काठमाडौं— काठमाडौंको तीन कुने चोकबाट ३ जनालाई पक्राउ गरिएको छ । चोकको नाम परिवर्तन गर्ने उद्देश्यले नयाँ बोर्ड राखेपछि प्रहरीले आइतबार (आज) उनीहरुलाई नियन्त्रणमा लिएको हो । चोकको नाम परिवर्तन गरिएको बोर्ड राख्न लागिएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।'चोकको नाम परिवर्तनका लागि पनि निश्चित प्रक्रिया हुन्छ । जेन-जी चोक लेखिएको बोर्ड राख्न लागिएपछि अहिलेलाई हामीले उनीहरुलाई नियन्त्रणमा लिगेका छौं,' प्रहरी उपरीक्षक भट्टराईले भने ।थप अनुसन्धान र उनीहरुको परिचय खुल्न बाँकी छ ।
काठमाडौं— पूर्वसभामुख कृष्णबहादुर महरा भन्सार ऐन, २०६४ र संगठित अपराध सम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का अनुसार उनलाई आइतबार पक्राउ गरिएको हो।(सिआइबी) का सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले महरा भेप (इलेक्ट्रोनिक सिगरेट) प्रकरणमा संगठित अपराधमा संलग्न रहेको प्रारम्भिक प्रमाणका आधारमा पक्राउ गरिएको जानकारी दिएका छन्।२०७९ मंसिर १० गते दुबईबाट नेपाल आएका चिनियाँ नागरिक एलआइ हेङसोङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ७३० थान ई(सिगरेट भेप अवैध रूपमा भित्र्याउने प्रयास गरेका थिए। ती सामग्री भन्सा
कञ्चनपुर— पटकासहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–३ का ४९ वर्षीय खडक पाल छन् ।२८ लाख ९८ हजार ६५० रुपैयाँबराबरको विभिन्न प्रकारका पटकासहित उनलाई शनिबार बेलुका पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।उनको घर तलासी गर्दा उक्त पटका फेला परेको थियो । सोबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
विराटनगर— जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरीको हतियार लुट्ने घटनामा संलग्न समूहका एक सहित आठ जना झापाबाट पक्राउ परेका छन् । उनीहरु लागुऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित झापाबाट पक्राउ परेको छ ।दमक नगरपालिका वडा नम्बर ३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर एको छाप्रोबाट शनिबार साँझ पक्राउ परेका हुन् । लागुऔषध बिक्री भई रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । खानतलासी गर्ने क्रममा ७ ग्राम ८ सय मिलिग्राम ब्राउन सुगर बरामद भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । पक्राउ पर्नेमध्ये आदित्य लिम्बू ‘जेन्जी आन्दोलन’का क्रम
कञ्चनपुर— भीमदत्त नगरपालिका-१२ पिपरैयास्थित सोही नगरपालिका-१३ बस्ने ३५ वर्षीय सुरेन्द्र बोहराको पसलमा जुवातास खेलिरहेको अवस्थामा सुरेन्द्र समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ४ सय ९१ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।त्यस्तै, दाङको तुलसीपुर उपमहानगरपालिका-९ अटोभिलेज बस्ने राममाया घर्तीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-७ बस्ने ३६ वर्षीय प्रेम प्रकाश वली समेत ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार ६ सय ५
काठमाडौं— नेपाली फुटबलमा विगत केही वर्ष यता देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिताविरुद्ध फुटबलका सरोकारवालाहरुले धर्ना दिएका छन्।आइतबार बिहान अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक घण्टा धर्ना दिएका हुन्। उनीहरुले एन्फा मुख्यालमा बिहान ११ बजेसम्म धर्ना दिए। उनीहरुले एन्फा फुटबल एसोसिएसन की कन्सलटेन्सी ?, विश्वकप त चार वर्षमा आउँछ, ए डिभिजन कहिले आउँछ ? नो गेम, नो फ्रेमः एन्फाज टु ब्लेम, घरेलु लिग चलाउः फुटबल बचाउ, वाक्क लाग्दो एन्फाः दिक्क लाग्दो नेपाली फुटबल, फुटबल क्यालेन्डरमा होइन, ग्राउन्डमा चाहियो लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।एन्फा भ
काठमाडौं— ओखलढुङ्गामा खाना खाने क्रममा अड्किएर एक वृद्धको मृत्यु भएको छ। चम्पादेवी गाउँपालिका(३ चित्रेका ७१ वर्षीय मिनबहादुर खड्काको घाँटीमा खाना अड्किएर मृत्यु भएको हो।घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बरुणेश्वर रामपुरबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
काठमाडौं— नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीसमक्ष किटानी जाहेरी दिएको छ ।भदौ २३ र २४ भएको जेनजीको आन्दोलनमा घुसपैठ गराएर विद्यार्थीहरूलाई विद्यालय पोसाकमै आन्दोलनमा आउन उक्साएको, राष्ट्रिय सम्पदा ध्वस्त बनाएको, सरकारी तथा निजी सम्पत्ति लुटपाट गराएको आरोप लगाउँदै शाह र गुरुङविरुद्ध नेविसंघले जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौँ किटानी जाहेरी दिएको हो ।नेविसंघ केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट, विजय शाहले जाहेरी दिएका हुन्। २४ घण्टाभित्र जाहेरी दर्ता ग
काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार शनिबार अस्पतालमा भर्ना भएका पौडेलको स्वास्थ्य अवस्था सामान्य भएकाले डिस्चार्ज भएका हुन्।
काठमाडौं— नेपाली बजारमा शुक्रबार सुनको मूल्य ४ हजार २०० रुपैयाँ घटेको छ । शुक्रबार छापावाल सुन तोलामा २ लाख ३५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बिहीबार सोही सुन तोलामा २ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको थियो । शुक्रबार चाँदीको मूल्य भने बढेको छ । बिहीबार तोलामा ३ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा ३ हजार ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । सुनको मूल्य घटेपनि चाँदीको आज कायम भएको मूल्य हालसम्मकै उच्च हो ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.