बैतडी / नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएका बेला जिल्ला कारागार बैतडीमा क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी हुँदा समस्या भएको छ । जम्मा २५ जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल ७१ कैदीबन्दी छन् । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कोरोना सङ्क्रमणको जोखिम बढेको कारागारका अनिल तिवारीले जानकारी दिए । कैदीबन्दी बढी हुँदा कोरोना सङ्क्रमणका साथै बसोबास र सुरक्षाको दृष्टिकोणले पनि चुनौती छ । उनले भने, “बस्ने ठाउँको अभावमा त्रिपाल राखेर कैदीबन्दीलाई राखिएको छ । ” कारागारमा अहिले ३८ कैदी र ३३ थुनुवा छन् । भित्र बस्ने ठाउँ नभएपछि कारागारको आँगनमा त्रिपाल राखेर कैदीबन्दी
मकवानपुर / मकवानपुरको पश्चिमी भेगमा पर्ने राक्सिराङ गाउँपालिका–१ बेलटारस्थित बेसीघाटमा गएराति बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १७ वर्षीय दिनेश स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।उनका अनुसार, बेसीघाटबाट हेटौँडातर्फ आउँदै गरेको ना १५ च ३९२० नम्बरको जिप आफै अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खस्दा स्याङ्तानको घटनास्थलमै मृत्यु भएको हो ।उक्त दुर्घटनामा जिप चालकसहित अन्य ५ जना घाइते भएका छन् । घाइते हुनेहरुमा चालक सोही ठाउँ बस्ने २५ वर्षीय दिपेन्द्र ल्हो, जिपमा सवार १८ वर्षीया मञ्जु ल्हो, १६
ईलाम / ईलाममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नगरपालिका –५ ओख्रेका ३२ बर्षीय मिलन अधिकारी रहेका छन् ।उनको आज बिहान घर नजिकै रहेको खनिउ जातको रुखमा चढेर घाँस झार्ने क्रममा अचानक सोही रुखबाट लड्दा अधिकारीको घटनास्थलमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
बिर्तामोड / समुदायस्तरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि मकवानपुरको थाहा नगरपालिकाले नगरमा सञ्चालित अटोरिक्सालाई एम्बुलेन्सका रुपमा प्रयोग गर्ने भएको छ । नगरपालिकामा रहेका एम्बुलेसले धान्न नसक्ने अवस्था आउन सक्ने सम्भावना देखेर बिरामी बोक्ने विकल्पका रुपमा अटो प्रयोग गर्ने निष्कर्षमा पुगेको नगरपालिकाका उपप्रमुख खड्गबहादुर गोपालीले बताएका छन्। “हाल नगरपालिकाभित्र छ वटा एम्बुलेन्स सञ्चालनमा छन्, नगरमा कोरोना सङ्क्रमणको दर बढ्दै गएकाले यहाँ सञ्चालित अटोहरुलाई पनि तयारी अवस्थामा राख्न लागिएको छ”, उपप्रमुख गोपालीले भने । समयमै एम्बुलेन्स पाउने अवस्था नहुन सक्ने र जारी निषेधाज्ञाका
लमजुङ / चेतनाको कमी, गरिबी तथा अशिक्षा र बेरोजगार लगायतका कारण जिल्लामा घरेलु हिंसा बढ्न थालेको हो । चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म जिल्ला प्रहरी कार्यालय लमजुङमा ६५ वटा घरेलु हिंसासम्बन्धी उजूरी परेको जिल्ला प्रहरी कार्यालयअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ती उजूरी परेकामध्ये ३६ वटा मिलापत्र भइसकेको छ भने २१ वटा अदालती प्रक्रियामा गएको र आठ वटाको काम भइरहेको छ । गत आर्थिक वर्षमा भन्दा यस चालू आवको नौ महिनासम्ममा चारवटा घरेलु हिंसा बढी भएको देखिन्छ । गत आर्थिक वर्षमा कार्यालयमा घरेलु हिंसासम्बन्धी ६१ वटा उजूरी प
गलेश्वर / विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण समुदायस्तरसम्म पुगेपछि गरिएको (लकडाउन) बन्दाबन्दीका कारण म्याग्दीको बेनी नगरपालिकाका सवै मानिस घरभित्र नै खुम्चिएका छन् ।वन्दाबन्दीका कारण फुुर्सदिला बनेका म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका युवा भने सुरक्षा सावधानी अपनाएर विकास निर्माणका काममा जुटेका छन् । गाउँका आठ युवा मिलेर खहरेखोला–कुरुङ्दी–जलकेनी सडकको मर्मतका लागि बेनी नगरपालिकाले विनियोजन गरेको पाँच लाख रुपैयाँ बराबरको कामको ठेक्का लिएर उनीहरू सडक मर्मतमा जुटेका हुन् ।स्थानीय युवा पूर्णबहादुर हुमेनको नेतृत्वमा रामबहादुर पोख्रेल, विकास कुवँर, कृष्ण पोख्रे
बलेवा / ढोरपाटन शिकार आरक्ष क्षेत्रमा अवैध रुपमा हुनसक्ने वन्यजन्तु र तिनको आखेटोपहारको ओसारपसार नियन्त्रणमा सघाउ पु¥याउन जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण ब्यूरो गठन गरिएको छ । शिकार आरक्षका प्रमुख संरक्षण अधिकृतको संयोजकत्वमा ब्यूरो गठन गरिएको हो ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन तथा भूसंरक्षण विभाग र वन्यजन्तु कोषसमेतको पहलमा ब्यूरो गठन गरेर काम थालेको प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताउनुभयो । शिकार आरक्ष क्षेत्रमा वन, वन्यजन्तु, वनस्पतिलगायत सम्पूर्ण जैविक विविधताको संरक्षण संवद्र्धन र व्यवस्थापनमा समेत सम्बन्धित सरोकारवाला निकायबीच समन्वय गर्ने
बिर्तामोड / झापाको हल्दिवारी गाउँपालिका –४ का ३३ बर्षीय राम बहादुर थारु चौधरी पानीमा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् । स्थानीय कैलाश आचार्यको घरमा घरेलु कामदारको रुपमा काम गर्दे आएका चौधरी आज बिहान सवा ७ बजेको समयमा स्थानीय काजली खोलामा मृत फेला परेका हुन् । घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोलीले खटि गई अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।
झापा / झापाको मेचीनगर नगरपालिका –१० मा रहेको कपास उद्योगमा आगलागी हुँदा अन्दाजी १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । बिहिवार साँझ साँढे ६ बजेको समयमा उद्योगको कपास पेल्ने मेशिनबाट अचानक आगलागी शुरु भई मेशिन, कच्चा पदार्थ तथा अन्य समान समेत जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको तथा आगलागीबाट मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो आगलागी प्रहरी तथा स्थानीयवासीको सहयोगमा बेलुका ७ बजे नियन्त्रणमा आएको र अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
बिर्तामोड / वरिष्ठ गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधानको ८४ वर्षका उमेरमा आज निधन भएको छ । छातीमा समस्या देखिएपछि वसुन्धरास्थित न्युरो अस्पताल काठमाडौँमा उपचाररत प्रधानको निधन भएको हो । पुख्र्यौली घर सिन्धुपाल्चोकको चौतारा भए पनि उनको जन्म काठमाडौंँको नःघलमा भएको थियो ।पिता रत्नध्वज र माता प्राणदेवीका कोखबाट विसं १९९४ मा जन्मीएका प्रधानले २००९ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेका थिए । उनले गाएको विसं २०१७ मा तारादेवीसँगको युगल राष्ट्रिय गीत यो नेपाली शिर उचाली संसारमा लम्कन्छ, २०२१÷२०२२ सालतिरको घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँको जस्ता गीत अझै पनि लोकप्रिय छन् । यस्तै यो नानीको
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.