समाज

    Showing 1,941-1,950 of 11,025 items.
  • इजरायल रोजगारीको आश्वासन पूरा गर्न माग गर्दै माइतीघरमा पीडित युवाहरुको विरोध

    काठमाडौं— इजरायल रोजगारीको सपना बोकेर विगत दुई वर्षदेखि पर्खाइमा रहेका योग्य उम्मेदवारहरू सरकारले आफ्नो पूर्वआश्वासनविपरीत कार्य गर्न खोजेको भन्दै सडक आन्दोलनमा उत्रिएका छन्।मंगलबार काठमाडौँको माइतीघरमा वैदेशिक रोजगार विभागको ढिलासुस्ती र नीतिगत अस्पष्टताका कारण चरम अन्योलमा परेको भन्दै युवाहरूले सरकारविरुद्ध प्रदर्शन गरेका हुन्।वि.सं. २०८१ को गोलाप्रथा (लकी ड्र) मा छनोट हुन नसकेका तर सम्पूर्ण प्रक्रिया पूरा गरेर बसेका उम्मेदवारहरूलाई नयाँ खुल्ने कोटामा स्वतः समावेश गरिने आश्वासन वैदेशिक रोजगार विभागका उच्च अधिकारीहरूले निरन्तर दिँदै आएका थिए।तर, हालै सञ्चारमाध्यमहरूमा इजरायलका लागि २ हजार ३००

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • 725 पटक पढिएको
  • नाइजेरियाली महिलासम्बन्धी विवादले संसद ततायो, सांसद कार्कीमाथि कारबाही माग

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद  कृष्ण कुमार कार्की विरुद्ध उठेको विवाद प्रतिनिधि सभासम्म पुगेको छ।मंगलबार बसेको संसद बैठकमा नेकपा (एमाले) की सांसद पार्वती विकले सामाजिक सञ्जालमा चर्चामा रहेको आरोपबारे सरकारको ध्यानाकर्षण गराउँदै घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरिन्।सांसद कार्कीमाथि एक नाइजेरियाली महिलालाई गर्भवती बनाएर सम्पर्कविहीन भएको आरोप लागेपछि विषयले राजनीतिक तरंग पैदा गरेको हो। संसदमा बोल्दै विकले यस्ता घटनाले नेपाल र नेपालीको अन्तर्राष्ट्रिय छविमा असर पुग्ने बताइन्। उनले निष्पक्ष छानबिन गरी आरोप पुष्टि भए कानुनी तथा संसदीय कारबाही गर्न सरकारसँग माग गरिन

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • 1,563 पटक पढिएको
  • इलामका पहिरो पीडितको पुनर्निर्माणमा बजेट न्यून भएको सांसद राईको आपत्ति

    काठमाडौं— नेपाली कांग्रेसका सांसद निस्कल राईले गत वर्ष इलाममा गएको विनाशकारी बाढीपहिरोको पुनर्निर्माणमा सरकारले अत्यन्तै न्यून बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पुनः अर्को विपद्को मौसम सुरु हुन लागेकाले तत्काल पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराए ।११ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएकोमा सरकारले जम्मा ५ करोड ३० लाख रुपैयाँ मात्र विनियोजन गरेको भन्दै पुनर्निर्माणको काम सुस्त गति र न्यून बजेटप्रति असन्तुष्टि जनाए ।उनले भने,‘विपद्पछिको पुनर्निर्माण र पुनस्र्थापनाका लागि ११ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी लाग्ने अनुमा

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • 600 पटक पढिएको
  • कोस्टल हाइवे निर्माणलाई प्राथमिकतामा राख्न सरकारसँग माग

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद नरेन्द्र कुमार गुप्ताले तराई–मधेस क्षेत्रमा सहज यातायात पहुँच विस्तारका लागि कोस्टल हाइवे निर्माणलाई प्राथमिकतामा राख्न सरकारसँग माग गरेका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले झापाको केचनादेखि कञ्चनपुरको दोधारा–चाँदनीसम्म जोड्ने प्रस्तावित कोस्टल हाइवे राष्ट्रिय आयोजना भएपनि सरकारले आवश्यक बजेट प्राथमिकता नदिएको गुनासो गरे ।उनले भने, ‘राणाकालिन समयदेखि तराइ–मधेसको सहज यातायात पहुँच बिस्तार गनुपर्ने लक्ष्य अनुरूप भेलाका राजमार्ग कोस्टल हाइवे झापाको केचनादेखि पश्चिममा कन्चनपुरको दोधारा चाँदनीसम्मको भूभागलाई जोड्ने गर्दछ । तर यो राजमार्ग

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • 516 पटक पढिएको
  • ‘शून्य समयमा उठाएका विषयमा शक्तिशाली आयोग र समिति गठन गरेर नियमन होस’

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाका सांसद जगदीश खरेलले प्रतिनिधिसभाको शून्य समयमा उठाइएका विषयहरू कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सदनमा उठाएका कुराहरू क्यामेरामा रेकर्ड गर्न मात्र हो कि कार्यान्वयनमा पनि आउँछन् भन्दै सरकारलाई प्रश्न गरेका हुन्।उनले गत अधिवेशनमा आफूले उठाएका जनसरोकारका विषयमा अहिलेसम्म कुनै सुनुवाइ नभएको गुनासो गरे।उनले भने,‘मैंले गत सदनमा पनि कुरा उठाएको थिएँ, बर्खा लाग्न लागिसक्यो तर अहिलेसम्म कुनै सुनुवाइ भएको छैन । आजसम्म शून्य समयमा उठेका कुराहरू क्यामेराले खिचेर रेकर्ड गर्न मात्र ह

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • 532 पटक पढिएको
  • दलित समुदायमाथि भइरहेको विभेद र बहिष्कार अन्त्य गर्न ध्यानाकर्षण

    काठमाडौं— सांसद नीता घतानीले दलित समुदायमाथि भइरहेको विभेद र बहिष्कार अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।मंगलबार प्रतिनिधिसभामा बोल्दै उनले माइतीघर मण्डलामा दिपा नेपाली ३१ दिनदेखि सत्याग्रह बसिरहेको उल्लेख गर्दै यो केवल कोठाको विषय मात्र नभई दलित समुदायमाथि वर्षौंदेखि थुपारिँदै आएको निषेध, विभेद र बहिस्कार माथि उठेको समाजको यथार्थ रहेको बताइन् ।उनले भनिन्, ‘दिपा नेपाली माइतीघर मण्डलामा सत्याग्रह वा धर्ना बसेको आज ३१ दिन हुँदैछ । यो कोठको विषय मात्र होइन यो दलित समुदायमाथि वषौंदेखि थुपारिँदै आएको निषेध, विभेद र बहिस्कार हो ।’उनले राज्यमा दलित समुदायका लागि अवसर, सम्मान र पहुँच अझै खाली

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • 492 पटक पढिएको
  • त्रिभुवन विमानस्थलमा मोरक्कोका नागरिक पक्राउ

    काठमाडौं— काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मोरक्कोका एक नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४० वर्षीय युसेफ इसैदी रहेका छन्। उनी इन्डिगो एयरलाइन्सको उडानमार्फत काठमाडौंबाट मुम्बई जान लागेका बेला विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान क्षेत्रबाट पक्राउ परेका हुन्।प्रहरीका अनुसार उनीसँग मोरक्कोको राहदानीसँगै स्वीट्जरल्यान्डको अर्को राहदानी पनि फेला परेको थियो। दुई फरक देशका राहदानी भेटिएपछि उनलाई नियन्त्रणमा लिइएको हो। थप अनुसन्धानका लागि उनलाई अध्यागमन विभाग पठाइएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • 509 पटक पढिएको
  • सरकारले गरिब होइन, गरिबी भगाउने नीति लिनुपर्छः सांसद विष्णुमाया बिक

    काठमाडौं— नेकपा (एमाले) की सांसद विष्णुमाया बिकले सुकुम्बासी बस्तीमा डोजर चलाएर सरकारले गरिब भगाउने नीति लिएको भन्दै कडा आपत्ति जनाएकी छन्।मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले काभ्रेको बनेपास्थित होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूको दयनीय अवस्थाबारे सदनको ध्यानाकर्षण गराइन् ।राज्य व्यवस्था तथा सुशासन समितिको तर्फबाट उक्त सेन्टरको अवलोकन भ्रमण गरेको जानकारी दिँदै सांसद बिकले त्यहाँ ११० जना सुकुम्बासी नागरिकहरू अत्यन्तै कष्टकर अवस्थामा रहेको बताइन् ।‘११० जना सुकुम्बासी नागरिक रहेको उक्त सेन्टरमा नर्सरीदेखि कक्षा १२ सम्म पढ्ने २२ जना र स्नातक तहमा अध्ययनरत ५ जना विद्यार्थीहरू

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • 449 पटक पढिएको
  • एनआरएनले मुद्दा हाल्ने चेतावनी दिएपछि ३६ जना चिकित्सकको लाइसेन्स खारेजी गर्ने निर्णय फिर्ता

    काठमाडौं— नेपाल मेडिकल काउन्सिलले गैरआवासीय ३६ जना चिकित्सकको लाइसेन्स खारेज हालका लागि स्थगित गरेको छ ।काउन्सिलको दुई चरणमा गरी ३६ जना गैरआवासीय चिकित्सकको लाइसेन्स खारेज गर्ने निर्णय गरेको थियो ।तर, यसको चर्को विरोध भएपछि काउन्सिलको वैशाख २९ गते बसेको पूर्ण बैठकले हालका लागि उनीहरूको नाम दर्ता किताबमै राख्ने निर्णय गरेको हो ।यसअघि गैरआवासीय नेपाली संघले एक विज्ञप्ति जारी गर्दै लाइसेन्स खारेजीको निर्णय फिर्ता लिन माग गरेको थियो । एनआरएनए स्रोतका अनुसार उक्त निर्णय फिर्ता नलिए कानुनी उपचारमा जाने तयारी संघले गरेपछि काउन्सिल हच्किएको हो। गैरआवासीय नेपाली संघका महासचिव चिरञ्जीवी खड्काले काउन्सिल

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • 417 पटक पढिएको
  • प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइमा हतार गरिएको भन्दै सांसदहरूको असन्तुष्टि

    काठमाडौं— प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना र उनीविरुद्ध परेका उजुरीमाथि हतारमा सुनुवाइ प्रक्रिया अगाडि बढाउन खोजिएको भन्दै विपक्षी दलका सांसदहरूले असन्तुष्टि जनाएका छन् ।मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा विपक्षी सदस्यहरूले उजुरीमाथि अध्ययन गर्ने समय पनि नदिनुका साथै प्रक्रिया पूरा नगरी सुनुवाइमा हतार गरिएको भन्दै असन्तुष्टि जनाएका हुन्।बैठकमा नेकपा (माओवादी केन्द्र)का नेता एवं समिति सदस्य वर्षमान पुनले प्रक्रिया पूरा गरेर मात्र सुनुवाइ अघि बढ्नुपर्ने धारणा राखे । उनले ६ वर्ष प्रधानन्यायाधीश रहने व्यक्तिको कार्ययोजना र प्रतिबद्धता गम्भीर रूपमा अध्ययन गर्नुपर्ने बताए ।उनले भने,

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • 429 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.