काठमाडौं— युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले स्लोभियान्स्क थर्मल पावर प्लान्टमा रुसी आक्रमणमा दुई जनाको मृत्यु भएको र धेरै जना घाइते भएको बताएका छन् ।उनले सामाजिक सञ्जाल प्लेटफर्ममा लेखेका छन्,'यो स्पष्ट रूपमा आतंकवाद हो । सामान्य मानिसहरूले यसरी युद्ध गर्दैनन् । संसारले यो रुसी आक्रमणको उचित जवाफ दिनुपर्छ ।'हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटघाटको सम्भावना उठाएका थिए । उनले युक्रेन युद्ध अन्त्य गर्न वार्ता गर्न सकिने बताएका थिए ।यद्यपि, यो बैठकपछि रद्द गरिएको थियो । युक्रेनले पुटिन-ट्रम्प वार्ता स्थगित भएदेखि रुसी आक्रमणहरू तीव्र भएको
काठमाडौं— पछिल्लो तीन महिनाको अवधिमा नेपाल प्रहरीका करिब साढे चार सय प्रहरी कर्मचारीले सेवाबाट राजीनामा दिएका छन्। प्रहरीका अनुसार राजीनामा दिनेहरूमध्ये कोहीले २० वर्ष सेवा अवधि पूरा गरेकाले स्वेच्छिक अवकाश लिएका छन् भने केहीले ५ वर्षमै व्यक्तिगत कारण देखाएर जागिर छाडेका हुन्।हालै मात्र एसएसपी प्रकाश रानाभाटले पनि ‘व्यक्तिगत कारण’ देखाउँदै राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत प्रक्रियामा रहेको प्रहरी स्रोतले जनाएको छ।नेपाल प्रहरीका प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार राजीनामा दिनेहरूमा जवानदेखि वरिष्ठ नायब निरीक्षक (स.नि.) तहसम्मका कर्मचारी बढी छन्। “तल्लो तहका प्रहरीहरूबाट घरायसी र व्य
काठमाडौं— कोशी राजमार्ग अन्तर्गत धनकुटा नगरपालिका–९ स्थित तीनघुम्तीमा एक यात्रुबस दुर्घटनामा परि एक जना घाइते भएकी छन्।झापाको दमकबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको प्र.१–०२–००१ ख ९५१९ नम्बरको सप्तकोशी यातायातको बस शुक्रबार बिहान सडक किनारमा पल्टिएको हो।दुर्घटनामा मोरङको लेटाङ नगरपालिका–३ की ५५ वर्षीया मिना गुरुङ घाइते भएकी छन्। उनलाई तत्काल उपचारका लागि धनकुटा जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ।बसमा रहेका अन्य २६ यात्रुहरू सामान्य अवस्थामा रहेको र गम्भीर क्षति नभएको प्रहरीले बताएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।
काठमाडौं— एसवाई प्यानल नेपाल लिमिटेडले आगामी कात्तिक १९ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका कुल ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। यसमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर वितरण गरिसकिएको हुँदा अब दोस्रो चरण सर्वसाधारणका लागि खुल्न लागेको हो।कम्पनीले बाँकी सेयरमध्ये आफ्ना कर्मचारीहरूका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषहरूका लागि २ लाख ४८ हजार ५४६ कित्ता छुट्याएको छ। यी सबै कित्ताहरू छुट्य
काठमाडौं— पहिला देश (पिपुल्स रेभुलेसन) अभियानले प्रधानमन्त्री शुसिला कार्कीले राष्ट्रको हितमा काम गर्ने छाँट नदेखिएको भन्दै राजीमाको माग गरेको छ । बिहिबार राजधानीको संवाद डबलीमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी सरकारले न्याय नदिएको भन्दै कार्तिक १६ गतेदेखि सरकारविरुद्ध आन्दोलनको घोषणा गरेका छ ।जेन्जीले गरेको ऐतिहासिक आन्दोलनबाट जनताले ठूलो आशा राखेको तर वर्तमान सरकारले वेवास्ता गरेको भन्दै पहिला देशका संयोजक एसपी शाहले जेन्जी, लघुवित्त, सहकारी, मिटर व्याज, बैंकलगायतका पीडितले न्याय नपाउन्जेल निरन्तर संघर्ष गर्ने चेतावनीसमेत दिएका छन् ।शाहले संविधान परिमार्जन सभाको गठनको माग गर्दै आफूह
चितवन— नारायणगढ–मुग्लिन सडक पहिरोका कारण अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइन खोला नजिक पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार बिहीबारदेखिको निरन्तरको वर्षाका कारण पहिरो खसेको हो । बाटो अवरुद्ध भएपछि सवारीसाधन सडकमा रोकिएका छन् । पहिरो पन्छाएर यथाशीघ्र सडक सुचारु गर्न आफूहरू लागिपरेको उनले बताए ।
रामेछाप— बिपी राजमार्गको नेपालथोक–चौकिडाँडा खण्डमा अस्थायी सडक डाइभर्सनका केही स्थानमा पैरो खसेपछि सवारीसाधनको आवतजावत अवरुद्ध भएको छ । मंगलटार प्रहरी चौकीका अनुसार नेपालथोकमा हिजो साँझ ५ बजेदेखि गाडी रोकिएका छन् । सम्भावित जोखिमलाई ध्यानमा राखी नेपाथोक प्रहरीले हिजो साँझदेखि नै सवारी साधन रोकेको हो । प्रहरीका अनुसार रोशीखोला किनारमा बनाइएका डाइभर्सनमा कुनै क्षति भएको छैन, तर केही स्थानमा माटो र ढुङ्गासहितको पैरो खसेका कारण सवारी सञ्चालनमा कठिनाइ आएको छ । निरन्तर भइरहेको वर्षाले पैरो पन्छाउने काम प्रभावित बनेको प्रहरीले जनाएको छ ।स्थानीय प्रशासनले यात्रु तथा चालकहरूलाई अनावश्यक
काठमाडौं— सिक्किमको सोरेङ जिल्लाको चाकुङमा प्रतिष्ठित १८औं एल.डी. काजी मेमोरियल गोल्ड कप फुटबल प्रतियोगिता २०२५ को तयारी अन्तिम चरणमा पुगेको छ। यस वर्षको यो फुटबल महोत्सवमा भारत र नेपालका जम्मा १६ वटा टिमहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।नेपालबाट मकवानपुर एफसी र झापा एक्सएलले यस अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रतिनिधित्व गर्नेछन्। प्रतियोगिताको फाइनल खेल २०२५/०९/०९ मा हुनेछ, जसको विजेताले १० लाख भारतीय रुपैयाँ नगद पुरस्कार जित्नेछ भने उपविजेताले ५ लाख भारतीय रुपैयाँ प्राप्त गर्नेछ।प्रतियोगिताको संरचनासहभागी १६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहबाट उत्कृष्ट प्रदर्शन गर
हेटौंडा— मकवानपुर जिल्ला पशु सेवा कार्यालयले उल्लेख्य प्रगति गरेको दाबी गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरेका कार्यक्रम र उपलब्धिहरूले जिल्लालाई पशुपालन तथा पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउने दिशामा उल्लेखनीय फड्को मारेको दाबी छ ।कार्यालयका प्रमुख बज्रकिशोर ठाकुरका अनुसार यस वर्षलाई ‘उत्पादन विस्तार र सेवा सुदृढीकरणको वर्ष’का रूपमा मनाइँदै विभिन्न किसानमुखी गतिविधिहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिएको दाबी कार्यालयको छ । कार्यालयले यस वर्ष पशुपन्छी नियमन, निरीक्षण र उद्धारका क्षेत्रमा विशेष ध्यान दिएको जनाएको छ । बजारमा बिक्री हुने मासु, कुखुरा, माछा तथा दुग्धजन्य उत्पादन
काठमाडौं— काठमाडौं महानगरपालिकाले अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्न निर्देशन दिएको छ ।महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौं जिल्लाभित्रका सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना खाली गर्न महानगर र काठमाडौं उपत्यका विकास प्राधिकरणले सात दिने अल्टिमेटम दिएको हो ।नहटाए कारबाही गरी खाली गरिने जनाइएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.