समाज

    Showing 3,331-3,340 of 6,678 items.
  • भीमफेदी कारागारबाट मध्यरातमा २६० कैदी भागे, दुई जना गोली लागेर घाइते

    हेटौंडा— मकवानपुरको क्षेत्रीय कारागार भीमफेदीबाट मध्यरातमा २६० जना कैदी भागे गरेका छन्।कारागार प्रमुख सुवास पौडेलका अनुसार राति १२ः५५ बजे ‘क’ ब्लकमा रहेका कैदीहरूले तीनवटा गेट तोडेर बाहिर निस्कने प्रयास गरेका थिए ।त्यही क्रममा उनीहरूले कारागारको पश्चिमपट्टिको पर्खाल भत्काएर भागेका हुन् । सो ब्लकमा ५ सयभन्दा बढी कैदी रहेका मध्ये करिब २३० जनालाई नियन्त्रणमा लिएर पुनः कारागारमा फर्काइएको पौडेलले जानकारी दिए ।सुरक्षाकर्मी र कैदीबीच करिब ४ घण्टासम्म तनावपूर्ण अवस्था कायम भएको थियो। त्यही क्रममा सेनाले चलाएको गोली लागेर दुई जना कैदी घाइते भएका छन् । उनीहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । काराग

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 423 पटक पढिएको
  • जुम्ला कारागारबाट ३६ कैदी फरार, खोजी कार्य जारी

    जुम्ला—  जिल्ला कारागारबाट ३६ जना कैदी फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविन बाबु रेग्मीका अनुसार हिजो राति (भदौ २४ गते) जेलबाट कैदीहरू फरार भएका हुन्।डिएसपी रेग्मीका अनुसार केही कैदीहरूलाई भाग्नुअघि नै नियन्त्रणमा लिइएको भए पनि ३६ जना भने हालसम्म सम्पर्कमा आएका छैनन्।प्रहरीका अनुसार ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि कुटपिट गरी कैदीहरू फरार भएका थिए। प्रारम्भिक अनुसन्धान अनुसार कैदीहरू योजनाबद्ध रूपमा भागेका हुनसक्ने आशंका गरिएको छ। घटनापछि स्थानीय सुरक्षाकर्मीहरूले खोजी अभियान तीव्र पारेका छन्।काठमाडौँका कारागारमा जेनजी आन्दोलनको प्रभावसँगै जुम्लामा पनि प्रभाव परेको छ

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 450 पटक पढिएको
  • अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन नेपाली सेनाको आग्रह

    काठमाडौं— अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन नेपाली सेनाले आग्रह गरेको छ । बुधबार बिहानैदेखि सेनाले विभिन्न स्थानमा माइकिङ गर्दै र बाहिर निस्किएका नागरिकलाई रोक्दै घरमै बस्न आग्रह गरेको हो । सेनाका अनुसार अत्यावश्यक सेवा क्षेत्रमा संलग्नलाई सोधपुछ गरी परिचयपत्रका आधारमा कार्यालय पुग्न रोकावट नगरिएको जानकारी दिएको छ । गत दुई दिनको जेनजीहरुको आन्दोलनले जनधन तथा भौतिक संरचनाको क्षती भएसँगै हाल काठमाडौंका विभिन्न सडकमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ । शान्तिसुरक्षा कायम गर्न सुरक्षा निकाय खटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 367 पटक पढिएको
  • संसद भवन परिषदलगायत विभिन्न स्थानमा सुरक्षा प्रदान गर्दै नेपाली सेना

    काठमाडौं— नेपाली सेनाले गए रातिदेखि सुरक्षाको जिम्मा लिएसँगै नयाँ बानेश्वरस्थित संसद भवनलगायत महत्वपूर्ण स्थानहरु नेपाली सेनाले सुरक्षा प्रदान गरिरहेको छ । जेनजीहरुको आन्दोलनले क्षती पुगेको नयाँ बानेश्वरस्थित संसद भवन, सिंहदरबारलगायत स्थानहरुमा सेना तैनाथ गरिएको हो । जेनजीको आन्दोलनको फाइदा उठाउँदै केही समूह लुटपाटमा सक्रिय भएपछि सेनाले काठमाडौँका विभिन्न स्थानबाट केही युवाहरूलाई पक्राउ समेत गरेको छ । यस्तै आज बिहानैदेखि देशैभरि भीड नगर्न, सार्वजनिक र व्यक्तिगत सम्पत्ति तोडफोड नगर्न पनि सेनाले आग्रह गरिरहेको छ ।

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 113 पटक पढिएको
  • राष्ट्रहित र अपराध न्यूनिकरणका लागि मुलुक प्रति समर्पित हुन सम्पूर्ण नेपालीहरुलाई प्रहरी महानिरीक्षकको आव्हान

    काठमाडौं— नेपाल प्रहरीको प्रहरी महानिरीक्षकको कार्यालयले नेपालको राष्ट्रिय सुरक्षा, राष्ट्रहित र अपराध न्यूनिकरणका लागि मुलुक प्रति समर्पित हुन सम्पूर्ण नेपालीहरुलाई आव्हान गरेको छ । मंगलबार साझ एक विज्ञप्ति जारी गर्दै नेपाली प्रहरी प्रधान कार्यालयले जेनजीहरुको आन्दोलनले कारण अनपेक्षित एवं दुःखद घटना भएको भन्दै राष्ट्रिय सुरक्षा, राष्ट्रहित र अपराध न्यूनिकरणका लागि सबै लाग्नुपर्ने आवश्यक रहेको बताएको छ । विज्ञप्तिका भनिएको छ, ‘यस घडीमा प्रहरी र आम नेपाली दाजुभाइ, दिदी बहिनीहरू नेपालको राष्ट्रिय सुरक्षा, राष्ट्रहित र अपराध न्यूनिकरणका खातिर जिम्मेवारी बोधका साथ मुलुक प्रति समर्पित हुन

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 123 पटक पढिएको
  • जेनजी आन्दोलनकारीले राज्यका तीन वटै अङ्ग नियन्त्रणमा लिए

    काठमाडौं— सोमबारबाट सुरु भएको जेनजी आन्दोलनकारीले राज्यका प्रमुख तीन वटै अङ्ग नियन्त्रणमा लिएका छन् ।व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका आन्दोलनकारीले नियन्त्रणमा लिएका हुन् । उनीहरुले तीन वटै निकायका मुख्य भवनहरूमा आगजनी र तोडफोड गरेका छन् ।सुरक्षा निकाय, प्रशासनिक निकायका सबै प्रमुखहरूले स्थिति आफ्नो नियन्त्रणमा नरहेको भन्दै संयुक्त विज्ञप्ति जारी गर्दै स्थितिको समाधानका लागि मंगलबार अपिल गरिसकेका छन् ।

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 493 पटक पढिएको
  • जेनजीहरुको आन्दोलनमा ट्रमाका डाक्टहरुको समर्थन

    काठमाडौं— राष्ट्रिय ट्रमा सेन्टरका डाक्टरहरुले जेनजीहरुको आन्दोलनमा ऐक्यबद्धता एवम समर्थन जनाएका छन् ।मंगलबार भ्रष्टाचारविरुद्ध आन्दोलन गरिरहेको जेनजीहरुलाई साथ दिनको लागि डाक्टरहरुले पनि ऐक्यबद्धता जनाएका हुन् ।सोही क्रममा डाक्टरहरुले नेपाली जनतालाई बचाउनको लागि पाएको बन्दुक नेपालीमाथि नै तेर्साएको भन्दै यस्तो प्रशासन र प्रहरी नचाहिने दाबी गरेका छन् । उनीहरुले भने, ‘नेपाली जनतालाई बचाउनको लागि पाएको बन्दुक नेपालीमाथि नै तेर्साउनु भयो र टाउमा ताकि ताकि हान्नुभयो । तपाईहरु जस्तो प्रशासन र प्रहरी हामीलाई चाहिदैँन् ।’जेनजी आन्दोलनमा सरकारले निर्दोष जनतामाथि दमन गरेको भन्दै उनीहरु पनि आन्दोलन

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 606 पटक पढिएको
  • प्रधानमन्त्री ओली बालुवाटार छाडेर अज्ञात स्थलतर्फ लागे

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिए लगत्तै बालुवाटार छाडेर अज्ञातस्थलतर्फ लागेका छन्।सुरक्षा स्रोतका अनुसार आन्दोलनकारीहरू प्रवेश गर्ने संकेत पाएपछि उनी राजीनामा लगत्तै  बालुवाटार छाडेर अज्ञात क्षेत्रतर्फ लागेका हुन्। उनको बालकोटस्थित घर समेत आगलागी भएको छ ।

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 471 पटक पढिएको
  • सरकारी वकिलको कार्यालयमा पनि आगजनी

    काठमाडौं— जेनजी युवाहरूले सरकारी वकिलको कार्यालयमा आगजनी गरेका छन्। माइतीघर–भद्रकाली सडकछेउमा रहेको सरकारी वकिलको कार्यालयमा आगजनी भएको हो ।सोमबारको प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेपछि आक्रोशित युवाहरूको समूहले मंगलबार बिहानैबाट सरकारी भवन, मन्त्री निवास तथा नेताका घर र पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिरहेका छन् ।सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाको विरोधमा प्रदर्शनमा उत्रिएका युवाहरूमाथि राज्य प्रशासनले दमन गरेपछि स्थिति नियन्त्रणबाहिर गएको छ ।सोमबारको प्रदर्शनमा १९ जना युवाको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । मंगलबार कालिमाटीमा भएको प्रदर्शनमा थप दुई जना युवाको प्रहरीको

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 476 पटक पढिएको
  • प्रहरीको गोली लागेर कालिमाटीमा दुई जनाको मृत्यु

    काठमाडौं—  काठमाडौंको कालिमाटी चोकमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ । जेनजी युवाहरूको जारी प्रदर्शनमा प्रहरीले गोली चलाएको हो ।कालिमाटी चोकमा मंगलबार दिउँसो २ बजे भएको प्रदर्शनकारी र प्रहरीबीचको झडपमा दुई युवालाई टाउकोमा गोली लागेको एक प्रत्यक्षदर्शीले बताए ।

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 395 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा