समाज

    Showing 2,241-2,250 of 6,625 items.
  • हिमपातको जोखिमः आगामी कात्तिक १४ सम्म अन्नपूर्ण बेसक्याम्प जान रोक

     म्याग्दी— जिल्लामा बढ्दो हिमपातको जोखिमलाई मध्यनजर गर्दै म्याग्दी जिल्ला प्रशासन कार्यालयले अन्नपूर्ण बेसक्याम्प (एबीसी) भ्रमणमा अस्थायी प्रतिबन्ध लगाएको छ। प्रशासनले आज बेलुकादेखि कात्तिक १४ गते बेलुकासम्म सम्पूर्ण यात्रु र पर्यटकलाई एबीसी नजान आग्रह गरेको हो।जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार कात्तिक १० देखि १२ गतेसम्म देशका विभिन्न भागमा सामान्यदेखि हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको जनाएको छ। सोही कारण म्याग्दीका उच्च पहाडी क्षेत्रहरूमा जोखिम बढेको प्रशासनले जनाएको छ।हाल जिल्लाभर वर्षा भइरहेको र अन्नपूर्ण बेसक्याम्प क्षेत्रमा हल्का हिमपात सुरु भइसकेको प्रमुख जिल्ला

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 471 पटक पढिएको
  • बंगालको खाडीमा ‘मोन्था’ चक्रवात सक्रिय भारत सहितका विभिन्न राज्यमा सर्तकर्ता अपाउन अनुरोध

    काठमाडौं ।  बंगालको खाडीमा शक्तिशाली आँधी ‘मोन्था’ चक्रवात सक्रिय भएको छ । भारतको मौसम विज्ञान विभागले आँधीको प्रभावका कारण आन्ध्रप्रदेशका तटीय जिल्ला तथा दक्षिण ओडिशामा बिहानैदेखि भारी वर्षा सुरु भएको जनाएको छ ।ओडिशाको गञ्जाम जिल्लामा समुद्र उग्र बनेको छ भने तीव्र हावा र वर्षा भइरहेको छ । आन्ध्रप्रदेशको विजयवाडामा पनि आँधीको प्रभावस्वरूप वर्षा परेको छ । यसैबीच, तमिलनाडुको चेन्नईसहित अन्य क्षेत्रमा पनि बिहानैदेखि वर्षा भइरहेको भारतीय मौसम विभागले जनाएको छ ।मौसम विभागका अनुसार आगामी तीन घण्टाभित्र चेन्नई, काञ्चीपुरम, कन्याकुमारी, रानीपेट, तेनकासी, थिरुवल्लुर, थूथुक्कुडी, तिरुनेलवेली, तिरुप

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 135 पटक पढिएको
  • कार दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

    सिन्धुली— बिपी राजमार्ग अन्तर्गत सुनकोसी गाउँपालिका–६, चैनपुरमा मङ्गलबार बिहान कार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.७ च.७५५४ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ४२ फिट तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनामा मोरङ, विराटनगर–१७ का ६५ वर्षीय ओमबहादुर अर्जेलको मृत्यु भएको हो।उनी स्वयं सो कारका चालकसमेत रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा उनकी श्रीमती ४९ वर्षीया सुनिता अर्जेल र छोरा ३१ वर्षीय निशान्त अर्जेल घाइते भएका छन्।दुर्घटनापछि स्थानीयवासी र प्रहरीको सहयोगमा तीनै जनालाई उद्धार गरी आत्मीय सामुदा

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 407 पटक पढिएको
  • देश जलिरहेको बेला आरोप–प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गरौँः महासचिव पोखरेल

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश जलिरहेको बेला आरोप–प्रत्यारोप नगरेर सत्य र न्यायको वकालत गर्र्न आग्रह गरेका छन् । उनले कांग्रेस महामन्त्री गगन थापाले गरेको टिप्पणीप्रति प्रतिक्रिया जनाउँदै अपराध र हिंसामा संलग्न सबैलाई कडाइका साथ कारबाही गर्नुपर्ने बताए । गगन थापाले केही दिनअघि एक अन्तर्वार्तामा आफूले आफ्नो घर एमालेका कार्यकर्ता र अध्यक्ष केपी ओलीसँग समेत पहुँच भएकाले लुटपाट र आगजनी भएको दाबी गरेका थिए । उक्त अभिव्यक्तिपछि महासचिव पोखरेलले आफ्नो सामाजिक सन्जाल फेसबुक मार्फत समाजमा फैलिएका आरोप–प्रत्यारोपबाट टाढा भई सत्य र न्यायको पक्षमा उभिन सबैलाई आह्वान गरेका छन्

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 164 पटक पढिएको
  • विकटता पन्छाउँदै विकासको बाटोमा अघि बढ्दै बाजुराको हिमाली गाउँपालिका

    बाजुरा— पहिले दुर्गम, पहुँचविहीन र विकासको लहरबाट टाढा रहेको बाजुराको हिमाली गाउँपालिका आज विकास र समृद्धिको उदाहरण बन्न पुगेको छ । हिमाली गाउँपालिकाले पछिल्लो समय विकटताको पर्खाल तोड्दै समग्र रूपमै रूपान्तरणको यात्रा अघि बढाएको छ ।अब गाउँका बासिन्दाले सडक, बिजुली, खानेपानी, इन्टरनेट, स्वास्थ्य, शिक्षा र कृषि जस्ता पूर्वाधारहरूको सेवा घर–दैलोमै पाउन थालेका छन् । स्थानीयहरूले विकासको प्रत्यक्ष अनुभूति गर्न थालेका छन् । पहिले हिँडेर दिनभर लाग्ने बाटो अहिले मोटरबाटोले जोडिएको छ ।गाउँपालिकाका ४, ५, ६ र ७ नम्बर वडामा सडक सञ्जाल पुगेको छ भने बाँकी १, २ र ३ वडामा पनि सडक विस्तारका काम तीव्र गतिमा भइर

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 421 पटक पढिएको
  • आज पनि घट्यो सुनचाँदीको मूल्य

    काठमाडौं— नेपाली बजारमा सुनको मूल्य मंगलबार पनि घटेको छ । आज सुन तोलामा २ हजार ९ सय रुपैयाँले  घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आज सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँ निर्धारण भएको छ । सोमबार सुन २ लाख ३९ हजार ९००  रुपैयाँमा कारोवार भएको थियो ।  त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ६० रुपैयाँले घटेको हो । सोमबार २ हजार ९ सय ८० रुपैयाँमा कारोवार भैइरहेको चाँदी आज २ हजार ९ सय २० रुपैयाँमा कारोवार भैइरहेको छ । 

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 427 पटक पढिएको
  • एसवाई प्यानल लिमिटेडले कात्तिक १९ देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

    काठमाडौं— एसवाई प्यानल लिमिटेडले कात्तिक १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ४० लाख ७६ हजार १५६ कित्ता साधारण शेयर जारी गरेको हो ।यसमध्ये २ लाख ४८ हजार ५४६ कित्ता सामूहिक लगानी कोषका लागि र १ लाख ४९ हजार १२७ कित्ता कर्मचारीका लागि छुट्याइएको छ । उद्योग प्रभावित वासिन्दा र बैदेशीक रोजगारीमा रहेकाहरुलाई शेयर बाँडफाँड गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणमा शेयर जारी गर्न लागेको हो ।लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू, साथै मेरो शेयर

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 435 पटक पढिएको
  • मुस्ताङमा भारी हिमपात भएपछि जनजिवन प्रभावित

    काठमाडौं— हिमाली जिल्ला मुस्ताङमा भारी हिमपात परिरहेको छ । हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । हिमपात भएपछि स्थानीय प्रशासनले यात्राको योजना नबनाउन सबैमा आग्रह गरेको छ ।  गएरातिदेखि भएको हिमपातका कारण मुस्ताङका मुक्तिनाथ दर्शन गर्न गएकाहरु यतिवेला अप्ठेरोमा परेका छन् ।स्थानीय प्रशासनले मुक्तिनाथसम्मको यात्रा नगर्न अनुरोध गरेको छ । उक्त सडकमा बाक्लो हिमपात भएका कारण सडक दुर्घटनाको जोखिम रहेको उल्लेख गर्दै मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीहरूलाई यस्तो आग्रह गरिएको हो ।मुस्ताङका साथै अहिले म्याग्दी, पर्वत, बागलुङका विभिन्न क्षेत्रमा वर्षा सुरु भएको छ भने उच्च भेगमा हिमपात भइरहेको

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 465 पटक पढिएको
  • जेनजी आन्दोलनका बेला नक्खु कारागारबाट भागेका युवक पक्राउ

    काठमाडौं— जेनजी आन्दोलनका बेला ललितपुरस्थित नक्खु कारागारबाट भागेका थप एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।प्रहरीका अनुसार भदौ २४ गते नक्खु कारागारबाट फरार कर्तव्य ज्यान मुद्दाका २० वर्षीय युनिक लामालाई सोमबार काठमाडौंको गुह्येश्वरी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। उनलाई नक्खु कारागार ललितपुर पठाइएको प्रहरीले जनाएको छ। 

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 409 पटक पढिएको
  • रामेछापको मन्थलीबाट काँकडभिट्टा जाँदै गरेको रात्रि बस झापामा दुर्घटना, १९ जना घाइते

    रामेछाप—  रामेछापको मन्थलीबाट काँकडभिट्टा तर्फ जाँदै गरेको यात्रुबाहक रात्रि बस झापाको शिवसताक्षि नगरपालिका–१० माईधार चौक नजिक दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।अस्थायी प्रहरी चौकी माईधारका अनुसार प्र.१–०१–००१ क ४२०९ नम्बरको बस मंगलबार बिहान करिब ४ बजे अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल बायाँपट्टि पल्टिँदा दुर्घटना भएको हो।बसमा २५ जना सवार रहेका मध्ये १९ जना घाइते भएका छन् भने बाँकी ६ जना यात्रु सकुशल भएकाले आफ्नो  गन्तव्यतर्फ गएका छन्। घाइतेहरूलाई प्रारम्भिक उपचारपछि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार बस चालक झापा मेचिनगर नगरपालिका–६ का

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 454 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा