समाज

    Showing 1,831-1,840 of 6,609 items.
  • गृहमन्त्री एमालेको नेता जस्तो लाग्न थालेको छ : सुदन गुरुङ

    काठमाडौं— ‘हामी नेपाल’का संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याल एमालेको नेताजस्तो लाग्न थालेको भन्दै आक्रोस् पोखेका छन्  ।बिहीबार नेपाल स्काउटको जग्गामा बनेका संरचना हटाउने क्रममा महानगर प्रहरीसँगै पुगेका उनले गृहमन्त्री अर्यालको एजेण्डा भनेको चुनावमात्र रहेको भन्दै जेनजीको माग पूरा गर्न कुनै सहयोग नगरेको बताए ।  उनले भने,‘बाँकी मन्त्रालयहरुले काम गरिरहेको छ । गृह मन्त्रालयले काम गर्न सकेको छैन् । उहाँको एजेण्डा भनेको चुनावमात्र रहेछ । हाम्रो एजेण्डा भनेको देशलाई न्याय दिने र व्यवस्था परिवर्तनको हो । हालको व्यवस्था र अवस्थामा चुनावमा जान सकिन्छ त  ? देशलाई न्याय नभई

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • 447 पटक पढिएको
  • मधेश खेलकुद परिषदको प्रथम वार्षिकोत्सवको अवसरमा प्रभातफेरी

    जनकपुर— मधेश प्रदेश सरकार अन्तर्गतको मधेश खेलकुद परिषदले प्रथम वार्षिकोत्सवको अवसरमा प्रभातफेरी निकालेको छ ।परिषद स्थापना भएको एक वर्ष पुगेको अवसरमा परिषदले स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ जनकपुरधाममा प्रभातफेरी निकालेको छ ।   जनकपुरधामको रेल्व स्टेसन चोकबाट निकालिएको प्रभातफेरी र्याली जनकपुरधामको विभिन्न चोक हुँदै जानकी मन्दिरको प्राङ्गनमा पुगेर समापन भएको थियो । प्रभात फेरिमा परिषदका सदस्य, विद्यार्थी, खेलकुद प्रेमी र खेलकुद मन्त्रालयका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।परिषदले मधेश प्रदेशका युवा तथा खेलाडिहरुलाई खेलसंग जोड्ने प्रयास र पहलहरु गरेको परिषदको सदस्य सचि

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • 426 पटक पढिएको
  • ३ महिनामा भवन नक्सा सम्बन्धी ७३२ वटा प्रक्रिया सम्पन्न

    काठमाडौं— काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको वितेका ३ महिनामा ७३२ वटा भवन नक्सा सम्बन्धी प्रक्रिया टुङ्ग्याएको छ । यसमा प्लिन्थ लेभलसम्मको इजाजत २३८ वटाको र तला थप इजाजत ७ वटाका लागि प्रदान गरिएको छ । भवन निर्माण सम्पन्न प्रमाण पत्र ३९९ वटा जारी गरिएको छ । ४ वटाको डीपीसी ट्रान्सफर र ८४ वटाको स्वामित्व हस्तान्तरण भएको छ ।विवरण प्रदान गर्दै सहरी व्यवस्थापन विभागका प्रमुख सिनियर डिभिजन इञ्जिनियर हरिश्चन्द्र लामिछाने भने, ‘महिनागत रुपमा हेर्दा साउन महिनामा २७० वटा, भदौमा १७४ वटा र असोज महिनामा २८८ वटा भवन नक्सा सम्बन्धी काम टुङ्गिएको छ ।’लामिछानेका अनुसार गएको वर्ष (आ. व. २०८१÷०८२) मा

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • 375 पटक पढिएको
  • बागमती गाउँपालिका स्वास्थ्य सेवामा पुनः जिल्लामै प्रथम

    हेटौंडा— मकवानपुर जिल्लास्तरीय वार्षिक स्वास्थ्य सेवा समीक्षा कार्यक्रममा बागमती गाउँपालिका पुनः जिल्लामै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने पहिलो गाउँपालिका घोषित भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा सम्पादित स्वास्थ्य सेवासम्बन्धी विभिन्न कार्यक्रम, सूचक र कार्यसम्पादनको आधारमा गरिएको मूल्यांकनमा बागमती गाउँपालिकाले ८२.३० अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो । यसअघि पनि बागमती गाउँपालिका लगातार उत्कृष्ट प्रदर्शन गर्दै गएको थियो। गत आर्थिक वर्ष २०८०/०८१ मा समेत बागमतीले जिल्लामै पहिलो स्थान प्राप्त गरेको थियो।स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, गाउँपालिकाको स्वास्थ्य सेवा प्

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • 377 पटक पढिएको
  • पूर्व उर्जामन्त्री खड्काले स्काउटको जग्गा हडपेर बनाएको संरचनामा महानगरले चलायो डोजर

    काठमाडौं— नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको स्वामित्वमा रहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।स्काउटको जग्गा ओगटेर राखेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको संरचनामा बिहीबार बिहानै काठमाडौं महानगरपालिकाले डोजर चलाएको हो । यसअघि नेपाल स्काउटले लैनचौरस्थित मूल सडकसँग जोडिएको जग्गााको भाडाबापतको बक्यौता बुझाउन खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिलाई सात दिने अल्टिमेटम दिएको थियो ।नेपाल स्काउटले खड्काको कम्पनीले भाडामा लिएको उक्त जग्गाको भाडा बुझाएर खाली गर्न पटकपटक ताकेता गर्दा पनि अटेर गरेपछि स्काउटले सात

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • 389 पटक पढिएको
  • दिव्य ज्योति हाइड्रोपावर र ट्रोयरबीच ५० मेगावाट मस्र्याङ्दी बेसी जलविद्युत् परियोजनाको इलेक्ट्रो–मेकानिकल ठेक्का सम्झौता

    काठमाडौं— अपि पावर कम्पनी लिमिटेडले आफ्नो विद्युत उत्पादन क्षमता विस्तार गर्ने योजनाअन्तर्गत ५० मेगावाट क्षमताको मस्र्याङ्दी बेसी जलविद्युत आयोजनाका लागि इलेक्ट्रो–मेकानिकल उपकरण आपूर्ति तथा जडान कार्यको सम्झौता गरेको छ । यो आयोजना लमजुङ जिल्लाको बेसीसहर नगरपालिकामा अवस्थित छ ।उक्त सम्झौताअनुसार, ट्रोयर एजी, इटालीलाई उपकरण आपूर्ति तथा जडान कार्यको जिम्मेवारी दिइएको छ । सम्झौतामा ह्यान्सपिटर स्कोल्झोर्न, प्रमुख बिक्री विभाग प्रमुख, ट्रोयर एजी इटाली; पवन ढकाल, अध्यक्ष, ट्रोयर हाइड्रो प्रा.लि. भारत र प्रवद्र्धक कम्पनी दिव्य ज्योति हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष सतीश न्यौपानेले हस्ताक्षर गर

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • 406 पटक पढिएको
  • एभरेस्ट महिला भलिबल लिगको फाइनलमा कर्णाली यशविस प्रवेश

    काठमाडौं— डिफेन्डिङ च्याम्पियन कर्णाली याशविस महिला भलिबल लिगको फाइनलमा प्रवेश गरेको छ ।  लगातार चौथो खेलमा अपराजित रहँदै कर्णाली यशविस एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)को फाइनलमा प्रवेश गरेको हो । जेनजी आन्दोलनका कारण प्रभावित भएको फ्रेन्चाइच महिला भलिबल लिग बुधवारबाट काठमाडौंमा सुचारू भएका छन्।बुधबार भएको खेलमा कर्णाली याशविसले मधेश युनाइटेडलाई ३–० को सेटमा पराजित ग¥यो। कर्णालीले २५–१५, २५–१२ र २५–१७ ले सहजरूपमा जित दर्ता गराएको हो। जितसँगै कर्णाली फाइनलमा पुग्न सफल भयो। कर्णालीको जितमा महत्वपूर्ण योगदान गरेकी साफिया पून प्लेयर अफ दि म्याच हुन सफल भइन्। यसअघि पोखर

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • 420 पटक पढिएको
  • बक्यौता असुली ठोस परिणाम तर्फ अग्रसर भएको ऊर्जा मन्त्री घिसिङको दाबी

    काठमाडौं— ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले राजनीतिक नेतृत्वदेखि आम सर्वसाधारणसम्मलाई तरङ्गित बनाएको बक्यौता असुलीको प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले प्राधिकरणबाट कानुनी रूपमा चालिएका कदममा राजनीतिक तहबाट हुने हस्तक्षेपका कारण असुलीमा अवरोध सिर्जना भएपनि बक्यौता असुली ठोस परिणामतर्फ अग्रसर भएको बताएका हुन् । उनले लेखेका छन्, ‘राजनीतिक नेतृत्वदेखि आम सर्वसाधारणसम्मलाई तरङ्गित बनाएको बक्यौता असुलीको प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको छ । नेपाल विद्युत प्राधिकरणबाट कानुनसम्मत रूपमा पटक–पटक चालिएका कदममा राजन

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • 380 पटक पढिएको
  • आज दुई वटा संसदीय समितिको बैठक बस्दै

    काठमाडौं— आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ः१५ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । सिंहदरवार संसद भवनस्थित समितिको बैठक कक्षमा आज बस्ने बैठकमा अध्यागमन विभाग तथा कार्यालयको अवलोकन सम्बन्धमा छलफल गरिने कार्यसूची तय गरिएको छ । यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिनको १ बजे बस्दैछ । बैठकमा शान्ति सुरक्षाको अवस्था र आगामी निर्वाचनको तयारी सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • 415 पटक पढिएको
  • हेटौंडामा तोडफोड र आगजनी गर्ने ५ जना पक्राउ

    मकवानपुर— मकवानपुरमा गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र आपराधिक उपद्रवमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामध्ये तीन जनालाई अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुबास चन्द्र बोहोराका अनुसार आन्दोलनकाक्रममा हेटौंडा उपमहानगरपालिका–११ नवलपुर निवासी ४५ वर्षीय सुशिल पौडेलको घरमा आगजनी तथा तोडफोड गर्ने घटनामा संलग्न रहेको आरोपमा ३६ वर्षीय सुजन अधिकारी र ३५ वर्षीय सुरेन्द्र राना मगरलाई नियन्त्रणमा लिइएको हो।दुवैजनामाथि आपराधिक उपद्रव तथा लुटपाट सम्बन्धी कसुरमा मकवानपुर जिल

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • 384 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा