समाज

    Showing 2,061-2,070 of 11,025 items.
  • बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु

    बाजुरा— बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ । मंगलबार साँझ बुढीगंगा नगरपालिका–३ ताप्राकी ३७ वर्षीया कल्पना देवी थापाको भिरबाट खसेको ढुंगा लागेर मृत्युु भएको हो ।मृतक थापा बुढीगंगा नगरपालिका वडा नं. ३ की महिला वडा सदस्य समेत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । ३७ बर्षीया थापा फालासैन बजारबाट घर फर्किने क्रममा भिर माथीबाट आएको ढुंगा लागेको थियो ।पैदल बाटोबाट ५० मिटर तल खसेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक एंव् सूचना अधिकारी नरेश बहादुर शाहीले जानकारी दिए ।उनका अनुसार,घटनाबारे स्थानीयले टेलिफोन मार्फत जिल्ला प्रहरी का

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • 425 पटक पढिएको
  • रुखमा बाँधिएको घटनामा वडाध्यक्षसहित ५ जनाविरुद्ध मुद्दा दर्ता

    सिरहा— सिरहाको औरही गाउँपालिका–३ मा एक युवकलाई रुखमा बाँधेर अमानवीय व्यवहार गरिएको घटनामा वडाध्यक्षसहित पाँच जनाविरुद्ध प्रहरीले जाहेरी दर्ता गरेको छ ।स्थानीय वीरेन्द्र साहलाई सडक खाली गराउने क्रममा रुखमा बाँधिएको घटनापछि पीडित पक्षको जाहेरीका आधारमा औरही–३ का वडाध्यक्ष जीवछ यादवसहित हेमा यादव, रामबाबु यादव, मुकेश यादव, सुदिप यादव र बिसुन यादवमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ । पीडितको जाहेरी दर्ता भइसकेको छ । पक्राउ अनुमति लिने प्रक्रिया अगा

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • 435 पटक पढिएको
  • कर्णालीमा एसईई परीक्षाको नतिजा बर्सेनी खस्किँदो

    सुर्खेत— कर्णालीमा एसईईको परीक्षाको नतिजा अघिल्लो बर्षको भन्दा खस्किएको छ । २०८२ सालको एसईईमा कर्णालीका ३२ हजार ३ सय ३६ विद्यार्थीले परीक्षा दिएका थिए । सोमबार प्रकाशित नतिजाअनुसार १९ हजार ९५ विद्यार्थी अर्थात् ५९.६ प्रतिशत उत्तीर्ण भएका छन् । यो उत्तिर्ण प्रतिशत २०८१ को भन्दा १०.४ प्रतिशतले कम हो । अघिल्लो बर्षको एसईईमा कर्णालीका ७० प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए । २०८० मा कर्णालीको एसईई नतिजा ७१ प्रतिशत थियो । यसले कर्णालीको नतिजा बर्सेनी खस्कदै गएको देखाएको छ ।कर्णाली प्रदेश शिक्षा विकास निर्देशनालय निमित्त शिक्षा निर्देशक दीपा हमालका अनुसार कर्णालीमा यस वर्ष १३ हजार २ सय ४१ विद्यार्थ

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • 469 पटक पढिएको
  • चीन भ्रमणमा निस्किए ट्रम्प, व्यापार मुख्य एजेन्डा हुने

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने उच्चस्तरीय चीन भ्रमणका लागि बिहीबार प्रस्थान गरेका छन् । ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हुने बहुप्रतीक्षित भेटवार्तामा दुई देशबीचको व्यापार, प्रविधि तथा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको छ । ट्रम्पले व्यापार नै वार्ताको मुख्य एजेन्डा हुने संकेत दिएका छन् ।यो ट्रम्प र सी जिनपिङबीचको नवौँ प्रत्यक्ष भेटवार्ता हुनेछ । साथै, सन् २०१७ पछि कुनै अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण पनि हो ।ह्वाइट हाउसका अनुसार अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प यस भ्रमणमा सहभागी हुने छैनन् । चीन प्रस्थानअघि सञ्चारकर्मीसँग कुरा

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • 440 पटक पढिएको
  • १ लाख ७४ हजार आवेदकले पाए याम्वालिङ हाइड्रोपावरको आईपीओ

    काठमाडौं— याम्वालिङ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक शेयर आईपीओ आज बाँडफाँड गरेको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा सम्पन्न बाँडफाँड कार्यक्रममार्फत गोलाप्रथाद्वारा भाग्यमानी आवेदक छनोट गरिएको हो ।बाँडफाँडअनुसार कुल १ लाख ७४ हजार ३०० जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । कम्पनीले सर्वसाधारणका लागि १७ लाख ४३ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।कम्पनीको आईपीओमा कुल २९ लाख ८२ हजार ४९८ जनाले आवेदन दिएका थिए । तीमध्ये विभिन्न कारणले ४४ हजार ४१६ जनाको आवेदन रद्द भएको थियो भने २९ लाख ३८ हजार ८२ ज

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • 463 पटक पढिएको
  • विभिन्न स्थानबाट लागूऔषधसहित आठ जना पक्राउ

    काठमाडौं— प्रहरीले लागूऔषधसहित आठ जना पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-२८ हरिसिद्धिबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट, स्पास्पेन ३ ट्याब्लेट र नगद ५ हजार ५२५ रूपैयाँसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा ललितपुर हरिसिद्धि बस्ने चितवन भरतपुर महानगरपालिका-२४ घर भएका २८ वर्षीय सुमन विक र २५ वर्षीय अविनव रावल रहका छन् । प्रहरी प्रभाग हरिसिद्धिबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।यसैगरी, दाङ, घोराही उपमहानगरपालिका-१४ नयाँ बसपार्कस्थित जलजला रांसी होटलबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २७० मिलिग्राम र नगद १९

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • 414 पटक पढिएको
  • प्राइभेट इक्विटी र भेन्चर क्यापिटललाई स्पष्ट कानूनी आधार दिन माग

    काठमाडौं— नेपाल प्राइभेट इक्विटी एशोसिएशनले प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल (पीई–भीसी) क्षेत्रका लागि स्पष्ट कानूनी आधार तय गर्न सरकारसँग माग गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्ले लाई बुझाइएको सुझावपत्रमा विद्यमान कानूनी अस्पष्टता र नीतिगत कमजोरीका कारण विदेशी लगानी आकर्षित हुन नसकेको उल्लेख गरिएको छ ।एशोसिएशनले धितोपत्रसम्बन्धी ऐन, २०६३ मा कोषको परिभाषा, सञ्चालन आधार र लगानीकर्ताको दायित्व स्पष्ट गर्नुपर्ने माग गरेको छ । साथै पीई–भीसी कोषलाई ‘ट्रस्ट’ वा ‘लिमिटेड लाइबिलिटी पार्टनरसिप’ मोडलमा सञ्चालन गर्न सकिने कानूनी व्यवस्था गर्न सुझाव दिइएको छ ।विदेशी लगानी स्वीकृति प्रक्रियालाई सरल बना

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • 175 पटक पढिएको
  • डोल्पामा लेक लागेर जुम्लाकी एक युवतीको मृत्यु

    मुगु— हिमाली जिल्ला डोल्पामा लेक लागेर जुम्लाकी एक यूवतीको मृत्यु भएको छ । लेक लागेर जुम्ला गुठिचौर गाउपालिका वडा नं. १ मणीगाउँ कि बर्ष १७ कि मन्जली रोकायाको मृत्यु भएको हो ।शे फोक्सुण्डो गाउँपालिकाको भिजेर गाउँमा कामको खोजिमा जाँदै गर्दा काङ्लापास आसपास लेक लागेर फोक्सुण्डो स्वास्थ्य चौकीमा उपचारका लागि लिँदै गर्दा बाटोमै मृत्यु भएको हो ।स्वास्थ्य चौकीमा अक्सिजन र सीपीआर समेत गरिएको थियो । स्वास्थ्य चौकीका अनुसार रोकायलाई टाउको दुख्ने, वाकवाकी लाग्ने र सास फेर्न गाह्रो हुने बान्ता हुने बेहोस हुने जस्ता लेक लाग्ने उच्च उचाइका लक्षणहरू देखिएका थिए ।फोक्सुण्डो क्षेत्र समुद्री सतहबाट करिब ३६ सय म

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • 426 पटक पढिएको
  • रास्वपाले तोक्यो महाधिवेशनको मिति र स्थान

    काठमाडौं—  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनको मिति तय गरेको छ । आगामी असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन हुने रास्वपा सचिवालय सदस्य तथा संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिए ।आज पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति र स्थान तोकेको हो ।यसअघि पार्टीले चुनाव सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो ।

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • 448 पटक पढिएको
  • विदेशी मुद्रा जोगाउन भारतले सुन–चाँदी आयातमा भन्सार शुल्क बढायो

    काठमाडौं— भारत सरकारले सुन, चाँदी र प्लाटिनमजस्ता बहुमूल्य धातुमा लाग्ने भन्सार शुल्क उल्लेख्य रूपमा बढाएको छ । पश्चिम एसियामा जारी संकटका कारण विश्व अर्थतन्त्रमा बढ्दो दबाबबीच विदेशी मुद्रा सञ्चिति जोगाउन र अर्थतन्त्रलाई सुरक्षित राख्न यस्तो निर्णय गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।नयाँ व्यवस्थाअनुसार सुन र चाँदीमा लाग्ने आयात शुल्क ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पु¥याइएको छ । त्यस्तै, प्लाटिनममा लाग्ने शुल्क ६.४ प्रतिशतबाट बढाएर १५.४ प्रतिशत बनाइएको छ । यो व्यवस्था सुन–चाँदीका डोरा, सिक्का तथा सम्बन्धित सामग्रीमा समेत लागू हुने बताइएको छ । भारतीय अर्थ मन्त्रालयका स्रोतका अनुसार पछिल

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • 420 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.