समाज

    Showing 1,631-1,640 of 11,023 items.
  • खुश्वुको प्रश्नमा प्रधानमन्त्रीको जवाफ स् सम्बन्धित निकायलाई कडा निर्देशन दिइएको छ

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले भिजिट भिसाको नाममा हुने अवैध श्रम आप्रवासन, मानव तस्करी नियन्त्रण तथा वैदेशिक रोजगार प्रणालीमा देखिने संरचनागत शोषणबारे सरकारको ठोस योजना माग गरेकी छन् ।आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्न गर्दै उनले भिजिट भिसा दुरुपयोग, विदेशमा काम गर्न जाने नेपालीहरूको समस्या र श्रम प्रणाली सुधारबारे सरकारको धारणा स्पष्ट गर्न आग्रह गरिन्।प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री बालेन शाहले भिजिट भिसाको दुरुपयोग रोक्न कडा निर्देशन दिइएको बताए ।उनले भने, ‘भिजिट भिसाको दुरुपयोग विगतदेखि नै हुँदै आएको छ । त्यसलाई नियन्त्रण गर्न मन्त्रालय, विमा

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • 486 पटक पढिएको
  • नेपालले भारतको जग्गा मिचेको प्रधानमन्त्रीको भनाइमा कांग्रेसको आपत्ति

    काठमाडौं— नेपालले पनि भारतको भूमि मिचेको प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिमा प्रमुख विपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको छ । प्रधानमन्त्री शाहले आइतबार संसदबाटै भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको भनेका थिए ।यसबारे कांग्रेस प्रमुख सचेतक बासना थापाले आपत्ति जनाइन् । उनले यसबारे सरकारले स्पष्ट पार्नुपर्ने बताइन् । अन्यथा संसदबाट प्रधानमन्त्रीको अभिव्यक्ति मेट्नुपर्छ,' उनले भनिन् ।

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • 509 पटक पढिएको
  • प्रधानमन्त्रीले संविधान र नियमावली मिचेको नेकपाको आरोप

    काठमाडौं— नेपाली कम्युनिष्ट पार्टीले प्रधानमन्त्रीले संविधान तथा प्रतिनिधिसभा नियमावलीको उल्लङ्घन गरेको आरोप लगाएको छ ।आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपाका सांसद युवराज दुलालले प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने संवैधानिक व्यवस्थाको पालना नभएको भन्दै आपत्ति जनाए ।उनले प्रतिनिधिसभा नियमावली, २०८९ को दफा ५६१ अनुसार सांसदहरूले प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्न सोध्न पाउने व्यवस्था रहेको स्मरण गराउँदै उक्त प्रावधान कार्यान्वयन नभएको बताए ।उनले भने,‘फेरी आज एकपटक यो देशको संविधान नियमावली मिचिएको दुखद कुरा संसदलाई अवगत गराउँछु । प्रतिनिधिसभा नियमावली २०८९ मा ५६१ मा प्रतिनिधिसभाका

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • 465 पटक पढिएको
  • संसदमा हात उठाउँदै प्रधानमन्त्रीले मागे समय

    काठमाडौं— प्रधानमन्त्री बालेन्द्र शाह आज प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका छन् । उनले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिइरहेका छन् । आजको प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै प्रधानमन्त्री शाहले समय मागेका थिए । बोल्नका निम्ति हात उनले उठाए र उनी उठ्न खोजे । त्यसपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले रोस्ट्रम प्रयोगको अनुमति दिए ।सभामुखबाट समय प्राप्त भएपछि उनले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन आफू तयार रहेको बताए।यसअघि प्रधानमन्त्रीले संसदमा उपस्थित भई जवाफ दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले निरन्तर विरोध जनाउँदै आएका थिए । प्रधानमन्त्री शाहको आजको उपस्थितिसँगै सांसदहरूले उठाएका विषयम

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • 488 पटक पढिएको
  • एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेतः लोकप्रसाद दाहाल

    काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का उपाध्यक्ष लोकप्रसाद दाहालले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले गैरआवासीय नेपाली (एनआरएन) समुदायलाई नेपालको आर्थिक विकासको साझेदारका रूपमा स्थापित गर्ने सकारात्मक संकेत दिएको बताएका छन् ।बजेटप्रति प्रतिक्रिया दिँदै दाहालले विश्वभर फैलिएका लाखौं गैरआवासीय नेपाली नेपालको आर्थिक, बौद्धिक तथा प्राविधिक शक्तिका महत्वपूर्ण स्रोत रहेको उल्लेख गरे । उनले रेमिट्यान्समा मात्र सीमित नरही एनआरएनहरूको पूँजी, सीप, प्रविधि, उद्यमशीलता तथा अन्तर्राष्ट्रिय पहुँचलाई राष्ट्रिय विकाससँग जोड्ने समय आएको बताए ।दाहालले बजेटमा गैरआवासी

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • 485 पटक पढिएको
  • इलाम समाज हङकङले सार्वजनिक गर्यो ‘इलाम’, जिल्लाको विकासमा अझै काम गर्ने प्रतिवद्धता

    काठमाडौं— इलाम समाज हङकङले आफ्नो रजत जयन्तीका अवसरमा ‘इलाम’ स्मारिका सार्वजनिक गरेको छ ।शनिबार चर्चित कलाकार, संचारकर्मी, कलाकारहरुको उपस्थितिमा स्मारिका सार्वजनिक गरिएको हो ।कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वसभापति विष्णु निष्ठुरीले इलामले नेपाली गीत संगीतमा राष्ट्रिय एवम अन्तर्राष्ट्रिय ख्याती कमाएकोप्रति प्रशंसा गर्दै इलाम चिनाउन प्रवासमा रहेका नेपालीहरुले खेलेको भूमिकाको चर्चा गरे ।अर्का पाका पत्रकार एवम लेखक धर्म गौतमले प्रजातन्त्रका लागि विद्यार्थी कालमै जिल्ला र देश छाड्नुपरे पनि इलामको अघात माया लाग्ने गरेको स्मरण गरे । उनले आफूहरुकै अगुवाइमा तयार भएको ‘इलाम पर्यटन गुरु योजना’कै

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • 956 पटक पढिएको
  • गायिका तेजवती जोशीको ‘नेपालकी छोरी’मा गीता ढुंगानाको अभिनय

    काठमाडौं— करिब दुई दशकदेखि शास्त्रीय संगीतमा साधनारत गायिका तेजवती जोशीको स्वर रहेको ‘नेपालकी छोरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।कुमार मिश्रको शब्द, टेकेन्द्र नेपालीकोको संगीत रहेको गीतमा सुन्दरी मोडल गीता ढुंगानाको अभिनय देख्न सकिन्छ । दुई चुल्ठी बाटेकी गीता भिडियोमा गज्जबसँग खुलेकी छिन् । देशप्रेम, ठूलालाई आर्शीवाद र सानालाई माया गर्ने भावलाई समेटिएको गीतमा गीतकार भिडियोमा सकारात्मक सोच भर्ने काम गरिएको छ ।गीतका माध्यमबाट गीतकार र गायिकाले स्वाभिमान र शिर नझुक्ने नेपालकी छोरीको नेपाली पारालाई जोड दिएका छन् । योगेन्द्र राजकर्णीकारको निर्माण, रिदम कँडेलको एरेन्ज, साजन शाहको मिक्सिङ तथा

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • 526 पटक पढिएको
  • सुर्तीजन्य पदार्थको सेवन त्याग्न मन्त्री मेहेताको आग्रह

    काठमाडौं— स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुर्तीजन्य पदार्थको सेवन त्यागका लागि सङ्कल्प गर्न आग्रह गरेकी छिन् ।आइतबार ‘विश्व सुर्तीजन्य पदार्थरहित दिवस’ का सन्र्दशमा आज सन्देश जारी गर्दै उनले सुर्तीजन्य पदार्थको प्रयोगकर्ताहरूलाई आजैबाट यसलाई त्याग्न सङ्कल्पका लागि आग्रहसमेत गरेकी हुन् ।मन्त्री मेहताले आधुनिक र फरक देखिने नाममा भेप र हुक्काजस्ता कुनै पनि हानिकारक पदार्थको प्रयोग र प्रलोभनमा नपर्न पनि आग्रह गरेकी छिन् ।उनले सुर्तीजन्य पदार्थ वा भेपको लतबाट मुक्त हुन चाहनेका लागि मन्त्रालयले सहयोग र परामर्श उपलब्ध गराउनेसमेत बताएकी छिन् ।मन्त्री मेहताले इ—सिगरेट, भेप हुक्कामा प

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • 479 पटक पढिएको
  • बुबाको खुर्पा प्रहारबाट छोराको मृत्यु

    काठमाडौं— नवलपुरको गैँडाकोट नगरपालिका–१५, चिन्तामणि टोलमा घरायसी विवादका क्रममा बुबाले खुर्पा प्रहार गर्दा छोराको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी अनिल पण्डितका अनुसार गएराति ४३ वर्षीय शंकर गिरीमाथि उनका ६३ वर्षीय बुबा डम्मर गिरीले खुर्पा प्रहार गरेका थिए।प्रहरीका अनुसार बुबा–छोराबीच भएको विवाद उग्र बनेपछि डम्मरले शंकरको टाउकोमा खुर्पाले प्रहार गरेका थिए। गम्भीर घाइते भएका शंकरलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा शनिबार राति पौने ११ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।घटनापछि प्रहरीले डम्मर गिरीलाई घटनास्थलबाटै खुर्पासहित नियन्त्रणमा

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • 490 पटक पढिएको
  • स्थापनाको १२ वर्षपछि विज्ञान संग्रहालयको नामबाट हटाइयो बीपी कोइरालाको स्मृति

    काठमाडौं— कीर्तिपुरस्थित ‘बीपी कोइराला स्मृति प्लानेटोरियम, अब्जरभेटरी एन्ड साइन्स म्युजियम’को नामबाट बीपी कोइरालाको स्मृति हटाइएको पाइएको छ। स्थापना भएको करिब १२ वर्षपछि संस्थाको औपचारिक नाम परिवर्तन गरी ‘प्लानेटोरियम, अब्जरभेटरी एन्ड साइन्स म्युजियम’ मात्र राखिएको छ।नाम परिवर्तनबारे कुनै सार्वजनिक सूचना वा औपचारिक जानकारी नदिइएको भन्दै चासो व्यक्त गरिएको छ। हाल संस्थाले प्रयोग गरिरहेको आधिकारिक पत्राचारमा पनि बीपी कोइरालाको नाम उल्लेख गरिएको छैन।नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता विश्वेश्वर प्रसाद कोइरालाको स्मृतिमा स्थापना गरिएको उक्त संस्थाको उ

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • 484 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.