समाज

    Showing 3,281-3,290 of 11,033 items.
  • पूर्व ऊर्जामन्त्री दिपक खड्का पक्राउ

    काठमाडौं— नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खड्कालाई आज बिहान बुढानीलकण्ठबाट पक्राउ गरेको हो ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको थियो । खड्कालाई त्यसकै आधारमा अनुसन्धानका गर्ने नियन्त्रणमा लिइएको हो ।

    • प्रकाशित मितिः चैत १५, २०८२
    • 427 पटक पढिएको
  • रोशी खोलाले बगाएको डाइभर्सन मर्मत, बिपी राजमार्गमा यातायात सञ्चालन

    रामेछाप— रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बिपी राजमार्गमा आज बिहानदेखि यातायात सञ्चालन भएको छ ।शुक्रबार साँझको वर्षाका कारण आएको बाढीले बगाएको डाइभर्सन मर्मत पछि सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरीले मौसम प्रतिकूलतालाई ध्यान दिँदै यात्रा गर्न अनुरोध गरेको छ ।बाढीले रोशी क्षेत्रमा अस्थायी सडक बगाएपछि दुई दिनदेखि राजमार्ग अवरुद्ध थियो। खोलामा पानीको सतह शनिबार राति अबेरसम्म सडक मर्मत गरिएपछि यातायात सञ्चालनमा आएको हो ।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार काभ्रेको बिपी राजमार्ग सडक खण्ड अन्तर्गत रोशी गाउँपालिका-७ घुमाउने डाँडा,रोशी गाउँपाल

    • प्रकाशित मितिः चैत १५, २०८२
    • 410 पटक पढिएको
  • अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमालेले आज सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने

    काठमाडौं— अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै नेकपा एमालेले आज ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने भएको छ । एमालेका सचिव महेश बस्नेतका अनुसार आज मध्याह्न १२ बजे प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाउने कार्यक्रम तय भएको हो ।गौरीबहादुर कार्की आयोगले दोषी देखाएको भन्दै अध्यक्ष ओलीलाई हिजो निवासबाटै प्रहरीले पक्राउ गरेपछि एमालेको सचिवालय बैठकले त्यसको विरोध गर्दै रिहाइका लागि ज्ञापन पत्र बुझाउने निर्णय गरेको थियो । एमाले प्रचार तथा प्रकाशन विभागका संयोजक मीन बहादुर शाहीका अनुसार काठमाडौंमा माइतीघर मण्डलमा भेला भएर नारा जुलुस सहित प्रशासन कार्यालयमा

    • प्रकाशित मितिः चैत १५, २०८२
    • 407 पटक पढिएको
  • नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारमा उच्च अपेक्षा

    काठमाडौं— नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएसँगै सरोकारवाला निकायहरूले प्रतिक्रिया दिन थालेका छन्। यसैक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघले नवगठित सरकारप्रति बधाई तथा शुभकामना व्यक्त गरेको छ।महासंघका महासचिव बद्री प्रसाद चौलागाईंले हस्ताक्षर गरेको विज्ञप्तिमा प्रधानमन्त्री शाहसहित सम्पूर्ण मन्त्रीपरिषद् सदस्यलाई सफल कार्यकालको कामना गरिएको छ। राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा रामचन्द्र पौडेल द्वारा मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराइएपछि महासंघले औपचारिक रूपमा शुभकामना दिएको हो।विज्ञप्तिमा देशको आर्थिक विकास, पूर्वाधार विस्तार

    • प्रकाशित मितिः चैत १४, २०८२
    • 527 पटक पढिएको
  • काठमाडौं जिल्ला अदालत अगाडि एमाले प्रदर्शनकारी र प्रहरीबीच झडप

    काठमाडौं— काठमाडौं जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।प्रदर्शनकारी माइतीघर मण्डलाबाट नयाँबानेश्वरतर्फ अगाडि बढ्न खोज्दा प्रहरीले बबरमहलस्थित जिल्ला अदालत अगाडि रोक्न खोजेको थियो । त्यसक्रममा झडप भएको हो । अहिले अवस्था तनावग्रस्त छ ।पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले आज बिहानै गिरफ्तार गरेको थियो । त्यसको विरोधमा एमालेका २३ जनसंगठनहरूले एकीकृत रुपमा माइतीघरमा प्रदर्शन गरेका हुन् ।प्रदर्शनकारीहरू निषेधाज्ञा तोडेर नयाँ बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले धरपकड सुरु

    • प्रकाशित मितिः चैत १४, २०८२
    • 506 पटक पढिएको
  • हेटौंडा सिमेन्ट उद्योगमा क्लिङ्कर उत्पादन पुनः सुरु

    काठमाडौं— लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ ।गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको उद्योगका सूचना अधिकारी वरिष्ठ अधिकृत हरेराम आचार्यले जानकारी दिए ।क्लिङ्कर उत्पादन गर्ने र प्याकिङ्गको काम गरेसँगै उत्पादित सिमेन्ट बजारमा पठाइने तयारी भइरहेको उनले बताए । सूचना अधिकारी आचार्यले भने, “हामीसँग दुई सातालाई पुग्ने कच्चापदार्थ छ, त्यसैबाट क्लिङ्कर उत्पादन भइरहेको छ भने थप कच्चा पदार्थ व्यवस्थापन भइरहेको छ ।”नियमित उत्पादन हुँदा दैनिक सात–आठ सय क्विन्टल क्षमता भएपनि हाल छ सय क्विन्टलसम्म सिमेन्ट उत्पादन गर्ने लक्

    • प्रकाशित मितिः चैत १४, २०८२
    • 506 पटक पढिएको
  • जेनजी आन्दोलनका दमनकारीलाई बचाउने षड्यन्त्र नहोस्ः जेनजी मुभमेन्ट नेपाल

    काठमाडौं— जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनका दमनकारीलाई बचाउने षड्यन्त्र कतैबाट नगर्न आग्रह गरेको छ ।संस्थाले प्रेस वक्तव्य निकालेर जेनजी आन्दोलनका क्रममा भएको दमनमा संलग्न रहेको आरोपमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाएकोमा स्वागत गरेको छ ।साथै, उक्त घटनामा संलग्न तत्कालीन गृह प्रशासन तथा सुरक्षा निकायका जिम्मेवार व्यक्तिहरूलाई समेत पक्राउ गरी निष्पक्ष छानबिन तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेको छ ।‘जेनजी आन्दोलनका दमनकारीलाई बचाउने कुनै पनि प्रकारको षड्यन्त्र कहीं कतैबाट नहोस् भन्ने कुरामा हामी सचेत गराउन चाहन्छौं’ वक्तव्यमा भनि

    • प्रकाशित मितिः चैत १४, २०८२
    • 570 पटक पढिएको
  • लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

    काठमाडौं— काठमाडौं महानगरपालिका—६ मित्रनगरस्थित रूकुमेली सिमुतु अनिषा गेष्ट हाउसबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम १२० मिलिग्रामसहित काठमाडौं तार्केश्वर गोलढुङ्गा बस्ने पाँचथर घर भएका २३ वर्षीय रोवीट गुरूङ समेत ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उक्त होटेलको ४०४ नम्बरको कोठामा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका—९ आरूबारीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २३० ट्याब्लेट र नगद २ लाख रूपैयाँ सहित सोही नगरपालिका-२ बस्ने २७ वर्षीय निशान डंगोललाई शुक्रबार बिहान प्रहरीले

    • प्रकाशित मितिः चैत १४, २०८२
    • 493 पटक पढिएको
  • गृहमन्त्री गुरुङले गरे प्रहरी र सशस्त्र प्रहरी कार्यालयहरुको निरीक्षण

    काठमाडौं— गृहमन्त्री सुधन गुरुङले ललितपुरको सातदोबाटोमा रहेको सशस्त्र प्रहरी बलको निरीक्षण गरेका छन् । शनिबार उनले सशस्त्र प्रहरी बलसँगै ललितपुर प्रहरी कार्यालयको समेत निरीक्षण गरेका हुन् ।मन्त्री आफैं गाडी चलाएर काठमाडौँ र ललितपुरका विभिन्न स्थानको अनुगमनमा निस्केका छन् । मन्त्री गुरुङ शनिबार बिहानै पहिला रामहापथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखाना पुगेका थिए । यसैगरी गृहमन्त्री सुधन गुरुङले उपत्यका ट्राफिक प्रहरी कार्यालयको समेत निरीक्षण गरेका छन् ।

    • प्रकाशित मितिः चैत १४, २०८२
    • 495 पटक पढिएको
  • टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना भए ओली

    काठमाडौं— एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) भर्ना भएका छन् । उनलाई ‘एनेक्स वान’ भवनको ५०१ नम्बर बेडमा भर्ना गरिएको हो ।आज बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षण गर्न उनलाई अस्पताल लगिएको थियो ।मिर्गौला प्रत्यारोपणका बिरामी भएकाले उनलाई सुरुमा अस्पतालको ‘रेड जोन’को २७ नम्बर बेडमा राखिएको थियो । त्यहाँ उनलाई नेफ्रोलोजी टिमका डाक्टर रविन नेपालीसहितको टोलीले स्वास्थ्य जाँच गरेको थियो ।‘रगत जाँच, भिडियो एक्सरे लगायतका परीक्षण गरिएपछि ओलीलाई ५०१ नम्बर बेडमा भर्ना गरिएको छ,’ अस्पताल स्रोतले बतायो ।५०१ नम्बर बेड भएको भवनसम्म लैजाँदा ओलीलाई उनकै गाडी चढाएर लगिएको थियो ।

    • प्रकाशित मितिः चैत १४, २०८२
    • 498 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.