समाज

    Showing 1,661-1,670 of 6,600 items.
  • करेन्ट लागेर गौरमा एक बालकको मृत्यु

    रौतहट— रौतहटको गौरमा  विधुतीय करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।गौर नगरपालिका–८ स्थित विरबहादुर साहको नवनिर्मित चार तल्ले घरको छतमाथि खेलिरहेका बालकको करेन्ट लागेर शनिवार साँझ मृत्यु भएको हो । रौतहट प्रहरीका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालका अनुसार सुनिल साहको ५ बर्षीय छोरा रितिककुमार साहको करेन्ट लागेर मृत्यु भएको हो ।मौलापुर नगरपालिका–४ पतौरा घर भएर गौर नपा ५ स्थित विरबहादुरको घरमा डेरा गरी बसिरहेपनि उनकै वडा नम्वर ८ मा निर्माण भईसकेका चार तल्ले घरको कौशीमा खलिरहेको अवस्थामा करेन्ट लागेको उनले जानकारी दिए । यस घटना सम्बन्धमा  अनुसन्धान जारी राखेको जिल्ला प्रहर

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 342 पटक पढिएको
  • सूर्यविनायक—धुलिखेल सडक निर्माण कामलाई तिव्रता दिन मन्त्री घिसिङको आग्रह

    काठमाडौं— भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तारको समग्र प्रगति ५० प्रतिशत पुगेको छ ।अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक—धुलिखेल खण्ड १५.८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्न दुई प्याकेजमा विभाजन गरी काम भइरहेको छ । यसअन्तर्गत सूर्यविनायकदेखि साँगासम्मको ८.३ किलोमिटर खण्डको प्रगति ४५ प्रतिशत रहेको छ । साँगादेखि धुलिखेलसम्मको ७.५ किलोमिटर सडक खण्ड विस्तार प्रगति ५५ प्रतिशत रहेको छ । हाल दुवै प्याकेजको निर्माण धमाधम भइरहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले सूर्यविनायक–धुलिखेल सडक विस्तारको अनुगम

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 360 पटक पढिएको
  • राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

    काठमाडौं— राप्रपा नेपालले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । मंसिर ९ गते मंगलबार बस्ने गरी राप्रपा नेपालले बैठक आह्वान गरेको हो । बैठकमा मुलुकको पछिल्लो परिवर्तित राजनीतिक सन्दर्भ र घटनाक्रम, फागुन २१ गते घोषित निर्वाचन, वैचारिक ध्रुवीकरण, मुलुकको सुरक्षा अवस्था, सडकमा देखिएको असन्तुष्टि र आन्दोलनका बारेमा गम्भीर छलफल हुने छ । 

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 351 पटक पढिएको
  • सोलु हाइड्रोपावरको आइपीओ आजदेखि निष्कासनमा

    काठमाडौं— सोलु हाइड्रोपावर लिमिटेडले आजदेखि (मंसिर ७ गते) आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) निष्कासन गरेको छ ।कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १ अर्ब रुपैयाँ बराबरका प्रतिशेयर १०० रुपैयाँ दरका १ करोड कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई लक्षित गरी निष्काशन गरिएको हो ।आईपीओका लागि न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सेयरमा आवेदन दिन सकिने व्यवस्था गरिएको छ । आयोज

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 412 पटक पढिएको
  • एम्नेस्टी नेपालको ३४ औं वार्षिक साधारण सभा मधेश प्रदेशको बारामा सम्पन्न

    बारा— एम्नेस्टी इन्टरनेसनल नेपाल (एम्नेस्टी नेपाल)ले आफ्नो ३४ औं वार्षिक साधारणसभा मधेश प्रदेशको बारा जिल्लास्थित जीतपुरसिमरामा सफलतापूर्वक सम्पन्न गरेको छ।साधारण सभामा एम्नेस्टी नेपालका विभिन्न समूह, युवा सञ्जाल तथा देशभरीका व्यक्तिगत सदस्यहरूलाई समेत प्रतिनिधित्व गरेका ८७ मतधिकारसहितका प्रतिनिधिहरूसमेत गरी करिब १५० जनाको उपस्थिति रहेको थियो। प्रतिनिधिहरूसँगै, साधारण सभामा एम्नेस्टी नेपालका बोर्ड र समितिका सदस्यहरू, पूर्व अध्यक्षहरू, कर्मचारी, स्वयंसेवक र अवलोकनकर्ताहरू पनि सहभागिता रहेको थियो।यस साधारण सभाको मुख्य कार्यसूचीमा आर्थिक वर्ष २०८१/८२ का विधानजनित प्रतिवेदनहरूको प्रस्तुति, छल

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 378 पटक पढिएको
  • बाबुराम, जनार्दन र सन्तोषले आज पार्टी एकता घोषणा गर्दै

    काठमाडौं—  बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार नेतृत्वको समूहले आज पार्टी एकता गर्दै छन् ।  आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा वृहत् एकता घोषणासभाको आयोजना गरिएको छ । कार्यक्रममा अन्य समूहलाई पनि एकतामा ल्याइने बताइएको छ ।कात्तिक २८ गते नेसपा नयाँ शक्तिसहित प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबिच एकता सहमतिमा हस्ताक्षर भएको थियो । 

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 370 पटक पढिएको
  • काठमाडौंको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन

    काठमाडौं— काठमाडौं उपत्यकामा हिजोभन्दा आज (आइतबार)चिसो झन् धेरै बढेको छ ।काठमाडौंमा आज बिहान आज बिहान पौने ६ बजेको मापन अनुसार न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन भएको छ । हिजो न्यूनतम तापक्रम ८ .५ डिग्री सेल्सियस रहेको थियो । जल तथा मौसम पूर्वानुमान महाशाखाकाले चिसो क्रमशः बढ्दो क्रममा रहेकाले स्वास्थ्य सावधानी र आवश्यक तयारी गर्न आग्रह गरेको छ ।

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 387 पटक पढिएको
  • अण्डाको मूल्य प्रतिक्रेट ५५ रुपैयाँले वृद्धि

    काठमाडौं— नेपालमा अण्डाको मूल्यमा वृद्धि भएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजबाट लागू हुने गरी अण्डाको मूल्य मा वृद्धि गरेको हो । सङ्घले जारी गरेको मूल्यसूची अनुसार, अण्डाको मूल्य प्रतिक्रेट ५५ रुपैयाँले बढेको छ।अति ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० वटाको) पाँच सय २० रुपैयाँ , ठूलो अण्डा पाँच सय पाँच रुपैयाँ  र मिडिएम  चार सय ९० रुपैयाँ कायम गरिएको छ ।

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 392 पटक पढिएको
  • चन्द्रपुरबाट हातहतियार सहित एक युवक पक्राउ

    रौतहट— रौतहट सशस्त्र प्रहरीले हातहतियार सहित एक युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल ईन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी वल,नेपाल सुरक्षा बेश सन्तपुरको टोलीले शनिबार दिउँसो पक्राउ गरेको हो। चन्द्रपुर नगरपालिका वाड नं. ४ देउराली चोकबाट मकवानपुरको हेटौडा उ.म.न.पा. वडा नं.१३ पदमपोखरी वस्ने २२ बर्षिय सुमन आचार्यलाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरिक्षक राजेन्द्र बहादुर बस्नेतले बताए । उनका अनुसार पक्राउ परेका आचार्यको साथबाट ९ मि.मि. ब्राउनिङ पेस्तोलको म्याग्जिन एक थान, अर्को एक थान म्याग्जिन, बाल राउण्ड १३ गोटा,खुकुरी एक थान, मोवाईल एक थान, बैकको एट

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 359 पटक पढिएको
  • खोटाङको बुवाखोलामा पक्की पुल सञ्चालनमा

    विराटनगर— कोशी प्रदेशको गौरवको आयोजना मानिएको खोटाङको सबैभन्दा लामो १४८ मिटर लम्बाइको बुवाखोला मोटरेबल पक्की पुल औपचारिक रूपमा सञ्चालनमा आएको छ। भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले शनिबार पुल उद्घाटन गरेसँगै जिल्लाको दक्षिणी भेगको यातायात अब सहज हुने अपेक्षा गरिएको छ।जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाको सिमानामा बनेको यो पुल १७ करोड ५८ लाख रुपैयाँभन्दा बढी लागतमा तयार भएको हो। निर्धारित समयभन्दा अघि नै निर्माण सम्पन्न गरेर मन्त्री राईले उद्घाटन गरेका हुन्।अब दक्षिणी खोटाङका बासिन्दाले विराटनगर, इटहरी, धरान, बेलटार हुँदै झापा–मोरङ–सुनसरी जान जोखिमपूर्ण तरिकाले नदी पार गर्

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 421 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा