समाज

    Showing 10,681-10,690 of 11,093 items.
  • सगरमाथामा एकैदिन ८० आरोही

    सोलुखुम्बु / बहराइनका राजपरिवार सहित आज एकै दिन करिब ८० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । पर्यटन विभागका निर्देशक मीरा आचार्यका अनुसार आज बिहान ६ः४० बजेको समयमा बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफा सहितको टोली सगरमाथाको शिखरमा पुग्न सफल भएको हो ।  “खलिफासहित टोलीका १६ मध्ये १२ सहित अन्य करिब ८० जना सगरमाथाको शिखर पुग्नुभएको छ”, आधारशिविरमा रहनुभएका विभागका निर्देशक आचार्यले टेलिफोन सम्पर्कमा भने, “आरोहण टोलीसँग राम्रो टेलिफोन सम्पर्क हुन सकिरहेको छैन त्यसैले यो सङ्ख्यामा थपघट हुन सक्छ ।”स्वदेशी तथा विदेशी आरोहीले आज बिहान ५ बजे देखि सगरमाथाको शिखरमा पाइला टेक्न

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 137 पटक पढिएको
  • नेता खनाल स्वस्थ भई घर फिर्ता

    काठमाडौँ / नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल आज निको भई घर फिर्ता भएका छन् ।  कोभिड–१९  सङ्क्रमित भएपछि यही वैशाख १८ गते  नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना भएका नेता खनाल स्वस्थ भई डिस्चार्ज भएका हुन् । उनी यही वैशाख २६ गते कोभिड–१९ सङ्क्रमणमुक्त भएका थिए । अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले पूर्वप्रधानमन्त्री खनाल स्वस्थ भएपछि चिकित्सकको सल्लाहानुसार  डिस्चार्ज भएको जानकारी दिए । सङ्क्रमण  भएपछि उनलाई शुरुमा अक्सिजन दिइएको  र त्यसपछि  प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो ।  नेता खनालका उपचारमा अस्पतालका चिकित्सक डा ज

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 97 पटक पढिएको
  • समयमा रगत नपाउँदा सुत्केरीको निधन

    किमाथाङ्का / सोमबार सुत्केरी बेथा लागेपछि सङ्खुवासभाको दुर्गम सिलिचोङ गाउँपालिका –३ की २६ वर्षीया सिर्जना कुलुङलाई ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरियो ।  केन्द्रमा भर्ना भएको केही घण्टामै कुलुङले साधारण रुपमै शिशु जन्माइन् । जन्मिएको केही समयपछि सुत्केरीको रक्तश्राव हुन थाल्यो । अत्यधिक रक्तश्राव भएपछि उहाँलाई थप उपचारका लागि जिल्ला अस्पताल खाँदबारी पठाइयो ।  सदरमुकाम खाँदबारी लैजाने क्रममा सिलिचोङ ३ की उनको सोमबार राति ७ बजे मृत्यु भएको सिलिचोङ ३ का वडाध्यक्ष प्रतापसिंह तामाङले जानकारी दिनुभयो । जिल्ला अस्पताल खाँदबारी ल्याउने क्रममा खाँदबारी –१० चन्दनपुर  आइपु

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 101 पटक पढिएको
  • अवैध रूपमा अक्सोमिटर बिक्री गर्ने सात पक्राउ

    काठमाडौँ / काठमाडौँका विभिन्न क्षेत्रमा अनुगमनका क्रममा लुकाई–छिपाई अवैध रूमपा अक्सोमिटर बिक्री वितरण गर्ने सात जनालाई पक्राउ गरी कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार बिल बिजक नभएको, निर्माण कम्पनीको नाम, ठेगाना र बारकोडसमेत नभएको, न्यून गुणस्तरको अक्सोमिटर बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा अनुगमन गर्दा उनीहरूलाई पक्राउ गरिएको हो । अनुगमनमा काठमाडौँ प्रशासनसँगै महानगरीय अपराध महाशाखा, औषधि व्यवस्था विभाग र वाणिज्य विभागको समेत सहभागिता थियो । काठमाडौँ प्रशासनले आज एक सूचना जारी गरी उनीहरूबाट ८ सय ६५ स्थान अक्सोमिटर बरामद भएको र पक्राउ परेका सातै जनालाई का

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 95 पटक पढिएको
  • अन्धाअन्धीमा भक्तजनको घुँइचो

    जलेश्वर / महोत्तरी जिल्लाको अन्धाअन्धीमा आज आमाको मुख हेर्ने दिनमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष आमाको मुख हेर्ने दिन र बाबुको मुख हेर्ने दिनमा यस ठाउँमा ठूलो मेला लाग्ने गर्दछ । वैशाख कृष्ण औंसी अर्थात आमाको मुख हेर्ने दिनमा आज बिहानैदेखि जिल्लाको लोहारपट्टी नगरपालिकाको बगडा गाउँमा अवस्थित प्रसिद्ध ऐतिहासिक अन्धाअन्धी स्थानमा भक्तजनको घुँइचो लागेको छ । धनुषा जिल्लासँग जोडिएको  बगडामा अवस्थित रामायणकालीन अन्धाअन्धी स्थान पौराणिक एवं धार्मिक महत्व बोकेकाले यहाँ हजारौँ महिला पुरुषहरु दर्शनका लागि आउने गरेको स्थानीयवासी नरेन्द्र यादवले बताए । आमा, बुवा नभएकाहर

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 116 पटक पढिएको
  • प्रदेश सरकारद्वारा सञ्चालन गरिएको १५ खानेपानी आयोजना सम्पन्न

    लमजुङ / प्रदेश सरकारद्वारा सञ्चालन गरिएको खानेपानी आयोजनामध्ये १५ वटा खानेपानी आयोजना सम्पन्न भएका छन् । बेँसीशहर नगरपालिका–८ मा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखा एकाइ कार्यालय लमजुङद्वारा सञ्चालन भएको ५० योजनामध्ये १५ वटाको काम सकिएको हो । प्रदेश सरकारको चालु आव २०७७ ७८ मा सञ्चालन भएका ५० योजनाका लागि ११ करोड ६० लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो । एकाइ कार्यालयका प्रमुख इन्जिनीयर शम्भुराज खनालका अनुसार सम्पन्न भएका योजनाहरूमा रु २४ लाख लागतको दोर्दी गाउँपालिका–२ को अर्चलबोट खानेपानी आयोजना रु ३५ लाख बजेटमा क्व्होलासोंथर गाउँपालिका–७ भोजेको भोजे खानेपानी आयोजना स

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 101 पटक पढिएको
  • दुर्घटनामा दम्पतीको मृत्यु

    सप्तरी / दुर्घटनामा परी एक दम्पतीको मृत्यु भएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–३ पोर्ताहास्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको दुर्घटनामा सोही ठाउँ बस्ने ४५ वर्षीय सत्यनारायण मण्डल  र उनकी श्रीमती ४० वर्षीया सुनीतादेवी मण्डलको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।  पश्चिमबाट पूर्वतर्फ जाँदै  गरेको ना६ख ३८६१ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलमा सवार मण्डल दम्पतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।साइकलमा सवार मण्डल दम्पती घाइते भई दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल भारदह लैजाने क

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 116 पटक पढिएको
  • ढुंगाले किचिर बालकको मृत्यु

    ताप्लेजुङ / ताप्लेजुङ मेरिङदेन गाऊपालिका २ शान्थाक्रा का १३ बर्षीय फुर्वा शेर्पाको ढुंगाले किचेर मृत्यु भएको छ । आज दिउसो साढे २ बजे फूङलिङ नगरपालिका –७ स्थित सव बेश निर्माणको लागी   ढुङगा ओसार्ने क्रममा माथीबाट ढुङ्गा झरी किचेर बालकको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • 118 पटक पढिएको
  • सभापति देउवाद्वारा कार्कीको निधनप्रति दुःख व्यक्त

    काठमाडौँ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञसभाका सदस्य पृथ्वीबहादुर कार्कीको निधनप्रति दुःख व्यक्त गरेका छन् । ओखलढुंगा जिल्ला कार्यसमितिका पूर्वसभापति कार्कीको काठमाडौँ  स्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा आज बिहान ७८ वर्षका उमेरमा निधन भएको हो ।सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उनको निधनको खबरले आफूलाई मर्माहत र दुखित बनाएको उल्लेख जनाउँदै उनीप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । सभापति देउवाले कार्कीले पार्टी संगठन निर्माण र नेपालका लोकतान्त्रिक आन्दोलनमा पु¥याएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहने जनाएका

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • 113 पटक पढिएको
  • डाक्टरबिहीन बन्यो जैमिनी

    गलकोट / कोरोना सङ्क्रमण बढ्दै जाँदा थप स्वास्थ्यकर्मी आवश्यक पर्ने समयमा बागलुङको जैमिनी डाक्टरबिहीन बनेको छ । एकमात्र डाक्टर रहेको कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको करार सम्झौता सकिए पछि जैमिनी डाक्टरबिहीन बनेको जैमिनी नगरपालिकाले जनाएको छ । कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डा राजु भट्टराई क्षेत्रीको सम्झौता सकिएपछि प्राथमिक स्वास्थ्य चौकी डाक्टरबिहीन बनेको हो । कोरोना सङ्क्रमणका लागि भएका स्वास्थ्यकर्मीसमेतको करार अवधि सकिएपछि समस्या भएको स्थानीयले गुनासो गरेका छन् । डाक्टरको करार मिति थपेर पुनः क्षत्रीलाई नै ल्याउने अथवा नयाँ विज्ञापन खुलाउने विषयमा छ

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • 110 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.