काठमाडौं— ‘तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता’ को तेस्रो संस्करण यही जेठ १४ र १५ गते काठमाडौंमा हुने भएको छ ।नेपाल तथा विदेशी आरोहीहरूको सहभागिता रहने र प्रतियोगितालाई नेपालको प्रमुख साहसिक खेल प्रतियोगितामध्ये एकका रूपमा लिएको छ । प्रतियोगिता नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ र यूएस नेपाल क्लाइम्बर्स एसोसिएसनको संयुक्त आयोजनामा हुन लागेको हो ।आयोजकका अनुसार प्रतियोगिताले नेपालमा साहसिक आरोहण खेल को प्रवद्र्धन गर्नुका साथै विश्वप्रसिद्ध आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एड्मण्ड हिलारीको योगदानलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिँदै आएको हो । प्रतियोगितामा सहभागिताका
काठमाडौं— श्रम संस्कृति पार्टीका सांसद आरेन राईले नेपालमा उत्पीडित तथा आदिवासी समुदायहरूले आफ्नो अधिकारको आवाज उठाउँदा उनीहरूलाई जातिवादी, धार्मिक अतिवादी लगायतका विभिन्न आरोप लगाएर भ्रम फैलाउने प्रवृत्ति अझै कायम रहेको बताएका छन् ।सोमबार नेपाल आदिवासी जनजाति महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आदिवासी अधिकारकर्मीहरूलाई राज्य र समाजको एक हिस्साबाट आफूहरूलाई तुच्छ दृष्टिकोणले हेर्ने कुदृष्टिले गरेको बताए ।उनले भने, ‘नेपालको इतिहासमा विशेष गरी उत्पीडित समुदायहरू माथि जब अधिकारको कुरा गरिन्छ । तब उनलाई जातिवादी, धार्मिक अतिवादी विभिन्न किसिमको अफवाहहरू फैलाएर झुटो भ्रमित विचारहरू दुष्प्
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले पानीमा डुबेर हुने मृत्युका घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालमा पानीजन्य दुर्घटनाबाट हुने मृत्यु चिन्ताजनक रहेको बताए । नेपाल प्रहरीको तथ्यांकअनुसार हरेक वर्ष करिब ४ सय जनाको डुबेर वा बगेर मृत्यु हुने गरेको उल्लेख गर्दै उनले विश्व स्वास्थ्य संगठन को अनुमानअनुसार यो संख्या वार्षिक १५ सयसम्म पुग्न सक्ने बताए ।उनले भने, ‘नेपाल प्रहरीको तथ्यांक अनुसार वर्षनी करिब ४ सय जनाको पानीमा डुबेर अर्थात बगेर मृत्यु हुन्छ भने विश्व स्वास्थ्य संगठनको तथ्यांक हेर्ने हो भने वार्षिक रु
काठमाडौं— अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल भएको छ ।मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पर्यटन मन्त्री खडक राज पौडेलको उपस्थितिमा मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल भएको समिति सभापति सुम्नीमा उदासले जानकारी दिइन् ।उनले भनिन्,‘आज पहिलोपटक पर्यटन मन्त्रीको उपस्थितिमा बजेट र कार्यविधिको विषयमा छलफल भयो । उहाँको प्राथमिकता के मा छ भन्ने कुराहरु प्रश्नोत्तरमा भएको थियो । अन्तराष्ट्रिय एयरपोर्टलाई अपडेट गर्नुपर्ने कुराहरु,म्युजियमका कुराह
काठमाडौं— नेपाली कांग्रेसका नेता एवम सामाजिक अभियन्ता महेश नेपालीले पार्टी बैचारिक रुपमा फुट्न नसक्ने बताएका छन् । अध्याँरो कोठामा बसेर निर्णय गर्ने परिपाटीका कारण कांग्रेस हालको अवस्थामा आइपुगेको पनि उनले बताए ।नेपाल न्यूज बैंकसँगको संवादमा नेपालीले विगतका नेतृत्वहरुले गरेका कमजोरीका कारण विशेष महाधिवेशको अवस्था आइपुगेको र विशेष महाधिवेशनलाई नजरअन्दाज गर्दा परिस्थिति पेचिलो बनेको उनको भनाइ छ ।‘नेतृत्वले जहिले पनि दूरदर्शिता लिनुपर्दछ भन्ने कुरा विर्सियो । नेतृत्वले भदौ २३ र २४ गतेको विद्रोह हुँदैछ भन्ने कुरा पनि थाहा पाएन । र कार्यकर्ताहरुले विशेष महाधिवेशन गर्दैछन् भन्नेपनि नेतृत्वले चाल पाए
काठमाडौं— काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु रोग पुष्टि भएपछि नगरपालिकाले उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ । नगरपालिकाले सोमबार सुचना जारी गर्दै वडा नं. २, ३ र ४ मा बर्ड फ्लु देखिएपछि उक्त क्षेत्रका पन्छी र पन्छीको आहारा लगायतका वस्तुहरू नष्ट गरी संक्रमण नियन्त्रणको कार्य तीव्र पारिएको जनाएको हो ।सूचना अनुसार, सङ्क्रमण देखिएका क्षेत्रमा रहेका हाँस, कुखुरा, बट्टाई, लौकाट लगायतका पन्छीहरू, अण्डा र दानालाई सुरक्षित रूपमा नष्ट गरी खाल्डोमा गाड्ने र सो क्षेत्रलाई निसंक्रमण गर्ने कार्य भइरहेको छ ।रोग फैलिन नदिन नगरपा
काठमाडौं— गत शुक्रबार देखि प्रदर्शन भएको नेपाली चलचित्र ‘काजी’ लाई दर्शकले रुचाएका छन् । अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारी अभिनित विशुद्ध प्रेमकथामा आधारित फिल्मले मन छोएको प्रतिक्रिया दर्शकले दिईरहेका छन् । फिल्म हेर्न आएका दर्शकले फिल्ममा देखाईएको प्रेम कथाको चर्चा गरेका छन् ।फिल्ममा अभिनेता विपिन कार्की (काजी) र अभिनेत्री केकी अधिकारी (कजिनी) को भूमिकामा छिन् । कजिनीसँगको प्रेमका कारण काजीले के कस्ता त्यागसम्म गर्छन् भन्ने फिल्ममा देखाईएको छ । काजीको प्रेम ‘मुना मदन’ र ‘रोमियो एण्ड जुलियट’ जस्तै अमर हुने दर्शकको भनाइ छ । फिल्म हेर्ने दर्शकले ‘वाह! काजीको जस्तो ओ प्रेम’, ‘श्रीमान
काठमाडौं— यसवर्ष विसं २०८३ मा प्रदर्शन भएका फिल्महरू मध्येमा हालसम्म सबै भन्दा बढी कमाउने फिल्म ‘लालीबजार’ बनेको छ । चलचित्र विकास बोर्डले हाल फिल्म भवनमा प्रदर्शनरत नेपाली फिल्महरूको व्यावसायिक विवरण सार्वजनिक गरेको छ ।बोर्डअन्तर्गतको ‘सिनेमा २ बक्सअफिस’ले जेठ ९ गते शनिबारसम्मको व्यापार विवरण सोमबार सार्वजनिक गरेको हो ।सार्वजनिक तथ्यांकअनुसार ‘लालीबजार’ले गत शनिबारसम्म ५ करोड ७६ लाख ३९ हजार ४७१ रुपैयाँ घरेलुबजारमा कमाइ गरेको छ । फिल्मका लागि कुल १ लाख ९६ हजार ४०६ टिकट बिक्री भएका छन् । गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको फिल्मले घरेलु बजारमा राम्रो सफलता हासिल गरिरहेको र २ लाख बढी दर्शकले हेर
धनगढी— सुदूरपश्चिम प्रदेशमा गणतन्त्र दिवसको कुनै तयारीनै नभएको पाइएको छ । गणतन्त्र दिवस आउन तीन दिन मात्रै बाँकी रहँदा प्रदेश सरकारले हाल सम्म त्यसको कुनै तयारी भने गरेको छैन । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार हाल सम्म दिवसका विषयमा कुनै निर्देशन समेत प्राप्त भएको छैन ।‘संघबाट पनि कुनै निर्देशन प्राप्त भएको छैन,’ आन्तरिक मामिला तथा कानुन मन्त्रालय विपद् सम्पर्क व्यक्ति जनक धामीले भने, ‘मुख्यमन्त्री कार्यालयबाट पनि कुनै निर्देशन प्राप्त भएको छैन ।’विगतमा आन्तरिक मामिला मन्त्रालयको समन्वयमा गणतन्त्र दिवस मनाइने गरिएको थियो । तर यस पटक भने आन्तरिक मामिला मन्त्रालयले
हेटौंडा— बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम आज सार्वजनिक गरिने भएको छ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।प्रदेशसभा सचिवालयका अनुसार आज साँझ ५ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख देवकोटाले प्रदेश सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । नीति तथा कार्यक्रम प्रस्तुत गरिने विशेष बैठकका लागि प्रदेशसभा सदस्यहरूलाई बैठक प्रारम्भ हुनुभन्दा १५ मिनेटअघि नै औपचारिक पोशाकमा उपस्थित हुन अनुरोध गरिएको छ ।यसअघि मंगलबार अपराह्न बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.