सर्लाही— सर्लाहीमा विद्युतीय मोटरमा नुहाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।जिल्लाको रामनगर गाउँपालिका–६ मलघट्टाटोल निवासी रामानन्द रायकी श्रीमती करिब ५० वर्षीया मिथलेसिया देवीको शनिबार करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।प्रहरीका अनुसार मिथलेसिया देवी आफ्नै घर पछाडि रहेको ट्युबेल कलमा जडान गरिएको विद्युतीय मोटरमा नुहाइरहेकी थिइन् । सोही क्रममा मोटरमा अचानक करेन्ट प्रवाह भई उनको लागेको र घटनास्थलमै उनको मृत्यु भएको बताईएको छ ।घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जान
काठमाडौं— हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि पुर्व सम्म नेपाल नजिक रहेको न्युन चापिय रेखाको प्रभाव रहेको छ ।हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ। बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ। लुम्बिनी प्रदेशको केहि स्थानहरूमा मध्यम वर्षा तथा गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको भइरहेको छ।आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ। लुम्बिनी, कर्ण
काठमाडौं— नेपाली चलचित्र क्षेत्रकी प्रख्यात अभिनेत्री रेखा थापा मेदान्त आयुर्वेद अस्पतालको ब्रान्ड एम्बास्डरमा अनुबन्धित भएकी छन् ।अस्पताल र अभिनेत्री थापाबीच आगामी एक वर्षका लागि यो व्यवसायिक सम्झौता भएको हो । शुक्रबार नायिका रेखा थापा र मेदान्त आयुर्वेद अस्पतालका संचालक डाक्टर सुवर्ण पौडेलले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।नयाँ सहकार्यसँगै अबको एक वर्षसम्म अभिनेत्री थापाले अस्पतालका विभिन्न प्रचार–प्रसार, प्रवद्र्धनात्मक गतिविधि र स्वास्थ्य सचेतना अभियानहरूमा सक्रिय रूपमा आफ्नो साथ र सहभागिता जनाउनेछिन् ।सम्झौता पत्रमा हस्ताक्षर गरेपछि आफ्नो खुसी व्यक्त गर्दै अभिनेत्री रेखा थापाले
काठमाडौं— नेपाली कांग्रेसका नेता भुपेन्द्रजंग शाहीले पार्टीको १५औँ महाधिवेशनका लागि आफूले क्रियाशील सदस्यता पहिले नै नवीकरण (अध्यावधिक) गरिसकेको अवस्थामा पुनः अध्यावधिक गर्न दबाब दिनु अनुचित भएको बताएका छन् ।शाहीले जारी गरेको प्रेस विज्ञप्तिमा पार्टी कसैको निजी सम्पत्ति नभएको उल्लेख गर्दै धम्की र मनपरी ढंगबाट पार्टी सञ्चालन हुन नसक्ने बताएका हुन् ।उनले आफूहरू कसैको ‘दास र लास’ नभएको उल्लेख गर्दै सदस्यता अध्यावधिकको विषयमा पार्टी नेतृत्वसँग पाँच प्रश्न उठाएका छन् ।उनले जेठ २१ भित्र पुनः अध्यावधिक नगरेको आधारमा वरिष्ठ नेता डा.शेखर कोइराला, उपसभापति पूर्णबहादुर खड्कालगायत आफूहरू सबैको सदस्यता खार
काठमाडौं— आठौं राष्ट्रिय महिला अधिकार दिवस मनाईदै छ ।आज देशभर ‘महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान’ भन्ने मुल नाराका साथ यो दिवस मनाउन लागेको हो ।महिला अधिकारका क्षेत्रमा भएका बिभिन्न चार उपलब्धीको खुसीमा सरकारले हरेक वर्ष जेठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । २०७६ साल देखि यो दिवस मनाउन सुरु गरिएको हो ।
काठमाडौं— सरकारले तिलगंगा आँखा अस्पताललाई लेन्स उत्पादनका लागि कर छुट दिने भएको छ ।अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै तिलगंगा आँखा अस्पताललाई लेन्स उत्पादनमा प्रोत्साहित गर्न कर छुट दिने उल्लेख गरेका हुन् ।नागरिक स्तरबाट सुरु भई अन्तर्राष्ट्रिय स्तरमा नै ख्याति प्राप्त अनुकरणीय सर्वसुलभ सेवा उपलब्ध गराउने स्वास्थ्य संस्थालाई सरकारले प्रोत्साहन गर्ने मन्त्री वाग्लेले बताए । यसअन्तर्गत धुलिखेल सामुदायिक अस्पताल र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको स्तरोन्नति गर्न बजेट विनियोजन गरिने मन्त्री वाग्लेले बताए ।
काठमाडौं— सरकारले कर्मचारीको तलब करिब २१ प्रतिशतले वृद्धि गरेको छ ।
काठमाडौं— सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड विनियोजन गरेको छ ।शुक्रबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले चालू आर्थिक बर्षको भन्दा ७ अर्बले बृद्धि गर्दै शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड विनियोजन गरिएको जानकारी दिए । उनले मुलुकभरका सामुदायिक विद्यालयहरूको पूर्वाधार आवश्यकताको म्यापिङ गर्नका लागि एक अर्ब विनियोजन गरेको बताए ।
काठमाडौं— सरकारले वन तथा वातावरण क्षेत्रका लागि १२ अर्ब ३१ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् ।जडीबुटी तथा गैर काष्ठ पैदावारको समर्थन मूल्य निर्धारण गरिने भएको छ भने कर्णालीमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गरिने भएको छ । त्यस्तै, कृषि तथा पशुपक्षी विकासका लागि ४६ अर्ब ९२ करोड बजेट विनियोजन गरिएको छ ।
काठमाडौं— सरकारले जेनजी आन्दोलनका घाइतेहरूको निःशुल्क उपचार र मासिक भत्ता दिने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै जेनजी आन्दोलनका घाइतेको लागि निःशुल्क स्वास्थ्य उपचार घाइतेको अवस्था अनुसार, मासिक भत्ता उपलब्ध गर्ने बताएका हुन् । त्यस्तै, जेनजी घाइतेका लागि उद्यमशीलताका कार्यक्रम सञ्चलन गरिने मन्त्री वाग्लेले बताए ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.