समाज

    Showing 2,211-2,220 of 6,625 items.
  • प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु

    काठमाडौं— प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनमाथि सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ सुरु भएको छ।प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा. मनोजकुमार शर्माको सहभागितामा गठित संवैधानिक इजलासले सुनुवाइ प्रारम्भ गरेको हो।सर्वोच्च अदालतको एनेक्स भवनस्थित इजलासमा रिट निवेदक डा. प्रेमराज सिलवालले प्रारम्भिक बहस सुरु गरेका छन्। त्यस्तै वरिष्ठ अधिवक्ताहरू टीकाराम भट्टराई र शेरबहादुर केसी पनि सुनुवाइमा सहभागी भएका छन्।राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको सिफारिसमा गत भदौ २७ गते प्रतिनिधिसभा विघटन गरेका थिए। सो निर्णयविरु

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 430 पटक पढिएको
  • काठमाडौं बाहिरको विवरण संकलन गर्दै उच्चस्तरीय जाँचबुझ आयोग

     काठमाडौं— जेनजी प्रदर्शनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौं उपत्यकाबाहिरको क्षतिको विवरण संकलन कार्य सुरु गरेको छ ।आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलगायतको टोलीले काठमाडौं उपत्यका बाहिरको क्षतिको विवरण संकलन कार्य सुरु गरेको हो । आयोगले क्षतिको विवरण पठाउन यसअघि नै आग्रह गरे पनि प्रत्यक्ष अवलोकन गरेर विवरण संकलन कार्य सुरु गरेको आयोगका अध्यक्ष कार्कीले बताए । रौतहट, बारा र पर्सामा जेनजी प्रदर्शनका क्रममा भएको क्षतिको वस्तुस्थिति बुझ्न अध्यक्ष कार्कीले जिम्मा लिएका छन् । सो क्रममा उनी आज वीरगंज पुगेका छन् । आयोगका अध्यक्ष कार्कीले बाह्रखरीस

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 484 पटक पढिएको
  • उर्जामन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता

    काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरबीच भेटवार्ता भएको छ । अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं महासभामा भाग लिन नयाँ दिल्ली गएका मन्त्री घिसिङ र भारतका समकक्षी खट्ठरबीच बुधबार भेटवार्ता भएको हो । विद्युत मन्त्रमालयमा भएको भेटवार्तामा नेपाल–भारतबीचको ऊर्जासम्बन्धी सहकार्य, विद्युतव्यापार, प्रसारण लाइन विस्तार, भारतीय लगानीमा निर्माणाधीन जलविद्युत आयोजनाको प्रगति,दुवै देशबीच दीर्घकालीन ऊर्जाक्षेत्रमा साझेदारीलगायतका विषयमा विस्तृत छलफल भएको थियो । भेटमा भारतका लागि नेपालका राजदूतका

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 466 पटक पढिएको
  • इनरुवा—पूर्णिया र लम्की—बरेली अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम तथा शेयरहेल्डर सम्झौतामा हस्ताक्षर

    काठमाडौं— नेपाल र भारतबीच इनरूवा–पूर्णिया र लम्की –दोदोधारा–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम तथा शेयरहोल्डर सम्झौतापत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरको उपस्थितमा बुधबार नयाँ दिल्लीमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । हस्ताक्षर समारोहमा भारतका लागि नेपालका राजदूतका शंकर प्रसाद शर्मा, भारतका विद्युत सचिव पंकज अग्रवाल, विदेश मन्त्रालयका अतिरिक्त सचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सागरराज गौतमलगायतको उपस्थिति थियो ।&

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 453 पटक पढिएको
  • वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा समस्या

    काठमाडौं— वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणाली (एफपिआइएमएस)मा समस्या आएपछि श्रम स्वीकृतिका लागि आवेदन दिनेहरूलाई सास्ती भएको छ । मङ्गलबारदेखि उक्त प्रणालीमा समस्या आएपछि विभाग बाहिरबाट श्रम स्वीकृतिका लागि आवेदन दिनेहरूलाई समस्या उत्पन्न भएको विभागका सूचना अधिकारी टीकाराम ढकालले जानकारी दिए ।उनले भने, “एफपिआइएमएसमा समस्या आएकाले बाहिरबाट आवेदन दिने सेवाग्राहीलाई थप सास्ती भएको छ । अति जरुरी श्रम स्वीकृतिका लागि विभागमा आएकालाई हाम्रो अर्को प्रणालीबाट सेवा दिइरहेका छौँ । विभाग बाहिरबाट आवेदन दिनेको हकमा समस्या भइरहेको हो ।”त्यसैगरी, वेबसाइटमा देखिएको समस्या मङ्गलबारदेखि समाधान भएको व

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 430 पटक पढिएको
  • माओवादी केन्द्र र एकीकृत समाजवादी एकतामा हतार नगर्न नारायणकाजीको अपिल

    काठमाडौं— नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले आफ्नो पार्टी र नेकपा एकीकृत समाजवादीबीचको एकता समग्र कम्युनिस्ट आन्दोलनको रूपान्तरण एवं पुनर्गठन अभियानको प्रस्थानविन्दु बन्नुपर्ने बताएका छन्।दुई पार्टी विभाजन नहुने गरी एकता प्रक्रियामा सामेल हुने सुनिश्चित गरेर मात्र अघि बढ्नुपर्ने उनको भनाइ छ। त्यसैले यसमा हतार नगरी धैर्यतापूर्वक प्रयत्न गर्न उनले अपिल गरेका छन्। बुधबार बिहान सामाजिक सञ्जालमार्फत श्रेष्ठले भनेका छन्, ‘हतार गरेर न समग्र एकता न सार्थक पुनर्गठनको स्थिति नबनोस् भन्नेमा सचेत होऔँ।’यस्तो छ, उनको पूरा भनाइ-नेपाली कम्युनिस्ट आन्दोलनको वैचारिक(सांस्कृतिक रूपा

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 455 पटक पढिएको
  • राष्ट्रपति कार्यालयबाट दोलखा भीमेश्वरमा क्षमा पूजा

    रामेछाप— देश र जनतामाथि अनिष्ट भइरहेको भन्दै राष्ट्रपति कार्यालयको तर्फबाट दोलखास्थित ऐतिहासिक भीमेश्वर मन्दिरमा क्षमा पूजा र रुद्राविशेष गरिएको छ ।जीवित देवी कुमारीले दोलखा भीमेश्वरको सिलामा पसिना आएको तर कोही कसैले त्यसप्रति ध्यान नदिई पूजा नगरेका कारण राष्ट्रमा अनिष्ट भइरहेको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई गराएपछि राष्ट्रपति कार्यालयको तर्फबाट क्षमा पूजा गरिएको बताइएको छ ।भीमेश्वर गुठी व्यवस्थापन समितिका सचिव राजेन्द्र नारायण श्रेष्ठका अनुसार, भीमेश्वरको सिलामा पसिना आउनेबित्तिकै राष्ट्र प्रमुखको तर्फबाट बलि पूजा र क्षमा पूजा गर्ने परम्परा रहिआएको छ। तर, यसपटक कोरा पूजासहितको क्षमा प

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 421 पटक पढिएको
  • सोल्टी होटलको सञ्चालकको जिम्मा वायु सेवा निगमका दाहाललाई

    काठमाडौं— सोल्टी होटल लिमिटेडको संस्थापक सञ्चालकमा टंक निधि दाहाल नियुक्त भएका छन् । नेपाल वायु सेवा निगमका मार्केटिङ विभाग प्रमुख टंक दाहाललाई सञ्चालकमा नियुक्त गरिएको हो ।सोल्टी होटलको सञ्चालकमा दाहाललाई कात्तिक ११ गतेदेखि लागु हुनेगरी नियुक्त गरिएको छ । नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीको कार्यकाल समाप्त भएका कारण सञ्चालकमा दाहाललाई नियुक्त गरिएको होटलले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 476 पटक पढिएको
  • रुपान्तरण र पुस्तान्तरणसहितका मुद्दा सम्बोधनसँगै पार्टीभित्र आम एकता कायम गर्न महाधिवेशन आवश्यक छः नेता पौडेल

    काठमाडौं— नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले कांग्रेस रुपान्तरण र पुस्तान्तरणसहितका मुद्दा सम्बोधनसँगै पार्टीभित्र आम एकता कायम गर्न नियमित महाधिवेशन आवश्यक रहेको बताएका छन् । मंगलबार साँझ सामाजिक सन्जालमार्फत एक भिडियो वक्तव्य जारी गर्दै उनले जारी केन्द्रीय समिति बैठकमा आम कार्यकर्ताको भावना र जेनजी आन्दोलनका क्रममा उठेका मुद्दा सम्बोधन हुने गरेर नियमित महाधिवेशन गर्न विस्तृत प्रस्ताव प्रस्तुत गरेको बताए ।‘अहिले उठेका कांग्रेस रुपान्तरण र पुस्तान्तरणसहितका तमाम मुद्दा सम्बोधनसँगै आम कार्यकर्ताहरुको मनोबल उच्च पारेर आम निर्वाचनमा पार्टीलाई अझ प्रभावकारी नतिजा दिन नियमित महाधिवेशन आवश्य

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 450 पटक पढिएको
  • सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    काठमाडौं— नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ । मंगलबार तोलामा २ लाख ३७ हजार रुपैयाँ कायम भएको सुनको मूल्य बुधबार ७०० रुपैयाँ घट्दै तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी महासंघले जनाएको छ । महासंघका अनुसार तिहारपछि बजार खुलेसँगै सुनको मूल्य घट्दै आएको छ । यसैबिच बुधबार चाँदीको मूल्य भने बढेको छ । मंगलबार तोलामा २ हजार ९२० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार भने बढेर तोलामा २ हजार ९६५ रुपैयाँ कायम भएको हो ।  

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 425 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा