काठमाडौं— नेकपा माओवादी केन्द्रले महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बोलाएको छ ।शनिबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरि बैठक बोलाइएको हो ।बैठकमा नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी लगायत पार्टीसँग, एकता, पदीय व्यवस्थापन, मोडिलाटी लगायत विषयमा छलफल हुने भनिएको छ । शुक्रबार सम्पन्न एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरेको थियो ।
बाजुरा— भौगोलिक विकटता र गुणस्तरीय स्वास्थ्य संस्थाको अभावमा बाजुराका आमाहरुले बाटोमै बच्चा जन्माउने क्रम जिवित छ । आवश्यक स्वास्थ्य संस्था, भौगोलिक विकटता, प्रसूति स्वास्थ्य शिक्षा र उचित परामर्श नहुँदा यहाँका आमाहरु बाटोमै बच्चा जन्माउन बाध्य छन् ।हरेक बर्ष बाजुराका आमाहरुले बाटोमै बच्चा जन्माउने गरेको समाचार आउँने गरेका छन् । घरपरिवारको स्वास्थ्य हेरचाह, असुरक्षित खानपान, भौगोलिक विकटता र गुणस्तरीय स्वास्थ्य संस्थाको अभाव नै यहाँका आमाहरुको प्रमुख बाधक समस्या हो । बाजुरामा ४ वर्षको तथ्यांक मात्रै केलाउँदा दर्जनौ बढि आमाहरुको मुत्यु भएको छ भने कयौं आमाहरुले बाटोमै बच्चालाई जन्म दिएकी छन
सुर्खेत— सुर्खेतको भेरीगंगा नगरपालिका–१२, मसिनाटोलमा छोराले फरुवाले प्रहार गर्दा आमाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ३० वर्षीय कविराम बस्नेतले घरायसी विवादका क्रममा आमालाई फरुवाले प्रहार गरेका हुन्। सुतिरहेको अवस्थामा प्रहार भएपछि ५० वर्षीया धनिकला बस्नेत गम्भीर घाइते भएकी थिइन्।उनीलाई उपचारका लागि प्रदेश अस्पताल पुर्याइएको भए पनि बिहान करिब ८ः१५ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।घटनापछि फरार भएका कविरामलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको टोलीले छिन्चु बजार क्षेत्रमा पक्राउ गरेको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
काठमाडौं— महिला पुनर्स्थापना केन्द्र (ओरेक) का अनुसार गत चैतदेखि जेठसम्म तीन महिनामा देशभर ३०८ वटा महिला हिंसाका घटना दर्ता भएका छन्।तीमध्ये २१ वटा हत्या र ३ वटा हत्या प्रयासका घटना भएको ओरेकले जनाएको छ। हिंसाका घटनामध्ये ४१ वटा पत्रपत्रिकाबाट र २६७ वटा प्रत्यक्ष स्रोतबाट संकलन गरिएको हो।ओरेकका कार्यक्रम व्यवस्थापक सुलोचना खनालका अनुसार हत्या हुनेमध्ये २९ प्रतिशत १८–२५ वर्षका युवती, २४ प्रतिशत २६–३५ वर्षका महिला, र १९ प्रतिशत बालिका छन्।हत्या गर्नेमा ४३ प्रतिशत श्रीमान, २४ प्रतिशत परिवारका सदस्य, १० प्रतिशत छिमेकी, ५ प्रतिशत साथी, र १४ प्रतिशत पूर्वपति रहेका छन्।प्रहरी तथ्याङ्क अनुसार सो अवधिम
काठमाडौं— देशका हिमाली पर्यटन क्षेत्रहरू मनाङ र म्याग्दीमा हिमपातका कारण अलपत्र परेका ३० जना पर्यटकको उद्धार गरिएको छ । मनाङको तिलिचो ताल बेश क्याम्पमा फसेका १५ जना र म्याग्दीको धौलागिरी सर्किट गई फर्कने क्रममा फसेका अन्य १५ जना पर्यटकको उद्धार सुरक्षा निकायले गरेको हो ।मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–९ स्थित तिलिचो तालको बेश क्याम्पमा हिमपातका कारण अलपत्र परेका २ जना चिनियाँ नागरिक र १३ जना नेपाली गरी १५ जना पर्यटकको उद्धारका लागि कार्तिक १४ गते बिहान सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको हो । सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीको कमाण्डमा पर्वतीय उद्धार तालिम प्राप्त फौज र मेडिकल टोली
मुस्ताङ— वारागुङ मुक्तिक्षेत्र–३ तेताङ गाउँमा बाढीले बगाएर १२ च्याङ्ग्रा मरेका छन् । वर्षासँगै तेताङ गाउँबीचको मङ्च खोलाको बाढी बगाएर चार खसी र आठ च्याङ्ग्रा मरेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङकिप्पा लामाका अनुसार बिहीबार तेताङ गाउँमाथिबाट बाढीले पु¥याएको क्षति विवरण सङ्कलन गर्न तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय छुसाङको प्रहरी टोली तेताङ पुगेको छ । अहिले प्रहरी टोली तेताङ गाउँ पुगिसकेको र विवरण आउन बाँकी रहेको उनले बताए ।यसैगरी मङ्च खोलाको बाढीले तेताङ गाउँकाको सिँचाइ कुलो र खेतका पर्खालमा क्षति पुगेको स्थानीय सोनाम छिरिङ गुरुङले जानकारी दिए । तेताङमा कर
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको ‘बृहत् राजनीतिक संवाद’ कार्यक्रम शुक्रबारबाट सुरु भएको छ।सुशासन, स्थायित्व र राजनीतिक सहकार्यको सम्भावनाबारे छलफल गर्न आयोजित यो कार्यक्रम बालुवाटारस्थित एक होटलमा भइरहेको रास्वपाले जनाएको छ।संवादमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी समेत सहभागी भएका छन्।रास्वपाका अनुसार भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनको भावना र राजनीतिक सन्देशलाई आत्मसात गर्दै नयाँ राजनीतिक विकल्पबारे सहमति खोज्ने उद्देश्यले यो संवाद आयोजना गरिएको हो।
काठमाडौं— काठमाडौं महानगरपालिकाले आगामी सूचना नआएसम्म उपत्यकाभित्रको फोहोर मैला नउठ्ने जनाएको छ। फोहोर व्यवस्थापनमा समस्या उत्पन्न भएकाले घर वा कम्पाउन्डभित्र सुरक्षित रूपमा फोहोर राख्न महानगरले सर्वसाधारणलाई आग्रह गरेको छ।महानगरको वातावरण व्यवस्थापन विभागले शुक्रबार जारी गरेको अत्यावश्यक सूचनामा भनिएको छ, “उपत्यकाको फोहोर अन्तिम विसर्जनस्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटमा अवरोध भएको कारण अहिले फोहोर विसर्जन सम्भव छैन।”फोहोर ढुवानी र विसर्जन कार्य अवरुद्ध भएपछि महानगरले सडक, गल्ली र सार्वजनिक स्थलमा फोहोर नफाल्न सर्वसाधारणसँग अनुरोध गरेको छ।
काठमाडौैं— राष्ट्रपति कार्यालय शीतल निवासमा तोडफोड र लुटपाट गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा राष्ट्रपति कार्यालयमा तोडफोड र लुटपाट गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा बैतडीको मेलौली नगरपालिका–७ का १८ वर्षीय विशाल सिंह कार्की, बैतडीकै सुर्नया गाउँपालिका–८ का १९ वर्षीय दीपक बोहरा र बझाङको बित्थडचिर गाउँपालिका–१ का १९ वर्षीय हेमन्त बोहरा छन् ।उनीहरुविरुद्ध चोरी तथा आपराधिक उपद्रवको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।उनीहरूको साथबाट राष्ट्रपति कार्यालयका प्रिन्टर, वाईफाई राउटर लगायतका सामग्री बरामद भएको प्रहर
काठमाडौं । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको घरमा गएराति ढुंगा प्रहार भएको छ । शुक्रबार प्रेस चौतारी नेपालले एक विज्ञप्ति जारी गर्दै लमजुङको सदरमुकाम बेँशीसहरस्थित पाण्डेको घरमा मध्यरात अज्ञात व्यक्तिहरूले ढुंगा प्रहार गरी झ्यालको सिसा फुटाएको जनाएको छ । पाण्डेका अनुसार उनकी ८२ वर्षीया हजुरआमा सुतेको कोठामा बढी क्षति पुगेको छ । सो घरमा अध्यक्ष पाण्डेकी आमा र हजुरआमा बस्दै आएका छन् । प्रेस चौतारी नेपालले शुक्रबार विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको छ ।विज्ञप्तिमा भनिएको छ, ‘प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङ जिल्ला सदरमुकाम बेशीसहर
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.