काठमाडौं— साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा सुरु हुँदैछ । आठौं संस्करणको साफ महिला च्याम्पियनसिप जित्ने लक्ष्यसहित नेपाली महिला राष्ट्रिय टोली मैदान उत्रँदैछ । नेपालले प्रतियोगिताको पहिलो खेलमा आज भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।समूह ‘ए’ मा रहेको नेपाल र भुटानबीचको खेल गोवास्थित जवाहरलाल नेहरु स्टेडियममा नेपाली समयअनुसार दिउँसो ४ः४५ बजे सुरु हुनेछ । आजै समूह ‘बी’ अन्तर्गत आयोजक भारतले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने तालिका छ ।नेपालकी प्रमुख फरवार्ड तथा सर्वाधिक गोलकर्तामध्ये एक सावित्रा भण्डारी ‘साम्बा’ बिना नै नेपालले प्रतियोगिता सुरु गर्न लागेको हो । सावित्राको अनुपस्थित
काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास, कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन तथा समग्र आर्थिक–सामाजिक रूपान्तरणका लागि जलाशययुक्त आयोजनालाई अब राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।आफ्नो पहिलो औपचारिक फिल्ड भ्रमणका क्रममा कुलेखानी जलविद्युत् केन्द्र पुगेका मन्त्री श्रेष्ठले आगामी दिनमा सरकारको मुख्य ध्यान जलाशययुक्त आयोजनाको विकासमा केन्द्रित हुने स्पष्ट पारे । उनले जलाशययुक्त आयोजना केवल विद्युत् उत्पादनको माध्यम मात्र नभई पानी व्यवस्थापन, बाढी नियन्त्रण, सिँचाइ विस्तार, पर्यटन प्रवद्र्धन र ऊर्जा आपूर्
काठमाडौं— आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।आज कानुन, न्याय तथा मानव अधिकार समिति र सार्वजनिक लेखा समितिको बैठक बस्ने भएको हो ।आज १२ः३० बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजना सम्बन्धमा छलफल हुनेछ ।यसैगरी, होल्डिङ सेन्टरमा समितिद्वारा गरिएको स्थलगत अवलोकन प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ ।सार्वजनिक लेखा समितिको बैठकमा बेरुजुको आयतन उच्च भएका मन्त्रालयका लेखा उत्तरदायी अधिकृतहरुसँग बेरुजु न्यूनीकरण सम्बन्धी विषयमा छलफल हुने कार्यसूची छ ।
काठमाडौं— नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा चार दिनसम्म चलेको सचिवालय बैठक हिजो (आइतबार) सम्पन्न भएको हो ।आइतबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिँदै एमाले उपमहासचिव लेखराज भट्टले सचिवालय बैठकले असार १५ देखि २० सम्मको लागि केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको जानकारी दिए ।उनले भने, ‘केन्द्रीय समितिको बैठक आगामी अब यो असार १५ देखि २० को बीचमा अध्यक्ष र महासचिवको बीचमा सरसल्लाह गरेर तय हुनेछ ।’बैठकले रामबहादुर थापा बादलको संयोजकत्वमा निर्वाचन र पार्टी पुनर्गठनसम्बन्धी समीक्षा सुधारका लागि समिति गठन गर्ने निर
सर्लाही— प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले छोरीलाई शिक्षित बनाउन र सम्मानका साथ हुर्काउन अभिभावकलाई आग्रह गरेकी छन् ।सर्लाहीको चन्द्र नगर गाउँपालिकामा आयोजित दुई दिने ‘बाल विवाह एवं दाइजो प्रथा उन्मूलनका लागि बृहत् सभा’मा आइतबार बोल्दै उनले विशेष गरी मधेस क्षेत्रमा गहिरो रूपमा जरा गाडेर बसेको बालविवाह र दाइजो प्रथाविरुद्ध अन्तिम समयसम्म संघर्ष गर्ने बताइन् । समाज परिवर्तनका लागि छोरीलाई पढाउनै पर्नेमा जोड दिँदै उनले दाइजो र बालविवाह देशकै लागि कलंक बनेको उल्लेख गरिन् ।उपसभामुख ठाकुरले विवाहपछि परिवार टुक्रिने, सम्बन्ध बिग्रिने र सामाजिक तनाव बढ्नुमा दाइजो प्रथाले ठुलो भूमिका खेलेको बत
सर्लाही । रौतहट र सिन्धुलीको सीमानामा पर्ने झपसी झोलुङ्गे पुलमुनी बागमती नदी तर्ने क्रममा बेपत्ता भएका सर्लाहीका दुई युवक मृत अवस्थामा फेला परेका छन्।शनिबार साँझ करिब ४ बजे पाँच जनाको समूह घुम्न गएका बेला नदी तर्ने क्रममा सर्लाहीको लालबन्दी नगरपालिका – ९ बस्तिपुरका १८ वर्षीय रोहित महतो र २० वर्षीय गणेश महतो बागमती नदीमा डुबेर बेपत्ता भएका थिए।उनीहरु घरमा कसैलाई जानकारी नगराई घुम्न गएको प्रहरीले जनाएको छ। घटनाको खबर राति करिब ८ बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हरिवनबाट र इलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरीको टोली खटिएर खोजतलास सुरु गरेको थियो।उनीहरुसँगै नदीमा पुगेका सर्लाहीकै बरहथवा
काठमाडौं— जेनजी नेतृ सरिस्मा थापाले जेनजी आन्दोलन सत्ता प्राप्तिका लागि नभई सुशासन, पारदर्शिता र संस्थागत सुधारका लागि भएको बताएकी छन् ।स्वतन्त्र नागरिक अभियानले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनमार्फत संस्थागत सुधार र रिफर्मेशन खोजिएको उल्लेख गरिन् ।उनले भनिन्, ‘हामीले जेनजी आन्दोलनमार्फत संस्थागत सुधार र रिफर्मेशन खोजेका थियौँ । यो आन्दोलन सुशासनका लागि भएको हो भन्ने भाषा सबैका अगाडि राख्न चाहेका हौँ । दण्डहीनताको अन्त्य होस्, सार्वजनिक सेवा प्रणालीमा सुधार होस्, सरकारको काममा पारदर्शिता होस् र ‘सरकार कसैको होइन, जसको कोही छैन उसको राज्य छ’ भन्ने भाषामा अगाडि बढोस् भन्नका ला
दोलखा— दोलखाको वैतेश्वर–३ स्थित (सामुदायिक) कालिढुङ्गा माध्यमिक विद्यालय जोगाउन स्थानीयले करिब ४ रोपनीभन्दा बढी जग्गा दान गरेका छन्। विद्यार्थी संख्या घटेर विद्यालय बन्द हुने अवस्थामा पुगेपछि मिर्गे क्षेत्रका स्थानीयले नजिकै शाखा विद्यालय स्थापना गर्ने निर्णय गरेका हुन्।देविथान नजिक दान गरिएको जग्गामा अस्थायी ट्रस भवन बनाएर बाल विकासदेखि कक्षा ७ सम्म पढाइ सुरु गरिएको छ, जसले साना विद्यार्थीलाई टाढा जानुपर्ने बाध्यता हटाएको छ।विद्यालय उद्घाटन गाउँपालिका अध्यक्ष छवि लामा र वडा अध्यक्ष कमल अधिकारीले गरेका थिए। गाउँपालिकाले भौतिक संरचना र शिक्षक व्यवस्थापन गर्ने जनाएको छ। स्थानीय करिब १५ जनाले जग्
नयाँदिल्ली— दक्षिण भारतमा देखिएको तीव्र लु (तापलहर) का कारण कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार पुष्टि गरेका छन्। देशका विभिन्न भागमा फैलिएको यो गर्मीको लहरपछि स्वास्थ्य सतर्कता जारी गरिएको छ।भारतमा गर्मी सामान्य मौसमी अवस्था भए पनि जलवायु परिवर्तनका कारण यस्ता लुहरू पहिलेभन्दा बढी लामो समयसम्म चल्ने, बारम्बार दोहोरिने र अझ तीव्र हुने वैज्ञानिक अध्ययनहरूले देखाएका छन्। करिब १ अर्ब ४० करोड जनसङ्ख्या भएको भारतका विभिन्न शहरहरूमा तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेपछि जनजीवन प्रभावित बनेको छ।सबैभन्दा धेरै मृत्यु तेलङ्गाना राज्यमा दर्ता भएको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुस
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा स्वास्थ्य विभाग प्रमुख तोसिमा कार्कीले सुर्तीजन्य पदार्थमा लाग्ने करको दरलाई वृद्धि गरी कम्तीमा ५० प्रतिशत पु¥याउनुपर्ने माग गरेकी छन्।आइतबार आयोजित सार्वजनिक स्वास्थ्य करसम्बन्धी एक कार्यक्रममा बोल्दै सांसद कार्कीले जनस्वास्थ्यमा सुधार र स्वास्थ्य बीमालाई दिगो बनाउन यस्तो नीति अनिवार्य भएको स्पष्ट पारिन् ।उनले भनिन्,‘सन् २०३५ सम्म सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सिफारिस गरेको छ । करको मुख्य उद्देश्य राजस्व संकलन मात्र नभई सुर्तीजन्य पदार्थको उपभोग घटाउनु हो ।’उनले हाल भइरहेको ३ देखि ५ प्रतिशतसम्मको सामान्य कर वृद्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.