काठमाडौं— अखिल नेपाल फुटबल संघ (एन्फा)ले फागुन २४ गते केन्द्रीय कार्यालयमा लगाइएको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा यही २४ गते सार्वजनिक बिदाको दिन कुनै पूर्व जानकारी र संवाद बिना अप्रत्याशित रूपमा गरिएको तालाबन्दीप्रति एन्फाले गम्भीर ध्यानाकर्षण गराएको हो ।‘अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा मिति २०५२ फागुन २४ गते, सार्वजनिक विदाको दिन सदस्य संस्था ‘नेपाल फुटबल खेलाडी संघ’ बाट कुनै पूर्व जानकारी र संवाद बिना अप्रत्याशित रूपमा गरिएको तालाबन्दीप्रति एन्फाको गम्भीर ध्यानाकर्षण भएको छ
काठमाडौं— सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभामा नवनिर्वाचित सदस्यले शपथ लिएका छन् । गत माघ ११ गते भएको राष्ट्रियसभा सदस्य निर्वाचनबाट निर्वाचित भएका १८ मध्ये १७ जना सदस्यलाई आज आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शपथ गराए ।कुल ५९ सदस्य रहेको राष्ट्रियसभाका सदस्यको पदावधि छ वर्षको हुने र एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ ।कार्यक्रममा सभा नवनिर्वाचित सदस्यहरु खम्मबहादुर खाती, गीता देवकोटा, चन्द्रबहादुर केसी, जगत तिमल्सिना, धर्मेन्द्र पासवान, प्रेमप्रसाद दङ्गाल, महन्थ ठाकुर, रञ्जित कर्ण, रामकुमारी झाँक्री, रेखाकुमारी झा, र
नेपालगञ्ज— कर्णाली तथा दुर्गम जिल्लाका नागरिकले वर्षौंदेखि भोग्दै आएको यातायातको समस्या केही सहज हुने संकेत देखिएको छ। केही दिनअघि नेपालगञ्जमै जहाज राखेर नियमित हवाई सेवा सञ्चालन गर्न माग उठाएका जेनजी अनिल बानियाको पहलपछि यसतर्फ महत्वपूर्ण कदम अघि बढाइएको हो।उक्त पहलपछि नेपाल एयरलाइन्सले नेपालगञ्ज र सुर्खेतबाट दैनिक उडान सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको जानकारी दिइएको छ। यस निर्णयसँगै दुर्गम क्षेत्रका हजारौँ नागरिकलाई आवतजावतमा सहजता हुने अपेक्षा गरिएको छ।कर्णाली र आसपासका दुर्गम जिल्लाका बासिन्दाले लामो समयदेखि स्वास्थ्य उपचार, शिक्षा तथा अन्य अत्यावश्यक कामका लागि यात्रा गर्दा ठूलो कठिनाइ
काठमाडौं । नेपाली बजारमा आज (सोमबार)सुनको मूल्य ३ हजार ७ सय रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख १३ हजार २०० रुंपैयाँमा कारोबार भइरहेको छ ।आइतबार सुनको मूल्य ३ लाख १६ हजार ९ सय रुंपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी मूल्य प्रतितोला ६५ रुपैयाँले घटेको हो ।आज चाँदी मूल्य तोलामा ५ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।
पर्सा— १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगंज महानगरपालिका–१५ भेडियाही बस्ने ५० वर्षीय भुटन साह भन्ने रामजनम साहलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।साहले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी भिष्वाडाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा बिहानैदेखि श्राद्ध गर्ने भक्तजनहरूको चहलपहल देखिन्छ । यही भीडभाडको मौका छोपी दुई जना महिला कुचो बोकेर सफाइकर्मीको भेषमा त्यहाँ देखा पर्छन् । उनीहरूले पितृकार्य गर्न आएका मानिसहरूसँग जबर्जस्ती पैसा माग्ने गर्छन् । पैसा नदिए गालीगलौज गर्ने र दुःख दिने गरेको गुनासो छ ।श्राद्ध गराइरहेका पण्डितहरू समेत यस व्यवहारबाट वाक्कदिक्क भएका छन् । उनीहरूका अनुसार विरोध गरेमा श्राद्धका लागि ल्याइएका सामग्रीसमेत फालिदिने धम्की दिइन्छ । बाध्य भएर सहनुपरेको पण्डितहरूको भनाइ छ ।हिन्दू धर्मावलम्बीहरूका लागि यो स्थल केवल एउटा मन्दिर होइन आस्थाको केन्द्र,जीवन–मरणसँग गाँसिएको पवित्
काठमाडौं— बूढानीलकण्ठ नगरपालिका–१० कपन बालुवाखानी नगर अस्पताल नजिक झ्याङमा एक जना पुरुष मृतावस्थामा फेला परेका छन् ।वेवारिसे अवस्थामा अन्दाजी ४० वर्षीय पुरुष मृतावस्थामा फेला परेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
झापा । झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि हातपात गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।गौरादह–५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भिष्म सिटौलाले आइतबार साँझ करिब ७ः३० बजे मादक पदार्थ सेवन गरेर मेयर सुवेदीको घरमै पुगेर गालीगलौज तथा हातपात गरेको प्रहरीले जनाएको छ ।मेयर सुवेदीका अनुसार सिटौला घरमै आएर विवाद गर्दै आफूलाई बाहिर निस्कन भन्दै हातपात गरेका थिए ।प्रहरी चौकी महारानीझोडाबाट प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले सिटौलालाई नियन्त्रणमा लिएको हो । उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । प्रहरी
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन–२०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुईतिहाइ बहुमत ल्याएपछि शेयर बजारमा अभूतपूर्व उत्साह देखिएको छ । स्थिर सरकार बन्ने र नीतिगत स्थिरता आउने अपेक्षासहित लगानीकर्ताले आक्रामक रूपमा शेयर किन्न थालेपछि सोमबार खुलेको बजारमा लगातार तीन सर्किट लागेको हो ।बजार खुलेको एक मिनेटमै नेप्से ४ प्रतिशतले बढ्दै पहिलो सर्किट लाग्यो र २० मिनेटका लागि कारोबार स्थगित गरियो । त्यसपछि खुलेको बजारमा फेरि एक मिनेटमै नेप्से ५ प्रतिशत पुगेपछि दोस्रो सर्किट लाग्दै ४० मिनेटका लागि कारोबार रोकियो । पुनः खुलेको बजारमा अर्को एक मिनेटमै थप १ प्रतिशत बढेर कुल ६ प्रतिशत पुगेपछि
काठमाडौं । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सोमबार बसेको बैठकमा समितिबाट पदावधि समाप्त भएका सदस्यहरूले आफ्नो कार्यकालको अनुभव आदान–प्रदान गरेका छन् ।बैठकमा बोल्दै समितिका सदस्य गोपी बहादुर सार्की आछामीले आफूहरूले कार्यकालमा गरेका कामप्रति सन्तुष्टि व्यक्त गरे । उनले समितिले विभिन्न विधेयकहरू पारित गराएको र केही विधेयकहरू कानुनी प्रक्रिया पूरा गर्दै विचाराधीन अवस्थामा रहेको उल्लेख गरे ।उनले भने, ‘हामीले जति काम गर्यौं, त्यसले केही हदसम्म सन्तुष्टि दिने शैलीको काम गर्यौं जस्तो लाग्छ । कतिपय विधेयकहरू हामीले पास गर्यौं, कतिपय विधेयकहरू कानुनी रूप पाएर विचाराधीन पनि छन् । यो एउटा चुनौत
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.