समाज

    Showing 1,871-1,880 of 6,609 items.
  • हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु

    रौतहट— बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६ काटघाट क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु भएको हो।हात्तीको आक्रमणबाट ना.४ ख १८३० नम्बरको ट्रकका चालक जितपुरसिमरा उपमहानगर–१ निवासी अन्दाजी ४० वर्षका राजकुमार चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रवक्ता प्रहरी निरीक्षक खेमप्रसाद नेपालका अनुसार  ट्रकबाट उत्रेर भाग्ने क्रममा राजमार्गदेखि करिब सय मिटर दक्षिण जंगलतर्फ हात्तीले आक्रमण गरेको हो। हात्तीले आक्रमणबाट चौधरीको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 441 पटक पढिएको
  • मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह

    काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा भइरहेको अवरोध हटाउन हेलम्बु गाउँपालिकालाई आवश्यक पहल गर्न आग्रह गरेका छन् ।मन्त्री घिसिङले हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई समस्या समाधानका लागि सहयोग र पहल गर्न आग्रह गर्दै विगतमा भएका सम्झौताअनुसार आयोजना प्रभावितले राखेका माग वार्ता र छलफलमार्फत समाधान गर्न सरकार तयार रहेको बताएका छन् ।उनले काठमाडौं उपत्यकामा पानी आपूर्ति रोकिएपछि स्थिति गम्भीर बनेको बताउँदै छिटो समस्याको समाधान गर्न पहल भइरहेको जानकारी दिए ।अध्यक्ष शेर्पाले पनि

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 436 पटक पढिएको
  • दाइसँगै खेल्न गएकी बहिनी दुई दिनपछि खोलामा मृत भेटिइन्

    कपिलवस्तु— कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका–१ पकडीकी दुई वर्षीया मान्सा ओझा घरबाट बेपत्ता भएको दुई दिनपछि मृत फेला परेकी छिन्।प्रहरीका अनुसार बालिकाको शव सोमबार बिहान मर्थी खोलामा फेला परेको हो। सो खोला मायादेवी गाउँपालिका–१ र सुद्धोधन गाउँपालिका–६ को सिमानामा पर्दछ।मान्सा ओझा कार्तिक २२ गते बिहान करिब १० बजे आफ्ना पाँच वर्षीया दाइसँग घरबाट खेल्न निस्किएकी उनी हराएकी थिइन्। परिवारले खोजी गर्दा पनि फेला नपरेपछि प्रहरीमा उजुरी गरिएको थियो।प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार बालिकाको शव घरदेखि करिब ३ किलोमिटर दक्षिणतर्फ खोलामा भेटिएको हो। घटनाको कारणबारे अनुसन्धान भइरहेको प्र

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 408 पटक पढिएको
  • धरानका मेयरले हर्क साम्पाङ द्वारा दुर्गा प्रसाईंलाई ढुंगा बोक्न निम्ता

    काठमाडौं— धरानका मेयर हर्क साम्पाङले दुर्गा प्रसाईंलाई ढुंगा बोक्न बोलाएका छन् । सोमबार सामाजिक सन्जाल फेसबुक मार्फत उनले प्रसाईंलाई ढुंगा बोक्न निम्ता दिएका हुन् । उनले माटोले रगत होइन पसिना मागेको हो भन्दै प्रसाईंलाई मिलेर देश बनाँउ भन्दै बोलाएका हुन् । मेयर साम्पाङ लेख्छन्, ‘दुर्गा प्रसाईं जी...अब यो देशमा आन्दोलन होइन श्रम संस्कृतिको खाँचो छ । माटोले रगत होइन पसिना मागेको छ । म त हरघडि माटोसँग बात मार्छु । तपाई पनि ढुगां बोक्न आउनु है । मिलेर देश बनाऔँ,’ । 

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 441 पटक पढिएको
  • बरहवा नदीमा पुरुषको शव फेला

    रौतहट— रौतहटको बरहवा नदीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । गौर नगरपालिका वडा नं. ५ मा रहेको बरहवा नदीमा डुबेको अवस्थामा शव देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका हुन् ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी विष्णु प्रदिप बस्यालका अनुसार शव रौतहटको चन्द्रपुर नगरपालिका ६ का सुनिल कुमार कहार रहेको पुष्टी भएको छ । मृतक युवकको साथमा रहेको सवारी चालक अनुमति पत्रको आधारमा पुष्टी भएको उनको भनाइ छ ।चन्द्रपुरबाट शनिवार देखी बेपता रहेका कहार कसरी गौरको बरहवा नदीमा पुगे भन्ने बारेमा प्रहरीले अनुसन्धान गरीरहेको छ । प्रादेशिक अस्पताल गौरमा शव राखिएको र परिवारका सदस्य सम्पर्कमा आएको

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 405 पटक पढिएको
  • मधेस प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

    जनकपुर— जनकपुरधाम स्थित मधेस भवनभित्र रहेको मधेश प्रदेश प्रमुखको कार्यालय अगाडि तोडफोड भएको छ । मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एकलौटी ढंगले एमालेका सरोज कुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै जसपा लगायत सातदलीय गठबन्धनका सांसद तथा पार्टीका कार्यकर्ताहरूले प्रदेश प्रमुखको कार्यालय अगाडि तोडफोड गरेका छन् ।उनीहरुले प्रदेश प्रमुखको नाम लेखेको नेमप्लेट र मुख्य प्रवेशद्वार बाहिर रहेको गमला लगायतका सजावटका सामानहरू तोडफोड गरेका छन् । सो क्रममा उनीहरुले प्रदेश प्रमुख मुर्दाबाद, एकलौटी गर्न पाइँदैन लगायतका नारासमेत लगाएका छन् ।अहिले मधेस भवनभित्र व्यापक मात्रामा प्रहरी र ने

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 424 पटक पढिएको
  • मधेस प्रदेश सरकारबाट राप्रपाको सहभागिता फिर्ता लिन अध्यक्ष लिङ्देनको निर्देशन

    हेटौंडा— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मधेस प्रदेश सरकारमा रहेको राप्रपाको सहभागिता तत्काल फिर्ता लिन निर्देशन दिएका छन् ।अध्यक्ष लिङ्देनले सोबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मधेस प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले भनेका छन्, “यो अनुशासनको गम्भीर उल्लंघन हो । राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन छ । अन्यथा विधान बमोजिम कारबाही हुने जानकारी गराउँछु ।”मधेस प्रदेशमा राप्रपाका केही सांसदले प्रदेश सरकारमा सहभागी भएपछि पार्टी नेतृत्व असन्तुष्ट बनेको बताइन्छ । अध्यक्ष लिङ्देनको यस वक

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 408 पटक पढिएको
  • एसवाई प्यानल नेपालको आईपीओमा ६ गुणाभन्दा बढी आवेदन

    काठमाडौं— एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओमा ६ गुणाभन्दा बढी आवेदन परेको छ । कम्पनीले कात्तिक १९ देखि २३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो ।सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) का अनुसार, कुल २१ लाख २९ हजार ७१५ लगानीकर्ताले २ करोड ४६ लाख ३२ हजार ६३० कित्ता शेयरका लागि आवेदन दिएका छन् । उपलब्ध शेयरभन्दा ६ गुणाभन्दा बढी आवेदन परेकाले सबैलाई शेयर प्राप्त नहुने निश्चित भएको छ ।यस चरणमा कम्पनीले सर्वसाधारणका लागि ४० लाख ७६ हजार १५६ कित्ता शेयर निष्कासन गरेको थियो । अत्यधिक आवेदन परेकाले करिब ४ लाख ७ हजार ६१५ जनाले मात्र शेयर हात पार्न सक्नेछन् ।सर्वसाधारणतर्फको आईपीओ खुला गर्

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 422 पटक पढिएको
  • पटेर्वा सुगौलिद्वारा पाँच पालिकाका बासिन्दालाई मोतिविन्दुको निःशुल्क उपचार

    वीरगञ्ज— संस्थागत क्षमता मूल्यांकनमा जिल्लामै उत्कृष्ट र मधेस प्रदेशमा दोस्रो स्थान हासिल गरेको पटेर्वा सुगौली गाउँपालिकाले आफ्ना बासिन्दाका लागि औषधि उपचारका क्षेत्रमा निरन्तर प्रभावकारी काम गर्दै आएको छ । पालिकाले आयोजना गरेको निःशुल्क आँखा शिविरमा आइतबार १६४ जना बिरामीको मोतिविन्दुको शल्यक्रिया (अपरेशन) गरी सकुशल घर फिर्ता पठाइएको छ ।तिलगंगा आँखा उपचार केन्द्र, निचुटाको आयोजनामा शनिबार उपचारका लागि आएका विभिन्न पाँच पालिकाका बिरामीहरूको निःशुल्क शल्यक्रिया गरी घर फिर्ता पठाइएको हो ।सामुदायिक आँखा अस्पताल मकवानपुर र तिलगंगा अस्पताल काठमाडौँले पर्साको सखुवा प्रसौनी गाउँपालिका, जगर्नाथपुर

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 419 पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । आज सुन २ हजार ९ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोवार भएको सुन आज प्रतितोला २ लाख ४१  हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ५० रुपैयाँले चाँदीको मूल्य बढेको  हो । आइतबार  ३ हजार १५ रुपैयाँमा कारोवार भइरहेको चाँदी आज ३ हजार ६५ रुपैयाँमा कारोवार भइरहेको छ । 

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 399 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा