समाज

    Showing 3,301-3,310 of 4,654 items.
  • ललितपुरको कुम्मेश्वरमा आगलागी

    काठमाडौँ- ललितपुरको कुम्मेश्वरस्थित एउटा घरमा आगलागी भएको छ । कुम्मेश्वर बंगलामुखी मन्दिरको पूर्वतर्फ रहेको अजिरमान बज्राचार्यको घरमा सोमबार आगलागी भएको हो ।बज्राचार्यको तीनतले घरमा लागेको आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी नरेशराज सुवेदीले जानकारी दिए ।

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 336 पटक पढिएको
  • कुलोमा बगेर बालकको मृत्यु

    पूर्वी नवलपरासी-पूर्वी नवलपरासीको कावासोतीमा कुलोमा बगेर एक बालकको मृत्यु भएको छ । आज बिहान कावासोती नगरपालिका-४ चिलाहमा  कुलोमा बगेर स्थानीय ११ वर्षिय शिविर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ । बालक बगेको जानकारी पाएपछि खटिएको प्रहरीसहितको उद्धार टोलीले केही तल बिकको शव फेला पारेको हो ।

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 454 पटक पढिएको
  • धारिलो हतियार प्रहार गरी महिलाको विभत्स हत्या

    म्याग्दी— मालिका गाउँपालिकामा एक महिलाको विभत्स हत्या भएको छ । मालिका गाउँपालिका–३ डाँडागाउँस्थित गलकोटमा स्थानीय ३५ वर्षीय दलविर श्रीपालीले धारिलो हतियार प्रहार गरी छिमेकी ४३ वर्षीया बिनाकुमारी बिकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले जानकारी दिए । उनका अनुसार आइतबार साँझ पौने ७ बजे दलबिरको हतियार प्रहारबाट गम्भीर बिनाकुमारीको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा बन्चरो, दाउ र हँसिया फेला परेको छ ।प्रहरीले घटनास्थलको मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागि बेनी अस्पताल र फरार अभियुक्तलाई पक्राउ गरी बेनी ल्याएको छ ।मृतक बिनाकुमारीको टाउको लगायत श

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 428 पटक पढिएको
  • थामे बाढी : दुई हिमताल फुटेको निष्कर्ष, जोखिम कायमै

    सोलुखुम्बु– सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)ले थामे क्षेत्रमा बाढीको जोखिम अझै रहेको बताएकी छन्। शुक्रबार दुईवटा हिमताल फुट्दा बाढी आएको पुष्टि गर्दै उनले सो क्षेत्रमा बाढीको जोखिम अझै रहेको बताइन्।आज क्षतिग्रस्त थामे क्षेत्रको रक्षामन्त्री मानवीर राई र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलसहितको टोलीले हवाई निरीक्षण गर्नुभयो,’ उनले भनिन्, ‘निरीक्षणपछि हिजो दुईवटा हिमताल फुटेकाले बाढी आएको पुष्टि भएको छ, सो क्षेत्रमा बाढीको जोखिम कायमै छ।’जोखिममा रहेका भनिएका हिमताल जोगाउन सक्ने सम्भावना कम रहेको विपद् व्यवस्थापन समितिल

    • प्रकाशित मितिः भदौ १, २०८१
    • 322 पटक पढिएको
  • गठ्ठाघर दुर्घटनाबारे छानबिन गर्न समिति, एक हप्ताभित्र सत्यतथ्य ल्याउन निर्देशन

     काठमाडौँ- भक्तपुरको गठ्ठाघरमा गत बिहीबार (साउन ३१) गते भएको सवारी दुर्घटनाबारे छानबिन गर्न समिति बनेको छ। भक्तपुरका सहायक जिल्ला अधिकारी डोरेन्द्र निरौलाको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति बनेको हो। दुर्घटनाका सम्बन्धमा सरोकारवाला सबै पक्षसँग छलफल गरेर सत्यतथ्य अध्ययन गरी एक साताभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयले उक्त समितिलाई कार्यादेश दिएको छ।गृहमन्त्री रमेश लेखकले गट्ठाघर दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरलाई निर्देशन दिएका थिए। उक्त निर्देशनपछि शुक्रबार बनेको समितिमा भक्तपुर परिसरमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन क

    • प्रकाशित मितिः भदौ १, २०८१
    • 363 पटक पढिएको
  • महाकालीको तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

    कञ्चनपुर— भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिने भएकाले कञ्चनपुरको महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार परियोजनाको बाँधको सिल्ट सफाइ गर्नका लागि आज बाँधका ढोका खोल्ने जानकारी आएको छ ।आज बिहान ८ बजेदेखि भोलि बेलुकासम्म बाँध सफा गर्न ढोका खोल्न लागिएकाले महाकाली नदीको जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनिएको छ । 

    • प्रकाशित मितिः भदौ १, २०८१
    • 351 पटक पढिएको
  • चितवनमा फेरि देखियो लम्पीस्किन

    चितवन – ६ पालिकामा १० हजारभन्दा बढी पशुचौपायालाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ । कालिका नगरपालिकाबाहेक अन्य पालिकामा १० हजारदुई सय ७९ चौपायालाई खोप लगाइएको हो ।पशु सेवा कार्यालय र स्थानीय पालिकाहरूको सहकार्यमा लम्पी स्किनविरुद्ध खोप लगाइएको हो । सेवा कार्यालयका अधिकृत भीम भट्टले भरतपुर महानगरपालिकाका दुई हजार आठ सय गाईभैँसीमा लम्पी स्किनविरुद्ध खोप लगाइएको बताए ।खैरहनी नगरपालिकामा दुई हजार, राप्ती नगरपालिकामा एक हजार नौ सय ३६, रत्ननगर नगरपालिकामा एक हजार पाँच सयवटा गाईभैँसीमा खोप लगाइएको छ ।साउन २५ देखि ३१ गतेसम्म सप्ताहव्यापी रूपमा सञ्चालन गरिएको खोप अभियानमा माडी नगरपालिकाका एक हजार द

    • प्रकाशित मितिः भदौ १, २०८१
    • 321 पटक पढिएको
  • थामेमा बाढी : विद्यालयसहित १४ बढी घर बगायो, ७ वटा जोखिममा [अपडेट}

    काठमाडौँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे भन्ने ठाउँमा आएको बाढीको कारण १४ वटाभन्दा बढी घर बगाएको छ। सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी (सीडीओ) देवी पाण्ड (खत्री) ले दिएको जानकारी अनुसार, विद्यालय १, क्लिनिक १, व्यक्तिगत घर ७ र होटल ७ वटा पूर्ण रुपमा क्षति भएको छ। अन्य ७ वटा घरहरू जोखिममा रहेको जानकारी आएको उनले नेपालखबरलाई बताइन्।त्यस्तै, उनले एउटा छात्रावास पनि बगेको जानकारी दिइन्।‘अहिले नदीको सतह केही घटेको खबर आएको छ,’ उनले भनिन्, ‘हेलिकप्टर पठाउनका लागि पनि प्रयास गर्दैछौँ। तर, मौसम अत्यन्तै प्रतिकुल बन्दै गइरहेको छ।’उनका अनुसार, नेपाली सेनाको टोली घटनास्थलमा पुगेर

    • प्रकाशित मितिः साउन ३२, २०८१
    • 380 पटक पढिएको
  • दुधकोशी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन जिल्ला प्रशासन कार्यालय ओखलढुंगाको आग्रह

    काठमाडौँ- जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले सोलुखुम्बुको खुम्बु क्षेत्रमा आएको बाढीपछि दुधकोशी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण हुन आग्रह गरेको छ ।  प्रशासन कार्यालयले सूचना जारी गर्दै दुधकोशी किनाराका सर्वसाधारणहरूलाई सुरक्षित रहन भनेको हो ।‘दुधकोशी नदी तटीय छेउ किनारामा रहेका बासिन्दालाई यथाशक्य चाँडो सुरक्षित स्थानमा गई सुरक्षित रहनुहुन सम्पूर्णमा जानकारी गराइन्छ’, जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जारी गरेको सूचनामा भनिएको छ ।  शुक्रबार बिहान सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमताल फुटेर आएको लेदोसहितको बा

    • प्रकाशित मितिः साउन ३२, २०८१
    • 481 पटक पढिएको
  • सोलुखुम्बुको खुम्बु पासाङल्हामुमा हिमताल फुटेको आशंका, भीषण बाढी

    काठमाडौँ- सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा एकाएक भीषण बाढी आएको छ। हिमताल फुटेर एकाएक बाढी आएको हुन सक्ने आशंका गरिएको छ। बाढीले थामे गाउँमा ठूलो क्षति भएको भन्दै दुधकोशी तटीय क्षेत्रकालाई सतर्कता अपनाउन आग्रह गरिएको छ। भोटेकोशीको सहायक खोला (थामे) मा शुक्रबार दिउँसो एक्कासी आएको बढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा(५ मा पर्ने थामे गाउँ नराम्ररी प्रभावित भएको छ। माथिल्लो भेगमा रहेको हितताल फुटेको हुनसक्ने स्थानीयको आशंका छ।

    • प्रकाशित मितिः साउन ३२, २०८१
    • 283 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा