समाज

    Showing 2,031-2,040 of 11,025 items.
  • हेटौंडा–पथलैया खण्डको तीन नम्बर पुल नजिकको बस्तीमा डोजर चल्यो, ७० बढी होटल व्यवसायी विस्थापित

    रौतहट— त्रिभुवन राजपथको हेटौंडा–पथलैया खण्डमा पर्ने तीन नम्बर पुल नजिकको बस्ती डिभिजन वन कार्यालय बाराले डोजर लगाएर खाली गराएको छ ।पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन सडक कार्यालय हेटौंडाको टोलीको सहयोगमा शुक्रबार बिहान सुरक्षाकर्मीसहित पुगेको टोलीले त्यहाँका घरटहरा र पसलहरू भत्काएको हो ।डिभिजन वन कार्यालय बाराका प्रमुख सुजित कुमार झाले उक्त बस्ती वन तथा निकुञ्जको संरक्षित क्षेत्रभित्र परेकाले हटाउनुपरेको जानकारी दिए। वन कार्यालयका अनुसार सार्वजनिक तथा संरक्षित क्षेत्रको अतिक्रमण हटाउने अभियान अन्तर्गत नै यो कदम चालिएको हो ।यसअघि पटक–पटक माइकिङ र लिखित सूचना टाँस गरेर आग्रह गर्दा पनि स्थानीयले अट

    • प्रकाशित मितिः जेठ १, २०८३
    • 597 पटक पढिएको
  • पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन

    काठमाडौं— सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङ्ग मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ।मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणी न्यौपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको हो ।गुरुङले पदबाट राजीनामा दिएको २१ दिनपछि छानबिन समिति गठन भएको हो । उनले वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए ।

    • प्रकाशित मितिः जेठ १, २०८३
    • 481 पटक पढिएको
  • प्रतिपक्षीको बहिष्कार र विरोधबीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

    काठमाडौं— प्रतिनिधिसभाको बिहीबारको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रमलाई पारित गरेको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका सवालबारे प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा। स्वर्णीम वाग्लेले जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत हुँदा सर्वसम्मतिले सो कार्यक्रम पारित भएको हो ।प्रधानमन्त्री बालेन शाह सरकारको नीति तथा कार्यक्रममा जबाफ दिन नआएपछि नेकपा एमालेसहित चार प्रतिपक्षी दलका सांसदहरूले संसद बैठक बहिष्कार गरेका थिए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले भने आ–आफ्नो कुर्सीबाट उभिएर विरोध जारी राखेका थिए ।प्रतिपक्षीको निरन्तर विरोध र बहिष्का

    • प्रकाशित मितिः जेठ १, २०८३
    • 578 पटक पढिएको
  • अदालतमाथि गम्भीर आक्रमण भइरहेको छ, नागरिक अधिकार कटौती हुनथालेः वरिष्ठ अधिवक्ता त्रिपाठी

    काठमाडौं— वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमाथि गम्भीर आक्रमण भइरहेको बताएका छन् । उनले न्यायलयमाथि प्रहार भएको संकेत गरेका हुन् ।बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सरकारले संविधानको धारा माथि नै ग्रहण लाग्नेगरी अध्यादेश ल्याएको भन्दै संविधानलाई निष्क्रिय बनाइएको आरोप लगाए ।उनले भने,‘यतिबेला सर्वोच्च अदालतमाथि गम्भीर आक्रमण भइरहेको छ । किनकी हामीले के देखिरहेको छौं भने एउटा गैर संवैधानिक, संविधानको धारा माथि नै ग्रहण लाग्नेगरी, संविधानको धारा २८४ संकुचित हुनेगरी यसको आधारभूत उद्देश्य पराजित हुनेगरी अध्यादेश ल्याइयो । नेपालमा संविधान संशोधन गरिँदैन छ । संविधानलाई निष्क्

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 407 पटक पढिएको
  • सरकारको नीति कार्यक्रममा समाजवाद उन्मुख अर्थतन्त्रको अभावः सांसद दुलाल

    काठमाडौं— नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले सरकारको नीति तथा कार्यक्रमले समतामूलक समाज निर्माण र समाजवाद उन्मुख अर्थतन्त्रको स्पष्ट गन्तव्य नसमेटेको भन्दै बिडम्बना व्यक्त गरेका छन् ।बिहीबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद दुलालले राजनीतिक र वैचारिक दिशानिर्देश स्पष्ट नभए नीति तथा कार्यक्रम अन्योलमा पर्ने टिप्पणी गरे ।उनले भने, ‘बिडम्बना भन्नुपर्छ, सरकारको नीति कार्यक्रमले समतामूलक समाज निर्माण गर्दै समाजवाद उन्मुख अर्थतन्त्र विकास गर्ने कुरा देखिएन। राजनीतिक वैचारिक गन्तव्य स्पष्ट छैन भने नीति कार्यक्रम अन्योलमा पर्छ । सरकारले आफ्नो राजनीतिक–आर्थिक

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 482 पटक पढिएको
  • एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान गर्न माग

    काठमाडौं— नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योति प्रकाश पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा बैंकिङ क्षेत्रका चारवटा प्रमुख छाता संगठनहरूले गम्भीर आपत्ति जनाएका छन् ।नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले आइतबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पाण्डेको पक्राउप्रति ध्यानाकर्षण भएको जनाएका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पाण्डेलाई वैशाख ३० गते नियन्त्रणमा लिएको थियो ।विज्ञप्तिमा बैंक तथा वित्तीय संस्थाहरू प्रचलित ऐन र नेपाल राष्ट्र बैंकको निर्देश

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 542 पटक पढिएको
  • एकै नेपाली अनलाइन प्लेटफर्मबाट १८० देशको भिसा आवेदन सेवा सुरु

    काठमाडौं— नेपालमा पहिलो पटक एकै नेपाली अनलाइन प्लेटफर्ममार्फत १८० भन्दा बढी देशको भिसा आवेदन दिन सकिने ‘ग्लोबल भिसा सेवा डटकम’ सञ्चालनमा आएको छ । भेन्चर्स होलिडेज प्राविद्वारा प्रवद्र्धित उक्त प्लेटफर्म सार्वजनिक गरिएको हो ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुजन पन्तका अनुसार प्रयोगकर्ताले एउटै लगइनमार्फत भिसासम्बन्धी जानकारी लिन र आवेदन दिन सक्नेछन् भने रियल–टाइम अपडेट र डकुमेन्ट प्रि–चेकिङ सुविधा समेत उपलब्ध हुनेछ ।त्यस्तै यस प्रणालीमार्फत ईसेवा, कनेक्ट आईपीएस तथा डेबिट क्रेडिट कार्ड प्रयोग गरी नेपाली रुपैयाँमै भुक्तानी गर्न सकिने भएकाले डलर कार्डको आवश्यकता नपर्ने कम्पनीले जनाएको छ ।पर्यटन क

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 496 पटक पढिएको
  • मारवाडी समुदायमाथि भइरहेको अन्यायले स्वदेशी पूँजी निरुत्साहितः महन्थ ठाकुर

    काठमाडौं— लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष एवं राष्ट्रियसभा सदस्य महन्थ ठाकुरले मारवाडी समुदायमाथि अन्याय भइरहेको भन्दै स्वदेशी पूँजीलाई नै निरुत्साहित गरिएको बताएका छन् ।बिहीबार बसेको राष्ट्रियसभा समितिको बैठकमा बोल्दै उनले व्यवसायीमाथि बारम्बार कारबाही र पक्राउको वातावरण बनाइँदा स्वदेशी लगानीकर्ता डराएको टिप्पणी गरे । उनले भने, ‘मारवाडी समाज नामैले बदनाम भएको जस्तो बनाइएको छ । कहिले सम्पत्ति शुद्धीकरणको नाममा समात्ने, दुई दिनपछि छोड्ने, फेरि समात्ने भइरहेको छ । घर जलाउने, लुटपाट गर्ने जस्ता घटना पनि भए ।’उनले अर्थमन्त्रीले स्वदेशी, विदेशी र प्रवासी पूँजी भित्र्याउने कुरा गरिरहे प

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 476 पटक पढिएको
  • सर्लाही धनकौलका सामुदायिक विद्यालयमा एसईई नतिजा निराशाजनकः १४१ परीक्षार्थीमध्ये २० मात्र ग्रेडेड

    सर्लाही— सर्लाहीको धनकौल गाउँपालिका अन्तर्गतका सामुदायिक माध्यमिक विद्यालयहरूको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा अत्यन्त कमजोर देखिएको छ । नियमित तथा ग्रेडवृद्धि दुवै परीक्षामा ठूलो संख्यामा विद्यार्थी ‘ननग्रेडेड’ भएपछि स्थानीय शिक्षा क्षेत्रको गुणस्तरबारे गम्भीर प्रश्न उठेको छधनकौल गाउँपालिका शिक्षा शाखाका अनुसार नियमिततर्फ कुल १ सय ४१ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए। तीमध्ये केवल २० जना विद्यार्थी मात्र ‘ग्रेडेड’ भएका छन् भने १२१ जना विद्यार्थी ‘ननग्रेडेड’ भएका छन् ।त्यस्तै, ग्रेडवृद्धितर्फ ३९ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा जम्मा १ जना मात्र ‘ग्रेडेड’ भएका

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 506 पटक पढिएको
  • नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो महाधिवेशन जेठ १ र २ गते काठमाडौंमा हुने

    काठमाडौं— नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो केन्द्रीय महाधिवेशन तथा पाँचौं साधारणसभा यही जेठ १ र २ गते काठमाडौंमा हुने भएको छ । महासंघले बिहीबार पत्रकार सम्मेलन गर्दै देशभरका मोबाइल व्यवसायीको सहभागितामा यही जेठ १ र २ गते महाधिवेशन आयोजना गर्न लागिएको जनाएको हो ।महासंघका अनुसार हाल देशका सातै प्रदेश र ७० जिल्लामा शाखा विस्तार भइसकेको छ भने २७ हजार ४०० साधारण सदस्य आबद्ध रहेका छन् । महाधिवेशनका लागि देशभरबाट करिब १५ सय प्रतिनिधि काठमाडौं आउने क्रममा रहेको महासंघले जनाएको छ ।सुदूरपश्चिम, कर्णालीदेखि पूर्वी क्षेत्रसम्मका प्रतिनिधिहरू काठमाडौं आउने क्रम जारी रहेको बताइएको छ । महाधिवेशनबाट ५५ स

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 468 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.