रामेछाप— काठमाडौं उपत्यका तथा तराई क्षेत्रबाट समेत एक दिनको तीर्थयात्रा गर्नेको लागि रामेछापको खाँडादेवी मन्दिर उपयुक्त तीर्थस्थल बनेको छ । राजधानी काठमाडौंबाट ४ घण्टाको यात्रामा पुगिने खाँडादेवी मन्दिरसम्म सबै खालका यातायात साधन पुग्ने भएकोले बच्चा देखि ज्येष्ठ नागरिकसम्मको लागि यो उपयुक्त तीर्थस्थल बनेको छ । काठमाडौंबाट बिहान सवारीसाधनमा निस्कँदा खालि पेटमा नै मन्दिर दर्शन गर्न भ्याइने र दर्शन गरेपछि मन्दिरमा केही बेर रमाएर पुनः घर फर्कन सकिने भएकोले यो एक दिनको बिदामा घुम्न र दर्शन गर्न आउनेको लागि उपयुक्त तीर्थस्थल भएको खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङ बताउँछन् ।&nbs
काठमाडौं— मधेस प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वमा भएको सरकार गठन प्रक्रियाविरुद्ध सात राजनीतिक दलका सांसदहरूले प्रदेश सभा भवनअगाडि विरोध प्रदर्शन गरेका छन्।नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसहितका सात राजनीतिक दलका सांसदहरूले मङ्गलबार प्रदेश सभा भवनअगाडि धर्ना दिएका छन्। विरोधमा उत्रिएका यी दलहरूले मुख्यमन्त्री यादवको नियुक्ति प्रक्रियालाई असंवैधानिक ठहर गर्दै एमालेको नेतृत्वमा बनेको यो सरकारलाई ुअवैध सरकारु भनेका छन्।धर्नामा सहभागी सांसदहरूले सरकार गठनको प्रक्रिया संविधानको धारा १६८ को उपधारा ३ विपरीत भएको दाबी गर्दै तिब्र नाराब
काठमाडौं— चन्द्रागिरी नगरपालिका-८ मातातिर्थ लंकोट बस्ने ४० वर्षीय दिवाकर महर्जनको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा दिवाकर समेत २२ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १६ लाख ५३ हजार रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं— नेपाल ट्रेड युनियन कांगे्रसले आगामी निर्वाचन अघि नै नेपाली कांग्रेसको १५औं महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिएको छ । गत २१ र २२ गते सम्पन्न केन्द्रिय समितिको बैठकले गरेका १३ बुँदे निर्णयहरु मंगलबार नेपाली कांगे्रसका कार्यवाहक सभापति पुर्ण बहादुर खडकालाई बुझाउँदै निर्वाचनअघि महाधिवेशनमा जोड दिएको हो ।कावा सभापति खड्कालाई ज्ञापन पत्र बुझाउँदै टे«ड युनियन कांगे्रसले फागुन २१ गतेको घोषित आम निर्वाचनमा सबै सहभागी हुनुपर्ने, कांगे्रसले ताजा नीति तथा नेतृत्वसहित आम निर्वाचनमा जानुपर्ने, स्वदेश तथा विदेशमा रहनु भएका श्रमिकहरुलाई कार्यस्थलबाट नै मतदानको व्यवस्था गर्नुपर्नेलगायतका मागह
बाजुरा— बाजुराका एक युवकको मुगुमा ट्याक्टर दुर्घटनामा परि मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुराको गौमुल गाउँपालिका–३ का अन्दाजी २४ वर्षीया सुरेश रोकाया रहेका छन् ।विद्युतको पोल बोक्ने क्रममा उकालोमा ट्याक्टरको ‘ब्रेक फेल’ भई करिब ७०० मिटर तल खस्दा चालक रोकायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । साथै, हुम्ला अदानचुली–२ का २८ वर्षीया रेशम भण्डारी सख्त घाइते भएका छन् । बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्धुतको सबस्टेसन जडानका लागि पोल ढुवानी गरिरहेको ट्याक्टर दुर्घटनामा परेको हो। लु ५ त १२३७ नम्बरको ट्याक्टर मुगुको सोरु गाउँपालिकाको केन्द्रतर्फ जाँदै गरेको थियो।दुर्घटनामा प
ललितपुर— ललितपुर महानगरपालिकाले आगलागी आपतकालीन सूचना प्रणालीको जडान गरेको छ । मंगलबार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनद्वारा आपतकालीन सूचना प्रविधिको डेमोसहित उद्घाटन गरिएको हो ।जुद्ध वारुण यन्त्र कार्यालयमा तुरुन्त सूचना पुग्ने अर्लट सिस्टम जडान गरिएको हो । आगलागी हुँदा तुरुन्त सूचना र प्रतिक्रिया दिन सहयोग पुर्याउने उक्त सिस्टमले धुवाँ वा ताप पत्ता लाग्ने वित्तिकै स्विच सक्रिय भई साइरन बच्ने र मोबाइलमा सन्देश पठाउनसक्छ । उक्त सिस्टमको डेमो उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख महर्जनले डेमो स्वरुप जडान गरिएको प्रणालीले राम्रो काम गरे प्रत्येक चोकमा आपतकालीन सूचना प्रणालीक
मुगु— आर्थिक , भौतिक,शिक्षा,स्वास्थ्य,रोजगार लगाएत बिभिन्न क्षेत्र बाट थला परेको मुगु जिल्लाको सोरुगाँउपालिकाका नागरिकहरुलाई आँखा सम्बन्धि बिभिन्न रोगबाट थला परेका नागरीकहरुले घर दैलोमा निशुल्क आँखा चेकजाच,शल्यक्रिया पाउदा स्थानिय बासीहरु निकै खुसी भएका छन ।सोरुगाँउपालिका वडा नम्बर ४ लिबु्रगाँउका बर्ष ८१का रनबिर शाहीलाई आँखा दुख्र्ने,चिलाउने,पाक्र्ने ,आसु झरिरहने ,सानो बस्तु देख्न नसक्र्ने,आफन्तहरुको सोर सुने मात्र चिन्न सक्ने समस्याले निकै हौरान भई रहेको थियो घरको आर्थिक अबस्था कमजारी भएको कारण घरमै थल पर्नु बाध्य रहेको थिए । हिजा आज गाँउपालिकाको आयोजनमा घरमै निशुल्का आँखा चेकजाच गरी मोतिबिन्
जनकपुर— मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको हो । भण्डारीले सोमबार विहान मधेश प्रदेशको मुख्यमन्त्री पदमा एमालेका सरोज कुमार यादवलाई महोत्तरीको एक होटलमा सपथ ग्रहण गराएकी थिईन । उनको दिनभर मधेश प्रदेशभर आलोचना भईरहेको थियो ।
विराटनगर— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले किरात धर्मका महान गुरु फाल्गुनन्द लिङदेनका शिक्षाले समाजलाई सत्य, अहिंसा र एकताको बाटोमा अघि बढ्न प्रेरणा दिएको बताएका छन्।महागुरु फाल्गुनन्दको जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले बाल्यकालदेखि नै समाज सुधारमा लाग्नुभएका फाल्गुनन्दको योगदानले किरात धर्म, संस्कृति र मौलिक परम्पराको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन् ।मुख्यमन्त्री कार्कीले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले सबै जात, भाषा, धर्म र संस्कृतिको संरक्षण र सम्बद्र्धन राज्यको दायित्व भएको बताएका छन्। उनले फाल्गु
काठमाडौं— नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तरगत आज ७५३ वटै पालिकामा जनप्रर्दशन गर्ने भएको छ । मंगलबार प्रतिगामी षडयान्त्रका विरुद्ध एमालेले देशैभरी जनपरिचालन गर्ने निर्णय गरे अनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रुपमा जनप्रर्दशनका कार्यक्रमहरु गर्ने पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार २२ गते देशका सबै ६ हजार ७ सय ४३ वटै वडामा वडा भेलाहरु सम्पन्न भइसकेका छन् । उक्त भेलामा भदौ २४ पछि विकसित राजनीतिक घटनाक्रम,संसदको गैह्र संवैधानिक विघटन र एमालेको आगामी बाटोका बिषयमा कार्यकर्ताहरुलाई प्रष्ट पारिएको छ । आजको कार्यक्रममा कतिपय पाल
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.