समाज

    Showing 1,811-1,820 of 6,609 items.
  • देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात गर्नुपर्ने अवस्था आयोः मन्त्री पौडेल

    काठमाडौं— बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेलले देशको माटोले दिएको बिउ चिन्न नसकेको कारण बिउ पनि आयात गर्नुपर्ने अवस्था आएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘समृद्धिका लागि कृषि’ विषयक बृहत अन्तरक्रिया कार्यक्रममा उनले हाइब्रिड बिउ उत्पादन भनेको मूल बिउलाई सिध्याउने काम भएको भन्दै देशको माटोले दिएको बिउ चिन्न नसकेको कारण बिउ पनि आयात गर्नुपर्ने अवस्थाको सुरुवात भइसकेको बताए । उनले भने, ‘हामीले सुरुदेखि नै केही कुरामा ख्याल गरिरहेका छैनौ । नेपाल वातावरणीय हिसाबले विविधता भएको देश हो । तर त्यो कुरा बुझ्न सकेनौ । हामीले हाइब्रिड बिउ जस्तो घातक कुरालाई पन

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 264 पटक पढिएको
  • जेनजी आन्दोलनलाई कुशासन र भ्रष्टाचार विरुद्धको जनआन्दोलन घोषणा गर्नुपर्छः यादव सिंह

    काठमाडौं— जेनजी आन्दोलनलाई कुशासन र भ्रष्टाचार विरुद्धको जनआन्दोलन घोषणा गर्दै आमरण अनशन बसेका छन् । मंगलबार देखि काठमाडौं को माइतीघरमा जेन–जी आन्दोलनलाई कुशासन र भ्रष्टाचार विरुद्धको जनआन्दोलन घोषणा गर,  आन्दोलनमा भएको सहिद परिवार र घाइतेहरूको माग तत्काल सम्बोधन गर लगायत अन्य विषयमा माग गर्दै कञ्चनपुरका यादव सिंह आमरण अनसनमा बसेको हुन् । आमरण अनसन बसेको ४ दिन बितिसक्दा पनि सरकारको तर्फबाट केही पहल नभएको उनले बताए ।  उनले रातभर खुल्ला आकाशको मुनि रात कटाउने गर्दा पनि सरकारले केही वास्ता नगरेको आरोप लगाए । विद्यालयका पोसाकमा जानेलाई समेत गोली हानेर  मार्ने जो कोही भएता

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 283 पटक पढिएको
  • मंसिर महिनाभित्र नै महाधिवेशन गर्नुपर्ने भन्दै संस्थापन पक्षले बुझाए ज्ञापनपत्र

    काठमाडौं— नेपाली कांग्रेसको १५ औं महाधिवेशन यही मंसिर महिनाभित्र गर्नुपर्ने मागसहित कांग्रेसका संस्थापन पक्षका २५ केन्द्रीय सदस्यहरूले ज्ञापनपत्र बुझाएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको १५ औँ महाधिवेशनका सन्दर्भमा विभिन्न ७ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशीले जानकारी दिए । जारी केन्द्रीय समितिको बैठकबाट फागुन २१ गतेको निर्वाचनलाई परिणाममुखी बनाउन अधिवेशनका लागि  तहगत कार्यतालिका बनाई लागू गर्नुपर्ने बताए ।   ‘१५औं महाधिवेशन सम्पन्न गर्न पहिलो खुड्किलो क्रियाशिल सदस्यता नवीकरण र नयाँ क्रियाशिल सदस्यता वितरण

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 277 पटक पढिएको
  • चीनमा छेपारोदेखि कछुवा र रंगीन सुगा पाल्नेहरुको संख्या बढ्यो

    एजेन्सी— चीनमा छेपारोदेखि कछुवा र रंगीन सुगासम्म पालन गर्नेहरुको संख्या बढ्दै गएको छ । विशेषगरी विदेशी घरपालुवा जनावरहरूको बजार पनि बढ्दो क्रममा छ । तथ्याङ्क अनुसार चीनमा १ करोड ७० लाखभन्दा बढी मानिसहरूले अहिले परम्परागत बिरालो वा कुकुरहरू बाहेक अन्य जनावरहरू पाल्छन् । जसले गर्दा लगभग १.४ अर्ब अमेरिकी डलर मूल्यको विदेशी घरपालुवा जनावर बजार बढिरहेको हो । मध्य चीनको शाङ्किउ शहर जस्ता स्थानहरुमा विदेशी घरपालुवा जनावर प्रजननकर्ताहरू माग पूरा गर्न अग्रसर देखिन्छन् । संरक्षित जनावरहरूको प्रजनन गर्न इजाजतपत्र अनिवार्य गरिएको छ । विज्ञहरूका अनुसार घरपालुवा जनावर जेसुकै भएपनि बढ्दो संख्य

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 368 पटक पढिएको
  • आज सुनचाँदीको मूल्य सामान्य घट्यो

    काठमाडौं— नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन ५ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ५०  हजार २ सय रुपैयाँमा कारोवार भइरहेको सुन आज प्रतितोला २ लाख ४९  हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ६० रुपैयाँले घटेको हो । बिहीबार ३ हजार ३ सय ४५ रुपैयाँमा कारोवार भइरहेको चाँदी आज ३ हजार २ सय ८५ रुपैयाँमा कारोवार भइरहेको छ । 

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 137 पटक पढिएको
  • आज सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस

    काठमाडौं— प्रत्येक वर्ष नोभेम्बर १४ मा मनाइँने अन्तर्राष्ट्रिय सांस्कृतिक सम्पत्तिको अवैध तस्करीविरुद्धको दिवस यस वर्ष पनि विभिन्न कार्यक्रम गरि मनाइँदै छ । सांस्कृतिक सम्पत्तिको अवैध तस्करीका कारण हुने हानि र सांस्कृतिक सम्पदामा पर्ने गम्भीर प्रभावको बारेमा जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । सांस्कृतिक सम्पदाहरु हाम्रो पहिचान, इतिहास र मौलिकताको प्रतीक हुन् तर यी सम्पत्तिहरू चोरी, तस्करी र विनाशको चपेटामा परेका छन् । नेपालजस्तो देश जहाँ पुराना मूर्तिहरू, मन्दिरका कलाकृति र ऐतिहासिक धरोहरहरू हाम्रो सांस्कृतिक पहिचान र गौरवका प्रतीक हुन्, यी सम्पत्तिहरू चोरी र तस्

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 136 पटक पढिएको
  • आज विश्व मधुमेह दिवसः विभिन्न कार्यक्रमको आयोजनागरी मनाइँदै

    काठमाडौं— आज विश्व मधुमेह दिवस । विभिन्न कार्यक्रमको आयोजनागरी आज विश्वभर मधुमेह दिवस मनाईँदै छ । यसवर्षको मधुमेह दिवसको नारा मधुमेह र कल्याण -Diabetes and Well–being_हो। यसले मुख्य रूपमा मधुमेह र जीवनको सम्पूर्ण कल्याण बीचको सम्बन्धमा ध्यान केन्द्रित गर्छ। मानिसहरूलाई मधुमेहसँग बस्न सिक्ने तर स्वस्थ र सन्तुलित जीवन जिउने उपायहरू तर्फ सचेत गराउने उद्देश्य राख्छ।इन्टरनेसनल डायबेटिज फेडेरेसन र विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९१ देखि नोभेम्बर १४ का दिनलाई विश्व मधुमेह दिवसको रुपमा मनाउन थालिएको हो। सन् २००६ मा यो दिवसले आधिकारिक रुपमा संयुक्त राष्ट्र संघ अन्तर्गत स्थान पाएको थिय

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 118 पटक पढिएको
  • मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

    सर्लाही— कानुनी कडाई र निरन्तर जनचेतनामूलक अभियान चलाइँदै आएको भए पनि मधेसमा उमेर नपुगी विवाह हुने सङ्ख्या अझै विकराल अवस्थामा छ ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणले उमेर नपुग्दै हुने विवाहको दर मधेसमा अन्य प्रदेशको तुलनामा अझै धेरै रहेको पाईएको छ।२०७८ को जनगणनाबाट तयार पारिएको प्रतिवेदन अनुसार मधेसमा १० वर्ष नपुग्दै विवाह हुने घटनासमेत दर्ता भएका छन्। यस्तै यस्तो उमेरसमूहको विवाहको दर ०.२ प्रतिशत रहेको उल्लेख छ। १० देखि १४ वर्ष उमेरका बालबालिकामध्ये ९.३ प्रतिशतले विवाह गरेको पाइएको छ भने १५ देखि १७ वर्ष उमेरको समूहमा यो दर २७.७ प्रतिशत पुगेको छ ।१८ देखि २० वर्षभ

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 259 पटक पढिएको
  • भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू

    काठमाडौं— सरकारले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि राष्ट्रिय भवन संहिता (कोड)लाई परिमार्जन गरी लागू गरेको छ । पुरानो कोडमा रहेका प्रावधान अव्यावहारिक र अन्तर्राष्ट्रिय मानकसँग मेल नखाने, डिजाइन गणनामा जटिलता र निर्माणमा अनावश्यक खर्च बढाउने जस्ता व्यवस्थालाई परिमार्जन गरिएको छ । परिमार्जित राष्ट्रिय भवन संहितालाई बिहीबार राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याइएको छ । नयाँ कोडले भवन मात्र नभएर जलविद्युत आयोजनाका बाँध, विद्युतगृह, सुरुङजस्ता भूमिगत संरचना निर्माणका लागि मार्गदर्शन प्रदान गर्नेछ । शहरी विकास मन्त्री कुलमान घिसिङले यो परिमार्जित कोड देशको सुरक्षित भविष्य निर्माणका

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 287 पटक पढिएको
  • दीपक खड्का भन्छन कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो

    काठमाडौं— नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिसँग आफ्नो स्वामित्व नरहेको बताएका छन् । बिहीबार एक विज्ञप्ती जारी गर्दै उनले खड्का ल्याण्डमा आफ्नो स्वामित्व नरहेको बताएका हुन् । कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग चरित्रहत्या गर्ने उदेश्यले बारम्बार नाम जोडेको पूर्वऊर्जामन्त्री खड्काको भनाई छ । यसले व्यक्तिगत र राजनीतिक जीवनमा आघात पुगेको समेत उनले बताए । नेता खड्काले विज्ञप्ति मार्फत भनेका छन्, ‘नेपाल स्काउटको भाडा विवादको विषयमा मेरो नाम जोडेर विभिन्न सञ्चार माध्याममा आएका समाचारप्रति मेर

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 237 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा