रौतहट— ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ का संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीरगन्जबाट पक्राउ परेका छन्। उनलाई सोमबार बेलुका वीरगन्जको आदर्शनगरस्थित दियोले होटेलबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।प्रहरी स्रोतका अनुसार प्रसाईँलाई ‘माथिको आदेश’ भन्दै नियन्त्रणमा लिइएको हो। उनी पक्राउ परेको पुष्टि भए पनि प्रहरीले हालसम्म कुन कसुर वा अभियोगमा पक्राउ गरिएको हो भन्नेबारे आधिकारिक रूपमा केही खुलाएको छैन ।महाअभियानको कार्यक्रमका लागि प्रसाईँ सोमबार दिउँसो सिमरा विमानस्थल हुँदै वीरगन्ज आइपुगेका थिए। जिल्ला प्रशासन कार्यालय पर्साले उनलाई वीरगन्जमा
रौतहट— रौतहट जिल्लाको स्वास्थ्य क्षेत्रमा एउटा ठुलो र ऐतिहासिक सफलता मिलेको छ ।जिल्लाकै अग्रणी स्वास्थ्य संस्था चन्द्रपुर अस्पताल प्रा.ली. मा पहिलो पटक नवजात शिशुको फोक्सोको विकास नभएको जटिल अवस्थामा गरिने विशेष उपचार प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । समय अगावै (प्रि-म्योचर) जन्मिएका वा जन्मनासाथ फोक्सोको पर्याप्त विकास नभएर गम्भीर अवस्थामा पुगेका नवजात शिशुका लागि आवश्यक पर्ने अत्यन्तै संवेदनशील र जटिल ‘सर्फेक्टेन्ट एडमिनिस्ट्रेशन प्रोसिजर’ चन्द्रपुर अस्पतालमा पहिलो पटक सफलतापूर्वक गरिएको हो ।अस्पतालका प्रख्यात तथा अनुभवी बालरोग विशेषज्ञ डा। श्याम बाबु साह को प्रत्यक्ष नेतृत्वमा यो उपचार
जनकपुर— मधेश प्रदेशमा पहिलो पटक एकसाथ १९ वटा खेलको प्रदेशस्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ ।मेधश प्रदेश सरकार अन्तर्गतको मधेश खेलकुद परिषद्, जनकपुरद्वारा आयोजित उक्त प्रतियोगिताको खेलहरु सोमबार (आज)बाट मधेश प्रदेशका प्रत्येक जिल्लामा सुरु भएको छ ।प्रतियोगितको उद्घाटन गर्दै मधेश खेलकुद परिषद्का सदस्य सचिव शिवजी प्रसाद कानुले प्रदेशभर खेलकुदको विकास, खेलाडीहरुको क्षमता अभिवृद्धि तथा राष्ट्रिय स्तरका प्रतियोगिताका लागि खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ यस प्रतियोगिताको आयोजना गरेको जानकारी दिए ।प्रतियोगितामार्फत प्रदेशमा खेलकुद गतिविधिलाई थप सशक्त बनाउने, युवाहरुलाई खेलतर्फ आकर्षित गर्ने तथ
रौतहट— जिल्ला प्रहरी कार्यालय रौतहटले पछिल्लो एक महिनाको अवधिमा अपराध नियन्त्रण, भन्सार छली, तस्करी रोकथाम तथा फरार प्रतिवादी पक्राउ अभियानमा उत्साहजनक सफलता हासिल गरेको छ । प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा तथा निगरानी अभियान अन्तर्गत बैशाख महिनामा मात्रै ४६ लाख २३ हजार ७३३ रुपैयाँ बराबरको राजस्व संकलन भएको छ ।नेपाल–भारत खुल्ला सीमानाको फाइदा उठाउँदै तस्करी हुने संवेदनशील नाकाहरूमा प्रहरीले सक्रियता बढाएपछि ठूलो परिमाणमा अवैध सामान र गाडीहरू नियन्त्रणमा लिन सफल भएको हो ।प्रहरीले जिल्लाका विभिन्न सीमा नाकाहरूबाट अवैध रूपमा भन्सार छली नेपाल भित्र्याइएका लत्ताकपडा, खाद्यान्न, इलेक्ट्रोनिक्स स
काठमाडौं— विश्व स्वास्थ्य संगठनको ७९औँ विश्व स्वास्थ्य महासभाको उपाध्यक्ष पदमा नेपाल सर्वसम्मत रूपमा निर्वाचित भएको छ ।जेनेभास्थित पाले डे नेसन्समा आज आयोजित महासभाको उद्घाटन सत्रमा यो ऐतिहासिक निर्वाचन भएको हो।महासभाको सोही सत्र अन्तर्गत आजै नेपालको तर्फबाट मन्त्री निशा मेहताको वक्तव्य समेत प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।
विराटनगर— झापा, सुनसरी र मोरङ जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट जेठ ०३ गते लागू औषध सहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापाको इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका-२ का २३ वर्षीय विशेष लिम्बुलाई ६२० मिलिग्राम ब्राउन सुगर, दमक-९ का १९ वर्षीय सनम लिम्बुलाई प्रतिबन्धित लागू औषध ७५ क्याप्सुल र ७५ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ । यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरी मातहत प्रहरी कार्यालयहरुले इटहरी-२ हलगडाका २३ वर्षीय कृष्ण राईलाई ९२ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित, धरान-१५ का २५ वर्षीय सनम राईलाई ट्रामाडोल १४० क्याप्सुल र डिकोलिक १४० ट्याब्लेट सहित, रामधुनी
विराटनगर— कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय लेटाङ मोरङमा कार्यरत प्रहरी निरीक्षक सागर साहलाई वैशाख “महिनाको सर्वोत्कृष्ट प्रहरी”(BEST POLICE OF THE MONTH) घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी निरीक्षक सागर साहले इलाका प्रहरी कार्यालय लेटाङ मोरङको प्रमुखको रुपमा कार्यरत रही विभिन्न मितिमा फैसला कार्यन्वयन अन्तर्गत आफू समेत प्रहरी कर्मचारीहरु परिचालन गरी उल्लेख्य संख्यामा फरार प्रतिवादीहरुलाई पक्राउ गरी सम्मानित अदालतमा उपस्थित गराएको र प्रविधिमैत्री प्रहरी सेवा प्रवाह गर
विराटनगर— बिराट मेडिकल कलेज टिचिङ अस्पतालले आफ्नो स्वास्थ्य सेवालाई अझ गुणस्तरीय, प्रभावकारी तथा विशिष्टीकृत बनाउने उद्देश्यका साथ न्युरो मेडिसिन तथा न्यूरो सर्जरी विभागका लागि छुट्टाछुट्टै अत्याधुनिक वार्ड र एचडीयू (High Dependency Unit) सञ्चालनमा ल्याएको छ।अस्पताल प्रशासनका अनुसार न्युरो मेडिसिन विभागका लागि पुरानो भवन (Block A) को पाँचौं तल्लामा २४ बेड क्षमताको छुट्टै वार्ड तथा ११ बेडको एचडीयू सञ्चालनमा ल्याइएको हो। त्यसैगरी, न्यूरो सर्जरी विभागका लागि नयाँ भवन (Block B) को पाँचौं तल्लामा २४ बेड क्षमताको छुट्टै वार्ड र ११ बेडको एचडीयू सेवा सुर
काठमाडौं— अशोक थापा मगरको निर्देशनमा निर्माण भैइरहेको सिनेमा ‘जलाकी’को इन्डक्ल्याप गरिएको छ । गत शनिबार पोखरा इन्टरनेशनल म्युजियममा अन्तिम दृश्य खिच्दै ३९ दिनमा छायांकन सकिएको जानकारी निर्माण टिमले दिएको हो ।शनिबार पोखरामा गीतको दृश्य खिचिएको थियो । जहाँ सिनेमाका मुख्य कलाकारहरुलाई प्रस्तुत गरिएको छ । छायांकन सकिएसँगै पोष्ट–प्रोडक्सनको काम सुरु गरिएको निर्देशक अशोकले बताए । केही दिनमा सिनेमाको फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै सिनेमाको प्रदर्शन मिति घोषणा गर्ने तयारी निर्माण टिमको छ ।यो सिनेमाको मुख्य भूमिकामा अभिनेत्री उपासना सिंह ठकुरी छिन् । निर्देशक अशोकसँग उनले ‘खुस्मा’पछि दोस्रो पटक सहकार
काठमाडौं— नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले जिल्ला अदालत काठमाडौंले अनलाइन सञ्चार माध्यम बीमापोष्ट डटकमविरुद्ध जारी गरेको अन्तरिम आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नाफिजले सोमबार विज्ञप्ति जारी गर्दै बीमापोष्ट डटकममा २०८२ चैत २४ र २६ गते प्रकाशित दुई समाचार हटाउन अदालतले एकतर्फी रूपमा दिएको आदेश संविधान प्रदत्त प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत रहेको उल्लेख गरेको हो ।विज्ञप्तिअनुसार अदालतले सञ्चारमाध्यमलाई स्वच्छ सुनुवाइको मौका नदिई २०८३ वैशाख १४ गते एकतर्फी सुनुवाइ गर्दै समाचार तथा टिप्पणीहरू वेबसाइटको डोमेनबाट हटाउन अन्तरिम आदेश जारी गरेको थियो ।नाफिजले सञ्च
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.