समाज

    Showing 1,601-1,610 of 11,022 items.
  • ट्राफिक व्यवस्थापनलाई आधुनिक एवम प्रविधिमैत्री बनाउन एकीकृत डिजिटल प्रणाली आवश्यक

    काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई आधुनिक, प्रविधिमैत्री बनाउन एकीकृत डिजिटल प्रणालीको आवश्यकता रहेको बताएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘एकीकृत यातायात व्यवस्थापन प्रणाली’ सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठी समारोहमा बोल्दै उनले परम्परागत रूपमा हातको इसाराबाट सञ्चालन हुँदै आएको ट्राफिक व्यवस्थापनलाई अब प्रविधिमा आधारित प्रणालीमा रूपान्तरण गर्नुपर्ने बताए ।उनले ट्राफिक व्यवस्थापनलाई एकीकृत नियन्त्रण कक्ष ९कन्ट्रोल रुम मार्फत सञ्चालन गर्ने गरी काम भइरहेको बताए ।उनले भने, ‘काठमाडौंको ट्राफिक व्यवस्थापन लामो स

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • 234 पटक पढिएको
  • सांसदहरूको नाराबाजीपछि राष्ट्रिय सभा बैठक स्थगित

    काठमाडौं— सांसदहरूको नाराबाजीपछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति सांसदहरूले आपत्ति जनाउँदै नाराबाजी नै गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले २० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • 458 पटक पढिएको
  • कुटपिटबाट एक जनाको मृत्यु, आरोपित पक्राउ

    झापा— मेचीनगर नगरपालिका–१५ निलकोठीका ५५ वर्षीय रुद्र श्रेष्ठको मृत्यु भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा तनहुँ घर भई सोही क्षेत्रमा रहेको माँ पाथीभारा प्लाई फ्याक्ट्रीमा कार्यरत ३५ वर्षीय रामबहादुर गौतम रहेका छन्।प्रहरीका अनुसार आइतबार राति श्रेष्ठ र गौतमबीच भएको विवादका क्रममा कुटपिट हुँदा श्रेष्ठ गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा सोमबार बिहान उपचारकै क्रममा मृत्यु भएको हो।घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको टोलीले गौतमलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको छ।

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • 472 पटक पढिएको
  • ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा ११३ जनाको दाबी

    काठमाडौं— देशभरका ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपति पदका लागि ११३ जनाले आवेदन दिएका छन्।स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको उपकुलपति छनोट तथा सिफारिस समितिको सचिवालयका अनुसार अनलाइनमार्फत आवेदन संकलन गरिएको हो। समितिले गत जेठ ४ गते उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो।प्राप्त आवेदनमध्ये सबैभन्दा बढी २६ वटा आवेदन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि परेका छन्। त्यसपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का लागि २४, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १९, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १७ तथा बीपी कोइराला स्वास्थ्य विज्ञा

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • 433 पटक पढिएको
  • मन्त्री चौधरी भन्छिन दुग्ध क्षेत्र राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधार बन्न सक्छ

    काठमाडौं— कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले दुग्ध क्षेत्रलाई व्यवसायिक रूपमा प्रवद्र्धन गर्नसके राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधार बन्नसक्ने बताएकी छन् ।‘दुग्ध क्षेत्रको दिगो विकासः पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार’ भन्ने मूल नाराका साथ ‘विश्व दूध दिवस २०८३’ को अवसरमा बोल्दै उनले दूध दिवस केवल औपचारिक कार्यक्रम नभई पोषण, स्वास्थ्य, ग्रामीण अर्थतन्त्र, रोजगारी, खाद्य सुरक्षा तथा समृद्धिमा दुग्ध क्षेत्रको महत्व उजागर गर्ने अवसर भएको बताइन् ।उनले भनिन्, ‘विश्व दूध दिवस केवल औपचारिकता मात्र होइन पोषण स्वास्थ्य, र ग्रामिण अर्थतन्त्र, रोजगारी, खाद्य सुरक्षा र समृद्धिको आधारको रुपमा दू

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • 437 पटक पढिएको
  • विश्वकप खेल्ने उरुग्वेली टिमबाट सुआरेज बाहिरियो

    काठमाडौं— चर्चित स्ट्राइकर लुइस सुआरेज बिना नै दुई पटकको पूर्व विजेता उरुग्वेले आगामी फिफा विश्वकप २०२६ का लागि आफ्नो आधिकारिक टोलीको घोषणा गरेको छ। प्रशिक्षक मार्सेलो वियल्साले फेडेरिको भाल्भर्डेको कप्तानीमा घोषणा गरेको टोलीमा युवा र अनुभवी खेलाडीहरूको मिश्रण रहेको छ । यस पटक टोलीको मुख्य जिम्मेवारी भाल्भर्डेको काँधमा सुम्पिइएको छ भने टोलीका अन्य प्रमुख खेलाडीहरूमा स्टार स्ट्राइकर डार्विन नुनेज, रक्षापंक्तिका खम्बा रोनाल्ड अरौजो, म्यानुअल उगार्टे, रोड्रिगो बेन्टानकुर, फाकुन्डो फेलेस्ट्री र जोसे मारिया जिमिनेज जस्ता विश्वप्रसिद्ध नामहरू समावेश छन् । बलियो टोली निर्माणका साथ मैदान उत्रने त

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • 543 पटक पढिएको
  • अध्यक्ष अग्रवाल भन्छन कर सुधारमा बजेटले ठूलो फड्को मारेको छ

    काठमाडौं— नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले आगामी आर्थिक वर्षको बजेटले लामो समयदेखि सुस्त रहेको अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरेका छन्।सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले कर सुधारका क्षेत्रमा बजेटले उल्लेखनीय प्रगति गरेको बताए। उनका अनुसार लामो समयदेखि रोकिएका कर सुधारका विषयलाई बजेटमार्फत सम्बोधन गरिएको छ।उनले भने,‘लामो समयदेखिको सिथिल अर्थतन्त्रलाई चलायमान बनाउने छ । मुलुकको अर्थतन्त्रलाई नयाँ आयाम दिँदै आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने सुरुवात बिन्दुको रुपमा यो प्रस्तुत

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • 476 पटक पढिएको
  • ‘सारथी’ को छायांकन सकियो

    काठमाडौं— अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंहको मुख्य भूमिका रहेको सिनेमा ‘सारथी’को गुर्जा खानी सेड्युलको छायांकन सकिएको छ । गत बैशाख १५ गतेबाट छायांकन सुरु भएको सिनेमाको एक महिनामा गुर्जा खानीको सम्पुर्ण छायांकन सकिएको हो ।निर्देशक कुमार गजुरेलका अनुसार यो सिनेमाको अब काठमाडौंको एक दिनको छायांकन बाँकी छ । त्यो पनि केही दिनमा सकेर पोस्ट प्रोडक्सनमा लाग्ने बताए । सिनेमाको पोष्ट प्रोडक्सन सकिएसँगै प्रदर्शन मिति घोषणा गरिने निर्देशक गजुरेल बताउँछन् । म्याग्दीको दुर्गम तर प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थानमा छायांकन सम्पन्न गरी निर्माण टिम काठमाडौं फर्किदा उत्साहित देखिएको हो ।सिनेमाको प

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • 719 पटक पढिएको
  • कर्णाली छोरी सम्मेलनबाट १० बुँदे घोषणापत्र जारी

    सुर्खेत— शनिबारदेखि सुर्खेतमा जारी ‘कर्णाली छोरी सम्मेलन’को दोस्रो संस्करण १० बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ ।श्री ज्योति फाउन्डेसनले आयोजना गरेको सम्मेलनमा कर्णाली सरकार सामाजिक विकास मन्त्रालयको समन्वयमा भएको हो । सम्मेलनले लैङ्गिक तथा जातीय विभेद, महिला हिंसा, बालविवाह, घरेलु हिंसा, मर्यादित महिनावारी र छाउपडीजस्ता विषयमा बहस र छलफल छ ।सम्मेलनले कर्णालीमा बाल विवाह, लैङ्गिक विभेद, कुप्रथालगायतका विभेदहरू कर्णालीका छोरीहरूको उज्ज्वल भविष्य निर्माणका लागि बाधक बनेको निष्कर्षसहित यस्ता प्रथाहरू अन्त्यका लागि प्रदेश तथा स्थानीय सरकारसँग रणनीति एवम् कार्य योजना निर्माण गरी कार्यान्वयन गर्न

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • 442 पटक पढिएको
  • बाजुराको बडी मालिकामा भिरबाट लडेर दुई जनाको मृत्यु

    बाजुरा— बाजुरामा भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको बडी मालिका नगरपालिकामा भीरबाट लडेर दुई जनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा सोही नगरपालिका वडा नम्बर-१ पाटाका ६० वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएका बेला भिरबाट लडेर मृत्यु भएको हो ।घाँस काट्न गएको बेला लडेर उपचारको लागी जिल्ला अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगनसिंह भाटले जानकारी दिए ।त्यस्तै बडी मालिका नगरपालिका वडा।नम्बर ६ कोर्धका बलबहादुर खड्काकी ६ वर्षीया जसना खड्काको समेत भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।गाउँ नजिकैको वनमा आमासँग घाँस

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • 447 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.