समाज

    Showing 2,101-2,110 of 11,025 items.
  • एसईईको नतिजाबाट असन्तुष्ट भएपछि १५ वर्षीय किशोरले गरे आत्महत्या

    वीरगन्ज— सोमबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजाबाट असन्तुष्ट बनेका वीरगन्जका एक १५ वर्षीय किशोरले आत्महत्या गरेका छन् ।पर्साको बहुदरमाई नगरपालिका (साविक हासवा गाउँपालिका) वडा नं. ५ मधुवनी घर भई हाल वीरगन्ज महानगरपालिका वडा नं. ११ श्रीपुरमा बस्दै आएका दीपेन्द्र पटेलका छोरा शन्नी पटेलले सोमबार राति आत्महत्या गरेका हुन् ।पारिवारिक स्रोतका अनुसार सोमबार राति नतिजा सार्वजनिक भएपछि शन्नी निकै निरास र चिन्तित थिए । उनी वीरगन्जको पिपरास्थित नरसिंह माध्यमिक विद्यालयका विद्यार्थी थिए । राति करिब ११ः३० बजे परिवारका सदस्यहरूले उनलाई सम्झाइबुझाई गरिरहेकै अवस्थामा उनी अचानक दौडिएर आफ्नो

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • 486 पटक पढिएको
  • रास्वपा केन्द्रीय समितिको बैठक भोली बस्दै

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक भोली (बुधबार) बस्ने भएको छ । बैठक भोली बिहान ९ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय, घन्टीघर बस्ने भएको हो । बैठकमा ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन सम्बन्धका साथै अन्य विविध विषयमा छलफल हुने छ ।

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • 375 पटक पढिएको
  • स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

    काठमाडौं— स्नो रिभर्स लिमिटेडले आज (वैशाख २९ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ७८ हजार १२५ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट गरिसकिएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा छिटोमा जेठ १ गतेसम्म र ढिलोमा जेठ १२ गतेसम्म आवेदन दिन सकिनेछ ।कम्पनीले सञ्चालन गरिरहेको १३.५ मेगावाट क्षमताको सुपर काबेली खोला ‘ए’ जलविद्यु

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • 395 पटक पढिएको
  • प्रतिनिधिसभाको बैठक बस्दै

    काठमाडौं— प्रतिनिधिसभाको आज मंगलबार बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे सिंहदबारमा बस्ने भएको हो ।आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • 438 पटक पढिएको
  • अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइँदै

    काठमाडौं— आज (मंगलबार) अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइँदै छ ।हरेक वर्ष मे १२ मा नेपाललगायत विश्वभर विभिन्न कार्यक्रम गरेर नर्सिङ दिवस मनाइँदै छ । यो दिन नर्सहरूलाई सम्मान गर्न र नर्सिङ पेसालाई बढावा दिनका लागि विशेष मानिन्छ ।आधुनिक नर्सिङको संस्थापक फ्लोरेन्स नाइटिंगेलको जन्म सन् १८२० मे १२ मा भएको थियो । यही कारणले गर्दा समाज र स्वास्थ्य क्षेत्रमा नर्सको योगदानलाई स्मरण गर्ने, यस पेसाको प्रवद्र्धन र नर्सहरूलाई सम्मान गर्ने उद्देश्यले सन् १९७४ मा अन्तर्राष्ट्रिय नर्स परिषद्ले यो दिवस मनाउने घोषणा गरेको थियो ।

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • 499 पटक पढिएको
  • यस्तो छ, मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकको अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर २०७ रुपैयाँ ९९ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • 443 पटक पढिएको
  • आजको मौसमः यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    काठमाडौं— हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायू र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल तथा बाँकी प्रदेशहरूमा आंशिक बादल लागिरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा भैरहेको छ ।आज दिउँसो कोशी प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • 436 पटक पढिएको
  • असिना पानीसहितको चट्याङले २४ भेडा मरे, भक्तबहादुरको विचल्ली

    मुगु— गएको शनिवार दिउँसो असिना पानीसहित परेको चट्याङ्कले मुगमकामारोङ्क गाँउपालिका वडा नम्बर ९ पापु गाँउका भक्तबहादुर बढुवालका २४ भेडा मर्नुको साथै कृषकहरुले लगाएको बालीनालीलाई ठुलो क्षति पुर्याएको छ ।असिना पानीले पाँपु गाउँका ९९ घर परिवारले खेतवारीमा लगाइएका तथा भित्र्याउने तरखरमा रहेका जौं, गहुँ, उवा, आलु र फुल खेल्दै गरेका आरु, स्याउ, ओखरलगायतका बालीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक रविराज थपलियाले बताए ।थपलियाका अनुसार भेडापालक भक्त बहादुर बडुवालका चट्याङ्गमा परेर २४ भेडा मर्नुका साथै ६ वटा भेडा अझै बेपत्ता भएको जानकारी दिए । थप क्षतिको विवरण आउन बाँकी छ ।पू

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • 450 पटक पढिएको
  • ‘मितज्यू’को ट्रेलर सार्वजनिक, दयाहाङले भने स् ‘तेरियाकै कारण फिल्म प्रतीक्षित बन्यो’

    काठमाडौं— नेपाली चलचित्र ‘मितज्यू’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार निर्माण पक्षले एक विशेष कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरेको हो ।ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले फिल्मले सुन्दर पक्ष पाएको भन्दै अभिनेत्री तेरिया फौजा मगरको प्रशंसा गरे ।उनले तेरियाकै कारण फिल्म लामो समयदेखि प्रतीक्षित बनेको उल्लेख गर्दै ट्रेलरबाटै दर्शकले कलाकारहरूको अभिनय देखिसकेको बताए ।साथै उनले सौगात मल्ल र आफूले यसअघि सन्तुष्ट हुनेगरी काम गर्न नपाएको भएपनि ‘मितज्यू’ मा भने केही हदसम्म कामको धित मरेको अनुभव भएको प्रतिक्रिया दिए । निर्देशकसँग काम गर्दा विशेष आनन्द लागेको पनि उनले बताए ।उनले भने,

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • 447 पटक पढिएको
  • चेकजाँचबाट बच्न झोला फालेर फरार, रतुवामाईमा २० लाख भारु बरामद

    मोरङ— मोरङको सीमावर्ती क्षेत्र रतुवामाईबाट सशस्त्र प्रहरीले २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ । रकम बोकेर भारतबाट नेपाल प्रवेश गरिरहेका दुईजना भने मोटरसाइकलसहित फरार भएका छन् ।आइतबार राति रतुवामाई नगरपालिका–२ स्थित घररुचोक नजिक सीमा क्षेत्रमा निगरानी गरिरहेका सशस्त्र प्रहरीको टोलीले शंकास्पद मोटरसाइकललाई रोक्न खोजेको थियो । त्यसक्रममा मोटरसाइकलको पछाडि बसेका व्यक्तिले आफूले बोकेको झोला सडक छेउमा फालेर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ ।फालिएको झोला चेकजाँच गर्दा पाँचसय दरका ४० बण्डल भारतीय नोट फेला परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । बरामद रकम २० लाख

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • 499 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.