रौतहट— भारतको बिहार राज्यमा हुने दोश्रो चरणको विधानसभा निर्वाचनका लागी रौतहटको नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ ।जिल्ला प्रशासन कार्यलय रौतहटले शुक्रबार एक सूचना जारी गर्दै कात्तिक २२ गते साँझ ६ बजे देखि २५ गते ६ बजे सम्म नेपाल–भारत सीमा नाका बन्द हुने जानकारी गराएको हो ।भारतको बिहार राज्य सितामढी तथा पुर्वी चम्पारणका जिल्लामा कात्तिक २५ गते दोश्रो चरणको विधानसभा निर्वाचन हुन लागेकाले शान्ति सुरक्षा व्यवस्थापनका लागी सीमा नाका बन्द हुने रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए । उनका अनुसार नेपाल–भारत सीमा नाकामा आकस्मिक सेवा बाहेक आवागमन पुर्णः रुपमा बन्द हुनेछ । &
काठमाडौं— विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीका किरण पि.सी.लाई नेपाली काँग्रेसका नेताहरुले सम्मान गरेका छन् । इतिहासमा पर्वत जिल्लाको नागरिककोतर्फबाट पहिलो पटक सगरमाथाको सफल आरोहण गरेको खुसीयालीमा उनलाई उनकै निवासमा नै पुगी सम्मान गरिएको हो । सो सम्मान कार्यक्रमलाई बोल्दै नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङले अदम्य सहास बोकेका किरणको सफल आरोहणको प्रशंसा गरे । भारतीय सेनामा कार्यरत किरणको आरोहणले पर्वत जिल्लाको मात्रै नाम उच्च नबनेर हरेक नेपाली साहासी हुन्छन भन्ने सन्देश भारतीय सेनामा पनि फैलाएको उनको भनाई छ । अर
काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न आह्वान गरेकी छन् ।प्रधानमन्त्री कार्कीले भिडियो सन्देश दिँदै आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि विवेकको मत प्रयोग गर्न आह्वान गरेकी हुन् ।उनले भिडियो सन्देश जारी गर्दै भनेकी छन्, ‘जेनजी युवा र समस्त नेपालीको सपनाको नेपाललाई यथार्थको नेपाल बनाउन, सबैभन्दा पहिला तपाईँ–हामीले हाम्रो मतदाता परिचयपत्र बनाउनुपर्छ । अनि त्यसको सही उपयोग गरेर सही प्रतिनिधि छान्नुपर्छ ।’प्रधानमन्त्री कार्कीले विद्यमान बेथितिसँग लड्न र देश विकासमा
बाजुरा— बाजुराको बडीमालिका नगरपालिका वडा.नम्बर ७ चुथीमा निर्माण भइरहेको १० शैया अस्पतालको काम हाल तीव्र गतिमा अगाडि बढिरहेको छ । हालसम्म निर्माण कार्यको करिब ८५ प्रतिशत प्रगति पूरा भइसकेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अघि सारेको ‘एक पालिका, एक अस्पताल’ योजनाअन्तर्गत निर्माण भइरहेको अस्पतालको ठेक्का सम्झौता २०७८ जेठ ५ मा करिब ८ करोड ८७ लाख २६ हजार २ सय १८ रुपैयाँ ६८ पैसामा राजेन्द्र डि.वि.जे.भी. निर्माण सेवासँग सम्झौता भएको थियो । नेपाल सरकार अर्थ तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक सहयोगमा निर्माण भइरहेको उक्त अस्पतालको कार्य अहिले धमाधम जारी छ । निर्माण सम्झौता भएको १
काठमाडौं— सेयर बजारका लगानीकर्ताहरुले धितोपत्र बोर्डमा दबाबमूलक कार्यक्रमको आयोजना गरेका छन् । शुक्रबार बिहान लगानीकर्ताहरुले धितोपत्र बोर्डको कार्यालयमा गएर दबाब कार्यक्रम गरेका हुन् । ‘हिँड काठमाडौं’ अभियान अन्तरगत लगानीकर्ताहरु नेपाल धितोपत्र बोर्ड पुगेका हुन ।शेयर बजारमा देखिएको बिकृति र सुधारको विषय उठाउँदै आएका लगानीकताहरुले बजार सुधार र विस्तार तथा बजारको स्तरोन्नतिका लागि अभियान थालेका हुन् । सोही क्रममा एकजना लगानीकर्ता दिपेन्द्र अग्रवालले धितोपत्र बोर्डको स्थापना नै लगानीकर्ताहरुको लागि भएपनि यसले लगानीकर्ताहरुको लागि केही काम गर्न नसकेको आरोप लगाए । उनले भने, ‘हा
सर्लाही— कात्तिक पूर्णिमाको अवसरमा बागमती नदीमा नुहाउन गएका सर्लाहीका एक बालक दुई दिनपछि मृत फेला परेका छन् ।सर्लाहीको रामनगर गाउँपालिका–१ खैर्वा बस्ने मनोज यादवका १४ वर्षीय छोरा आशिक यादव गत १९ कात्तिकको बिहान साढे ६ बजे बागमती नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए ।बेपत्ता भएका आशिकको शव शुक्रबार बिहान रौतहटको दुर्गा भगवती गाउँपालिका –२ स्थित बागमती नदीको किनारमा फेला परेको हो । घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खटेर खोजतलास गरेको थियो ।सम्बन्धमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
काठमाडौं— नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले २०८२ पुस मसान्तसम्ममा १५ औं महाधिवेशन गरेर निर्वाचनको तयारीमा लाग्नुपर्ने प्रस्ताव गरेका छन् ।शुक्रबार काठमाडौमा उपलब्ध जिल्ला सभापति तथा पूर्व सभापतिहरुसँगको अनौपचारिक छलफलमा आउँदो आम निर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न गरी नयाँ र ताजा नेतृत्वमा चुनावमा जानुपर्ने धारणा राखेका हुन् ।‘नेपाली कांग्रेसको १५औँ महाधिवेशन २०८२ मंसिर मसान्तभित्रै सम्पन्न गर्नुपर्ने बिषयमा धेरै पहिलेदेखि नै भन्दै आएको छु । अहिले समयको चाप, अवस्था आदिका कारण यदि ०८२ मंसिर मसान्तमा गर्न सकिएन भने कुनै पनि हालतमा २०८२ पुस मसान्तसम्म गरिसक्नुपर्छ,’ उनले भने । ०८२
काठमाडौं— आज(शुक्रबार)संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरूबीच संयुक्त बैठक बसेको छ । बैठक शुक्रबार बिहान ११ बजेबाट राज्य व्यवस्था तथा सुशासन समितिको बैठक कक्षमा बसिरहेको हो । बैठकमा विगठित प्रतिनिधि सभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यष्क्ष नारायण प्रसाद दाहाल, उपाध्यक्ष विमला घिमिरेलगायत संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरूबीच छलफल जारी छ । बैठकमा संघ र प्रदेशका सांसदले गरिरहेका काम कारबाहीबारे छलफल भईरहेको बताइएको छ ।
काठमाडौं— काठमाडौं महानगरपालीकाकी उपमेयर सुनिता डंगोलले संसारका विभिन्न कुनामा नेपालको भगवान वा सम्पदाहरु चोरेर लगेको दाबी गरेकी छिन् । शुक्रबार पुनर्निर्मित ब्रम्हा मन्दिर उद्घाटन समारोहमा बोल्दै उनले चोरी भएका सम्पदाहरु पुनः नेपालमा नै फिर्ता ल्याउने काम वा पुनस्थापना गर्ने काममा काठमाडौं महानगरपालीकाले सक्दो भूमिका खेलिरहेको बताइन् । त्यस्तै उनले ४५ बर्ष अघि चोरिएको पौवाहरु पुनस्थापित गर्न सफल भएको बताइन् । उनले केही समय अघि इथुमबहालमा ४५ बर्ष अघि चोरिएको पौवाहरु पुनस्थापित गर्न सकेको बताइन् । उनले पौवामा पुरातत्वसँगै गुठीको पनि उत्तिकै भूमिका रहेको जानकारी दिइन् । उनले
काठमाडौं— नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्यरुपमा बढेको छ । आज सुन ६ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोवार भईरहेको सुन आज प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोवार भईरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १० रुपैयाँले बढेको हो । बिहीबार ३ हजार १० रुपैयाँमा कारोवार भईरहेको चाँदी आज ३ हजार २० रुपैयाँमा कारोवार भईरहेको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.