समाज

    Showing 2,181-2,190 of 6,625 items.
  • २२ गते विश्वासको मत लिने मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको तयारी

    जनकपुर— मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले अब आउने २२ गत्ते शनिबार विश्वासको मत लिने भएका छन् ।हिजो मुख्यमन्त्री सोनलको निवासमा बसेको सात दलीय गठबन्धनको बैठकबाट विश्वासको मत लिने निर्णय भएको जनाइएको छ । मुख्यमन्त्री सोनलले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तार गर्नेभएका छन् । मन्त्रालयहरुको संख्यागत टुंगो लागिसके पनि मन्त्रालयको नाम टुंगो लाग्न बाँकी रहेको बताइएको छ । जसपा नेपालले भौतिक विकास मन्त्रालय समेत ४ र जनमत पार्टीले अर्थ सहित ३ मन्त्रालय भागवण्डा हुने निश्चित देखिएको छ ।यता, माओवादी केन्द्रले उर्जा, सिँचाइ तथा खानेपानी सहित दुई मन्त्रालय र नेकपा एकीकृत समाजवादीले उद

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 393 पटक पढिएको
  • बीपी र मध्यपहाडी राजमार्गमा सवारी साधन र यात्रुहरूलाई सचेत रहन आग्रह

    सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आजबाट कात्तिक १५ गतेसम्म जिल्लामा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सूचनाको आधारमा प्रशासनले सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्न निर्देशन जारी गरेको हो ।सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जारी गरेको सूचनामा बाढी, पहिरो र डुबानको जोखिम उच्च रहेकाले नागरिक, स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय सबैलाई सचेत रहन आग्रह गरिएको छ । सूचनामा वर्षा र बाढीका कारण हुन सक्ने मानवीय र भौतिक क्षति रोकथामका लागि सात बुँदे सावधानीका

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 84 पटक पढिएको
  • बीपी र मध्यपहाडी राजमार्गमा सवारी साधन र यात्रुहरूलाई सचेत रहन आग्रह

    सिन्धुली— जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आजबाट कात्तिक १५ गतेसम्म जिल्लामा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सूचनाको आधारमा प्रशासनले सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्न निर्देशन जारी गरेको हो ।सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जारी गरेको सूचनामा बाढी, पहिरो र डुबानको जोखिम उच्च रहेकाले नागरिक, स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय सबैलाई सचेत रहन आग्रह गरिएको छ । सूचनामा वर्षा र बाढीका कारण हुन सक्ने मानवीय र भौतिक क्षति रोकथामका लागि सात बुँदे सावधानीका

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 423 पटक पढिएको
  • नेपाल लाइफ इन्स्यारेसले इक्रा नेपालबाट प्राप्त ग¥यो डबल ए माइनस क्रेडिट रेटिङ

    काठमाडौं—  नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई इक्रा नेपालले डबल ए माइनस क्रेडिट रेटिङ प्रदान गरेको छ । जसले कम्पनीलाई वित्तीय दायित्वहरू समयमै चुक्ता गर्ने उच्च क्षमता तथा न्यून क्रेडिट जोखिम भएको संकेत गर्छ सन् २००१ मा स्थापना भएको यस कम्पनीले देशभर १९० भन्दा बढी शाखामार्फत सेवा प्रदान गर्दै आएको छ र जीवन बीमा बजारमा २५ प्रतिशतभन्दा बढी हिस्सा कायम राख्दै सबैभन्दा ठूलो कम्पनीको रूपमा रहेको छ । यही बजार नेतृत्व, ठूलो एजेन्सी सञ्जाल, अनुभवी व्यवस्थापन र संचालन दक्षताले कम्पनीको वित्तीय स्थायित्व मजबुद भएको इक्रा नेपालले जनाएको छ ।कम्पनीको दाबी भुक्तानी क्षमतासूचक सोल्भेन्स

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 401 पटक पढिएको
  • गुन्डा नाइके सानुभाइ ७ हजार धरौटीमा रिहा

    काठमाडौं—  गुण्डा नाइके युवराज गुरुङ उर्फ सानुभाइ धरौटीमा रिहा भएका छन् ।जेनजी प्रदर्शनपछि व्यवसायीलाई ‘धम्क्याएको’ आरोपमा असोज १९ गते टोखाबाट पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतको आदेश अनुसार ७ हजार धरौटीमा रिहा गरेको हो ।नुवाकोटको ककनी गाउँपालिका–५ घर भएर टोखास्थित सूर्यदर्शन हाइटमा बस्ने ३३ वर्षीय सानुभाइलाई अदालतको आदेश अनुसार थुनामुक्त गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश बस्नेतले जानकारी दिए ।उनी यसअघि पनि विभिन्न कसुरमा पटकपटक पक्राउ पर्दै छुट्दै आएका थिए । सानुभाइ कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगी हुन् । कुमार ‘घैँटे’ प्रहरी इन्काउन्टरमा मारिएका थिए ।

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 433 पटक पढिएको
  • दक्षिण कोरियामा ट्रम्प–सी वार्ता: व्यापार समझदारीतर्फ सकरात्मक संकेत

    काठमाडौं—  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा अमेरिका–चीनबीच व्यापार सम्झौताको सम्भावना रहेको संकेत गरेका छन् । दक्षिण कोरियाको बसानमा आयोजित २०२५ एपीइसी शिखर सम्मेलन पूर्व यो भेटवार्ता सम्पन्न भएको हो ।पत्रकारद्वारा सम्भावित व्यापार सम्झौताबारे सोधिएको प्रश्नमा राष्ट्रपति ट्रम्पले दुवै देशबीच सुमधुर समझदारी कायम रहने विश्वास व्यक्त गरे । ‘हामीबीच उत्कृष्ट बुझाइ छ । धेरै लामो समयसम्म हाम्रो सम्बन्ध शानदार रहनेछ,’ उनले भने । साथै, उनले राष्ट्रपति सीलाई ‘कडा वार्ताकार’ भन्दै प्रशंसा पनि गरे ।राष्ट्रपति सीले हालै दुवै देशका आर्थिक टोलीबीच प्रमुख

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 437 पटक पढिएको
  • सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

    काठमाडौं— नेपाली बजारमा आज(बिहीबार) सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला मूल्य २ लाख ३६ हजार ३ सय रुपैयाँ तय भएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार  भएको थियो ।त्यस्तै चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ प्रतितोला २ हजार ९८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 451 पटक पढिएको
  • दाउने सडकमा जामको समस्या अझै टरेन, यात्रुहरू सास्ती भोग्दै

    काठमाडौं— दाउने खण्डको सडकमा जामको समस्या लामो समयदेखि निरन्तर रहँदै आएको छ । दैनिक सयौं सवारी साधन आवागमन हुने यो मुख्य राजमार्गमा ट्राफिक व्यवस्थापन कमजोर र सडक मर्मतको ढिलाइका कारण यात्रुहरूले ठूलो सास्ती भोग्दै आएका छन् ।‎धनगढीबाट काठमाडौंतर्फ यात्रा गरिरहेका कमल बोहराका अनुसार यहाँबाट गाडी समयमा छुटे पनि दाउने पुग्नेबित्तिकै घण्टौंसम्म जाममा बस्नुपर्छ । कहिलेकाहीँ ४ देखि ५ घण्टासम्म सवारी अड्किन्छन् । उनका अनुसार यात्रुहरूलाई समयमा गन्तव्य पुग्न कठिन भइरहेको छ ।‎सरकारले यो सडक खण्डमा ध्यान नदिँदा समस्या झन् गम्भीर बन्दै गएको उनको गुनासो छ । बोहराले भने, ‘सायद नेताहरूले पनि यो बाटो हि

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 391 पटक पढिएको
  • बालुवाटार बैठकः सबै दलहरु निर्वाचनमा भाग लिन सहमत

    काठमाडौं— निर्वाचनको वातावरण बनाउनका लागि सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीच त्रिपक्षीय छलफल भएको छ ।बुधबार राति बालुवाटारमा  प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बसेको पहिलो त्रिपक्षीय बैठक बैठकमा विशेषगरी निर्वाचन सफल बनाउने तथा मुलुकमा सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका विषयमा विचारविमर्श भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । उनले निर्वाचन सबै दलहरुले भाग लि तयार रहेको प्रतिक्रिया बैठकमा दिएको भन्दै अधिकांश राजनीतिक दलले सरकार निर्वाचनका लागि अगाडि बढोस् हाम्रो साथ सहयोग रहन्छ भन्ने कुरा राखेको जानकारी दिए । उनले भने,

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 409 पटक पढिएको
  • नेकपा एसको केन्द्रीय समिति बैठक आज पनि जारी

    काठमाडौं— नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय समिति तेस्रो पूर्ण बैठक आज पनि जारी छ। बुधबारदेखि काठमाडौंको मिराकल भेन्युमा सुरु भएको बैठकको पहिलो दिन पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका थिए।राजनीतिक प्रतिवेदनमार्फत अध्यक्ष नेपालले वर्तमान सन्दर्भमा कम्युनिस्ट एकता आवश्यक भए पनि स्पष्ट वैचारिक र संगठनात्मक आधार नभई एकता सम्भव नहुने बताएका थिए। बैठक कात्तिक १४ गतेसम्म चल्नेछ। बैठकमा पार्टीले वैचारिक दृष्टिकोण र सैद्धान्तिक आधार स्पष्ट गर्ने, संगठन पुनर्गठनको कार्ययोजना तय गर्ने छ । त्यस्तै, वर्तमान नेतृत्व पुस्तान्तरणबारे निर्णय गर्ने तयारी पनि रहेको छ

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 435 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा