समाज

    Showing 2,271-2,280 of 6,625 items.
  • किस्ट अस्पतालमा गर्भवतीको मृत्युपछि अवस्था तनावग्रस्त, भिड नियन्त्रणमा समस्या

    काठमाडौं । ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पतालको अवस्था तनावग्रस्त भएको छ । उपचारको क्रममा सुत्केरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त भएको हो । अस्पताल परिसरमा ढुंगामुढासहित तोडफोड गरिँदा केही व्यक्ति घाइते समेत भएका छन् ।अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले आज पनि प्रदर्शन गरेपछि अस्पतालमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् । प्रहरीले अस्पताल घेरेर राखेको छ भने बाहिर ठूलो संख्यामा मृतकका आफन्त र परिवारका सदस्यहरु भेला भएका छन् । गत शुक्रबार मीना राईको सुत्केरी गराउने समयमा मृत्यु भएको थियो । अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तह

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 144 पटक पढिएको
  • उपचारका लागि देउवा दम्पती आज सिंगापुर जाँदै

    काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणासहित उपचारका लागि सोमबार सिंगापुर जाँदैछन् ।उनीहरू उपचारका लागि सोमबार राति ९ बजे सिंगापुर जाँदै छन्।गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनीहरूमाथि सांघातिक आक्रमण गरिएको थियो।जेन जी आन्दोलनको दोस्रो दिन देउवा दम्पतीमाथि कुटपिट भएको थियो र देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको छ।देउवाले स्वास्थ्यको कारण देखाउँदै असोज २८ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएका थिए।जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा नदेखिएका देउवा सोही दिन केन्द्रीय कार्यालयमा उपस्थित भएका थिए ।यस्तै ऊर्जा,जलस्रोत तथा सिन्चाइ,भौतिक पूर्वाधार तथा

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 447 पटक पढिएको
  • सुनापति गाउँपालिकाको चौथो अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु

    रामेछाप । सुनापति गाउँपालिकाको चौथो अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता–२०८२ सुरु भएको छ । आइतबारबाट सुरु भएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले उद्घाटन गरेका हुन् । सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसीका अनुसार प्रतियोगितामा ११ टिमले भाग लिएका छन् । सुनापति गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख, तेस्रो हुनेले ५० हजार र सान्त्वना हुनेले २५ हजार रुपैँया नगद पुरस्कार, सिल्ड मेडल र प्रमाणपत्र पाउने छन् । उत्कृष्ट खेलाडीले नगद ५ हजार पुरस्कार पाउने छन् ।ग

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 182 पटक पढिएको
  • प्रादेशीक अस्पताल मलंगवामा सरकारी सम्पत्तिको दुरुपयोग प्रकरणमा छानबिन समिति गठन

    सर्लाही । प्रादेशीक अस्पताल मलंगवामा सरकारी सम्पत्तिको दुरुपयोग भएको प्रकरणमा छानबिन गर्न समिति गठन भएको छ । सर्लाहीको सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा कार्यरत मेसु (मेडिकल सुपरिन्टेन्डेन्ट) संजीव कुमार सिंहले सरकारी सम्पत्ति निजी प्रयोजनका लागि प्रयोग गरेको भन्ने समाचार सार्वजनिक भएको थियो ।उक्त समाचार बाहिरिएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले छानबिन समिति गठन गरेको हो । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी शिव हरी पोखरेलको हस्ताक्षरमा आइतबार जारी पत्रका अनुसार उक्त विषयको सत्यतथ्य पत्ता लगाउन तीन सदस्यीय छानबिन समिति बनाइएको हो ।समितिको संयोजकमा जिल्ला प्रशासन कार

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 125 पटक पढिएको
  • छठ पर्वमा हेटौंडाका किसानलाई अदुवा विक्रीबाट आम्दानी

    मकवानपुर ।  छठ पर्वको अवसरमा हेटौंडका किसानहरूले यस वर्ष अदुवा विक्रीबाट राम्रो आम्दानी गरेका छन् । छठ पर्वमा अदुवाको बोट (स्याउला) चढाउने परम्पराका कारण बोटसहित अदुवाको माग उल्लेख्य रूपमा बढेको छ । यसले किसानलाई राम्रो आम्दानीको अवसर दिएको छ ।हेटौंडा ६ का स्थानीय किसान युवराज तिमल्सिनाका अनुसार हेटौंडाका किसानहरूले करिब तीन क्विन्टल अदुवा बोटसहित बिक्री गरेका छन् । “प्रति किलो ८० रुपैयाँमा स्याउलासहित अदुवा बिक्री भयो,” उनले बताए । तिमल्सिनाले एक क्विन्टल अदुवा बिक्री गरेका हुन् भने बाँकी दुई क्विन्टल अन्य किसानहरूले बिक्री गरेका छन् । व्यापारीहरू बिरगन्ज, कलैया लगायतका सहरबाट

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 148 पटक पढिएको
  • हेटौंडामा भव्य तयारीसहित छठ पर्व मनाइँदै, करिब ६० हजार भक्तजन उपस्थितिको अनुमान

    हेटौंडा । धार्मिक आस्था, सांस्कृतिक एकता र सामाजिक सद्भावको प्रतीक मानिने छठ पर्व आज तराईका विभिन्न जिल्ला सहित पहाडी क्षेत्रमा पनि श्रद्धा र उत्साहका साथ मनाइँदैछ । तराईको यो प्रमुख पर्व अब सबै समुदायले साझा उत्सवका रूपमा मनाउन थालेका छन् ।हेटौंडामा विगत ३५ वर्षदेखि निरन्तर रूपमा छठ पर्व मनाउने परम्परा रहेको छ । यस वर्ष पनि हेटौंडा उपमहानगरपालिका–१ स्थित राप्ती खोलाको किनारमा भव्य तयारी गरिएको छ ।आयोजक संयुक्त मधेशी समाज मकवानपुरका सचिव नन्दलाल दासका अनुसार करिब ६५० फिट लम्बाइ र २० फिट चौडाइको विशाल पण्डाल निर्माण गरिएको छ । साथै, २५ वटा व्यवसायिक स्टल पनि स्थापना गरिएको छ । पूजास्थलको मध्य भ

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 146 पटक पढिएको
  • जेनजी आन्दोलनमा क्षति पुगेको हायात रिजेन्सी होटल पुनः सञ्चालनमा आउन एक वर्ष लाग्ने

    काठमाडौं—  पाँचतारे होटल तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (हायात रिजेन्सी काठमाडौं) ले जेनजी आन्दोलनका क्रममा होटलमा व्यापक क्षति पुगेको बताउँदै पुनःनिर्माणपछि करिब एक वर्षमा सञ्चालनमा आउने जनाएको छ ।होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठद्वारा जारी विज्ञप्तिमा आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीबाट होटलका अतिथि कक्ष, कार्यकक्ष, रिसेप्सन, लबी, रेष्टुरेन्ट, बैंक्वेट, चैत्यलगायत संरचनामा ठूलो क्षति पुगेको उल्लेख छ । सोही कारण होटल हाल पूर्ण रूपमा बन्द रहेको जनाएको छ ।विज्ञप्तिमा भनिएको छ, “हाल क्षतिको पूर्ण मूल्यांकन भइरहेको छ । मूल्यांकनपछि होटलको स्तरोन्नति र पुनर्निर्माण गरी

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 422 पटक पढिएको
  • स्वास्थ्य मन्त्री शर्माले लिइन् जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

    काठमाडौं— नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) को अवलोकन गरेकी छन् । उनले अवलोकनका क्रममा जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् ।मन्त्री शर्मा गौतमले अस्पताल पुगेर तीन जना घाइते भेटेकी थिइन् । उनले भनिन्, ‘म टिचिङ अस्पतालमा घाइतेहरूको अवस्था बुझ्न आएकी हुँ। जेनजी आन्दोलनमा घाइते भएका तीन जना यहाँ हुनुहुँदो रहेछ । उहाँहरूको उपचारमा कुनै कमी छैन, राम्रोसँग उपचार भइरहेको छ ।’उनका अनुसार तीन जना मध्ये दुई जनाको स्वास्थ्य अवस्था सुधारोन्मुख छ भने एक जनाको हड्डी भाँचिएको र प्लास्टि

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 464 पटक पढिएको
  • बाजुराको कोल्टी आधारभूत अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

    बाजुरा— बाजुराको पुर्वि उत्तरी क्षेत्रको बुढिनन्दा नगरपालिका १ कोल्टीमा रहेको कोल्टी आधारभूत अस्पतालमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । दुर्गमका नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै शिविर सञ्चालन गर्न लागिएको बुढिनन्दा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ओमजंग शाहीले बताए । उनका अनुसार,एक एक पाइला, गेटा आँखा अस्पताल र बुढीनन्दा नगरपालिका बीचको समन्वयमा शिविर सञ्चालन गर्न लागिएको हो ।शिविर सञ्चालनले दुर्गमका नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुग्ने विश्वास लगिएको शाहीले बताएका छन् । साथै माथिल्लो क्षेत्रका ४ वटा स्थानीय तहका नागरिक संगै छिमेकी जिल्ला हुम्ला,मुगु, कालिक

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 433 पटक पढिएको
  • कांग्रेस महामन्त्री गगन थापाद्वारा छठ पर्वको शुभकामना, यस वर्ष सार्वजनिक कार्यक्रममा सहभागी हुन नसक्ने जानकारी

    काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै यस वर्ष दशैं, तिहार र नेपाल संवत्का साथै छठ पर्वका सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन नसकेको जानकारी दिएका हुन् ।थापाले काठमाडौं र मधेशका छठ पर्व आयोजकहरूलाई निम्तो दिएकोमा आभार व्यक्त गर्दै क्षमायाचना पनि गरेका छन् । उनले लेखेका छन्, ‘मलाई निम्तो गर्नु भएका काठमाडौं र मधेशका सबै छठ आयोजक मित्रहरूलाई हार्दिक आभार प्रकट गर्दछु । यो वर्ष सहभागी हुन नसक्ने भएकाले क्षमा चाहन्छु ।’महामन्त्री थापाले आगामी वर्ष सबैसँग मिलेर छठ पर्व मनाउने इच्छा व्यक्त ग

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 436 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा