काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ ।बिहीबारको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा बुधबार प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि नेताहरुले धारणा राख्ने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् । अध्यक्ष यादवले नेपालको वर्तमान राजनीतिक परिस्थिति र जसपा नेपालको दृष्टिकोण एवं कार्यदिशा, पार्टीको सङ्गठनात्मक कार्ययोजना, पार्टी एकता, मोर्चा र चुनावी तालमेललगायतका शीर्षकमा २२ बुँदे प्रतिवेदन बैठकमा प्रस्तुत गरेका छन् ।बैठकले अध्यक्षद्वारा प्रस्तुत सङ्गठनात्मक प्रस्तावउपर समेत निर्णय गर्ने बताइएको छ ।
काठमाडौं— नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई दिइएको छ । पौडेललाई बुधबारदेखि लागू हुनेगरी राष्ट्र बैंकको प्रवक्ता तोकिएको हो ।विसं २०५९ मा सेवा प्रवेश गरेका पौडेलले बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरीवेक्षण विभाग लगायतका जिम्मेवारी सम्हालिसकेका छन् ।हाल उनी मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत रहेका नेपाल राष्ट्र बैंकले जनाएको छ ।
काठमाडौं— संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युएनइपी)को पहलमा ‘युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दुरुपयोग रोक्ने अन्तर्राष्ट्रिय दिवस’ आज विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।सन् २००१ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा मनाउन सुरु गरिएको यस दिवसले युद्ध र द्वन्द्वका क्रममा वातावरणमा पर्ने नकारात्मक असरप्रति विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्य मनाउन थालिएको हो । संयुक्त राष्ट्रसंघले दिगो शान्ति स्थापनाका लागि वातावरणीय सुरक्षालाई अनिवार्य अङ्गका रूपमा नीति तथा रणनीतिमा समेट्दै आएको छ । विश्व संस्थाका अनुसार, जीविकाको आधार प्राकृतिक स्रोतसाधन र पारिस्थितिकीय प्रणालीको संरक्
काठमाडौं— हाल नेपालको पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।जसका कारण आज कोशी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । साथै, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
काठमाडौं— नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार २४ औँ एसियन आर्चरी च्याम्पियन्सिपमा सहभागी हुने नेपाली खेलाडी तथा विश्व आर्चरी कङग्रेसमा सहभागी हुने नेपालका प्रतिनिधिलाई विदाइ गरेका छन् ।विश्व आर्चरी कङग्रेस र विश्व आर्चरी च्याम्पियन्सिप बंगलादेशको ढाकामा हुदैछ । आर्चरी कङग्रेस नोभेम्बर ६ देखि ८ तारिख र एसियन आर्चरी च्याम्पियन्सिप नोभेम्बर ८ देखि १५ तारिखसम्म हुनेछ ।राष्ट्रिय आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङ, महासचिव रमेशप्रसाद सिवाकोटीले विश्व आर्चरी कङग्रेसमा सहभागिता जनाउनेछ । यसैगरी तिलक पुन मगर र ज्ञानु अवालेले एसिया आर्चरी च्याम्पियन्सिपमा नेपालको प्रतिनिधित्व
काठमाडौं— नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीमा ३० वर्षमुनिका युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका छन् ।कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले जेनजी लक्षित कार्यक्रम तत्काल ल्याउन आग्रह गरेका हुन् ।उनले भने, ‘हामीले नजरअन्दाज गरेको पुस्ता हाम्रै छोराछोरी हुन्, तर उनीहरू किन हाम्रो सट्टा अरूको कुरा पत्याइरहेका छन् भन्ने आत्ममन्थन गर्न जरुरी छ ।’शिवाकोटीले जेनजी पुस्ताको असन्तुष्टि पार्टीले गम्भीरतापूर्वक नलिएको भन्दै सचेत गराए । उनले नयाँ पुस्ताको आवाज सुन्ने, प्रतिनिधित्व सुनिश्चित गर्ने र व्यवहारिक कार्यक्रम ल्याउने कांग्रेसको अहिलेको उच्च प्राथम
काठमाडौं— नेता झलनाथ खनालले पुष्पकमल दाहाल (प्रचण्ड) को विश्वासका आधारमा पार्टी एकतामा सहभागी भएको बताएका छन् । बुधबार भृकुटीमण्डपमा आयोजित पार्टी एकता सभा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहमतिमा ढिका आउनुको कारण प्रष्ट पार्दै विमति भए पनि प्रचण्डको विश्वासका आधारमा एकतामा बल पुर्याउन आफू आएको बताए । उनले भने, ‘ढिला आउनुको केही कारण छन् । मैले कमरेड प्रचण्डलाई भनिसकेको छु । हामी त्यो कुराहरू मिलाउछौं भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको छ । त्यही विश्वासका आधारमा केही विमति भए पनि एकताको कुनै विकल्प छैन अहिले । त्यसकारण एकतामा बल पु¥याउनका लागि म यहाँ आएको हुँ, सिंगो नेपालको
वीरगन्ज— वीरगन्जको दशगज्जा क्षेत्रबाट बुधबार एक थान नलकटुवा पेस्तोल सहित सशस्त्र प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ ।वीरगन्ज महानगरपालिका–१९ इनर्वामा पर्ने दशगज्जा क्षेत्रबाट हतियार सहित पक्राउ परेका युवामध्ये बाराको जितपुर–सिमरा उपमहानगरपालिका–७ का २८ वर्षीय संजय साह कलवार र वीरगन्ज महानगरपालिका–५ कुम्हाल टोलका २२ वर्षीय सुमित कुमार मण्डल रहेका छन् ।सशस्त्र प्रहरी नेपाल प्रस्तावित सुरक्षा गुल्म र भारतीय सिमा सुरक्षा बल (एसएसबी) को संयुक्त गस्ती टोलीले नेपाल–भारत सीमाको पिलर नं. ३९०–२२ नजिकै नेपालतर्फ नसालु पदार्थ सेवन गरिरहेका कलवार र मण्डललाई हतियारसहित पक्राउ गरेको सुरक्षा गुल्मका प्रम
वीरगन्ज— देशकै प्रमुख व्यापारिक नाका वीरगन्ज प्रयोग गरी नेपालमा हुने इन्धन आयातमा भारी कमी आएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वीरगन्ज नाकाबाट खाना पकाउने एलपी ग्याँस, डिजेल र मट्टितेलको आयात घटेको हो ।आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि असोजसम्मको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा खाना पकाउने एलपी ग्याँस र डिजेलको आयात ९–९ प्रतिशतले घटेको छ भने मट्टितेलको आयात ३९ प्रतिशतले कमी आएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा वीरगन्ज नाकाबाट १७ अर्ब १९ करोड मूल्यको १ लाख ९२ हजार ६६३ किलो लिटर (केएल) डिजेल, १३
काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयसँग सम्बन्धित कामकाजलाई थप प्रभावकारी, चुस्तदुरुस्त र व्यवस्थित बनाउने उद्देश्यका साथ मन्त्रीस्तरीय निर्णयबाट उच्चतहका कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए। उनका अनुसार परिवार कल्याण महाशाखा, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिइसिडी) व्यवस्थापन महाशाखाका प्रमुखको जिम्मेवार हेरफेर भएको छ । मन्त्रिस्तरीय निर्णयबाट परिवार कल्याण महाशाखाको निर्देशकमा डा. मदनकु
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.