समाज

    Showing 2,151-2,160 of 9,855 items.
  • होटल वर्गीकरण मापदण्ड परिमार्जनका लागि सुझाव माग

    काठमाडौं— पर्यटन क्षेत्रलाई थप व्यवस्थित, गुणस्तरीय र वातावरणमैत्री बनाउन होटल वर्गीकरणसम्बन्धी विद्यमान मापदण्ड संशोधन गर्न सरकार अग्रसर भएको छ।पर्यटन विभागले ‘होटल, रिसोर्ट, पर्यटक इन, लज, मोटेल तथा बेड एण्ड ब्रेकफास्ट’हरुको होटल वर्गीकरण मापदण्ड, २०७६ (संशोधन २०७७ सहित) लाई समयानुकूल परिमार्जन गर्ने तयारी गरेको छ ।विभागका अनुसार बढ्दो वातावरणीय सचेतना र दिगो विकासको आवश्यकता अनुरूप ‘ग्रीन हस्पिटालिटी’अवधारणालाई समेटेर नयाँ मापदण्ड तर्जुमा गर्न लागिएको हो ।यसका लागि सरोकारवालाहरू—विज्ञ, व्यवसायी, प्राज्ञिक वर्ग, सञ्चारकर्मी तथा पर्यटन क्षेत्रका सबै पक्षबाट राय तथा सुझाव माग गरिएको छ । सुझावह

    • प्रकाशित मितिः चैत ११, २०८२
    • 445 पटक पढिएको
  • हराएका ५० वटा मोटरसाइकल प्रहरीद्वारा धनीलाई हस्तान्तरण

    काठमाडौं— प्रहरीले विभिन्न समयमा हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।बुधबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ५० वटा मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको जानकारी दिए ।उनका अनुसार विभिन्न स्थानबाट चोरी भएका तथा हराएको भन्दै उजुरी परेका सवारी साधनमध्ये ५० वटा मोटरसाइकल खोजी गरी धनीको जिम्मा लगाइएको हो।उनले भने, ‘विभिन्न ठाउँबाट चोरी भएका तथा हराएको भनेर उजुरी आएका थिए। तीमध्ये ५० वटा मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई जिम्मा लगाएका छौं।’प्रहरीले केही सवारी साधन चोरी गरेर लैजाँदै गरेको अ

    • प्रकाशित मितिः चैत ११, २०८२
    • 442 पटक पढिएको
  • विभागीय कार्य सम्पादन प्रणालीको स्थलगत अनुगमनमा कार्यवाहक प्रमुख डंगोल

    काठमाडौं— काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसहित विभाग स्तरीय कार्य सम्पादन प्रणालीको अनुगमन सुरु गरेकी छन् । मंगलबारदेखि सूचना प्रविधि विभागबाट अनुगमन सुरु भएको हो ।अनुगमनका क्रममा डेस्कमा भएका अधिकारीहरूले गरिरहेको काम, त्यससँग सम्बन्धित प्रक्रिया, जिम्मेवारी, कार्यभार, कार्य वातावरण, अनुभूति गरेका समस्या, देखिएका चुनौती सामना गर्ने विधिलगायत विषयमा जानकारी लिएकी थिइन् ।विद्युतीय सेवाका लागि सञ्चालनमा रहेका प्रणाली, काम गर्दा सिर्जना भएका तथ्याङ्क, तथ्याङ्कहरूको विश्लेषण प्रक्रिया, भण्डारण क्षमता, सार्वजनिक गर्नु पर्नु सूचना तथा विवर

    • प्रकाशित मितिः चैत ११, २०८२
    • 434 पटक पढिएको
  • इटहरीस्थित पूर्वाञ्चल क्याफे एवं आईसक्रिम पार्लरको भान्सा कोठाबाट आगलागी

    विराटनगर— सुनसरीको इटहरीस्थित पूर्वाञ्चल क्याफे तथा आईसक्रिम पार्लरमा बुधबार बिहान आगलागी भएको छ ।इटहरी उपमहानगरपालिका–६ मा रहेको क्याफे एवं आईसक्रिम पार्लरको भान्सा कोठाबाट आगलागी भएको हो ।इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालका अनुसार आगलागी अहिले पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ । आगलागी कसरी भयो भन्नेबारे भने अनुसन्धान भइरहेको उनले जानकारी दिए ।आगलागी नियन्त्रणका लागि सुनसरीका धरान, रामधुनी, इनरुवा तथा मोरङका विराटनगर र सुन्दरहरैंचा लगायत स्थानीय तहका बारुणयन्त्र परिचालन गरिएको थियो । सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा ल्याइएको हो ।इटहरी उपमहानगरपालिकाको आफ्नै ब

    • प्रकाशित मितिः चैत ११, २०८२
    • 455 पटक पढिएको
  • अनुगमनमा अनियमितता भेटिएपछि तीन फर्मलाई जरिवाना

    काठमाडौं— बजार अनुगमनका क्रममा अनियमितता फेला परेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई नगद जरिवाना गरेको छ।विभागका अनुसार इमाडोलस्थित दशरथ ग्रोसरी प्रालिलाई ५० हजार रुपैयाँ, सूर्यविनायक–बालकोटको शाह एण्ड शाह इन्टरप्राइजेजलाई १० हजार रुपैयाँ र महालक्ष्मी–५ टिकाथलीको ए एण्ड ए सपिङ सेन्टरलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको हो।अनुगमनका क्रममा कानुन विपरीत कारोबार गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको विभागले जनाएको छ।यसैगरी, अन्य १५ वटा फर्मलाई भने सुधार गर्न निर्देशन दिइएको छ। विभागले स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको सहभा

    • प्रकाशित मितिः चैत ११, २०८२
    • 426 पटक पढिएको
  • पूर्वसांसद शाहको निधन

    काठमाडौं— पूर्व सांसद गोबिन्द विक्रम शाहको निधन भएको छ। जिल्ला अस्पताल जाजरकोटमा उनको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। शाह २०५६ सालमा जाजरकोट जिल्ला क्षेत्र नं. १ बाट  विजयी भएका थिए। पछिल्लो समय उनी राप्रपाको राजनीतिमा सक्रिय थिए । 

    • प्रकाशित मितिः चैत ११, २०८२
    • 440 पटक पढिएको
  • १४ हजार ६ सयले बढ्यो सुनको मूल्य

    काठमाडौं— नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलमा १४ हजार ६ सय रुपैयाँले बढेर २ लाख ८८ हजार ५०० रुपैयँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ४ हजार ९२० रुपैयाँमा कारोबार भएको छ । मंगलबार ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः चैत ११, २०८२
    • 459 पटक पढिएको
  • न्यूयोर्कका एसेम्ली मेम्बर रागाद्वारा गायक विजय लामा सम्मानित

    काठमाडौं— गायक बिजय लामा अमेरिकाको न्यूयोर्क सिटीमा सम्मानित भएका छन् । गायक लामालाई न्यूयोर्कका एसेम्ली मेम्बर स्टेभेन रागाले सम्मान गरेका हुन् ।भोटेकोशी समाज अमेरिकाको आयोजनामा सम्पन्न ल्होसार साँझ २०२६ मा गायक लामाले आफ्ना चर्चित गीतहरु ‘नखानु पानी तोङ्बाको’, ‘भोली फर्कि आउँछु आउँदिन’, ‘खासा बजार’लगायतका गीतहरु प्रस्तुत गरेका थिए । सयौँको संख्यामा उपस्थित दर्शकहरु पनि गायक लामासँगै झुमेको दृश्य लोभलाग्दो थियो ।सो अवसरमा भोटेकोशी समाज अमेरिकाका अध्यक्ष अक्बर स्याङतानले भव्य रुपमा कार्यक्रम सम्पन्न भएकोमा खुशी व्यक्त गरे । उनले भोलीका दिनमा पनि आफ्नो कला संस्कृति र परम्परा जोगाउन यस्तो किसिमक

    • प्रकाशित मितिः चैत ११, २०८२
    • 449 पटक पढिएको
  • करिब १७१ किलो गाँजासहित एकजना पक्राउ

    काठमाडौं— मकवानपुरको मनहरी गाउँपालिका–९ खरङगा हरियाली सामुदायिक जङ्गलको भित्री बाटोबाट करिब १७१ किलो गाँजासहित एकजना प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मंगलबार बिहान लागू औषध गाँजा करिब १७१ किलो २१ ग्रामसहित राक्सिराङ गाउँपालिका–४ सितताक बस्ने २० वर्षीय अक्कल प्रसाद स्याङतानलाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय मनहरिबाट खटिएको प्रहरीले भाबरबाट मनहरितर्फ आउँदै गरेको बा.१३ च २०१४ नम्बरको गाडीलाई जाँच गर्दा २७ वटा प्याकेटमा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक अक्कल प्रसादलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः चैत ११, २०८२
    • 411 पटक पढिएको
  • सिरहाको गोलबजारमा धुमधामका साथ चैती छठ पूजा सम्पन्न

    सिरहा— सिरहाको गोलबजारमा धुमधामका साथ चैती छठ पूजा मनाइएको छ । श्रद्धा, भक्ति र उत्साहका साथ मनाइने यस महान पर्वमा स्थानीय श्रद्धालुहरूको उल्लेखनीय सहभागिता देखिएको थियो ।गोलबजारका विभिन्न पोखरी तथा नदी किनारहरूमा बिहानैदेखि व्रतालुहरू भेला भई अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेका थिए ।व्रतालु महिलाहरूले परम्परागत भेषभूषामा सजिएर विधिपूर्वक पूजा सम्पन्न गरेका थिए भने पुरुष र युवाहरूले व्यवस्थापनमा सक्रिय भूमिका निभाएका थिए । पूजास्थलहरूमा सरसफाइ, सजावट तथा सुरक्षा व्यवस्थापन राम्रोसँग मिलाइएको थियो । स्थानीय प्रशासन, सुरक्षाकर्मी तथा विभिन्न संघ–संस्थाहरूको सहकार्यमा कार्यक्रम व्यवस्

    • प्रकाशित मितिः चैत ११, २०८२
    • 408 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.