समाज

    Showing 10,651-10,660 of 11,093 items.
  • छोराले गरे बाबुको हत्या

    दुल्लु / घरझगडा हुँदा दैलेखमा एक बाबुलाई छोराले बन्चरो प्रहार गरी हत्या गरेका छन् ।डुङेश्वर गाउँपालिका– ६ डुङेश्वर बजारका २१ वर्षीय विकास बुढाले आफ्नै बाबू ४६ वर्षीय नकुल बुढालाई हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजीत सुनारले जानकारी दिए । अभियुक्त विकासलाई प्रहरीले पक्राउन गरी थप अनुसन्धान शुरु गरेको छ ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 183 पटक पढिएको
  • माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु

    बलेवा / बागलुङको निसीखोला गाउँपालिका–२ फलाँटेचौरमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । फलाँटेचौरमा घर पोत्ने माटो लिन पुगेका सोही वडास्थित रातमाटाका ३३ वर्षीया भवी कुवँर र उनका छोरा १४ वर्षका सुरेशको पुरिएर मृत्यु भएको वडाध्यक्ष कुविर विश्वकर्माले जानकारी दिए । घटना दिउँसो साढे दुई बजे भएको हो । मृत्यु हुने एकाघरका आमाछोरा रहेको प्रहरी निरीक्षक विजय भण्डारीले बताए । अहिले इलाका प्रहरी कार्यालय झिवाखोलाका प्रहरी प्रमुख जयराम वन्तसहितको टोली घटनास्थलमा पुगेको छ । प्रहरी र स्थानीयवासीको सक्रियतामा माटोले पुरिएका शव निकालिएको प्रहरी निरीक्षक भण्डारीले बताए । शव परीक्षण गरी अ

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 104 पटक पढिएको
  • पाँच स्थानीय तहमा तीन हजार जैविक तटबन्ध निर्माण

    कञ्चनपुर / कोरोना कहरबीच नदीजन्य विपद्बाट स्थानीय बासिन्दालाई जोगाउनका लागि यहाँ जैविक तटबन्ध निर्माणको कार्यलाई पूर्णता दिइएको छ ।नदीमा बाढी आउन अगावै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले मर्सिकोरको सहयोगमा सञ्चालन गरेको एमरेड परियोजना अन्तर्गत स्थानीय तहसँगको साझेदारीमा जैविक तटबन्ध निर्माणको कार्य गरेको हो । समुदायमा बाढीजन्य विपद्बारे जागरण गराउने, क्षमतामूलक तालीम दिने, समुदायको विपद् प्रतिकार्य योजना बनाउने कार्यसँगै समुदायको जोखिमको पहिचान गरी कार्ययोजना निर्माण गरी बाढीबाट जग्गा भूक्षय रोकथाम र नियन्त्रणका लागि स्थानीय तहसँग सहकार्य गरी जैविक तटबन्ध निर्माणको कार्य गरिएको छ ।हालसम्

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 113 पटक पढिएको
  • संविधानले धर्म, संस्कृतिको अपनत्व ग्रहण गरेको छ : मुख्यमन्त्री पौडेल

    वाग्मती / वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपालको संविधानले सबै वर्ग, भाषा, धर्म एवं संस्कृतिको अपनत्व ग्रहण गरेको बताएका छन् । इस्लाम धर्मावलम्बीको महान पर्व इद–उल–फितरको अवसरमा आज दिएको शुभकामना सन्देशमा मुख्यमन्त्री पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीमा सुस्वास्थ्य, सुख, शान्ति एवम् समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।सन्देशमा भनिएको छ, ‘नेपाल एक बहुभाषिक, बहुसांस्कृतिक एवम् बहुधार्मिक विविधतायुक्त देश हो । विविधताभित्र एकता नै नेपाली मौलिक पहिचान हो । नेपालको संविधानले सबै वर्ग, भाषा, धर्म एवम् संस्कृतिको अपनत्व ग्रहण गरे

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 136 पटक पढिएको
  • सावधानीपूर्वक घरमै नमाज पाठ गरी इदुल फित्र मनाइँदै

    काठमाडौँ / अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका इस्लाम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदुल फित्र पर्व मनाउँदै छन् ।दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।खुशीपूर्वक दान गरेर दीनदुःखी एवम् गरीबलाई बाँडिने भएकाले यो पर्वलाई इदुल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इदुल फित्र मनाउने कार्यक्रम तय हुने गरेको नेपाली ज

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 102 पटक पढिएको
  • माछा मार्ने क्रममा करेन्ट लागेर तामाङको मृत्यु

    त्रिशूली / नुवाकोटको तादी गाउँपालिका–५ स्थित तादीखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा गए राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्यगढी गाउँपालिका–१ का मिलन तामाङ रहेका छन् ।तादी र दोर्खुखोलाको सङ्गमस्थलमा करेन्ट लगाएर माछा मार्ने क्रममा गए राति करिब ९ बजेतिर १९ वर्षका तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए । उनका अनुसार उनीसँग माछा मार्न गएका अन्य पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारवाहीका लागि अनुसन्धान शुरु गरेको छ । सवारी साधनको ब्याट्री प्रयोग गरेर खोलामा माछा मार्दा जोखिम हुने भएकाले त

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 113 पटक पढिएको
  • शिकारी र प्रहरीबिच गोली हानाहान, एक पक्राउ

    सर्लाही / सर्लाहीको ईश्वरपुर नगरपालिका–४ सागरनाथबाट तीन नाल भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ईश्वरपुर–४ सागरनाथ वन विकास परियोजनाको जङ्गल क्षेत्रमा निलगाई मारेर छापा काट्दै गर्दा एक जनासहित तीन नाल भरुवा बन्दुक नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासका प्रहरी प्रमुख प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए ।चार/पाँच जनाको समूहका रहेका शिकारीले जङ्गलबाट निलगाई मारी छाला काडिरहेको समयमा प्रहरीको गस्ती टोली पुगेपछि प्रहरीमाथि नै तीन –चार राउण्ड हवाई फायरसमेत गरेका प्रहरी निरीक्षक ढङ्गानाले बताए । शिकारीले प्रहरीलाई देख्नासाथ प्रहरीमाथि गोली चलाउन थाले

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 114 पटक पढिएको
  • दुर्घटना गराई फरार वडाअध्यक्ष यादव फक्राउ

    सर्लाही / सर्लाहीको बरहथवा नगरपालिका–१३ का वडाध्यक्ष जयनारायण यादव पक्राउ परेका छन् । वैशाख २५ गते वडाध्यक्ष यादवले चलाएको भारतीय नम्बर प्लेटको मोटरसाइकलले एक बालकलाई ठक्कर दिएर ज्यान गएको थियो । त्यसलगत्तै फरार वडाध्यक्ष यादव बिहीबार पक्राउ परेका इलाका प्रहरी कार्यालय बरथवाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।बरथवा नगरपालिका–३ अन्तर्गतको भित्री सडकखण्डमा वडाध्यक्ष यादवले चलाएको बिआर३०एस ९२४५ नंको भारतीय मोटरसाइकलले स्थानीय अन्दाजी चार वर्षीय आदित्य महतोलाई ठक्कर दिएको र उनको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भाटले बताए । पक्राउ परेका वडाध्

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 110 पटक पढिएको
  • नेपालमा कोरोनासँग जुध्न बेलायतमा रहेका नेपाली एकजुट

    काठमाडौँ / गैरआवसीय नेपाली युकेले नेपालमा बढ्दै गइरहेको कोरोनाको नियन्त्रण र रोकथामका लागि बेलायतबाट सक्दो सहयोग गर्न यहाँका नेपालीहरूलाई  एकजुट गराउने कामको थालनी गरेको छ । एनआरएनए युकेकी अध्यक्ष श्रीमती पुन गुरुङको सक्रियतामा बुधबार लण्डनस्थित नेपाली दूतावास, एनआरएनए युकेको संरक्षक परिषद् र बेलायतका विभिन्न स्थानीय तहमा निर्वाचित नेपालीमूलका मेयर, उपमेयर, काउन्सिलर सहितका प्रतिनिधिबीच छलफल भएको छ ।उक्त छलफल खासगरी नेपालमा बेलायतबाट के–कस्तो सहयोग गर्न सकिन्छ भन्नेमा केन्द्रित रहेको अध्यक्ष गुरुङले बताइन् । बेलायतमा धेरै नेपाली सङ्घसंस्था रहेको र ती संस्थाले एकमुष्ट सहयोग गर्न सके न

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 117 पटक पढिएको
  • निषेधाज्ञामा उपभोग्य वस्तु महङ्गियो

    फुङ्लिङ / ताप्लेजुङमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । कोरोना महामारीसँगै निषेधाज्ञा लागू भएपछि जिल्लामा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको हो । कोरोना भाइरसको सङ्क्रमण तीव्ररूपमा बढ्न थालेपछि सदरमुकाम फुङ्लिङमा गत वैशाख २० देखि  जेठ २ गतेसम्म निषेधाज्ञा लागू गरिएको छ । निषेधाज्ञापछि फुङ्लिङ बजार बन्द भएको र उपभोग्य वस्तु सहजरूपमा ढुवानी हुन छाडेपछि मूल्य आकाशिएको हो । फुङ्लिङ बजारमा अहिले चामल, दाल, खानेतेलजस्ता खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ ।निषेधाज्ञा अघिसम्म जुनेली चामल ३० केजीको पोका रु एक हजार ७७५ सम्ममा पाइने अहिले रु दुई हजार पर

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 101 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.