समाज

    Showing 3,491-3,500 of 11,034 items.
  • नेप्से १३.५१ अंकले बढ्यो, १२ अर्बको कारोबार

    काठमाडौं— सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । मंगलबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.५१ अंकले बढेर २८१२.३४ बिन्दुमा पुगेको हो ।अघिल्लो कारोबार दिन सोमबार भने नेप्से २६.०७ अंकले घटेको थियो ।मंगलबार नेसेमा कुल १२ अर्ब ३ करोड माथिको कारोबार भएको छ । सोमबार भने नेप्सेमा कुल ११ अर्ब ६३ करोड माथिको कारोबार भएको थियो ।मंगलबार कारोबारमा आएकामध्ये १३२ कम्पनीको सेयर मूल्य बढ्दा ११३ कम्पनीको घटेको छ । यस्तै, १७ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 518 पटक पढिएको
  • चौरजहारीका मेयर पुष्प बादी र असिस्टेन्ट इन्जिनियर मोहन शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं— रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादी र करार सेवामा कार्यरत असिस्टेन्ट सब–इन्जिनियर मोहन शाह विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो। मेयर बादीमाथि आरोप छ कि उनले शाहसँग करार सेवा अवधि थप गर्न एक लाख रुपैयाँ घुस लिएका थिए।शाहले उजुरी दिदै बताए अनुसार आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को लागि करार म्याद थप नगरी एक लाख रुपैयाँ मागेको र नदिँदा बर्खास्त गरिएको थियो। आयोगका अनुसार मेयरले आफ्नो पद र जिम्मेवारीको दुरुपयोग गर्दै शाहबाट रकम लिएको पुष्टि भएको छ।त्यस्तै, शाहलाई पनि आफ्नो जागिर सुन

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 554 पटक पढिएको
  • राष्ट्रपतिद्वारा केपी ओलीका परिवारप्रति समवेदना व्यक्त

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् । राष्ट्रपति पौडेल आज ओली निवासमा पुगी दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् ।शोकको यस घडीमा उनले शोकाकुल परिवारजन, विशेषगरी अध्यक्ष ओली र उनका आफन्तजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै हार्दिक सहानुभूति व्यक्त गरे । ९७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएका मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राष्ट्रपतिले उनको राष्ट्रिय राजनीति तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदानको स्मरण गरेका छन। उनले ओलीक

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 500 पटक पढिएको
  • रास्वपाको सरकारलाई हामीले खबरदारी गर्न सक्नुपर्छः डा.वाग्ले

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपाले पाएको ४८ प्रतिशत भोट असाध्यै गरुङ्गो वैधता भएको भन्दै त्यसलाई सम्हालेर ऐतिहासिक बोध गर्नुपर्ने बताएका छन् ।मंगलबार ललितपुरमा आयोजित रास्वपाका सांसदहरुको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले जनताको मतादेशले सबैलाई ऐतिहासिक बोध हुने बताएका हुन् ।उनले भने, ‘अहिले हाम्रो स्थिति लगभग दुई तिहाई छ । १८४ सिट प्राविधिक कारणले पुगेन । एक दुई सिटबारे स्पष्ट हँुदै जाला । तर पपुलर भोटका हिसाबले हामीले ५१ लाख अर्थात ४८ प्रतिशत भोट हासिल गरेका छौं । यो जनादेश, मतादेश जे भने पनि असाध्यै गरुङ्गो वैधता लिएका छौं र त्यसलाई सम्हालेर वा

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 597 पटक पढिएको
  • कहिले पुनःनिर्माण होला सडक विभागको ऐतिहासिक भवन ?

    काठमाडौं— गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा आगजनीपछि क्षतिग्रस्त भएको बबरमलस्थित सडक विभागको ऐतिहासिक भवन पुनःनिर्माण अनिश्चित बनेको छ ।आन्दोलनका क्रममा, संघीय संसद भवन, सिंहदरवार, सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, विशेष अदालत, शीतल निवासलगायतका संरचनामा आगजनी भएको थियो । राणाकालिन ऐतिहासिक र पुरातात्वीक महत्व बोकेका कतिपय भवन पूर्ण रुपमा क्षतविक्षत छन् । तर पुनःनिर्माणको कुनै तयारी भइसकेको छैन् ।सडक विभागको भवनका सन्दर्भमा सरकारले क्षतिको विवरण संकलन गरेपनि पुनःनिर्माणको अनुमानित लागतको कुनैपनि तथ्यांक निकालि नसकेको विभागका सहायक प्रवक्ता ई.शुभाञ्जन दाहालले जानकारी

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 516 पटक पढिएको
  • “हिँउ पग्लेर पानी हजूर” गीतबाट सन्तोषले जिते Best New Singer अवार्ड

    दार्चुला— जिल्लाको महाकाली नगरपालिका–१, मलेरामा जन्मिएका लोकप्रिय कलाकार सन्तोष लुहारले पहिलो पटक मुर्चुङ्गा म्युजिक अवार्ड २०८२ मा Best New Singer को अवार्ड प्राप्त गरेका छन्।उनी यो अवार्ड आफ्नो लोकप्रिय लोक दोहोरी गीत 'हिँउ पग्लेर पानी हजूर' बाट जित्न सफल भएका हुन्। अवार्ड प्राप्त गरेपछि सन्तोषले आफ्नो खुशी व्यक्त गर्दै सम्पूर्ण मुर्चुङ्गा म्युजिक परिवारलाई धन्यवाद दिएका छन्।सन्तोष लुहारले हालसम्म करिब एक दर्जनभन्दा बढी गीतमा आवाज भरेका छन्। उनका केही चर्चित गीतहरूमा नाचीं कन सूवा, ऐना टल्लकै, लोभ्याउने रूप रंग, घडी हातैमा, लाली जोबन, आज छोड्यौं मेरो साथ, र तिमीलाई मेरो शुभकामना समावेश छन्।ल

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 1,060 पटक पढिएको
  • त्रिभुवन विमानस्थलसहित विभिन्न स्थानबाट लागूऔषधसहित २० जना पक्राउ

    काठमाडौं— काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट गाँजाजस्तो देखिने ३ किलो १६० ग्राम पदार्थसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। उनीहरू बैङ्ककबाट नेपाल एअरलायन्सको विमानमार्फत आएका थिए र गएराति प्रहरीले नियन्त्रणमा लिएको हो।यसैबीच, देशका विभिन्न स्थानबाट ब्राउनसुगरसहित अन्य व्यक्तिहरू पनि पक्राउ परेका छन्। चन्द्रागिरि–२ नागढुङ्गाबाट एक जना, कञ्चनपुरको बेलौरी नगरपालिका र भीमदत्तनगरपालिकाका विभिन्न स्थानबाट सात जना, बर्दिया, धनगढी, रुपन्देही र पोखराबाट समेत गरी कुल १८ जना पक्राउ परेका प्रहरीले जनाएको छ।प्रहरीले लागूऔषध नियन्त्रणका लागि अभियानलाई तीव्र बनाएको र थप अनुसन्धान भइरहेको जना

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 507 पटक पढिएको
  • सुधन गुरुङ देखेर भक्कानिइन् जेनजी शहीद रसिककी आमा

    काठमाडौं— जेनजी आन्दोलनका शहीद रसिक खतिवडाकी आमा रचना खतिवडा सुधन गुरुङलाई भेट्दा भक्कानिएकी छन् । सुधनले उनलाई अंगालो हालेर सान्त्वना दिए ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज ललितपुरको ग्वार्कोमा आयोजना गरेको अभिमुखीकरणमा भेट भएका बेला सुधन र रचनाबीच भेट भएको थियो । रचनाले सायद आफूलाई सम्हाल्न सकिनन् अनि भक्कानिइन् ।भ्रष्टाचारको विरोध र सुशासनको माग गर्दै काठमाडौंबाट सुरु भएको जेनजी पुस्ताको आन्दोलनमा सुधन गुरुङ पनि सहभागी थिए । सोही आन्दोलनको क्रममा काभ्रेका २३ वर्षीय रसिक खतिवडालाई गोली लागेको थियो ।रसिककी आमा रचनालाई रास्वपाले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनाएको छ । सुधन भने

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 479 पटक पढिएको
  • दार्चुलामा ४ म्याग्निच्युडको भूकम्प महसुस

    दार्चुला— दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार बिहान धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।केन्द्रका अनुसार, बिहान १० बजेर १२ मिनेटमा दार्चुलाको सितौला आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो ।यसअघि, फागुन २२ गते बझाङको चैनपुर आसपास केन्द्रविन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।त्यसअघि, फागुन १५ गते ताप्लेजुङको तोप्केगोला आसपास केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।४ म्याग्निच्युडसम्मका धक्का खासै असरदार नहुने भूकम्पविद्को भनाइ छ ।

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 547 पटक पढिएको
  • सामान्य बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं— नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य सामान्य बढेको छ ।मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयामा कारोबार भएको थियो ।यस्तै, चाँदीको पनि मूल्य बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको छ । सोमबार प्रतितोला ५ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 437 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.