समाचार

    Showing 9,881-9,890 of 26,664 items.
  • सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडकका थप ४० ठेक्का तोड्ने प्रक्रिया अघि बढ्यो

    काठमाडौं— ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका सिँचाइतर्फका १२ रुग्ण ठेक्का तोडिएको छ । साविकको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं २ जलेश्वर महोत्तरी अन्तर्गतका १२ रुग्ण ठेक्का तोडिएको छ । बबई सिँचाइ आयोजनाका ६ रुग्ण ठेक्का तोड्न ३० असोजमा १५ दिने सार्वजनिक सूचना प्रकाशित भइसकेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए ।  सोही बमोजिम ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको थियो ।&n

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 482 पटक पढिएको
  • २१ फागुनको निर्वाचनमा साढे ७ अर्ब खर्च हुने आयोगको अनुमान

    काठमाडौं— निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि करिब साढे सात अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ। आयोगले बजेटको अन्तिम रूप दिने तयारी गरी छिट्टै अर्थ मन्त्रालयमा पठाउने योजना बनाएको हो।बजेट निर्माणको काम जारी रहेको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । उनका अनुसार, “ करिब साढे सात अर्ब रुपैयाँ खर्च हुने देखिन्छ, तर अन्तिम टुंगो भने बाँकी छ।”आयोगले निर्वाचनका लागि आवश्यक सामग्रीहरूको सूची तयार गर्न थालेको छ। छठ पर्व सकिएलगत्तै ती सामग्रीहरू खरिद प्रक्रिया अघि बढाउनुपर्ने आयोगको भनाइ छ। यसका लागि आयोग र अर्थ मन्त्रालयबीच छलफल भइरहेक

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 696 पटक पढिएको
  • अरु कसैले देश बनाउने जिम्मा लिन्छ भने म देश छोड्न तयार छुः दुर्गा प्रसाईँ

    काठमाडौं— ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ मार्फत् राजसंस्था पुनस्र्थापनाको पक्षमा उभिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू देश छोडेर जान तयार भएको बताएका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले नेपाल संकटमा रहेको भन्दै  देश जोगाउनु पर्छ भनेर लागेकाले यदि देश बचाउने जिम्मा अरु कसैले लिन्छ भने आफु देश छोड्न तयार रहेको बताएका हुन् ।‘म कसैबाट चलेको मान्छे होइन । म नेपालबाट नेपाली जोगाउन मैले आफुनो क्षमताले भ्याए सम्म मैले् पहिले पनि गरिरहेको थिए । मैले आज नेपाल संकटमा छ मैले जोगाउनु पर्छ भनेर म लागेको छु । तपाईहरुले यो देश छोडेर जा भन्नु हुन्छ

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 594 पटक पढिएको
  • अवैध संरचनामाथि महानगरले चलायो डोजर

    काठमाडौं— काठमाडौं महानगरपालिकाले थापाथलीमा नक्साबिना बनाइएका अवैध संरचनामा डोजर चलाएको छ ।महानगरको वडा नम्बर ११ थापाथली चोकबाट त्रिपुरेश्वर जाने मोडमा रहेका संरचनामा डोजर चलाइएको हो ।महानगरका नगरप्रहरी प्रमुख राजु पाण्डेले गुठीसँग समन्वय गरेर डोजर चलाइएको बताए ।“गुठीसँग समन्वय गरेर भत्काएका छौँ । त्यहाँ बनेका संरचना अवैध हुन् । नक्साविना बनेका थिए,” उनले भने ।महानगरले लामो समयदेखि आफ्नो क्षेत्रभित्र पर्ने अवैध घरटहरामा डोजर चलाउँदै आएको छ ।

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 508 पटक पढिएको
  • मन्त्री बन्ने तयारीमा रहेका खगेन्द्र सुनार दुई फरार मुद्दामा संलग्न

    काठमाडौं— अन्तरिम सरकारमा मन्त्री बन्ने तयारीमा रहेका खगेन्द्र सुनार दुई फरक मुद्दामा फरार अभियुक्त रहेको तथ्य प्रहरीको आधिकारिक रेकर्डबाट खुलेको छ। नेपाल प्रहरी प्रधान कार्यालयको चारित्रिक प्रमाणपत्र जारी गर्ने चालचलन शाखाले पुष्टि गरेअनुसार सुनारविरुद्ध दुईवटा अभियोगमा कैद सजाय भुक्तान गर्न बाँकी छ।प्रहरी स्रोतका अनुसार काभ्रेपलाञ्चोक जिल्ला अदालतले विद्युतीय कारोबारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरे पनि सुनार पक्राउ नपरेका र मुद्दा हालसम्म फर्स्यौट नभएको उल्लेख छ। त्यस्तै, सुर्खेत जिल्ला अदालतले २०८१ असार २१ गते जारी गरेको अर्को पक्राउ पुर्जीका आधारमा समेत उनी पक्राउ परेका छैनन्। दुवै

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 552 पटक पढिएको
  • सुनको मूल्य तोलामा ११ हजार ६ सयले घट्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं— अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ।आज सुनको मूल्य तोलामा रु दुई लाख ४१ हजार ९०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु तीन हजार १५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तिहारपछि सुनको मूल्य तोलामा रु ११ हजार ६०० र चाँदी तोलामा रु दुई सय ६५ ले घटेको हो। कात्तिक ३ गते सुन प्रतितोला रु दुई लाख ५३ हजार ५०० र त्यति नै तौलको चाँदी रु तीन हजार २८० मा कारोबार भएको थियो।अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ११३ अमेरिकी डलर र चाँदी ४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 579 पटक पढिएको
  • नयाँ चार मन्त्री थपिँदै, आज २ बजेपछि शपथ

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् । आइतबार ४ जना मन्त्री नियुक्त गरेर शपथ गराउने तयारी भएको हो ।डा. सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्या, गणपतिलाल श्रेष्ठलाई भूमि व्यवस्था र खगेन्द्र सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्री बनाउने तयारी भएको छ।उनीहरूको शपथका लागि दिउँसो साढे २ बजेको समय तोकिएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो ।

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 584 पटक पढिएको
  • नेपाल र अमेरिका मैदानमा, टस जितेर नेपाल बलिङमा

    काठमाडौं— आईसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई शृङ्खलाको पहिलो खेलमा नेपालले अहिले अमेरिकासँग खेलिरहेको छ  । दुबईको मैदानमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ । लिग–२ अन्तर्गत यूएई र अमेरिकासँग हुने शृङ्खलामा रोहित पौडेलको कप्तानीमा नेपाली टिम मैदानमा उत्रिएको हो । पछिल्ला चार भिडन्तमा नेपालले तीन खेल जित्दा एक खेल हारेको छ । अमेरिकाले पनि तीन खेल जित्दा एक खेल हारेको छ । आपसका पछिल्ला चार भिडन्तमा नेपाल एकपटकमात्र विजयी भएको छ । नेपाल क्रिकेट संघ क्यानले सन्दीप जोरा, लोकेश बम र आदिल आलमलाई हटाएर विश्वकप लिग-२ मा भीम सार्की, शाहब आलम र अनिल साहलाई स्थान दिएको छ ।दो

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 601 पटक पढिएको
  • नवलपरासी कारागारबाट फरार कैदी पाल्पामा ससुरालीमा लुकेर बसेको अवस्थामा पक्राउ

    काठमाडौं— नवलपरासी कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पाल्पामा पक्राउ गरेको छ।कास्की पोखरा महानगरपालिका–२१ का २८ वर्षीय समिर गुरुङ आइतबार बिहान पक्राउ परेका हुन्। प्रहरी चौकी प्रभास, पाल्पाको टोलीले तानसेन नगरपालिका–१० साडीखोलास्थित उनको ससुराली घरबाट बिहान करिब ३ बजे उनलाई नियन्त्रणमा लिएको हो।पाल्पा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार गुरुङ लागुऔषधसम्बन्धी मुद्दामा जेल सजाय भोग्दै आएका थिए। उनी गत २४ भदौमा ‘जेन–जी आन्दोलन’का क्रममा नवलपरासी कारागारबाट फरार भएका थिए।पक्राउ परेका गुरुङलाई आवश्यक कारबाहीका लागि कारागार कार्यालय पाल्पामा बुझाइएको प्रहरीले जनाएको

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 546 पटक पढिएको
  • गुल्मीमा ट्याक्टर दुर्घटनामा मृत्यु

    गुल्मी, ९ कात्तिकः मदाने गाउँपालिका–१ अन्तर्गत कचुरखर्कमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मदाने गाउँपालिका–१ अग्लुङका १९ वर्षीय सहचालक मेघराज पुन रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिनुभयो ।     गए राति मदाने गाउँपालिका–१ अग्लुङ फेदीबाट बालुवा लोड गरेर वडा कार्यालयतर्फ आइरहेको रा१त ३५०२ नम्बरको ट्याक्टर उकालोमा लोड तान्न नसकी ब्याक भई ब्रेकले काम नगरेपछि दुर्घटना भएको सूचना अधिकारी सारुले जानकारी दिनुभयो ।  ट्याक्टरबाट हामफाल्ने क्रममा बाटोबाट उछिट्टिएर गम्भीर घाइते बनेका पुनको घटनास्थलमै मृत्य

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 438 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.