समाज

    Showing 10,801-10,810 of 11,094 items.
  • ग्रामीण भेगमा विद्युत् विस्तार

    तनहुँ / तनहुँको ग्रामीण भेगमा विद्युत् विस्तार गरिएको छ । हालसम्म विद्युत् सेवा नपुगेका बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकाको ग्रामीण क्षेत्रमा विद्युतीकरण गरिएको हो । बन्दीपुर गाउँपालिका–६ को खहरे, ढाप, थुमथुमे तथा व्यास नगरपालिका–१४ को मास्दीघाट, सुढे रिजाल्दीको ११५ घरमा बिहीबारदेखि बत्ती बलेको छ । तनहुँ जलविद्युत् आयोजनाको विद्युत् सुदृढीकरण तथा विस्तार आयोजनामार्फत उक्त ठाउँमा बत्ती बलेको हो । बन्दीपुर गाउँपालिका–६ का ६२ र व्यास नगरपालिका–१४ का ५३ घरमा बत्ती बलेसँगै दुवै वडा अन्धकारमुक्त भएका छन् । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले उक्त वडामा बत्ती बलेसँगै गाउँपालिकाका स

    • प्रकाशित मितिः वैशाख ३, २०७८
    • 101 पटक पढिएको
  • सामुदायिक साकोसको ११ औँ सेवा केन्द्र धुलिखेलमा

    काभ्रेपलाञ्चोक / काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ मा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले धुलिखेलमा सेवाकेन्द्र स्थापना गरेर सेवा शुभारम्भ गरेको छ । काभ्रेपलाञ्चोकलगायत काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर) गरी चार जिल्ला कार्यक्षेत्र रहेको सो संस्थाले बजार क्षेत्रलाई ध्यानमा राखेर बिहीबारबाट अर्को सेवाकेन्द्र विस्तार गरिएको हो ।धुलिखेल नगरपालिका नगरप्रमुख अशोक ब्याञ्जुले सेवाकेन्द्रको सेवा शुभारम्भ गर्दै तीन खम्बे अर्थनीतिमा सहकारीको भूमिका, छरिएर रहेका पूँजी एकीकृत गरी समाज र राष्ट्र निर्माणका लागि आवश्यक पूँजी निर्माणमा महत्वपूर्ण भूमिका

    • प्रकाशित मितिः वैशाख ३, २०७८
    • 103 पटक पढिएको
  • साथीको हत्या गरेलगत्तै हत्यामा संलग्न खुलाल पक्राउ

    भक्तपुर / भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोल मूलबाटोसँगै कविराज बस्नेतको जग्गामा टहरा बनाई गोकुलबहादुर खुलालले सञ्चालन गरेको गाईफार्ममा एक युवकको हत्या भएको छ । सोलुखुम्बु घर भई हाल मनोहराको सुकुम्बासी बस्तीमा बस्ने २० वर्षीय ईश्वर राईको हिजो गाईफार्ममा खुकुरी प्रहार गरी हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन् । हत्यामा संलग्न काठमाडौँ गोठाटार घर भई सूर्यविनायक बस्ने २० वर्षीय आशिष खुलाललाई प्रहरीले चारैतिर घेरा हाली पक्राउ गरेको छ । अनुसन्धानका क्रममा खुलालले सामान्य विवादमै खुकुरी प्रहार गरी हत्या गरेको बयान दिएको प्रहरीको भनाइ छ ।

    • प्रकाशित मितिः वैशाख ३, २०७८
    • 104 पटक पढिएको
  • विक्रमबाबा मेला स्थगित

    चितवन / हरेक वर्ष चैते दशैँका अवसरमा लाग्ने विक्रमबाबा मेला यस वर्ष पनि बन्द गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र लाग्ने सो मेला कोरोना जोखिमका कारण बन्द भएको हो । सरकारले २५ भन्दा बढीको भेला हुने कार्यक्रम नगर्न निर्देशन जारी गरेसँगै गत चैत ३१ गतेदेखि शुरु भएको सो मेला बन्द गरिएको हो ।कोरोनाको सङ्क्रमणको जोखिम रहेकाले यस वर्ष पनि मेला बन्द गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिएका छन् ।  गत वर्ष कोरोना जोखिका कारण सो मेला स्थगन गरिएको थियो । विक्रमबाबा मेलामा भक्तजनको निकै भीड लाग्ने र यसले थप कोरोनाको जोखिम बढाउने हुँदा दुई वर्षदेखि मेला बन्द गरिएको नि

    • प्रकाशित मितिः वैशाख २, २०७८
    • 103 पटक पढिएको
  • आगलागी पीडितको पालमुनि बास !

    डोटी (रासस) सामुदायिक वनमा लागेको ढडेलो पसलमा पस्दा आगलागीमा परेर घरवारविहीन पीडितको पालमुनि बास भएको छ । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–२ भट्टी बजारमै पालको टहरो बनाई रात बिताउन उनीहरु बाध्य छन ।  सामुदायिक वनमा लागेको आगो एकाएक भट्टी बजारमा मङ्गलबार राति आउँदा त्यहाँका तीन पसल जलेर नष्ट भएका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार आगलागीबाट स्थानीय होटल सञ्चालक नवलसिंह परियारको एक भान्सा, एक होटेल तथा उहाँकी छोरी दुर्गा दमाईको एक पसल जलेर नष्ट भएको छ ।नेपाल रेडक्रस सोसाइटी बुडर शाखाले उपलब्ध गर

    • प्रकाशित मितिः वैशाख २, २०७८
    • 104 पटक पढिएको
  • बागलुङका ३० वनमा आगलागी

    बागलुङ / गर्मीयाम शुरु भएसँगै दैनिकजसो आगलागीका घटना भइरहेका छन् । पछिल्लो समय बागलुङमा ३० वटा वनमा आगलागी भएको छ । विभिन्न वन तथा घर गोठमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।जिल्ला डिभिजन वन कार्यालयका अनुसार जिल्लाका  ३३० हेक्टर क्षेत्रफलमा आगलागी भएको छ । ढोरपाटन शिकार आरक्षका बुँकी क्षेत्र, गलकोटको घुम्टे, रेश सिगानाको बुछुङ सल्लेरी सामुदायिक वन, मालिका सामुदायिक वनसहितमा आगलागी भएको सो कार्यालयका सहायक वनअधिकृत मदन कँडेलले जानकारी दिएका छन् ।  लामो समयको खडेरी र मानवीय लापरवाहीका कारण वर्षेनी आगलागीका घटना हुने गरेको उनको भनाइ छ । जिल्लामा सबैभन्दा बढी काठेखोलाको धम्जा

    • प्रकाशित मितिः वैशाख २, २०७८
    • 108 पटक पढिएको
  • लोकपर्व जुडशीतल मनाइँदै

    जनकपुरधाम / मिथिलाञ्चलमा आज लोकपर्व जुडशीतल हर्षोल्लासपूर्वक मनाइँदैछ । यस पर्वलाई विशिष्ट कृषि संस्कृति मानिएको छ । प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यस पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा मनाइन्छ भने थारू समुदायले यसलाई सिरूवा पर्व भनी मनाउने गरेको छ । वस्तुतः दुवै पर्वको उद्देश्य सूर्यको तापबाट आकुलव्याकुल मानवलाई शीतलता प्रदान गर्नु रहेको छ ।मिथिलाञ्चल मुख्यतः कृषि प्रधान क्षेत्र भएकाले यहाँ मनाइने चाडपर्वमा कृषि संस्कृतिको प्रभाव देखिन्छ । फलतः यस पर्वमा पनि कृषि कर्मबाट उत्पादित उत्पादनको प्रयोग उदाहरणीय एवं उल्लेखनीय मानिन्छ । जुडशीतलमा रहेका दुई पद जुड र शीतल  कल्याणसँग सम्बन्धि

    • प्रकाशित मितिः वैशाख २, २०७८
    • 101 पटक पढिएको
  • विस्थापित हुँदै हात्ती

    चितवन / जङ्गल सफारीका लागि परिचित चितवनमा पर्यटक घुमाउनका लागि राखिएका निजी हात्ती विस्थापित हुन थालेका छन् । कोरोना सङ्क्रमणका कारण काम नपाएपछि हात्ती धनीले भाडाका हात्ती फिर्ता र बिक्रीसमेत गर्न थालेको जनाइएको छ ।  हात्ती सञ्चालन गर्दै आएको युनाइटेड हात्ती सञ्चालन सहकारीमा दुई वर्ष अघिसम्म ६७ हात्ती रहेकामा हाल यो सङ्ख्या घटेर ३५ मा झरेको छ । संस्थाका पूर्वअध्यक्षसमेत रहेका क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराई हात्ती पाल्न मुस्किल भएको बताउछन्। सरकारी तवरबाट कुनै किसिमको सहयोग नभएपछि हात्ती विस्थापित हुन थालेको उनको भनाइ छ । दैनिक दुई क्विन्टलभन्दा बढी खाद्यान्न आवश्यक पर्ने

    • प्रकाशित मितिः वैशाख २, २०७८
    • 107 पटक पढिएको
  • मुन्धुम ट्रेल अवलोकनमा स्वीस राजदूत एलिजावेथ

    खोटाङ / नेपाल सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमा पर्ने मुन्धुम ट्रेल (पदमार्ग) अवलोकन गर्न स्वीस राजदूत एलिजावेथ भोन क्यापलर खोटाङको साकेला गाउँपालिका आएका छन् । पूर्वका चार जिल्ला खोटाङ, सोलुखुम्बु, भोजपुर र सङ्खुवासभाको रमणीयस्थलको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निर्माणको काम शुरु गरिएको मुन्धुम ट्रेल अवलोकन गर्न स्वीस राजदूत एलिजावेथसहितको टोली खोटाङको साकेला गाउँपालिका आएका हुन्।साकेला–३ खिदिमास्थित पर्यटकीयस्थल तावाभञ्ज्याङलाई मुन्धुम ट्रेलको शुरु विन्दु (प्रवेशद्वार) मानिएकाले राजदूत एलिजावेथ खोटाङ आउनुभएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताएका छन् । “स्वीस राजद

    • प्रकाशित मितिः वैशाख २, २०७८
    • 97 पटक पढिएको
  • अनुमतिबिना काठ कटानदेखि धमाधन वन फाँडेर घरटहरा

    बिर्तामोड  ( रासस) डिभिजन वन कार्यालयको अनुमति नलिई धमाधम रुखहरु काट्ने क्रम अत्यधिक बढेको छ । सामुदायिक वन समूहको सिफारिसमा डिभिजन वन कार्यालयले टाँचा लगाएर नापजाँच गरेर मात्र रुख कटान गर्न पाइने व्यवस्था भए पनि त्यो अहिलेसम्म कार्यान्वन हुनसकेको छैन ।सामुदायिक वन समूहले आफैँ रुख कटान गर्ने अनुमति दिएर जथाभावी रुख कटान हुँदै आएको छ । डिभिजन वन कार्यालयमा अहिलेसम्म रुख कटानका लागि अनुमति माग्न कोही पनि नआएको डिभिजन वनको भनाइ छ । काठ कटान गरेर बाहिर लिएर बिक्री गर्ने ठूला ठेकेदारबाहेक घर निर्माण गर्ने स्थानीयवासीलाई सामुदायिक वनहरूले आफूखुसी पूर्जी वितरण गरी रुख काट्ने अनुमति दिँदै आए

    • प्रकाशित मितिः वैशाख १, २०७८
    • 109 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.