण्डौ । अविरल रुपमा परिरहेको पानीका कारण मौसम बिग्रीएपछी तीन विमानस्थल तत्कालका लागि बन्द भएका छन् ।प्रतिकूल मौसमका कारण भिजिविलिटी कम भएपछि भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा शनिबारको उडान स्थगित गरिएको छ । बाक्लो बादलले हिमाल ढाकिएपछि माउन्टेन फ्लाइटहरू समेत रद्द भएका छन् । आज पनि नेपालमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि अधिकांश बदली भएको छ भने बाँकी प्रदेशमा आंशिक बदली छ भएको छ । बागमती प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेश, र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइर

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • 270 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.