समाज

    Showing 2,181-2,190 of 11,025 items.
  • बाँकेमा ६ लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ

    काठमाडौं । बाँकेको नेपालगन्जमा प्रहरीले स्रोत नखुलेको करिब ६ लाख भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा नरैनापुरतर्फ जाँदै गरेको अटो रिक्सा जाँच गर्दा अवैध भारतीय ५०० र १००० दरका नोट फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।पक्राउ पर्नेमा नरैनापुर गाउँपालिका–५ का २९ वर्षीय वीरवल कुम्हार र सोही गाउँपालिका–४ का ३८ वर्षीय मुनिव खाँ रहेका छन्। बरामद रकम आन्तरिक राजस्व कार्यालय कोहलपुरमा बुझाइएको छ भने उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।त्यसैगरी, नेपालगन्जमा करिब रु ३ लाख ४६ हजार बराबरको भन्सार छलीका सामान पनि बरामद गरिएको छ। चुरोट, पान मसला, पेय

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • 170 पटक पढिएको
  • ९ दिनदेखि हराइरहेकी महिला मृत फेला

    तेह्रथुम— म्याङलुङ नगरपालिका-९ साब्ला कोप्चेकी एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।यही वैशाख १६ गतेदेखि हराइरहेकी ५३ वर्षीय दिलमाया तुम्बाहाङ्फे लिम्बू आज मृतावस्थामा भेटिएकी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मण ओलीले बताए ।सम्पर्कविहीन भएदेखि परिवार, आफन्त, छरछिमेक र प्रहरीले दिलमायाको खोजी कार्यजारी राखेका थिए । सो क्रममा बुधबार बिहान म्याङलुङ-९ स्थित कोप्चे र पाटीगाउँको सिमानामा पर्ने खोल्सामा लिम्बूको शव भेटिएको श्रीमान् धनबहादुर तुम्बाहाङ्फे लिम्बूले बताए ।शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ओलीले जानकारी दिए ।

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • 424 पटक पढिएको
  • कांग्रेस सह–महामन्त्री भन्छन्ः एमालेसँगको सहकार्य टुट्दैन

    धनगढी— नेपाली कांग्रेसका सह महामन्त्री प्रकाश रसाइलीले सुदूरपश्चिम प्रदेशमा अहिलेकै सत्ता गठबन्धन कायम रहने बताएका छन् ।शनिबारदेखि धनगढीमा हुने कांग्रेसको प्रदेश स्तरीय चुनावी समीक्षा कार्यक्रमको बारेमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सह–महामन्त्री रसाइलीले तत्काल सरकार नढल्ने सत्ता गठबन्धनमा पनि कुनै हेरफेर नहुने स्पष्ट पारेका हुन् । रसाइलीले मुख्यमन्त्रीका बारेमा पार्टीमा कुनै छलफल समेत बताए ।कांग्रेसले आयोजना गर्ने चुनावी समीक्षा कार्यक्रममा सभापति गगन थापा, उप सभापति विश्वप्रकाश शर्मालगायतका नेता सहभागी हुनेछन् ।कार्यक्रममा सुदूरपश्चिम प्रदेशबाट फागुन २१ गते सम्पन्न निर्वाचनम

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • 460 पटक पढिएको
  • मधेश प्रदेशमा पहिलो पटक न्यायिक महोत्सव हुँदै

    जनकपुर— मधेश प्रदेशमा पहिलो पटक न्यायिक महोत्सव हुने भएको छ ।कानुन दिवसको अवसरमा शनिबार जनकपुरधाममा उक्त महोत्सवको आयोजना हुन लागेको उच्च अदालत जनकपुरका कायममुकायम प्रमुख न्यायाधीश टेक नारायण कुँवरले जानकारी दिए ।शुक्रबार (आज) जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै प्रमुख न्यायाधीश कुंवरले उक्त महोत्सवबारे जानकारी दिएका छन् । उनका अनुसार उक्त महोत्सवमा उच्च अदालत जनकपुर र यस अन्तर्गत रहेका विरगञ्ज उच्च अदालत इजलास र सिरहा उच्च अदालत इजलासका साथै पुनरावेदन सुन्ने आठवटै जिल्लाका न्यायाधीश, सरकारी वकिल, कार्यालय प्रमुख, कर्मचारीहरुसहित नागरिक समाजको उपस्थिति हुनेछ ।जनकपुरधामस्थित महेन्द्र नारायण निधि

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • 496 पटक पढिएको
  • पर्यटन, सांस्कृतिक सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा सभामुख अर्यालको जोड

    काठमाडौं— प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले नेपालको कूटनीतिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन दिगो पर्यटन, सम्पदा संरक्षण र सुरक्षित कूटनीतिक अभ्यास आवश्यक रहेको बताएका छन् ।शुक्रबार नेपाल विश्व सम्बन्ध परिषद्को ७८औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै सभामुख अर्यालले नेपालको कूटनीतिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन सुरक्षित कूटनीतिक अभ्यास आवश्यक रहेको बताएका हुन् ।उनले वर्तमान विश्व परिवेशमा नेपालले अवसर र चुनौती दुवैको सामना गरिरहेको उल्लेख गरे ।उनले भने, ‘विश्वव्यापी रुपमा नेपाललाई कूटनीतिक र सांस्कृतिक सम्बन्धहरुलाई थप सुदृढ बनाउने पर्यटन क्षेत्रमा दिगो विकास र संरक्ष

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • 444 पटक पढिएको
  • मुगुमा निःशुल्क शैक्षिक सामग्रीले विद्यार्थीलाई राहत, दातृ संस्थाप्रति खुशी

    मुगु— मुगुको शैक्षिक गुणस्तर सुधार गर्ने र आर्थिक रुपमा बिपन्न तर जेहेन्दार विद्यार्थीहरुलाई शिक्षाको मूल प्रवाहमा ल्याउन शैक्षिक सामग्री निःशुल्क वितरण भइरहेको छ ।गुडनेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग र किडाक नेपाल मुगुद्घारा संचालित आइसीडिपी परियोजना अन्र्तगत शैक्षिक सामग्री वितरण हुँदै आएको हो ।‘हाम्रो मुगु, राम्रो शिक्षा’ अभियान अन्तर्गत छाँयानाथ रारा नगरपालिकलगायत चार स्थानिय तहका ६० विद्यालयका १४ सय १६ जान विद्यार्थीहरुलाई सन् २०१८ बाट यस्तो कार्यक्रम संचालन गरिरहेका हौं । ४ देखि १८ बर्ष उमेरसम्म सामूदायक बिद्यालयमा अध्यनरत प्रतिव्यक्ति २२ सय ३३ रुपैंयाँ का दरले प्रतिब्यक्तिलाई पोशाक

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • 475 पटक पढिएको
  • हेटौँडामा अवैध सालको काठसहित गाडी नियन्त्रणमा

    हेटौँडा— मकवानपुर प्रहरीले अवैध रूपमा ओसारपसार भइरहेको सालको काठसहित एक गाडी नियन्त्रणमा लिएको छ ।प्रहरीका अनुसार बिहान करिब १ः४० बजे प्राप्त विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय सानोपोखरा, हेटौँडाबाट खटिएको टोलीले चौघडाबाट हेटौँडा तर्फ आउँदै गरेको बा.२० च १८६१ नम्बरको योद्धा गाडीलाई हेटौँडा उपमहानगरपालिका–५, क्याम्पाडाँडामा रोकी जाँच गर्न खोजेको थियो ।प्रहरीलाई देखेपछि गाडी चालक फरार हुने प्रयास गर्दै भागेपछि टोलीले पछ्याउँदै हेटौँडा उपमहानगरपालिका–२, सानोपोखरा चोकस्थित भित्री सडकबाट गाडी नियन्त्रणमा लिएको हो ।गाडीको तलासीका क्रममा त्रिपालले छोपेर लुकाइ राखिएको अवस्थामा ४१ थान सालको काठ (

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • 454 पटक पढिएको
  • सर्लाहीमा ग्यास सिलिन्डर लिक भएर आगलागी, एक घर जलेर नष्ट

    सर्लाही— सर्लाहीको हरिवन नगरपालिका– १ बिलन्दी टोलमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी भई घर तथा घरभित्र रहेका सामान पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।शुक्रबार बिहान करिब ९ बजे स्थानीय दिवश बम्जनको काठले बनेको दुईतले घरको भान्सा कोठामा खाना पकाउने ग्यास सिलिन्डर लिक भई आगलागी भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम डिएसपी सरोज राईका अनुसार आगलागीबाट मानवीय तथा चौपाया क्षति नभए पनि घर, लत्ताकपडा, अन्नपात, भाडाकुँडा, गरगहना तथा फर्निचर पूर्ण रुपमा जलेर नष्ट भएको छ। उनका अनुसार क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको छ ।आगलागी इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीको

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • 433 पटक पढिएको
  • विश्व रेडक्रस दिवसः सोलुखुम्बुमा जीवनरक्षक भूमिकामा रेडक्रस

    सोलुखुम्बु— आज विश्व रेडक्रस दिवस मानवता, निष्पक्षता र सेवाको भावनालाई स्मरण गर्ने विशेष दिन। यही सन्दर्भमा दुर्गम हिमाली जिल्ला सोलुखुम्बुमा नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्य, राहत तथा विपद् व्यवस्थापनका क्षेत्रमा निरन्तर जीवनरक्षक भूमिका निभाउँदै आएको छ । विश्व रेडक्रस दिवसको अवसरमा जिल्लामा रेडक्रसले पुर्याउँदै आएको योगदान फेरि एकपटक चर्चामा आएको छ ।मानवता, निष्पक्षता र सेवाको भावनालाई आत्मसात् गर्दै रेडक्रसले विशेषगरी दुर्गम क्षेत्रका नागरिक तथा तीर्थयात्रीलाई लक्षित गरेर विभिन्न सेवा सञ्चालन गर्दै आएको छ । दुधकुण्ड मेलाको समयमा सञ्चालन हुने निःशुल्क स्वास्थ्य शिविर यसको प्रमुख उदाहरण बनेक

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • 541 पटक पढिएको
  • सुर्खेतमा सुकुम्बासीको प्रदर्शन

    सुर्खेत— कर्णालीका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरू सरकारको सुकुम्बासी हटाउने निर्णयविरुद्ध सडकमा उत्रिएका छन् । राष्ट्रिय भूमी अधिकार मञ्चको आयोजनामा जिल्लाका विभिन्न स्थानमा बसोबास गरिरहेका सुकुम्बासीहरु सडकमा उत्रिएका हुन् । वीरेन्द्रनगरको मंगलगढीचोकमा बाक्लो संख्यामा सुकुम्बासीहरु उपस्थित भएका छन् ।‘उठिबास होइन पुर्जा देऊ, पायौं सरकार खोजेको– पाएनौं न्याय सोचेको, विकल्पविना कसैको बास खोसी दिँदा तपाईं कति खुशी हुनुभया रु’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका भूमीहीन तथा सुकुम्बासीहरुले वीरेन्द्रनगर बजार परिक्रमापछि सभा आयोजना गर्ने बताएका छन् ।

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • 441 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.