समाज

    Showing 2,061-2,070 of 6,625 items.
  • राष्ट्रिय सडक सञ्जालमा जोडिएको १४ वर्ष वितेपनि मुगुमा सडक कालोपत्रे हुन सकेन

    मुगु— राष्ट्रिय सडक सञ्जालमा जोडिएर १४ वर्ष बितिसक्दा पनि मुगु जिल्लाका सडकहरू अझै कालोपत्रे हुन सकेका छैनन् । कच्ची र साँघुरो सडकका कारण यहाँका स्थानीय बासिन्दा र यात्रुहरू दैनिक जीवनमा ठूलो कठिनाइ भोग्नुपरेको छ ।२०६९ साल पुस १ गते तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईद्वारा उद्घाटन गरिएको नाग्म–गमगढी सडकको मुगुजिल्ला क्षेत्रमा अहिलेसम्म एकपटक पनि कालोपत्रे गरिएको छैन ।सरकारले २०७२ सालभित्र जिल्ला जोड्ने सडक कालोपत्रे गर्ने लक्ष्य राखे पनि हिलाम्ये वर्षा र धुलाम्ये हिउँद, सडकको किनारमा नाला, घुम्ती, वाल र सुरक्षासम्बन्धी कुनै सुविधा नहुँदा काम अपूर्ण रहेको छ ।स्थानीय चालक सुसील बुढाले बता

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 372 पटक पढिएको
  • धनुषाको मिथिलामा ५१२औं दिव्य धर्म यज्ञ दिवस मनाइँदै, अखण्ड भण्डारा गराइने

    काठमाडौं— सन्त रामपाल जी महाराजको पावन सान्निध्यमा यही कार्तिक १८(आज) देखि २० गतेसम्म मिथिला नगरपालिका २ बेलाचापीस्थित सतलोक आश्रममा ५१२औं ‘दिव्य धर्म यज्ञ दिवस–२०८२’ सुरु भएको छ ।भारतका १२ वटा सतलोक आश्रमहरूमा पनि यो ऐतिहासिक उत्सवको जोडतोडले तयारी चलिरहेको छ । करिब ५१२ वर्षअघि कबीर साहेबले काशीमा १८ लाख साधु सन्तहरूलाई तीन दिनसम्म मोहन भण्डारा गराएर ‘सत्य धर्म’ को सन्देश दिएका थिए । त्यसै दिव्य लीलाको स्मृतिमा यो दिवस मनाइने गरिएको छ । कार्यक्रममा तीन दिवसीय अखण्ड भण्डारा गराइने छ जसमा शुद्ध घिउमा बनेको लड्डू, जेरी, हलुवा, पूरी, तरकारी, सब्जी, अचार, आदि वितरण गरिनेछ । सन्त गरीबदासजी महा

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 496 पटक पढिएको
  • जोस ब्राउन सुदूरपश्चिम रोयल्समा अनुबन्धित

    काठमाडौं— सुदूरपश्चिम रोयल्सले आगामी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि चौथो विदेशी खेलाडीको रुपमा अष्ट्रेलियाका ब्याट्सम्यान जोस ब्राउनलाई अनुबन्ध गरेको छ । ब्राउनले बिग बास लिग (बीबीएल) क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिसकेका छन् । टी–२० क्रिकेटमा ४० खेल खेल्दै ९४५ रन बनाएका ब्राउनले एनपीएलको दोस्रो संस्करणमा खेल्न पाउँदा खुसी व्यक्त गरे ।जोस ब्राउनले टी–२० क्रिकेटमा सर्वाधिक १४० रन बनाएका छन् । टी–२० क्रिकेट यो स्कोर कमै खेलाडीले बनाएका छन् ।सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्काले ब्राउनले बीबीएलमा आफ्नो बेग्लै छाप छोडेको र नेपालमा पनि उनको उत्

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 398 पटक पढिएको
  • हितेन्द्रको रिटमा आज सुनुवाइ हुँदै

    काठमाडौं— नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफुलाई बिना कारण पदबाट हटाएको भन्दै सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ ।सरकारको निर्णयविरुद्ध हितेन्द्रले सोमबार सर्वोच्चमा दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइका लागि सर्वोच्चले आज दुवै पक्षलाई छलफलमा बोलाएको हो ।कार्यकाल पूरा हुनुअघि नै आफूलाई पदबाट हटाइएको भन्दै उनले नेपाल सरकारप्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर सोमबार रिट दायर गरेका हुन् । उनले रिटमार्फत अन्तरिम आदेश समेत माग गरेका छन् । शाक्यलाई २०८१ चैत ११ गते ४ वर्षे कार्यकालका लागि प्राधिकरणको कार्यकारी

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 375 पटक पढिएको
  • वन अधिकृत श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर, झण्डै डेढ करोड अकूत सम्पत्ति आर्जन गरेको दाबी

    काठमाडौं—  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।डिभिजन वन कार्यालय इलाममा डिभिजनल वन अधिकृतमा कार्यरत रही हाल डिभिजन वन कार्यालय भोजपुरमा रहेका श्रेष्ठविरुद्ध पदमा रहँदा गैरकानूनी रूपमा १ करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ बराबरको अकूत सम्पत्ति आर्जन गरेको दाबीसहित अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।अनुसन्धानका क्रममा उनको पारिश्रमिक, दैनिक भत्ता, श्रीमती र छोराछोरीका आयस्रोत, घरजग्गा, सवारीसाधन, सुनचाँदी, बैंक निक्षेप, सेयर खरिद, वैदेशिक भ्रमणलगायत सम्पूर्ण विवरण विश्लेषण गर्दा आयस्रोतअनुसार नबु

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 455 पटक पढिएको
  • धनुषाभर स्वास्थ्यकर्मीहरुको प्रदर्शन जारी, सडक अवरुद्ध

    जनकपुर— जनकपुरधामसहित धनुषा जिल्लाभर निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले आज पनि जनकपुरधाममा प्रदर्शन गरेका छन् ।८ सुत्रीय मागसहित आन्दोलनका पूर्व घोषित कार्यक्रम अनुसार उनीहरुले आज जनकपुरधामको प्रवेशस्थल रामानन्द चोकमा सडक अवरुद्ध गर्नुका साथै निजी अस्पतालहरु अगाडि नाराबाजी गरेका छन् ।उनीहरुले हाम्रो रगत चुस्न पाइँदैन, हामी रोगी हौं सरकार उपचार गर, हाम्रो अधिकार खोस्न पाईंदैन, हाम्रो पेसाको सम्मान गर, हामी भोकै काम गर्न सक्दैनौ, वी वान्ट जस्टिस, १२ हजारले घर चल्दैन लगायतका नारा लगाएका थिए ।उनीहरुले नेपाल सरकारको ऐनअनुसार तलब स्केल लागू गर्नुपर्ने, सरकारी स्वास्थ्य संस्थाका करारकर्मीलाई

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 434 पटक पढिएको
  • नेप्सेमा गिरावट,६ अर्ब ५ करोडको मात्र कारोबार

    काठमाडौं— दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा ओरालो देखिएको छ। आइतबार ३०.७५ अंकले बढेर २६३१.१४ बिन्दुमा पुगेको नेप्से सोमबार ८.२४ अंकले घटेर २६२२.९० बिन्दुमा झरेको हो। गत साता करिब ९६.५३ अंकले उक्लिएको बजार यो साताको पहिलो दिन पनि उकासोमै भए पनि दोस्रो दिनमा भने कमीकै संकेत देखिएको छ। यस दिन ७२ कम्पनीको सेयर मूल्य मात्र बढेको बजारमा कुल ६ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन आइतबारको ९ अर्ब २० करोड रुपैयाँको तुलनामा निकै कम हो। सोमबार ३३३ स्टकमा ५४ हजार ८९२ पटकको कारोबारमार्फत १ करोड २१ लाख ८५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यसैदिन सेन्सेटिभ इन्डेक्स ०.८३ अंक, फ्लोट

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 402 पटक पढिएको
  • एनआइसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुजित कुमार शाक्य नियुक्त

    काठमाडौं— एनआइसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुजित कुमार शाक्य नियुक्त भएका छन् । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले रिक्त सिइओ पदमा शाक्यलाई नियुक्ती गरेको कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत शेयरधनीहरुलाई जानकारी दिएको छ । शाक्यसँग भएको सम्झौता अनुसार आगामी ३० दिनभित्र उनले काम सुरु गर्ने बताइएको छ । रोशन कुमार न्यौपानले राजिनामा दिएसँगै बैंकले सन्तोष कुमार राठीलाई निमित्त सिइओ जिम्मेवारी दिएको थियो ।

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 129 पटक पढिएको
  • गृहमन्त्री अर्यालद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण

    काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास निरीक्षण गरेका छन् । गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा सहभागी आन्दोलनकारीहरुले राष्ट्रपति पौडेलको बोहोराटारस्थित निजी निवासमा तोडफोड आगजनी गरेका थिए । मन्त्री अर्यालले राष्ट्रपति पौडेलको परिवारसँग सल्लाह गरेर क्षतिग्रस्त घरको मर्मतसम्हार गर्ने प्रतिवद्धता व्यक्त गरे ।त्यस अवसरमा मन्त्री अर्यालसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, सशस्त्र प्रहरी प्रमुख राजु अर्याललगायतको उपस्थिति थियो ।उनीहरुले बालाजु प्रहरी वृत्तको पनि निरीक्षण गरे । जेनजी आन्दोलनका क्र

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 414 पटक पढिएको
  • प्रतिबन्धित लागू औषधसहित सात जना पक्राउ

    विराटनगर— कोशी प्रदेशमा उदयपुर, मोरङ, सुनसरी र झापाको विभिन्न स्थानहरुबाट कार्तिक १६ गते प्रतिबन्धित लागू औषध सहित सात जनालाई पक्राउ गरिएको छ । उदयपुरको इलाका प्रहरी कार्यालय बेल्टारले चौदण्डिगढी नगरपालिका–७ का पर्शुराम तिमल्सिना र चौदण्डिगढी–६ का बिबेक राईलाई लागूऔषध ३३ एम्पुल सहित, बेलका नगरपालिका–९ का बल बहादुर बिक लाई १० किलोग्राम २३० ग्राम गाँजा सहित पक्राउ गरेको छ भने बेलका–८ कोठु दोभान स्थित सप्तकोशी नदीमा २ वटा रबरको ट्युबमा ६ वटा बोरामा रेहेको १ सय ३४ किलोग्राम गाँजा बग्दै गरेको अवस्थामा बरामद गरेको हो । यसैगरी झापाको इलाका प्रहरी कार्यालय झिलझिलेले शिवसताक्षी नगरपालिका–१० क

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 443 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा