समाज

    Showing 2,071-2,080 of 11,025 items.
  • सुनकोे मूल्य घट्यो, चाँदी बढ्यो

    काठमाडौं— नेपाली बजारमा बुधबार सुनकोे मूल्य घटेको छ । आज सुन तोलामा ७ सय रुपैयाँले घटेर ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भैइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो मंगलबार ३ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य भने बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर ५ हजार ७१० रुपैयाँमा कारोवार भैइरहेको छ । हिजो मंगलबार चाँदी ५ हजार ६ सय ९५ रुपैयाँमा कारोवार भएको थियो ।

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • 443 पटक पढिएको
  • आईपीएलः हैदराबादलाई पराजित गर्दै गुजरात शीर्ष स्थानमा

    काठमाडौं— गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादलाई ८२ रनले पराजित गरेको छ । यो जितसँगै गुजरात अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।अहमदाबादमा‌ पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । गुजरातका लागि साइ सुदर्शन ले ४४ बलमा ६१ रन बनाए । वासिङ्टन सुन्दर ले ३३ बलमा ५० रन जोडे ।हैदराबादका लागि प्रफुल हिङ्गे र साकिबले समान २ विकेट लिए । १ सय ६९ रनको लक्ष्य पछ्याएको हैदराबाद सुरुवातमै दबाबमा पर्यो ।पावरप्ले सकिँदासम्म हैदराबाद ४ विकेट गुमाएर मात्र ३४ रनमा सीमित भयो । हैदराबादको इनिङ्स लामो समय टिक्न सकेन र टोली १४.५ ओभरमा मात्र ८६ र

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • 455 पटक पढिएको
  • बागमती सिँचाइ आयोजनाद्वारा अतिक्रमित जमिनको नापजाँच सुरु, ४०० घरधुरी प्रभावित हुने

    रौतहट— बागमती सिँचाइ आयोजनाले आफ्नो स्वामित्वमा रहेको पूर्वी तथा पश्चिमी नहर क्षेत्रको अतिक्रमित जमिन खाली गराउने प्रक्रिया अन्तर्गत नापजाँच कार्य सुरु गरेको छ । चन्द्रपुर नगरपालिका वडा नं. १ स्थित जिरो माइलबाट नापजाँचको औपचारिक सुरुवात गरिएको हो ।आयोजनाका अनुसार, संघीय सरकारको परिपत्र र निर्देशन बमोजिम अतिक्रमित क्षेत्रलाई आयोजनाको पूर्ण स्वामित्व र नियन्त्रणमा ल्याउन यो कदम चालिएको हो । नापजाँचबाट नहरको जमिन यकिन भएपछि त्यहाँ निर्माण गरिएका भौतिक संरचनाहरू हटाइने आयोजनाले स्पष्ट पारेको छ । आयोजनाको नियमानुसार नहरको दुवैतर्फ ६०–६० मिटर क्षेत्र आयोजनाको क्षेत्राधिकारभित्र पर्दछ ।नहर क्षेत्र खा

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • 378 पटक पढिएको
  • काठमाडौं महानगरपालिकाद्वारा कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको आवेदन खुला

    काठमाडौं— काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ । महानगरअन्तर्गत रहेका संस्थागत शिक्षण संस्थामा अध्ययनका लागि परीक्षा प्रणालीमार्फत छात्रवृत्ति प्रदान गरिने जनाइएको छ ।महानगरपालिकाले जारी गरेको सूचनाअनुसार छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन फाराम २०८३ साल जेठ १ गते बिहान १० बजेदेखि भर्न सकिनेछ । आवेदन दिने अन्तिम समय जेठ १० गते राति ११ः५९ बजेसम्म तोकिएको छ ।विद्यार्थीहरूले महानगरपालिकाको आधिकारिक वेबसाइट वा अनलाइन आवेदन पोर्टल मार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।महानगरपाल

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • 465 पटक पढिएको
  • राष्ट्रियसभाको बैठक बस्दै, के छ कार्यसूची ?

    काठमाडौं— सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक आज मध्याह्न सवा १२ बजेबाट सुरु हुनेछ ।राष्ट्रियसभामा आजबाट नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ ।प्रधानमन्त्री बालेन्द्र शाहले आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • 404 पटक पढिएको
  • सीमावर्ती गाउँबाट शैक्षिक क्रान्तिको उदाहरणः जागेश्वर गहराई नमुना माविको ऐतिहासिक सफलता

    सप्तरी— सप्तरीको बलान बिहुल गाउँपालिका–६ स्थित श्री जागेश्वर गहराई जनता नमुना माध्यमिक विद्यालय ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्दै ग्रामीण शिक्षामा नयाँ इतिहास रचेको छ । सीमावर्ती तथा पिछडिएको मानिने क्षेत्रमा अवस्थित विद्यालयले उच्च जिपिएसहित उल्लेखनीय सफलता प्राप्त गरेपछि यतिबेला विद्यालय मात्र होइन, सिंगो गाउँपालिका नै गौरवान्वित बनेको छ ।दसगज्जा नजिकको दक्षिणी सीमावर्ती क्षेत्रमा रहेको यो विद्यालयले पछिल्ला केही वर्षयता निरन्तर शैक्षिक सुधार गर्दै आएको थियो । यस वर्षको एसईईको नतिजाले विद्यालयले अघि सारेको सुधार अभियान सफल भएको स्पष्ट संकेत दिएको छ । स्थानी

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • 465 पटक पढिएको
  • ‘काजी’ को प्रेमिल ट्रेलर सार्वजनिक

    काठमाडौं— आगामी जेठ ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘काजी’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक सिनेमाको ३ मिनेट ६ सकेण्ड लामो प्रेमिल ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरले सिनेमाको कथावस्तुबारे संक्षिप्तमा प्रकाश पारेको छ । पारिवारिक सम्बन्धमा आउने उतारचढावलाई सिनेमाले प्रस्तुत गर्ने संकेत ट्रेलरले गर्छ ।सार्वजनिक ट्रेलरमा विपिन ‘काजी’ र केकी ‘कजिनी’ पात्रको रुपमा प्रस्तुत छन् । सिनेमाको प्रेमिल ट्रेलरले दर्शकमामझ ‘काजी’लाई लिएर कौतुहल्ता सिर्जना गर्न सफल देखिन्छ । विवाह पश्चात एक जोडीको प्रेमलाई सुन्दर ढंगले देखाइएको छ । ट्रेलरमा सिनेमाको मेकिङ ग्राण्ड देखिनुका

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • 460 पटक पढिएको
  • प्रतिनिधिसभाको बैठक बस्दै

    काठमाडौं—  संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सुरु हुनेछ ।आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/०८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।आजै नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूचीमा उल्लेख छ । प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।बै

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • 409 पटक पढिएको
  • बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौं— नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८० रुपैयाँ ०२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ७२ पैसा र बिक्रीदर २०७ रुपैयाँ ५३ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३५ पैसा र बिक्रीदर ११० रुपैयाँ ७८ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ३९ पैसा र बिक्रीदर १११ रुपैयाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ०२ पैसा र बिक्रीदर

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • 412 पटक पढिएको
  • हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा हिमपातको सम्भावना

    काठमाडौं— हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा बाँकी भू–भागमा आंशिक बादल लागिरहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भैरहेको छ ।यसैगरी बुधबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • 420 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.