काठमाडौं— प्रतिनिधि सभाको आजको बैठकमा पनि श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्क साम्पाङले पर्चा देखाएका छन्। उनले विरोध स्वरूप पर्चा देखाएका हुन्।प्रतिनिधि सभाको बैठक सुरू हुनेबित्तिकै श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले उठेर पर्चा देखाएका थिए।साम्पाङले नियम १५ को ३ अनुसार प्रधानमन्त्री तथा मन्त्रीहरूलाई जबाफदेही बनाउन माग गरेका थिए। उनले सदनदेखि भाग्न नमिल्ने लेखिएको पर्चा प्रदर्शन गरेका थिए।सभामुख डिपी अर्यालले आफ्नो ध्यानाकर्षण भएको र सचिवालयमा कुरा गर्छु भनेपछि साम्पाङ बसेका थिए। प्रतिनिधि सभा बैठक अहिले जारी छ।प्रतिनिधि सभाको सोमबारको बैठकमा श्रम संस्कृति पार्टीका सांस
भक्तपुर— नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले दैलेखमा भइरहेको पेट्रोलियम उत्खनन परियोजना सरकारले छिटो अगाडि बढाउनुपर्नेमा जोड दिएकी छन् ।एक अन्तरसंवादमा प्रमुख सचेतक थापाले सुर्खेत–दैलेख सडकमार्गको स्तरोन्नति हुन नसक्दा पेट्रोलियम उत्खनन प्रभावित भएको बताइन् । देशकै आर्थिक अवस्था कायापलट गर्न सक्ने तथा ५० वर्षभन्दा बढी समय नेपाली उपभोक्तालाई उपयोगी हुने सम्भावना बोकेको यो महत्वाकाङ्क्षी परियोजनालाई सरकारले तीव्रगतिमा अघि बढाउन उनले आग्रह गरिन् ।उनले सरकारको नीति तथा कार्यक्रममा रहेका सकारात्मक पक्षलाई कांग्रेसले समर्थन गर्ने बताइन् । कांग्रेस विभाजनको सङ्घारमा पुगेको भन्ने चर्चा असत्य र
डोल्पा— नेपाली कांग्रेस डोल्पाका उपसभापति पूर्णबहादुर शाही एक लाख धरौटीमा रिहा भएका छन् ।बैंकिङ कसुर मुद्दामा फरार भएका उपसभापति शाही सोमबार त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोट बगर बजारबाट पक्राउ परेका थिए ।उनीविरुद्ध मुड्केचुला गाउँपालिका(१ का लंकबहादुर रोकायाले गत वर्षको मङ्सिरमा बैंकिङ कसुरमा उजुरी दर्ता गराएका थिए । सोही मुद्दामा उनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ पछि उपसभापति शाहीलाई कैद तथा जरिवाना असुलउपरका लागि जिल्ला अदालतमा बुझाइएको थियो ।अदालतले शाहीलाई एक लाख धरौटीमा सोमबार साँझ ५ बजे रिहा गरेको अदालतका श्रेस्तेदार विदुरप्रसाद कोइरालाले जानकारी दिए ।उनीविरुद्ध नेपाल
मोरङ— मोरङको उर्लाबारी–४ का रमेश भण्डारी २९ वर्षका भए। उमेरले अझै युवावस्थामै रहेका भण्डारीले भने जीवनको आठ वर्ष सर्प उद्धारमा बिताइसकेका छन्। यस अवधिमा उनले १ हजार ३ सयभन्दा बढी सर्प सुरक्षित रूपमा उद्धार गरिसकेका छन्९कहिले खेत खलियानबाट, कहिले भान्छा घरबाट, त कहिले मानिसको ओछ्यानबाटै।भण्डारीको सर्पसँगको सम्बन्ध २० वर्षको उमेरदेखि सुरु भयो। छिमेकी तथा वन प्राविधिक प्रेम विष्टसँगको संगतले उनलाई सर्प प्रेमी बनायो। कुनै विशेष उपकरणबिनै ठुला सर्पलाई समात्ने विष्टको सीपले उनलाई आकर्षित गर्यो। त्यही सिकाइले उनलाई पनि बिस्तारै सर्प समात्न र उद्धार गर्न सक्षम बनायो।सुरुआती दिन सहज थिएनन्। अविषालु सर
काठमाडौं— राष्ट्रियसभा बैठक बस्ने भएको छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो ।बैठकमा अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ ।
काठमाडौं— शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा क्षेत्र योजना ‘स्कुल एजुकेशन सेक्टर प्लान’ (एसइएसपी) योजनाको समीक्षा बैठक प्रारम्भ गरेको छ । आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रिया चलिरहेको सन्दर्भमा मन्त्रालयले दातृनिकायहरुसँग सञ्चालित एसइएसपी कार्यक्रमको प्रगीत तथा बजेट समीक्षा गर्दै आगामी दिनमा शिक्षा क्षेत्रमा लिनुपर्ने पहलकदमीहरूको बारेमा छलफल गरेको हो ।पाँच दिनसम्म चल्ने बजेट समीक्षा बैठकमा शिक्षा मन्त्रालय, मन्त्रालय अन्तर्गतका शिक्षा तथा मानव स्रोत विकास केन्द्र, पाठ्यक्रम विकास केन्द्र लगायत विभिन्न निकाय तथा एसइएसपीमा सहयोग गर्ने विकास साझेदारहरूको सहभागिता रहेको छ ।मन्त
सर्लाही— मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले सर्लाही जिल्ला अदालत र कारागारको अनुगमन गरेका छन् । सोमबार गरिएको अनुगमनका क्रममा मन्त्री महतोले अदालतको सेवा प्रवाह, प्रशासनिक अवस्था, भौतिक पूर्वाधार तथा कारागारको सुरक्षा व्यवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।सचिवालयका अनुसार उनले कारागारभित्र रहेका कैदी बन्दीलाई उपलब्ध गराइँदै आएको स्वास्थ्य सेवा, खानेपानी, सरसफाइ तथा अन्य आधारभूत सुविधाको अवस्थाबारे समेत चासो व्यक्त गरेका हुन् । अनुगमनका क्रममा कारागार प्रशासनले क्षमताभन्दा बढी कैदी बन्दी राख्नुपरेको, पर्याप्त भौतिक संरचना अभाव रहेको तथा व्यवस्थापनमा विभ
काठमाडौं— प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ । यसैगरी, आ.व.२०८३/०८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल जारी रहनेछ ।यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।
काठमाडौं— महिला र बालबालिकाको मानसिक स्वास्थ्य कल्याण तथा हिंसा हटाउने कार्यका लागि विभिन्न धर्मका धार्मिक अगुवा मार्फत सरकारले काम गर्न सके प्रभावकारी हुने सरोकारवालाहरूले बताएका छन् ।महिला हिंसा विरुद्ध राष्ट्रिय अन्तर धार्मिक सञ्जाल (निरन) नेपालले सोमबार ललितपुरमा गरेको कार्यक्रममा वक्ताहरूले यो कुरा बताएका हुन् । हानिकारक परम्परागत अभ्यास अन्त्यका लागि धर्मगुरुहरूको भूमिकाको प्रशंसा गर्दै अब महिला हिंसा अन्त्य गर्ने र महिलाको मानसिक स्वास्थ्यको क्षेत्रमा काम केन्द्रित गर्न लागेको निरनका उपाध्यक्ष एवं ओसोधाराका प्राचार्य डा. नम्रता पाण्डेले बताएकी छन् ।अन्तर धार्मिक गतिविधिहरू मार्फत विभिन्
लहान— सिरहाको लहान बजार क्षेत्रमा बसोबास गर्दै आएका दलित मुसहर समुदायका सुकुम्बासीहरू आइतबार आन्दोलनमा उत्रिएका छन् । पछिल्लो समय बालेन नेतृत्वको सरकारले विभिन्न स्थानका सुकुम्बासी बस्ती हटाउने तयारी गरिरहेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।प्रदर्शनकारीहरूले आफूहरूलाई हाल बसोबास गर्दै आएको स्थानमै लालपुर्जा उपलब्ध गराउनुपर्ने, अन्यथा वैकल्पिक सुरक्षित व्यवस्थापन गरेर मात्रै हटाउनुपर्ने माग गरेका छन् । उनीहरूले “व्यवस्था बिना हटाउने निर्णय अन्यायपूर्ण हुने” बताएका छन् ।प्रदर्शनमा सहभागी महिलाहरूले सरकारको कदमले आफूहरू डर र त्रासमा बाँच्न बाध्य भएको गुनासो गरेका छन् । एक महिलाले भनिन्,
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.