समाज

    Showing 2,251-2,260 of 11,025 items.
  • बाजुराका युवाको अन्तर्राष्ट्रिय सफलता: बिक्रम बहादुर सिंह अमेरिकी सेनामा भर्ना भई प्रशिक्षण सम्पन्न

    बाजुरा— बाजुरा जिल्ला, बुढीगंगा नगरपालिका–९ का युवा बिक्रम बहादुर सिंहले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हासिल गरेका छन् । उनी अमेरिकी सेनामा भर्ना भई आधारभूत सैन्य तालिम सफलतापूर्वक सम्पन्न गर्न सफल भएका छन् ।बाजुराबाट अमेरिकी सेनामा भर्ना भई तालिम पूरा गर्ने उनी सम्भवतः पहिलो व्यक्ति भएको बताइन्छ । बिक्रमको यस उपलब्धिले उनको परिवार मात्र होइन, समग्र बाजुरा जिल्लालाई नै गौरवपूर्ण बनाएको छ । साथै, उनको सफलता अन्य युवाहरूका लागि प्रेरणादायी उदाहरण बनेको छ ।इन्जिनियरिङ क्षेत्रमा प्राविधिक भूमिकामा कार्यरत बिक्रमले कडा प्रतिस्पर्धा र चुनौतीपूर्ण सैन्य प्रशिक्षण पार गर्दै यो सफलता हासिल गरे

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • 909 पटक पढिएको
  • ‘१२ गाउँ २’ को औपचारिक छायांकन सुरु

    काठमाडौं— नेपाली एक्सन फिल्मको सफल श्रृंखला ‘१२ गाउँ’ को सिक्वेल ‘१२ गाउँ २’ को औपचारिक छायांकन सुरु गरिएको छ । निर्देशक बिराज भट्टको निर्देशनमा बन्न लागेको फिल्मको सुटिङ बुधबारदेखि गीत छायांकनबाट सुरु गरिएको हो ।फिल्मको छायांकन काठमाडौं, सिन्धुपाल्चोक र चितवनलगायत विभिन्न स्थानमा हुने निर्माण टिमले जनाएको छ । दशैंको अवसर पारेर फूलपातीमा फिल्म रिलिज मिति राखिएको छ ।फिल्ममा बिराज भट्टसँगै समिर भट्ट, अनुप विक्रम शाही, काफिया शाही, वर्षा इटानी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, साहित सिंह ठकुरी र पूर्णबहादुर गन्धर्वलगायत कलाकारहरूको अभिनय

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • 436 पटक पढिएको
  • कैलालीका जनप्रतिनिधिले भने ऐलानीमा बसेकालाई हटाउन सक्दैनौं

    धनगढी— कैलालीका स्थानीय तहले संघीय सरकारले भने अनुसार सरकारी जग्गामा बसेका नागरिकलाई हटाउन नसकिने अडान राखेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीले मंगलबार गरेको छलफलमा स्थानीय तहका प्रमुखहरुले एलानी जग्गामा लामो समयदेखि बसोवास गरेका नागरिकलाई हटाउन नसक्ने बताएका हुन् ।सरकारी निकाय, गैर सरकारी निकायको नाममा भएको जमिन वा ८–१० बर्ष यता वन क्षेत्र ओगटेर बसोबास गरेका नागरिकलाई हटाउन सकिने भएपनि सबै ऐलानी जग्गामा बसोबास गरेका नागरिकलाई विस्थापित गर्न नसकिने अडान स्थानीय जनप्रतिनिधिले राखेका हुन् ।‘गृह मन्त्रालयको निर्देशन कार्यान्वयन गर्नुपर्यो भनेर छलफल राखिएको थियो,’ कैलालीको बर्दगोरिया गाउँपालि

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • 440 पटक पढिएको
  • रिलायन्स स्पिनिङ्ग मिल्सको नाफा १७.७ प्रतिशत घट्यो

    काठमाडौं— नेपालको सबैभन्दा ठूलो धागो उत्पादक कम्पनी रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणले कम्पनीको आम्दानीमा सामान्य वृद्धि भए पनि नाफामा उल्लेखनीय गिरावट आएको देखाएको छ ।चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीले ७ अर्ब ४६ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको ७ अर्ब ३९ करोड रुपैयाँको तुलनामा झिनो वृद्धि हो । तर, उत्पादन लागत बढ्दै ६ अर्ब ५१ करोड रुपैयाँ पुगेपछि यसको प्रत्यक्ष असर नाफामा परेको छ ।कम्पनीको खुद नाफा १७.७ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको चैतसम्म ३२ करोड ४

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • 450 पटक पढिएको
  • ‘सुरक्षा निकाय नै असुरक्षित हुँदा नागरिकको सुरक्षा चुनौतीपूर्ण’

    हेटौँडा— बागमती प्रदेशको हेटौँडामा ‘व्यवसाय र मानव अधिकार’विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।बुधबार सम्पन्न कार्यक्रममा व्यवसायिक क्षेत्रभित्र हुने मानवअधिकार उल्लङ्घनका घटना, चुनौती र समाधानका उपायबारे व्यापक छलफल गरिएको थियो।कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीले पछिल्लो समय मकवानपुरका विभिन्न क्षेत्रमा मानवअधिकार उल्लङ्घनका घटना बढ्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले होटल, डान्सबारदेखि सिमेन्ट उद्योगसम्मका क्षेत्रमा श्रमिक शोषण, असुरक्षित कार्य वातावरण तथा महिला र बालबालिकामाथि हुने दुव्र्यवहारका घटना देखि

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • 531 पटक पढिएको
  • खुर्कोटदेखि काभ्रेको भकुण्डेबेँसीसम्मको सडक खण्ड साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक

    रामेछाप— बिपी राजमार्ग अन्तर्गतको सिन्धुलीको खुर्कोटदेखि काभ्रेको भकुण्डेबेँसीसम्मको सडक खण्ड साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ ।जिल्ला प्रशासन कार्यालय काभ्रेले मंगलबार सूचना जारी गर्दै उक्त समयमा सवारी आवागमनमा पूर्णरूपीमा रोक लगाइएको जनाएको छ । सो समयको यात्रामा जोखिम हुने भएको भन्दै प्रशासनले यातायात सञ्चालनमा रोक लगाएको हो ।सो अवधि बाहेक पनि पानी पर्ने बित्तिकै रोशीखोलामा आउन सक्ने बाढी र मौसमको अवस्था मध्यनजर गरी आवश्यकताका आधारमा सडक आवागमनमा जुनसुकै बेला अलपकालीन अवधिका लागि रोक लगाउन सकिने काभ्रे प्रशासनले जारी गरेको विज्ञप्तमा उल्लेख छ ।सोमबार राति रोशीखोल

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • 152 पटक पढिएको
  • कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै

    काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज बस्दै छ ।बैठक पार्टी कार्यालय ललितपुरमा आज दिउँसो ३ बजे बस्ने भएको हो ।बैठकमा समसामयिक विषय र पार्टी गतिविधिबारे छलफल हुनेछ ।

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • 539 पटक पढिएको
  • आगामी आर्थिक वर्षको बजेट तर्जुमा अगावै ‘पूर्व बजेट छलफल’को आयोजना गर्ने

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी आर्थिक वर्ष २०८३/०८४को बजेट तर्जुमा अगावै ‘पूर्व बजेट छलफल’ को आयोजना गर्ने भएको छ ।सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा आज दिउँसो ४ बजे हुने उक्त कार्यक्रम आयोजना गरेको हो ।छलफलमा अर्थमन्त्री डा।स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल को सहभागिता हुने छ ।

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • 428 पटक पढिएको
  • नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित

    काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन् ।महासंघमा सम्पन्न निर्वाचनमा श्रेष्ठले ६३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी शिवहरी घिमिरेले ६० मत प्राप्त गरेका थिए ।श्रेष्ठ वर्तमान उपाध्यक्ष हेमराज ढकाल समूहबाट निर्वाचित भएका हुन् भने घिमिरे भावी अध्यक्ष अन्जन श्रेष्ठ समूहबाट उम्मेदवार बनेका थिए ।महासंघको नयाँ नेतृत्व चयनसँगै आगामी कार्यदिशा र निजी क्षेत्रको भूमिका थप सक्रिय हुने अपेक्षा गरिएको छ ।

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • 436 पटक पढिएको
  • इञ्जिनियरिङमा स्नातकोत्तर गरेकालाई पनि बीमा प्राधिकरणको नेतृत्वमा बाटो खुल्यो

    काठमाडौं— नेपाल बिमा प्राधिकरणको सञ्चालक समिति अध्यक्ष वा सदस्य बन्न अब इञ्जिनियरिङ विषयमा स्नातकोत्तर उत्तीर्ण व्यक्तिहरू पनि योग्य हुने भएका छन् । सरकारले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ मार्फत बिमा ऐन २०७९ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।यसअघि बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा स्नातकोत्तर उपाधि र सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय अनुभव अनिवार्य थियो । संशोधनपछि उक्त सूचीमा इञ्जिनियरिङ विषय पनि थपिएको छ ।साथै, अध्यक्ष वा सदस्य बन्न उच्च नैतिक चरित्र भएको र कानुनअनुसार

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • 442 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.