काठमाडौं— सरकारले पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरेको छ ।मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखेको भन्दै सरकारले ओली र प्रचण्डको सुरक्षाकर्मी फिर्ता गरेको हो ।ओलीको २७ र प्रचण्डको ३४ जना सुरक्षाकर्मी फिर्ता गराउने गृहमन्त्रीस्तरीय निर्णय भएको गृह स्रोतले बताएको छ ।
सल्यान— जन्ती बोकेको जिप दुर्घटनामा हुँदा दुलहा-दुलहीसहित १२ जना घाइते भएका छन् । सल्यानको शारदा नगरपालिकाको भागाचौरबाट थापाचौर तर्फ जन्ती बोकेर जाँदै गरेको लु.प्र.०२९००१ ज.००२१ नम्बरको जिप ज्वालापुरमा अनियन्त्रित भई सडकदेखि २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी शारदा नगरपालिका-९ का चेतराम गिरी (दुलहा) र शारदा नगरपालिका-१० भागाचौरकी २० वर्षीया कमला गिरी (दुलही) सामान्य घाइते भएको रहेको प्रहरीले जनाएको छ । घाइते मध्ये शारदा नगरपालिका-१० भागाचौर बस्ने ६० वर्षीया गुमी कवर र सोही ठाउँकी १४ वर्षीया शोभा कवरको अवस्था गम्भीर रहेको छ । अन्य घाइतेहरूमा शारदा नगरपालिका-१० भागाचौ
काठमाडौं— सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।यसअघिका सरकारले आयोगका नाममा देशभर सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमणलाई वैधानिकता दिने प्रक्रिया अघि बढाएका थिए।कतिपय अतिक्रमित जग्गावापत नाम मात्रको राजस्व लिएर लालपुर्जा वितरण गर्ने योजना समेत सरकारले बनाएको थियो।
हेटौडा— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा राष्ट्रपतिको ठाउँमा राजा र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको विचार व्यक्त गरेका छन् । राप्रपा मकवानपुरको आयोजनामा हेटौंडाको एभोकाडो होटलमा आयोजित भेटघाट तथा अगुवा कार्यकर्ता कार्यक्रममा बोल्दै लिङ्देनले यस्तो दृष्टिकोण प्रस्तुत गरेका हुन् । कार्यक्रममा अध्यक्ष लिङ्देनले लोकतन्त्रको प्रवृत्तिका रूपमा राजा र कार्यकारी प्रधानमन्त्रीको समावेशी व्यवस्था महत्वपूर्ण रहेको दाबी गरे । उनले भने, ‘राष्ट्रपतिको भूमिका तटस्थ रहनुपर्ने हो भने, देशलाई समृद्धि र प्र
रौतहट— सर्लाही प्रहरीले लागुऔषध सहित एक युवकलाई पक्राउ गरेको छ । वागमती नगरपालिका–६ मा रहेका राधाकृष्ण मन्दिरस्थित बाँसघारीबाट प्रहरीले लागुऔषध सहित २८ बर्षीय जिवन घिसिङलाई पक्राउ गरेको हो । बा–प्र ०२–०३० प ५५७० नम्वरको मोटरसाइकललाई रोकेर प्रहरी चौकी राजघाटले खानतलासी गर्दा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले बताए । उनका अनुसार घिसिङले बोकेको कालो रंगको प्लाष्टिकको झोलामा ट्रामन–५० लेखिएको क्याप्सुल २१४ पिस, स्पासमोम लेखिएको क्याप्सुल २०० पिस, गाँजा २५ ग्राम, नेपाली रुपैया २५ सय ३०, मोवाइल एक थान र मोटरसाइकल एक थान सहित नियन्त्रणमा
बाजुरा— बाजुरामा सडेगलेको अवस्थामा भेटिएको वेवारिसे शवको पहिचान खुलेको छ । बुधबार बाजुराको हिमाली गाउँपालिका झुगलास्थि कर्णाली नदीमा उक्त शव फेला परेको थियो ।उक्त शव हुम्लाको चंखेली गाउँपालिका चार माथिल्लो पाली बस्ने हर्क बोहराकी अन्दाजी २० बर्षीया कर्मा बोहराको रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । कर्मासंगै एक युवक केही दिनअघि घरबाट सम्पर्कविहीन भएका थिए । उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा रहेको बुझिएको छ । सोही गाउँका अन्दाजी २३ बर्षका हंस बुढाथोकीसँग कर्मा भागेकी थिइन् तर पछि दुवैजनाले सँगै कर्णाली नदीमा हाम फालेको बताइएको छ । त्यसवेला खवर गर्दा उनको कुनै खवर न
काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीका तत्कालीन उपकुलपति प्राडा संगिता सिंह भण्डारीसहित १३ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।आयोगका अनुसार प्रतिष्ठानमा एमआरआई मेसिन खरिद प्रक्रियामा बदनियतपूर्वक अनियमितता गरी राज्यकोषमा करिब १२ करोड रुपैयाँभन्दा बढीको हानि पु¥याइएको पाइएको छ ।अनुसन्धानबाट तत्कालीन उपकसलपति भण्डारीले प्रतिष्ठानका लागि एमआरआई मेसिन खरिद गर्दा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ विपरीत कार्य गरेको खुलेको आयोगले जनाएको छ । प्रमुख प्रतिवादीहरूबाट करिब ९ करोड ३४ लाख रुपैयाँ असु
काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् । मन्त्री अर्यालले बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा तीन वटै सुरक्षा निकायहरुसँग छलफल गरेका हुन् ।छलफलमा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल, नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी भएको गृह स्रोतले बताएको छ ।पछिल्लो राजनीतिक घटनाक्रम, विपद् व्यवस्थापनबारे जानकारी समेत मन्त्री अर्यालले लिएका छन् । साथै, काठमाडौंमा बढेको सुरक्षा चुनौतीबारे पनि उनीहरूबीच छलफल भएको जनाइएको छ ।
विराटनगर— गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण कोशी प्रदेशका ५७ वटा प्रहरी कार्यालयहरुको भौतिक संरचनामा क्षति पुग्यो । जसमा पनि २४ वटा संरचना पूर्णरुपमा क्षतिग्रस्त भए । त्यसमध्येको एक हो, इलाका प्रहरी कार्यालय इटहरी । आन्दोलनकारीको आगजनीले ध्वस्त बनेको इलाका प्रहरी कार्यालय अहिले प्रहरी चौकी तरहराको ‘शरण’मा छ । अगलागी भएपछि पूर्णरुपमा बस्न अयोग्य बनेको इलाकालाई अहिले भने इटहरी ९ रगंशालाको जीवनयोग प्रयोगशाला र ज्येष्ठ नागरिकको दुई तले भवनलाई इलाका प्रहरीको कार्यालयको रुपमा धमाधम बनाउने कार्य भइरहेको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डीएसपि सुवास हमालका अनुसार इटहर
काठमाडौं— सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले हुलाकलाई आधुनिक, प्रतिस्पर्धी र व्यवसायकि बनाउनुपर्ने बताएका छन् । विहीबार विश्व हुलाक दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले हुलाकलाई व्यवसायिक बनाउनुपर्ने भन्दै विश्वको सबै कुनामा रहेका नेपालीहरुसम्म हुलाकको पहुँच पु¥याउनुपर्ने बताए । उनले भने, ‘अब हुलाकको सन्दर्भमा हुलाकलाई आधुनिक बनाउनु पर्छ । हुलाकलाई प्रतिस्पर्धी बनाउनु पर्छ र व्यवसायकि बनाउनुपर्छ । हामीले जुन अभियान अगाडि बढाउदैँ छौ यो सबै कुराहरुले मात्र विश्वव्यापी पहुँच पु¥याउन सक्छौ । विश्वको सबै कुनामा रहेको नेपालीहरुसम्म हुलाकको पहुँच भयो भने बद्लिदो समय अ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.