समाज

    Showing 10,721-10,730 of 11,093 items.
  • वडावडामा मेलमिलाप केन्द्र स्थापना

    दमौली / तनहुँको व्यास नगरपालिकाले प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना शुरु गरेको छ । सामान्य विवादका घटना वडामै मिलाउने उद्देश्यसहित नगरपालिकाले वडावडामा नै मेलमिलाप केन्द्र स्थापना शुरु गरेको हो । चौध वडा रहेको नगरपालिकाका पाँच वटा वडामा मेलमिलाप केन्द्र स्थापना भइसकेको नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मीरा जोशीले जानकारी दिए । उनका अनुसार वडा नं १०, ११, १२, १३ र १४ वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । “सबै वडामा मेलमिलाप केन्द्र स्थापना गर्छौँ, अहिले कोरोना जोखिमका कारण केही वडामा स्थापना गर्न ढिलाइ भएको छ”, जोशीले भने । न्यायिक समितिमा मुद्दाको चाप घटाउने र

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 122 पटक पढिएको
  • छुट्टाछुट्टै घटनाका दुई पक्राउ

    भरतपुर / चितवनमा १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । रुपन्देहीको रोहिणी–५ घर भई हाल चितवनको राप्ती नगरपालिका–९ बस्ने ३५ वर्षीय पुरुषलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।यही वैशाख १६ गते ११ बजेको समयमा आफ्नै घरमा छोरी नाता पर्ने अन्दाजी १२ वर्षकी बालिकालाई ती पुरुषले जबर्जस्ती करणी गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय खैरहनीमा लिखित जाहेरी दिएकी थिइन् । ती पुरुषलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा निजले स्वीकार गरेकाले पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।त्यसैगरी चितवनमा लागुऔषध सहित एक युवक पक्राउ परेका छन् । पूर्वी चितवनको

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 103 पटक पढिएको
  • प्रहरी कार्यालय नजिकमा नै बलात्कार, पिडक जोगाउन चलखेल

    इनरुवा / सुनसरीको सदरमुकाम इनरुवा बजारमा चार दिन अगाडि एक व्यापारीद्धार बालिकाको बलात्कार भएको थिए । सोही घटनाका आरोपीलाई जोगाउन  जनप्रतिनिधि, दलका नेता, व्यापारी र बिचौलियाले उजुरी दर्ता नगर्न प्रहरीलाई र पीडितलाई दवाव दिईरहेको खुलासा भएको छ । चार दिन अगाडि भएको एक विवाहमा गएकी बालिकालाई इनरुवा –१ स्थित जिल्ला प्रहरी कार्यालयको नजिकै ति जन्ती गएका व्यापारीले डर देखाइ बलात्कार गरेका थिए । बलात्कार पछि बालिकालाई एक हजार रुपैयाँ दिएर घटनाको बारेमा कसैलाई नभन्न डर देखाइएको थियो । पीडित बालिकाले आफु बजारमा घरेलु उद्योग सञ्चालन गर्दै आएका व्यापारीबाट बलात्कारको शिकार भएको आमालाई सुना

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 142 पटक पढिएको
  • कुन राशीका व्यक्तिले कुन देवताको पूजा गर्ने ?

    बिर्तामोड / हुन त व्यक्तिले आफ्नो इच्छा अनुसार र श्रद्धा अनुसार कुनै पनि देवी देवता, धर्ममा आस्था राख्न सक्छन् । यसका लागी हरेक व्यक्ति स्वतन्त्र छन् । तर, हिन्दूधर्ममा भने हरेक व्यक्तिले आफ्नो इष्ट देवको पूजा गर्नुपर्ने विशेष महत्वपूर्ण मानिन्छ ।हिन्दु मान्यता अनुसार इष्ट देवको सम्बन्ध हाम्रो कर्म र जीवनसंग रहेको हुन्छ । धार्मिक मान्यता अनुसार इष्ट देवको पूजा गर्ने व्यक्तिले शुभ र राम्रो फल प्राप्त गर्दछन् । यस्तोमा आफ्नो इष्ट देव कसरी थाहा पाउने त ?ज्योतिष शास्त्रको मान्यता अनुसार व्यक्तिको जन्म मिति अनुसारको नाम अर्थात न्वारानको नाम र अक्षरका आधारमा राशी वा जन्म कुण्डलीको राशीका आधारमा इष्ट

    • प्रकाशित मितिः वैशाख २०, २०७८
    • 123 पटक पढिएको
  • बिर्तामोड : निषेधाज्ञाको पहिलो दिन (भिडियो सहित)

    बिर्तामोड / पछिल्लो समय कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहरको जोखिम बढेसँगै सरकारले  देशका विभिन्न जिल्लामा निषेधाज्ञा तथा लकडाउन गरेको छ ।कोरोना महामारीको दोस्रो लहर फैलिएपछी यसको रोकथामका लागि  झापा जिल्ला प्रशासन कर्यालयले पनि सोमबार राती १२ बजेदेखि  बैसाख २६ गते राती १२ बजेसम्म लागुहुने गरी निषेधाज्ञा जारी गरेको छ ।निषेधाज्ञा पहिलो दिन बिहानदेखि नै सवारी साधाको आवगमन धेरै पातलो देखिएको छ । अत्यावशयक बाहेका अन्य सेवा बन्द गरिएको छ । बिर्तामोडमा  निषेधाज्ञाको पहिलो दिन (भिडियो सहित)

    • प्रकाशित मितिः वैशाख २०, २०७८
    • 135 पटक पढिएको
  • जबर्जस्ती करणीका फरार प्रतिवादी १० वर्षपछि पक्राउ

    किमाथाङ्का / सङ्खुवासभामा जबर्जस्ती करणी गरी फरार भएका प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । जबर्जस्ती करणी कसुरमा अदालतबाट दोषी ठहर भएका चैनपुर नगरपालिका–१० का ४३ वर्षीय गणेशबहादुर भनिने लेकबहादुर अधिकारीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । दश वर्षअघि १३ वर्षीय बालिकालाई जबर्जस्ती करणीको आरोपमा फरार अधिकारीलाई विशेष सुराकीका आधारमा सुनसरीको खनारबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगराज खतिवडाले बताए । अधिकारीले २०६८ माघ १२ गते १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार भएका थिए । फरार भएका अधिकारीलाई जिल्ला अदालत चैनपुरले १३ वर्षीया

    • प्रकाशित मितिः वैशाख २०, २०७८
    • 109 पटक पढिएको
  • २५ बोरा सुर्ती सहित ट्रक चालक पक्राउ

    कर्णाली / जिल्ला प्रहरी कार्यालय सुर्खेतले लिप्स नामको २५ बोरा सुर्ती बरामद गरेको छ । प्रहरीले सुर्तीसहित प्रहरी ट्रक चालक अशोक शाहीलाई आइतबार पक्राउ गरेको छ ।तुर्माखाँद गाउँपालिका–७ अछामका ३२ वर्षीय चालक शाहीले निषेधाज्ञाको मौका पारी कर छलेर २५ बोरा सुर्ती मार्सल जनरल स्टोर नामको ट्रक प्रयोग गरेर भित्र्याउने क्रममा अवैध सामानसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।कप्र२–००१–क ०१२१ नंको मालबाहक ट्रकमा खाद्य पदार्थ चिनी, चामल, तेल, पिठो, बियर चाउचाउलगायतका सामानभित्र अवैधरूपमा अखाद्य सुर्तीजन्य पदार्थ लुकाइछिपाई र

    • प्रकाशित मितिः वैशाख २०, २०७८
    • 124 पटक पढिएको
  • कर्मचारीलाई कोरोना देखिएपछि अत्यावश्यक बाहेकका सेवा बन्द

    काठमाडौँ / टोखा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले आइतबार एक विज्ञप्ति जारी गरी नयाँ भेरियन्ट सहितको दोस्रो चरणको कोरोना सङ्क्रमण जनप्रतिनिधि र कर्मचारीमा देखिएपछि आगामी वैशाख ३० गतेसम्म नगरपालिका र वडाभित्रका अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिएको हो ।नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले नगरपालिका तथा वडाका जनप्रतिनिधिलाई कोरोना सङ्क्रमण देखिएकाले वैशाख ३० गतेसम्म अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गरिएको बताए । नगरपालिकाले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट

    • प्रकाशित मितिः वैशाख २०, २०७८
    • 101 पटक पढिएको
  • प्लान्टबाट अक्सिजन उत्पादन शुरु

    काठमाडौँ / काठमाडौँ महानगरपालिकाको लगानीमा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा राखिएको अक्सिजन प्लान्टबाट उत्पादन शुरु गरिएको छ । कामपाले उपलब्ध गराएको करिब दुई करोड ७५ लाख रुपैयाँ लागतमा स्थापना गरिएको प्लान्टबाट आइतबारदेखि अक्सिजन उत्पादन शुरु गरिएको हो । उक्त प्लान्टबाट दैनिक ४७ लिटरका १३५ सिलिण्डर अक्सिजन उत्पादन गर्न सकिने छ ।  यसमध्ये गङ्गालालमा दैनिक करिब ९० सिलिण्डर अक्सिजन खपत हुन्छ । बाँकी अक्सिजन भरेर अन्यत्र पठाउन सकिन्छ । प्लान्टमा ३७ किलोवाटको एअर कम्प्रेसर, तीन डिग्री सेल्सियससम्म चिसो पार्ने एअर ड्रायर, एक हजार लिटर क्षमताको एअर ट्याङ्क, दुईवटा अक्सिजन जेनेरेटरलगाय

    • प्रकाशित मितिः वैशाख २०, २०७८
    • 109 पटक पढिएको
  • ज्यान मार्ने उद्योग मुद्दाका प्रतिवादी पक्राउ

    दमौली / ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक प्रतिवादी दुई महिनापछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–७ पाथ्रा बस्ने ३१ वर्षीय घैँटे भन्ने रोशन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । गुरुङलाई आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । पक्राउ परेका गुरुङविरुद्ध आइतबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । विसं २०७७ फागुन २० गते व्यास–७ पाथ्रामा सोही ठाउँ बस्ने २२ वर्षीय किशोरकुमार श्रेष्ठलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोग गुरुङ विरुद्ध छ । सामान्य रूपमा भएको विवादको घट

    • प्रकाशित मितिः वैशाख २०, २०७८
    • 103 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.