काठमाडौं— ‘एक मुठी बादल’ चलचित्रको ग्राण्ड प्रिमीयर सार्वजनिक भएको छ । कमलपोखरीस्थित सिटी सेन्टर मलको हलमा बुधबार ‘एक मुठी बादल’ चलचित्रको ग्राण्ड प्रिमीयर सार्वजनिक भएको हो ।प्रिमीयरमा कालाकार आँचल शर्मा लगायत अन्य कलाकारको पनि उपस्थिति रहेको थियो । अभिनेत्री आँचल शर्माले यो चलचित्र आफ्नो लागि नयाँ अनुभव भएको बताइकी छन् । उनले यस चलचित्रमा जोडिन पाउँदा अन्य नयाँ प्रोजेक्टमा काम गर्ने ढोका खुला भएको समेत बताएकी छन् ।उनले भनिन्, ‘यो चलचित्र मेरो लागि नयाँ अनुभव थियो । साढे १० वर्ष भयो चलचित्र क्षेत्रमा लागेको तर ‘एक मुठी बादल’ चलचित्रसँग जोडिन पाउँदा यसले अरू प्रोजेक्टमा काम गर्नको लागी प
काठमाडौं— काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १ लाख ७६ हजार २९१ जनाले स्वास्थ्य सेवा दिएको छ । जसमा ७३ हजार ५०४ जनाले ओपिडी सेवा प्राप्त गर्नुभएको छ । यो संख्या गत आर्थिक वर्षहरूको तुलनामा बढ्दै गएको छ ।आर्थिक वर्ष २०८०/०८१ मा १ लाख २४ हजार ४४ जना सेवाग्राहीमध्ये ३५ हजार ९६६ जनाले ओपिडी सेवा लिएका गिए । आ.व. २०८१/०८२ मा १ लाख ९४ हजार १९३ जना कुल सेवाग्राहीमध्ये ओपिडी सेवा लिनेको संख्या ५९ हजार ५९ थियो । यस वर्ष करिब २ लाख ४० हजार सेवाग्राहीले सेवा लिने आँकलन गरिएको छ ।बुधबार महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको बैठक कक्षमा स्वास्थ्य विभागका अधिकारीहरूले स्वास्
काठमाडौं— काठमाडौं महानगरपालिकाको वडा नम्बर १८ ले ६ वटा विधामा तालिम सञ्चालन गरेर सिप मेला सञ्चालन गरिरहेको छ । गएको शुक्रबारबाट सुरु भएको मेला ७ दिनसम्म चल्नेछ । प्रशिक्षणमा १२५ जना स्थानीय बासी सहभागी छन् ।तालिममा वारिस्ता, वेकरी, सेल्फ मेक अप, नेल आर्ट र रेडिमेड साडी तयारी सम्बन्धी प्रशिक्षण सञ्चालन गरिएको छ । स्थानीय बासीमा उद्यमशील विकास, रोजगारमूलक तथा स्वरोजगार मूलक र समाज व्यवस्थापनसँग सम्बन्धित विधाहरू छानिएको वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले जानकारी दिए ।‘गएको वर्ष परम्परागत खाद्य परिकार उत्पादन गर्ने, एक वडा एक नमुना उद्यमसँग सम्बन्धित सिप विकास गराउने, विपद् व्यवस्थापनमा स्थान
काठमाडौं— राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ः१५ बजे बस्ने भएको हो ।बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ ।
काठमाडौं— प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल हुने छ ।सदनको आजको सम्भावित कार्यसूचीमा छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने सम्भावित कार्यसूची रहेको छ । नीति तथा कार्यक्रमलाई आजै निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ ।चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३÷८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।नीति तथा कार्यक्रम पेस गर्न प्रधानमन्त्री बालेन शाह नआएपछि प्रतिपक्षी सांसदहरूले बुधबार सदन अवरुद्ध गरेका थिए ।
सर्लाही— यहाँको मलंगवा नगरपालिका–१० मा घरको छत प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु भएको छ ।बुधबार साँझ करिब ४ः४५ बजे मलंगवा–१० निवासी रञ्जित यादवको चार तल्ले पक्की घरको छतमा पानी ट्याङ्की राख्ने ढलानमाथि प्लास्टर गर्ने क्रममा छत भत्किँदा उनीहरूको खसेका थिए ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा नगरपालिका–२ निवासी करिब ५० वर्षीय छटु साह र हरिपुर्वा नगरपालिका–२ निवासी करिब ४० वर्षीय राज किशोर यादव गम्भीर घाइते भएका थिए। काम गरिरहेको क्रममा छतसहित जमिनमा खस्दा दुवै जनाको शरीरका विभिन्न भागमा चोट लागेको थियो ।घाइते दुवै जनालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंग
काठमाडौं— आज तिन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ९ः३० बजे प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै छ ।बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् द्वारा सञ्चालित अनुसन्धानात्मक कार्यक्रम, समस्या, चुनौती तथा परिषद्का आगामी कार्यदिशाका सम्बन्धमा प्रस्तुतीकरण कार्यसूची रहेको छ ।यसैगरी, बिहान १० बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा आदिवासी जनजाति आयोगको कामकारबाही सम्बन्धमा आयोगका पदाधिकारीसँग छलफल हुनेछ ।यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपत्यकाभित्रका सुकुम्बासी व्यवस्थापन सम्बन्धीका साथै अन्य विविध विषयमा छलफल हुनेछ ।
काठमाडौं— नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ४४ पैसा र बिक्रीदर २०७ रुपैयाँ २५ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ८० पैसा र बिक्रीदर १११ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ६३ पैसा र बिक्रीदर ११२ रुपैयाँ ०७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ११ पैसा र बिक्रीद
काठमाडौं— हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायू र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनि प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ। बाँकी भूभागमा आंशिक बादल लागेको छ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनि र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा भैरहेको छ ।आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्था
काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति ध्वस्त भइसकेको दाबी गर्दै यस युद्धमा अमेरिका जसरीपनि विजयी हुने बताएका छन् । मंगलबार चीन भ्रमणका लागि प्रस्थान गर्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानमाथिको नाकाबन्दी पूर्ण रूपमा प्रभावकारी रहेको दाबी गरे । उनले अमेरिका शान्तिपूर्ण रूपमा वा अन्य माध्यमबाट आफ्नो उद्देश्य पूरा गर्ने तयारीमा रहेको बताएका हुन् ।ट्रम्पले इरानको नौसेना, वायुसेना तथा युद्ध क्षमतामा ठूलो क्षति पुगेको उल्लेख गर्दै इरानले सही निर्णय लिनुपर्ने, अन्यथा अमेरिकाले आफ्नो अभियान पूरा गर्ने चेतावनी दिए । उनले इरानसँगको तनाव समाधानका लागि चिनियाँ राष्ट्रप
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.