समाज

    Showing 2,141-2,150 of 11,025 items.
  • मन्त्रिपरिषद्को बैठक बस्दै

    काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।सोमबार सरकारका प्रवक्ता समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले अहिले बिहान १०ः३० बजे सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्न लागेको जानकारी दिएका हुन् ।

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • 158 पटक पढिएको
  • बझाङ –बनलेक–दोदोधरा ४०० केभी प्रसारण लाइनमा कुन कम्पनीको शेयर कति ?

    काठमाडौं । सरकारले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा निर्माण गर्न लागेको बझाङ–बनलेक–दोदोधरा ४०० केभी प्रसारण लाइन निर्माणका लागि ६ वटा कम्पनी छनोट भएका छन् । राष्ट्रिय प्रसारण ग्रीड कम्पनीका प्रवक्ता नगेन्द्र चौधरीले यो आयोजना निर्माणका लागि निजी क्षेत्रका तीन र सरकारी क्षेत्रका तीन कम्पनी सहित ६ कम्पनी छनौट भएको जानकारी दिए ।उनका अनुसार आयोजनामा सरकारी पक्षबाट राष्ट्रिय प्रसारण ग्रीड कम्पनीको २६ प्रतिशत शेयर रहनेछ । त्यसैगरी चिलिमे जलविद्युत् कम्पनी लिमिटेड र चैनपुर सेती जलविद्युत् कम्पनी लिमिटेडको समान १२.५/१२.५ प्रतिशत अंश रहने सुनिश्चित भएको छ ।निजीक्षेत्र तर्फबाट यसमा समृद्धि इनर्ज

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • 136 पटक पढिएको
  • आवास बिमा कार्यक्रम : विपद्का बेला नागरिकको सहारा बन्दै

    बाँके । ‘त्यो रात अझै सम्झिन्छु । लगातार पानी परिरहँदा घर चर्किन थालेको थियो । केही समयमै एक भाग भत्कियो । हामी सबैले ज्यान जोगाउन भाग्नुपरयो । बच्चाहरू निकै डराएका थिए । त्यसपछि सबैभन्दा ठूलो चिन्ता फेरि घर कसरी बनाउने भन्ने थियो ।’ नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी उत्तमसिंह पञ्जावीले गत वर्षको भदौमा आएको अविरल वर्षापछि आफूले भोगेको पीडा सुनाउँदै भने ।वर्षौँको मेहनत र दुःखले बनाएको घर क्षतिग्रस्त भएपछि उनको परिवार लामो समय तनावमा रह्यो । आर्थिक अवस्था कमजोर भएका कारण तत्काल घर मर्मत गर्ने अवस्था पनि थिएन । परिवारलाई सुरक्षित राख्ने र पुनः घर निर्माणका लागि आवश्यक रकम जुटाउने चिन्ता

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • 132 पटक पढिएको
  • टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख २३ गतेदेखि निष्कासन खुला गरेको साधारण सेयरमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर बिक्री खुला गरेको हो ।कम्पनीले सर्वसाधारणका लागि २५ लाख १५ हजार ४५५ कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गरेको छ । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत बराबर ४२ करो

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • 129 पटक पढिएको
  • कर्णालीमा कांग्रेसको प्रदेशस्तरीय भेला

    सुर्खेत । नेपाली कांग्रेसले आज कर्णालीमा प्रदेशस्तरीय भेला गर्दैछ । विशेष महाधिवेशनपछि कांग्रेसले प्रतिनिधिसभा निर्वाचन समीक्षा सहित प्रदेश तथा स्थानीय तह केन्द्रित भेला गर्न लागेको हो ।भेलालाई कांग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा प्रदेशस्तरीय भेलाको आयोजना गरिएको हो ।पार्टीका शीर्ष नेताहरूको सहभागितामा आयोजना हुने भेला आगामी राजनीतिक कार्यदिशा, निर्वाचन समीक्षा तथा सुशासनका सवालमा केन्द्रित रहने जनाइएको छ । भेलामा कर्णाली प्रदेशबाट पार्

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • 145 पटक पढिएको
  • टर्किस एयरलाइन्सको विमानमा आगलागी

    काठमाडौं । टर्किस एयरलाइन्सको इस्तानबुल–काठमाडौं उडान गर्ने विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा आगलागी भएपछि आपत्कालीन उद्धार गरिएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०का सूचना अधिकारी ज्ञानेन्द्र भुल का अनुसार आज बिहान करिब पौने ७ बजे इस्तानबुलबाट काठमाडौं आएको टिके ७२६ उडानको चक्कामा अवतरण गर्ने क्रममा आगो लागेको थियो । आगलागी भएपछि विमान धावनमार्गमै रोकिएको थियो । त्यसपछि विमानस्थलको आपत्कालीन उद्धार टोली, दमकल र सुरक्षाकर्मी परिचालन गरी आगो नियन्त्रणमा लिइएको थियो । विमानमा रहेका यात्रुहरुलाई इमर्जेन्सी ढोका खोलेर तत्काल सुरक्षित रूपमा बाहिर निकालिएको क्यानले जना

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • 141 पटक पढिएको
  • सरकारी रकमबाट आएको बजेट दुरुपयोग होइन संरक्षण गर्नुस : मुख्यमन्त्री कँडेल

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी रकमबाट आएको बजेटलाई सबै नागरिकले आफ्नो सम्पत्ति सम्झेर संरक्षण र सदुपयोग गर्नुपर्ने बताएका छन् ।बराहताल गाउँपालिका–८ नं.  वडाको नवनिर्मित वडा कार्यालय भवनको शुभारम्भ गर्दै मुख्यमन्त्री कँडेलले संघ, प्रदेश र स्थानीय तहबाट प्राप्त हुने बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न वडा तहले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । उनले विकास निर्माणका योजनाहरू पारदर्शी र परिणाममुखी ढंगले अघि बढाउन जनप्रतिनिधि तथा स्थानीय समुदायको सहकार्य आवश्यक रहेको उल्लेख गरे ।मुख्यमन्त्री कँडेलले अहिले सूचना र प्रविधिको पहुँच व्यापक बनेको भन्दै गाउँक

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • 143 पटक पढिएको
  • प्रशासनविद्हरू भन्छन् : कर्मचारीतन्त्रमा ‘फेरि अर्को मुर्गा आयो प्रवृत्ति हाबी

    ललितपुर । जन प्रशासन क्याम्पस त्रिभुवन विश्व विद्यालय र नेपाल जन प्रशासन संघको संयुक्त आयोजनामा आइतबार ललितपुर धोविघाटमा ‘सुशासन र प्रशासनिक सुधार संवाद कार्यक्रम’ आयोजना गरियो ।सो अवसरमा ‘सार्वजनिक सेवा प्रवाह सुधार र नागरिक केन्द्रित शासन’ र ‘सार्वजनिक सेवाको डिजिटलाइजेशन र आधुनिकीकरण’ विषयक कार्यपत्रहरूमाथि गहन छलफल र संवाद गरियो।सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटाले ‘नागरिक मैत्री सेवा प्रवाह र सुशासनको मार्गचित्र’ अवधारणा पत्रमा संवैधानिक र कानुनी आधार, नागरिकमैत्री सेवाको अवधारणा, सेवा प्रवाहका औजारहरू, अन्तर्राष्ट्रिय अभ्यास, सुधारको मार्गचित्रलगायतका विषयमाथि चर्चा गरेका थिए ।महासचिव

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • 120 पटक पढिएको
  • संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिले सम्बोधन गर्ने

    काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले अपराह्न ४ बजे संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा दिउँसो ३ स्४५ बजे अगावै उपस्थित हुन प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यलाई आग्रह समेत गरेको छ ।यसअघि प्रतिनिधिसभा र राष्ट्रियसभाको दुवै बैठक दिउँसो २ बजेदेखि छुट्टाछुट्टै सुरु हुनेछ ।

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • 124 पटक पढिएको
  • सर्लाहीमा सडेको अवस्थामा एक जना पुरुषको शव फेला

    सर्लाही । सर्लाहीमा सडेको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डिएसपी सरोज राईका अनुसार आइतबार साँझ करिब ४ः३० बजेतिर जिल्लाको गोडैता नगरपालिका–६ बग्दहस्थित चिनिमिल नजिक हुलाकी सडक खण्डको छेउमा बेवारिसे अवस्थामा शव फेला परेको हो ।सडकमा आवतजावत गर्ने स्थानीयले सडेको गन्ध आएपछि खोजी गरी प्रहरीलाई जानकारी गराएका थिए । त्यसपछि प्रहरी चौकी गोडैताबाट प्रहरीको टोली खटिएको थियो। प्रहरीका अनुसार अन्दाजी ४० देखि ४५ वर्ष उमेर समूहका पुरुषको शव सडेगलेको अवस्थामा फेला परेको छ ।मृतकको नाम, थर र ठेगाना भने हालसम्म खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान तथा क

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • 159 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.