काठमाडौं— सशस्त्र प्रहरी बलको पोसाक लगाई टिकटक र अन्य सामाजिक सञ्जालका रिल्स बनाउने २१२ जना सशस्त्र प्रहरी कर्मचारीलाई कारबाही गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।पोसाक प्रयोग गरेर मनोरञ्जनात्मक भिडियो बनाउनु आचारसंहिताविपरीत भएकाले उनीहरूलाई अनुशासनिक कारबाही गरिएको प्रवक्ता मनिष थापाले जानकारी दिए ।कारबाहीमा परेकालाई नसिहत, चेतावनी, बढुवा रोक्का, सचेत गराएको, ध्यानाकर्षण तथा मौखिक निर्देशनजस्ता कदमहरू लिइएको सशस्त्र प्रहरीले जनाएको छ।सामाजिक सञ्जालमा प्रहरीले गर्ने गतिविधि निगरानी गर्न सशस्त्र प्रहरी प्रधान कार्यालयले सामाजिक सञ्जाल अनुगमन शाखा स्थापना गरेको छ। यही शाखाले गरेको स्क्रीनिङपछि
काठमाडौं— पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्ने भएका छन् । उनी राष्ट्रिय पञ्चायत सदस्य लक्ष्मणसिंह भण्डारीका छोरा हुन् । बैतडी जिल्लाको पाटन नगरपालिकाका बासिन्दा भण्डारी नेपाल प्रहरीको एआईजी पदबाट अवकाश पाएका थिए ।अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको कार्यकाल ८३ दिन बाँकी रहँदा भण्डारीसहित चारजना मन्त्री थपेकी हुन् ।
विराटनगर— प्रहरीले विराटनगरबाट १३१ ग्राम खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले बिहीबार विराटनगर–४, नोबेल अस्पताल नजिकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।पक्राउ परेका व्यक्तिहरूमा सुनसरी, हरिनगरा गाउँपालिका–७ का ५२ वर्षीय हबिब खाँ र हरिनगरा–४ का ३० वर्षीय इरसाद आलम रहेका छन्। हबिबको साथबाट १३१ ग्राम खैरो हेरोइन बरामद भएको डीएसपी कोपिला चुँडालले जानकारी दिइन्।प्रहरीले उनीहरूले प्रयोग गरेको को २७ प ६४८१ र बीआर १९ वाई ९५३ नम्बरको दुई मोटरसाइकल पनि बरामद गरेको छ। आलम भारतीय नम्बर प्लेटको मोटरसा
उदयपुर— चौदण्डीगढी नगरपालिकाले नगरभित्रका अपाङ्गता भएका व्यक्तिहरूलाई न्यानो ब्ल्याङ्केट वितरण गरेको छ। बिहीबार आयोजित कार्यक्रममा नगर क्षेत्रका ६० जना अपाङ्गता भएका नागरिकले न्यानो कपडा स्वरूप ब्ल्याङ्केट प्राप्त गरेका हुन्।नगरपालिकाको एक लाख रूपैयाँ सहयोगमा “चौदण्डीगढी अपाङ्गता सेवा संस्था” ले उक्त न्यानो ब्ल्याङ्केट वितरण कार्यक्रम सञ्चालन गरेको संस्थाका सचिव पुरुषोत्तम अधिकारीले जानकारी दिए। नगरका दसैँ वडाबाट ६/६ जना गरी छनोट भएका अति विपन्न तथा अपाङ्गता भएका व्यक्तिहरूलाई ब्ल्याङ्केट उपलब्ध गराइएको संस्थाका अध्यक्ष भूपाल पौडेलले बताए।कार्यक्रममा ब्ल्याङ्केट हस्तान्तरण गर्दै उपप्रमुख
पाल्पा— नवलपरासीको अरुणखोलाबाट पाल्पाको रामपुरतर्फ आउँदै गरेको लु १ ज ३९०८ नम्बरको फोर्स जीप पाल्पाको निस्दी–४ मित्याल चिउरेबास नजिक दुर्घटनामा परेको छ। यात्रुलाई ओराल्न एकल फुक्सीमा रोकिएको जीप अचानक चिप्लिएर करिब ५०० मिटर तल खोल्सोतिर खसेको स्थानीयले बताएका छन्।लेकबेसी यातायातको उक्त जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रारम्भिक जानकारी आएको प्रहरीको भनाइ छ । मृतकहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।दुर्घटनापछि जीपको छतबाट हाम फालेका घाइतेलाई निस्दी गाउँपालिकाको गाडीमार्फत उपचारका लागि अरुणखोला लगिएको छ। जीप धेरै तल खसेकाले उद्धार कार्य अझै चलिरहेको स्थानीयको भनाइ छ।मित्याल प्र
विराटनगर— झुम्का कारागारबाट फरार भएका लागुऔषध मुद्दाका थुनुवा अजित श्रेष्ठलाई मोरङ प्रहरीले सुन्दरहरैँचास्थित उनको घरमै गएर पक्राउ गरेको छ।सुन्दरहरैँचा–६ का ३१ वर्षीय श्रेष्ठलाई लागुऔषधसम्बन्धी मुद्दामा जिल्ला अदालत सुनसरीले थुनामा राखेर पुर्पक्षका लागि आदेश जारी गरेको थियो। सोही आदेशअनुसार उनलाई गत असार ३१ गते झुम्का कारागार चलान गरिएको थियो।जेनजी आन्दोलनको बेला उत्पन्न अव्यवस्थाको मौका छोप्दै उनी भदौ २४ गते कारागारबाट भाग्न सफल भएका थिए। फरार भएपछि लुकिछिपी बसिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले श्रेष्ठलाई घरमै घेराबन्दी गरी पक्राउ गरेको हो।उनीलाई पक्राउपछि पुनः कारागारको जिम्मा लगाइएक
रौतहट— पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा बाराको निजगढबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको ट्रक र कार एकापसमा ठोक्किँदा ७९ वर्षीय वृद्धको मृत्यु भएको छ ।बिहान चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लच्कानजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बाप्र ०३–००१ ख ११४८ नम्बरको ट्रकमा विपरीत दिशातर्फ आउँदै गरेको बा ३ च ६१९३ नंको कारसँग ठोक्किँदा वृद्धको मृत्यु भएको हो ।मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका–३ सिगौल बस्ने भक्तबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक रुपा लाबुङले जानकारी दिइन् । दुर्घटनामा परी कार चालक दि
सल्यान— मेला हेर्न घरबाट निस्किएपछि बेपत्ता भएका बाग्चौर नगरपालिका–४ पानीखानाका ३६ वर्षीय टेकबहादुर वलीको डेढ महिनापछि कंकाल अवस्थामा शव भेटिएको छ।कात्तिक १४ गते दार्मा गाउँपालिका–५ त्रिबेणीमा लाग्ने मेला हेर्न निस्किएका वली त्यसदिनपछि घर फर्किएनन्। निरन्तर खोजी भइरहे पनि उनको अत्तो–पत्तो नलागेको परिवार र प्रहरीले जनाउँदै आएका थिए।वलीको कंकाल सल्यान–रुकुम सीमा नजिक, रुकुमको त्रिबेणी गाउँपालिका–३ झन्डा हान्ने वरिपरि रहेको जंगलमा भेटिएको बाग्चौर–४ का वडाध्यक्ष कृष्णबहादुर बस्नेतले जानकारी दिए। भेटिएको शवसँगै रहेको कपडा, गलबन्दी तथा पर्समा रहेका कागजातका आधारमा शव वलीकै भएको पुष्टि गरिएको छ।वडाध्
काठमाडौं— बयोधा अस्पतालले मृतक प्रभिसन राईको परिवारलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने भएको छ।उपचारका क्रममा निधन भएका राईको परिवारका चार जना सदस्यलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने अस्पतालले जनाएको छ। खोटाङको केपिलागढी गाउँपालिका वडा नं ४ का प्रभिसन राईको यही मंसिर २३ गते उपचारका क्रममा निधन भएको थियो।उनको निधनपछि विभिन्न राजनीतिक व्यक्ति, समाजसेवी, परिवार र अस्पताल प्रशासनबीच भएको छलफलबाट उक्त निर्णय भएको हो।निर्णय अनुसार मृतकका बुवा राम कुमार राई, रस्ना राई, अलिशा राई र प्रसन राईलाई उपचार कार्ड उपलब्ध गराई निःशुल्क उपचारको व्यवस्था गरिएको अस्पतालले जनाएको छ। साथै काठमाडौंदेखि खोटाङसम
काठमाडौं— काठमाडौं महानगरपालिकाले शंखमूल पुलदेखि भीएस निकेतन क्षेत्रसम्म फैलिएको अवैध घर–टहरामाथि कडाइका साथ कारबाही प्रक्रिया अघि बढाएको छ। कामपाले सार्वजनिक सूचना जारी गर्दै ३ दिनभित्र आफ्नै खर्चमा संरचना भत्काउन घरधनीलाई निर्देशन दिएको हो। प्रारम्भिक आँकलनअनुसार करिब ५ सयभन्दा बढी स्थायी तथा अस्थायी संरचना रहेका छन्।कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार, यसअघि सात दिनको म्याद दिइए पनि नपुगेको ठानेर अन्तिम तीन दिनको पत्र पठाइएको हो। उनले आउँदो हप्ताबाट नै संरचना हटाउने काम सुरू हुने बताए। कामपालाई प्राप्त रिपोर्टअनुसार करिब एक हजार रोपनीमा सार्वजनिक जग्गा खोला किनारमा अतिक्रमण गरी निजी
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.