काठमाडौं— सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । मंगलबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.५१ अंकले बढेर २८१२.३४ बिन्दुमा पुगेको हो ।
अघिल्लो कारोबार दिन सोमबार भने नेप्से २६.०७ अंकले घटेको थियो ।
मंगलबार नेसेमा कुल १२ अर्ब ३ करोड माथिको कारोबार भएको छ । सोमबार भने नेप्सेमा कुल ११ अर्ब ६३ करोड माथिको कारोबार भएको थियो ।
मंगलबार कारोबारमा आएकामध्ये १३२ कम्पनीको सेयर मूल्य बढ्दा ११३ कम्पनीको घटेको छ । यस्तै, १७ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।






































