काठमाडौं— गृहमन्त्री ओम प्रकाश अर्यालले काठमाडौं तार्केश्वर नगरपालिका अन्तर्गत काठमाडौं क्षेत्र नं. ६ को मतदान स्थलको अनुगमन गरेका छन् ।बुधबार गरिएको अनुगमनका क्रममा मतदान केन्द्रको सुरक्षा व्यवस्था, मतदाताको सहज आवागमन तथा आवश्यक व्यवस्थापनबारे जानकारी लिएका हुन् ।अनुगमनमा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसाललगायत सुरक्षा निकायका अधिकारीहरू सहभागी थिए ।त्यसक्रममा गृहमन्त्री अर्यालले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन सबै निकाय सतर्क रहन निर्देशन समेत दिए ।
काठमाडौं— प्रतिनिधि सभा सदस्य निर्वाचनलाई प्रभावित पार्नेगरी निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा युट्युबर रतन कार्की पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले उनलाई बुधबार दिउँसो चितवनबाट पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरिक्षक अबि नारायण काफ्लेले जानकारी दिए ।सोमबार राति १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु भइसकेको अवस्थामा कार्कीले राजनीतिज्ञसँगको अन्तर्वार्ता युट्युब तथा अन्य सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले उनले मौन अवधि तोडेको प्रहरीको प्रारम्भिक बुझाइ छ । कार्कीमाथि थप अनुसन्धान भइरहेको र यसबारे
काठमाडौँ। अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२’ का लागि देशभर पूर्ण रूपमा सुरक्षाको प्रत्याभुति गरिएको बताएका छन् ।निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, धाँधलीरहित र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण तयारी पूरा गरेको बताएका हुन् । उनले मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन अपिल गरेका हुन् ।गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षा, मतपत्र तथा मतपेटिका ढुवानीको स्पष्ट मापदण्ड, उश्रृङ्खल गतिविधि गर्नेमाथि कडा कारबाही हुने बताए । गृहमन्त्री अर्यालकाअनुसार सरकारले निर्वाचनका लागि ‘एकीकृत सुरक्षा योजना’ पारित गरी सोही आधारमा सुरक्षा संयन्त्रहरू परिचालन
जनकपुरधाम— पर्सा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनोज चौधरी बमसहित पक्राउ परेका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सम्बद्ध चौधरीलाई पर्सागढी नगरपालिका बढनिहारबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।प्रहरीका अनुसार बा १० च १२५० नम्बरको गाडीमा सवार रहेका चौधरीको गाडीमा शंकास्पद वस्तु फेला परेपछि जाँच गर्दा ‘होक्सी बम’ भेटिएको थियो । पर्सा प्रहरी प्रमुख सुदीपराज पाठकले बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । उनले फेला परेको बम नेपाली सेनाको टोलीमार्फत डिस्पोज गरिसकिएको बताए ।चौधरीसँगै बारा प्रसौनी गाउँपालिकाका २६ वर्षीय सहाव आल
काठमाडौं— नेपाली बजारमा बधबार सुनको मूल्य ११ हजार रुपैयाँले घटेको छ ।आज छापावाला सुनको मूल्य ३ लाख १७ हजार ६०० सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको । मंगलबार सुनको मूल्य ३ लाख २८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, आज चाँदीको मूल्य २७५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ५ हजार ५ सय ४० रुपैयाँमा कारोबार भएको छ । मंगलबार ५ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं— दि निलय होटल्स लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ प्रस्ताव सहित चैत १३ गतेका लागि धादिङको थाक्रे गाउँपालिका–८ स्थित आफ्नै कार्यालयमा बिहान ११ बजे पहिलो वार्षिक साधारणसभा बोलाएको हो ।उक्त साधारणसभाले कम्पनीको सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, कम्पनीको सञ्चालक समितिबाट भए गरेका काम कारबाही अनुमोदन गर्ने र लगानी तथा स्रोत जुटाउन आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, गत असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह वि
काठमाडौं— वीरगञ्जमा धार्मिक सद्भाव भड्काउन खोज्ने ३ जनालाई नेपाली सेनाले पक्राउ गरेको छ । गएराति करिब २ बजे श्रीजंग गण वीरगन्जको नेतृत्वमा वीरगन्ज महानगरपालिका–१६ इनर्वा क्षेत्रमा सञ्चालन गरिएको विशेष सर्च अपरेसनका क्रममा तीनजनालाई नियन्त्रणमा लिइएको हो ।वीरगन्ज १६ निवासी कृष्ण यादव, सोही ठाउँका रोहित पटेल र अवजित यादव पक्राउ परेका हुन् । उनीहरूको साथबाट सुँगुरको टाउको, नौ थान सुतली बम, सेतो रंगको तार पाँचवटा बरामद गरिएको छ ।अनुसन्धानमा उनीहरूले धार्मिक हिंसा फैलाउन सुँगुरको टाउको मस्जिदमा फाल्ने योजना बनाएको खुलेको छ । सुँगुरलाई इस्लाममा हराम मानिन्छ । त्यसमाथि अहिले रमजानको पवित्र महिना चलिर
काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका सन्दर्भमा स्वास्थ्य सेवा व्यवस्थापनका लागि सम्पर्क कर्मचारीहरू तोकेको जनाएको छ ।मंगलबार सूचना जारी गरी फागुन २१ गते हुने निर्वाचमा घट्न सक्ने सम्वाभित घटनाका लागि आवश्यक स्वास्थ्य सेवा समन्वयका लागि स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रका निम्न कर्मचारी सम्पर्कमा रहेको मन्त्रालयले जनाकारी दिएको हो ।मन्त्रालयले केन्द्रका लागि ६ जना कर्मचारी र सातै वटा प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका लागि जिम्मेवारी तोकेको मन्त्रालयले जनाएको छ ।
सर्लाही— सर्लाहीमा मतदातालाई पैसा वितरण गर्दै गरेका राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका एक जना कार्यकर्ता पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा जिल्लाको हरिपुर्वा नगरपालिका २, निवासी ६५ वर्षीय पुरुषोत्तम यादव रहेका छन् ।उनलाई गए राती सोही ठाउँमा मतदातालाई रकम वितरण गर्दै गरेको अवस्थामा शसस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीले उनको साथबाट २५ हजार नगद रकम बरामद भएको जनाएको छ ।पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी तथा डिएस
काठमाडौं— नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साकाबाट खटिएको प्रहरी टोलीले नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकेर उनीसहित चार जनालाई प्रक्राउ गरेको हो ।चौधरी सवार गाडीबाट शंकास्पद वस्तु समेत फेला परेको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको र घटनाबारे थप जानकारी पत्रकार सम्मेलनमार्फत दिइने प्रहरीको भनाइ छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.