काठमाडौं— कन्सल्टेन्सी व्यवसायी पुजन चाम्लिङले पछिल्लो समय सरकारले कन्सल्टेन्सी क्षेत्रमाथि गरेको अनुगमन र कारबाही प्रक्रियाप्रति आपत्ति जनाउँदै नीतिगत सुधार र व्यावहारिक कार्यान्वयनको माग गरेका छन् ।मंगलबार अर्थ बजार डटकमद्वारा आयोजित आगामी बजेट र उद्योगी तथा ब्यवसायीका साझा मुद्दा विषयक अन्तर्किया कार्यक्रममा बोल्दै उनले पछिल्ला दिनमा कन्सल्टेन्सीहरूमा गरिएको छापा र पक्राउ प्रक्रियाले व्यवसायिक वातावरणमा त्रास सिर्जना भएको बताए ।उनका अनुसार अनुसन्धान र नियमन आवश्यक भए पनि पूर्वअध्ययनबिनाको एकाएक कारबाहीले वैध व्यवसायसमेत प्रभावित भएको छ ।चाम्लिङले केही समयअघि विभिन्न कन्सल्टेन्सीमा गरिएको छा
खोटाङ— खोटाङमा अब राहदानी लिन जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ । जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको राहदानी घर–घरमै पुर्याएर वितरण गर्न जिल्ला हुलाक कार्यालयलाई जिम्मेवारी दिएको हो ।नेपाल सरकारको निर्देशनअनुसार वैशाख १५ गतेपछि आवेदन दिएका सेवाग्राहीमध्ये ३७ जनाको राहदानी घरमै पुर्याउने प्रक्रिया सुरु गरिएको राहदानी शाखा प्रमुख दिनेश आचार्यले बताएका छन् ।प्रशासन कार्यालयले बायोमेट्रिक विवरण संकलन गरी राहदानी विभाग पठाउने र छापिएर आएपछि हुलाक कार्यालयलाई बुझाउने व्यवस्था गरिएको छ । त्यसपछि हुलाक कार्यालयले सम्बन्धित सेवाग्राहीको घरमै पुगेर राहदानी वितरण गर्नेछ ।घरमै
काठमाडौं— श्रम संस्कृति पार्टीले आफ्नो संगठनात्मक संरचनाअन्तर्गत सञ्चालन हुने सबै कार्यक्रम तथा प्रचार सामग्रीमा पार्टी अध्यक्ष हर्क साम्पाङको तस्बिर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन जारी गरेको छ।पार्टीको कोशी प्रदेश समितिका अध्यक्ष प्रताप राई र सचिव दीपक तिमिल्सिनाद्वारा जारी पत्रमार्फत यस्तो व्यवस्था कार्यान्वयन गर्न मातहतका सबै तहलाई निर्देशन दिइएको हो।निर्देशनअनुसार १ नम्बर प्रदेश अन्तर्गतका जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, वडा तथा टोलस्तरसम्मका कार्यक्रमहरूमा प्रयोग हुने ब्यानर, प्रचार सामग्री तथा अन्य दृश्य सामग्रीमा पार्टी अध्यक्षको तस्बिर समावेश गर्नुपर्ने उल्लेख गरि
अर्घाखाँची— जिल्लामा जंगली च्याउ खाएर एक महिलाको मृत्यु भएको छ । जंगली च्याउ खाएर बिरामी परेकी शितगंगा नगरपालिका–१३, जौंबारीकी ४७ वर्षिया मनकला भुसालको उपचारको क्रममा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानाकारी दिए ।यही जेठ ६ गते जंगलबाट च्याउ ल्याएर खाएपछि मनकला बिरामी परेकी थिइन् । लगातार बान्ता भएपछि उनलाई सुरुमा स्थानीय अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको थियो ।मंगलबार प्रादेशिक अस्पतालमै उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी निरीक्षक शर्माले बताए
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले झापाको कनकाई नगरपालिकामा सञ्चालित फोहोर व्यवस्थापन आयोजनाको दुरवस्थाबारे सदनको ध्यानाकर्षण गराएकी छिन्।मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले करोडौंको लगानीमा निर्माण गरिएको उक्त परियोजना अहिले कबाडीखानामा परिणत भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरिन्।सांसद ओलीका अनुसार कनकाई नगरपालिका–२ मा ’कनकाई वीरता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोर महिला व्यवस्थापन कम्पनी लिमिटेड’ को नाममा उक्त प्रोजेक्ट निर्माण गरिएको थियो।तिनै वटा नगरपालिकाको आर्थिक सहभागिता, वल्र्ड बैंक र वैकल्पिक ऊर्जाको सहयोगमा ७४५ जना उपभोक्ताले सम
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले वैदेशिक रोजगारीका क्रममा कम्बोडियामा निधन भएका नेपाली नागरिकको शव स्वदेश ल्याउन सरकारको ध्यानाकर्षण गराएकी छन् ।मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद तामाङले धादिङको धुनीबेसी नगरपालिका वडा नम्बर ९ का सन्तोष राईको गत वैशाख २२ गते कम्बोडियामा निधन भएको जानकारी दिइन् । मृत्यु भएको २१ दिन बितिसक्दा पनि मृतकको पार्थिव शरीर अझै नेपाल ल्याउन नसकिएको भन्दै उनले चिन्ता व्यक्त गरिन् ।सांसद तामाङले सरकारसँग जोडदार माग गर्दै भनिन्, ‘सम्माननीय सभामुख मार्फत म नेपाल सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित निकायको गम्भी
काठमाडौं— कपिलवस्तुको बरइपुरमा कर्णाली प्रदेश ०२-००१ ख १२६६ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् ।महाराजगंज नगरपालिका-४ बरइपुरस्थित तौलिहवा-बहादुरगंज हुलाकी सडकखण्डमा मंगलबार बिहान काठमाडौंबाट सुर्खेत जाँदै गरेको सोही बस आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको हो।घाइतेमध्ये २ जनाको अवस्था गम्भीर, १९ जनाको अवस्था मध्यम र १७ जना सामान्य रहेको र अन्य सकुशल सबै घाइतेहरुलाई विभिन्न अस्पतालमा उपचारको लागि पठाइएको कपिलवस्तु प्रहरीले बताएको छ ।
जनकपुर— पूर्वी तराईका हिन्दू धर्मावलम्बिहरुले आज गंगादशहरा पर्व मनाउँदैछन् । जनकपुरधामसहित मधेश प्रदेशमा यो पर्व विशेष उत्साहका साथ मनाईन्छ । नेपाल र भारतभरिनै मनाईने गंगादशहरा पर्व गंगाघाट, जनकपुरधामको गंगासागर र दशरथ तलाउ, भारतको पटना घाटमा विशेष पूजा अर्चना गरी मनाईन्छ ।गंगा आजकै दिन पृथ्वीमा अवतरीत भएको मानिन्छ । यो पूजा गर्दा १० वटा फूल, १० वटा दियो, १० वटा फलफूल र १० वटा नैवेद्य चढाउने परम्परा रहेको छ । गंगा उत्पत्तिको विभिन्न धार्मिक कथा र किम्बदन्तीहरु भएपनि मुख्यतः आजको दिनमा गंगा पृथ्वीमा आएको कारणले नै गंगादशहरा मनाउने गरिएको हो ।हिन्दू पौराणिक ग्रन्थका अनुसार, सूर्यवंशी महाराज सगरल
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहले उखु किसानको भुक्तानी र मल अभावको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले चिनी उद्योगहरूले अझैसम्म उखु किसानलाई भुक्तानी दिन नसकेको बताएका हुन् । उनले सरकारले उपलब्ध गराउने अनुदान रकमसमेत किसानले समयमै पाउन नसकेको उल्लेख गर्दै छिटो भुक्तानीको व्यवस्था गर्न माग गरे ।उनले भने, ‘उखु किसानको अहिलेसम्म चिनी मिलले पैसा दिन सकेको छैन । सरकारले दिने अनुदान पनि उखु किसानले पाउन सकेका छैनन् यसमा मैले सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । चाँडै उखु किसानको भुक्तानी होस् । सरकारले द
उर्लाबारी— मोरङको उर्लाबारी–१ लक्ष्मीझारकी अन्दाजी ४५ वर्षीया सविता लिम्बूको शव स्थानीय बक्राहा खोलाको डिलमा फेला परेको छ ।चार दिनदेखि हराइरहेकी लिम्बूको शव आज बिहान स्थानीयले गाईबस्तु चराउने क्रममा देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय उर्लाबारीको टोली घटनास्थल पुगेर मुचुल्का तथा अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।स्थानीयका अनुसार शव फुलिएको अवस्थामा थियो। मृतकको पहिचान उनले लगाएको कपडाका आधारमा श्रीमान्ले गरेका हुन् । प्रहरीले घटनाको कारण खुल्न बाँकी रहेको जनाएको छ । शव परीक्षणका लागि पठाउने तयारी भइरहेको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.